16 Chaitra, 2080 / 29 March , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

पत्रपत्रिकाबाट


एमाले केन्द्रीय कमिटी बैठक बस्दै, विधान महाधिवेशनका विषयमा केन्द्रित हुने

एमाले केन्द्रीय कमिटी बैठक बस्दै, विधान महाधिवेशनका विषयमा केन्द्रित हुने



काठमाडौं, ३ साउन । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दै छ।  एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार बैठक बिहान ११ बजे ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा बस्नेछ। 

उनका अनुसार आजको बैठक मूलतः पार्टीको विधान महाधिवेशनका विषयमा केन्द्रित हुने भए पनि हिजो आइतबार प्रतिनिधि सभामा पार्टीको ह्विपविपरीत प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने आफ्ना सांसदका विषयमा पनि छलफल हुनेछ।  


११ देशका लागि राजदूत नियुक्ति सिफारिस खारेज गर्ने मन्त्रिपरिषद्को निर्णय

११ देशका लागि राजदूत नियुक्ति सिफारिस खारेज गर्ने मन्त्रिपरिषद्को निर्णय


काठमाडौं, ३ साउन । सरकारले अघिल्लो सरकारले ११ मुलुकका लागि नेपाली राजदूत नियुक्त गर्न गरिएको सिफारिस खारेज गरेको छ ।

शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले केपी ओली नेतृत्वको सरकारले गरेको राजदूत नियुक्तिको सिफारिस खारेज गरेको एक मन्त्रीले प्रशासनलाई बताए । उनका अनुसार संसदीय प्रक्रिया छलेर राजदूत नियुक्ति गरिएकाले सरकारले खारेज गरेको हो ।

प्रतिनिधि सभा विघटनको अवस्थामा ओली नेतृत्वको सरकारले विभिन्न मुलुकका राजदूत नियुक्त गर्न जेठ १ गते सिफारिस गरेको थियो ।

ओली सरकारले अस्ट्रियाका लागि निर्मल राज काफ्ले, श्रीलङ्काका लागि रमेशचन्द्र पौडेल, इजिप्टका लागि जीवनप्रकाश श्रेष्ठ, दक्षिण कोरियाका लागि कृष्णचन्द्र शर्मा, रसियाका लागि जङ्गबहादुर चुहान, अस्ट्रेलियाका लागि सुम्निमा तुलाधर, म्यानमारका लागि नारायणप्रसाद सङ्ग्रौला, ब्राजिलका लागि कुलप्रसाद नेपाल, डेनमार्कका लागि सुमित्रा सुवेदी, साउदी अरेबियाका लागि मेराज मुसलमान र बहराइनका लागि युवराज कार्कीलाई राजदूतमा नियुक्त गरेको थियो ।


पीडितको उजुरीपछि खुल्यो रहस्य

पीडितको उजुरीपछि खुल्यो रहस्य


मानव बेचबिखनमा संलग्न  गिरोहले  दक्षिणपूर्वी  एसियाली  मुलुक  कम्बोडियालाई  नयाँ  गन्तव्यका  रूपमा  प्रयोग  गरेको पाइएको छ । कम्बोडियाबाट भागेर नेपाल फर्किन सफल पीडित युवतीको उजुरीपछि रहस्य खुलेको हो । 

नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले ती युवतीलाई भारत, म्यानमार, थाइल्यान्ड हँुदै  कम्बोडिया  पु¥याएको  अभियोगमा  धनकुटा  शहीदभूमि गाउँपालिका–२ का ३७ वर्षीय किसान राईलाई धनकुटाबाट पक्राउ गरेको छ । 

सामाजिक सञ्जाल  फेसबुकबाट  चिनजान  गरी  अभियुक्त  राईले कम्बोडियाको कन्स्ट्रक्सन कम्पनीमा काम लगाइदिने प्रलोभन देखाई ती युवतीलाई चिनियाँ नागरिक बस्ने एक घरमा बस्थे । यो समाचार गोरखात्र दैनिकमा छ ।


एमालेको विवाद अन्त्य भएको नेताहरुले दाबी 

एमालेको विवाद अन्त्य भएको नेताहरुले दाबी 


काठमाडौं, २३ असार । सत्तारुढ नेकपा एमालेको विवाद अन्त्य भएको नेताहरुले दाबी गरेका छन् । शुक्रबार करिव ७ घण्टा सिंहदरवारस्थित अर्थ मन्त्रालयमा बसेको संयुक्त कार्यदलको बैठकले सहमति गरेको हो । भाषिकलगायतका विषयमा मिलाउन बाँकी रहेको कार्यदलका सदस्य प्रदीप ज्ञवालीले बताए । 

शनिबार पुनः बैठक बसेर टुंगो लगाइनेछ । ‘भाषिक परिमार्जनलगायतका विषयमा फेरि बस्नुपर्ने भएकाले भोलि छलफल गर्छौं,’ उनले बताए । 


फेरि बढ्न थाल्यो कोरोना संक्रमण, हेलचेक्र्याइँ नै प्रमुख कारण

फेरि बढ्न थाल्यो कोरोना संक्रमण, हेलचेक्र्याइँ नै प्रमुख कारण


सरकारले अधिकांश जिल्लामा निषेधाज्ञा खुकुलो बनाएसँगै कोरोना संक्रमितको संख्या पनि बढ्न थालेको छ । गत २० असारदेखि सरकारले निषेधाज्ञा खुकुलो गराएसँगै संक्रमितको संख्या बढ्दै गएको हो । संक्रमण बढेसँगै तेस्रो लहर आउन सक्ने आँकलन गर्न थालिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ असारदेखि बुधबारसम्म २ लाख ७० हजार ४ सय ८९ जनाको कोरोना परीक्षण गर्दा ५९ हजार १ सय ७७ जनामा संक्रमण देखिएको छ । यसरी हेर्दा नेपालमा संक्रमणको अवस्था २१ दशमलव ८७ प्रतिशत हुन आउँछ ।

२० असारयता बुधबारसम्म ४४ हजार १ सय १ सय ४२ जनाको कोरोना परीक्षण गर्दा ९ हजार ८ सय ३८ जनामा संक्रमण देखिएको छ । यसरी हेर्दा २२ दशमलव २८ प्रतिशत संक्रमणदर रहेको हुन आउँछ ।

स्वास्थ्य मन्त्रालयका अनुसार १ असारदेखि २३ असारसम्म १ लाख ६७ हजार २ सय ७८ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गर्दा ३९ हजार ७ सय ७३ जनामा संक्रमण देखिएको छ । यस्तै, सोही अवधिमा १ लाख ३ हजार २ सय ११ जनामा एन्टिजेन परीक्षण गर्दा १९ हजार ४ सय चार जनामा पोजेटिभ देखिएको छ ।

भौतिक दूरी कायम नहुँदा र आवतजावतका क्रममा मास्कको समुचित प्रयोगमा ध्यान नदिँदा पनि जोखिम बढेको जनस्वास्थ्य विज्ञ बताउँछन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले संक्रमितको संख्यामा कमी देखिए पनि जोखिम यथावत् रहेको बताए । उनले भने, ‘संक्रमणको जोखिम टरेको छैन । जनस्वास्थ्यका मापदण्डलाई पूर्णतः कार्यान्वयन गरौं ।’

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन संक्रमणबाट जोगिन मास्कको समुचित प्रयोग, व्यक्तिगत सरसफाइ र भौतिक दूरी कायम नै अचुक उपाय रहेको बताउँछन् । यो समाचार राजधानी दैनिकमा छ ।


जसपाका दुवै पक्ष विभाजनका लागि तयार

जसपाका दुवै पक्ष विभाजनका लागि तयार


काठमाडौं, २२ असार । जनता समाजवादी पार्टी जसपाका दुवै पक्ष विभाजनका लागि तयार भएका छन् । मंगलबार निर्वाचन आयोगमा भएको छलफलमा दुवै समूहले राजनीतिक दलसम्बन्धी ऐन बमोजिमको प्रक्रियाबाट छुट्याइदिन मन्जुरी दिएका हुन् ।

उनीहरूको सहमतिसँगै पार्टी विभाजन हुने निश्चित भएको छ । निर्वाचन आयोगले सहमतिका लागि बोलाएको छलफलमा दुवै पक्षले विवाद कायमै रहेकाले मिल्न सक्ने अवस्थामा नरहेको बताएको थियो ।

जसपाको अध्यक्ष उपेन्द्र यादव समूह प्रधानमन्त्री केपी शर्मा विरुद्धको विपक्षी गठबन्धनमा छ भने अध्यक्ष महन्थ ठाकुर समूह प्रधानमन्त्री ओली र सत्तारुढ एमालेको पक्षमा छ । सत्ता समीकरणका विषयबाट सुरु भएको जसपाको विवाद विभाजनको प्रक्रियासम्म पुगेको हो ।
 


साउनभित्रै ५० लाख मात्रा खोप, को-को छन् प्राथमिकतामा ?

साउनभित्रै ५० लाख मात्रा खोप, को-को छन् प्राथमिकतामा ?


काठमाडौं । देशभर कोरोना भाइरस संक्रमणविरुद्ध खोप लगाउन योग्य २ करोड ९ लाख ९६ हजार ८ सय ९ जना नागरिक खोपको प्रतीक्षामा छन् । स्वास्थ्य मन्त्रालयले तयार पारेको कोभिड–१९ खोपका लागि लक्षित समूहको प्राथमिकीकरणअनुसार अनुमानित २ करोड १७ लाख ५६ हजार ७ सय ६३ जनालाई खोप लगाइनेछ ।

जसअन्तर्गत अहिलेसम्म ७ लाख ५९ हजार ९ सय ५४ जनाले खोपको दुवै मात्रा (पहिलो र दोस्रो) लगाएका छन् । २६ लाख ११ हजार ८ सय ७ जनाले खोपको पहिलो मात्रा लगाएका छन् । १३ लाख ५० हजार ज्येष्ठ नागरिक र अन्य उमेर समूहकाले पहिलो मात्रा लगाएको तीन महिना बित्नै लाग्दा पनि दोस्रो मात्रा लगाउन पाएका छैनन् । उनीहरूका लागि सरकारले एस्टे«जेनेकाको खोप लगाउने निर्णय गरिसकेको छ ।

स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार अब क्रमिक रूपमा खोप आपूर्ति हुँदै जाने र एक महिनाभित्र एस्ट्रजेनेकाको खोप पनि नेपाल भित्रिनेछ । स्वास्थ्य मन्त्रालयले कोभ्याक्स फ्यासिलिटीमार्फत जोन्सन एन्ड जोन्सन खोप आउने जानकारी दिएको हो । स्वास्थ्य मन्त्रालयका एक अधिकारीले भने, ‘कोभ्याक्समार्फत १० लाख डोज खोप आउने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईका अनुसार नेपाल वायु सेवा निगमको वाइडबडीले चीनबाट ४० लाख डोज खोप नेपाल आउँदै छ ।

यो समाचार आजको राजधानी दैनिकमा छ । 


जो मलाई बचाऊ भन्दै थिइन्

जो मलाई बचाऊ भन्दै थिइन्


राप्ती नगरपालिका–३ की ४५ वर्षीया अम्बिका भण्डारीका आँखा ११ दिनदेखि ओभानो भएका छैनन्। रुँदा–रुँदा आँखा राता भएका छन्। छिनमै भक्कानिन्छिन्, छिनमै चुप लाग्छिन्। शरीर कमजोर भएर टाउकोमा फेटा बाँधेकी छिन्। आफूलाई सम्हाल्नै सकेकी छैनन्। आफन्त र छिमेकी आउँछन्, सान्त्वना दिन्छन्। उनीहरू आँखाभरि आँसु बनाउँछन्। अम्बिकाले हराएकी छोरीको पिरलो भए पनि फेला पर्लिन् भनेर चित्त बुझाउँदै बसेकी थिइन्। तर, २३ वर्षीया छोरी सुजिता आइतबार मृत फेला परेको खबर पाएपछि उनी आफूलाई सम्हाल्नै नसक्ने अवस्थामा पुगेकी छन्। छोरी सम्झिँदै छाती पिट्दै रुन्छिन्।  ‘मलाई बचाऊ ! मलाई बचाऊ ! भनेर छोरीले रुँदै फोन गरेकी थिई। हामीले बचाउन सकेनौं’, उनले रुँदै भनिन्, ‘अपराधीले त्यस्तो कुनामा लगेर तड्पाई–तड्पाई मा¥यो।’

ब्रह्मस्थानी सामुदायिक वनमा च्याउ टिप्न गएका एक स्थानीयले आइतबार साँझ शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। वनको बीचमा झाङमा अड्किएको अवस्थामा शव फेला परेको जनाइएको छ। ‘टाउकोमा कुटेर आँखामा पट्टी बाँधेछ। पछि कहाँ गएर आँखा खुल्यो ? कसरी फोन गर्न भ्याई ?’, अम्बिकाले घटनाको विवरण सुनाइन्, ‘कसरी हुन्छ अपराधी पत्ता लगाइदिनुस्। मेरी छोरी फर्केर त आउदिन तर अपराधीलाई कारबाही हुनै पर्छ।’ 

यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । 


विपद जोखिमलाई विशेष ध्यान दिएर आवश्यक तयारी गर्न गृहमन्त्रीको निर्देशन

विपद जोखिमलाई विशेष ध्यान दिएर आवश्यक तयारी गर्न गृहमन्त्रीको निर्देशन



काठमाडौं । उपप्रधान तथा गृहमन्त्री विष्णुप्रसाद पौडेलले विपदबाट हुन सक्ने सबै खालका क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न निर्देशन दिएका छन्। साथै उद्धार, राहत र पुनर्स्थापनालाई उच्च प्राथमिकता दिएर काम गर्न पनि निर्देशन दिएका छन्। 

गृह मन्त्रालयमा विहीबार बसेको विपद् सम्बन्धी बैठकमा उपप्रधान तथा गृहमन्त्री विष्णुप्रसाद पौडेलले देशका विभिन्न ठाउँमा अतिवृष्टिबाट सिर्जत जोखिमलाई विशेष ध्यान दिएर आवश्यक तयारी गर्न निर्देशन दिएका हुन्। 

उनले विपदका कारण जोखिममा परेकालाई तत्काल उद्धार र राहत प्रदान गर्न सरकारले सम्भव भएका सबै प्रयास गर्ने भन्दै प्रभावकारी र नतिजामुखी भएर काम गर्न पनि सम्बद्ध निकायहरुलाई निर्देशन दिए।   

उपप्रधान तथा गृहमन्त्री विष्णुप्रसाद पौडेलले राहत र उद्धारका लागि स्रोतको अभाव नहुने जानकारी दिँदै विपद्का घटना भएपछि के गर्ने भन्दा पनि पहिले नै कसरी घटनाहरुलाई न्यूनीकरण गर्न सकिन्छ भन्नेमा केन्द्रित हुन आग्रह गरे। 

राहत र उद्धारका लागि अन्तरमन्त्रालय र विभिन्न निकायबीच समन्वय हुनु पर्नेमा जोड दिँदै उनले कोही छुट्ने र कोही दोहोरिने स्थिति सिर्जना नहुने वातावारण सिर्जना गर्न पनि आग्रह गरे।  

बैठकमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले बाढी पहिरो लगायतले  पुर्याएको क्षति र नोक्सानीको एकिन विवरण र आर्थिक लागत निकाली पुनर्स्थापना र पुनर्निर्माणका कार्यहरु अघि बढाउने तयारी भएको बताए। 
 


श्रम गन्तव्य मुलुकमा उद्धार उडानको तयारी

श्रम गन्तव्य मुलुकमा उद्धार उडानको तयारी


श्रम गन्तव्य मुलुकमा हवाई उडान सञ्चालन हुने भएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले केही दिनभित्रै टर्की, कतार, साउदी अरब, संयुक्त अरब इमिरेट्स (यूएई), जापान, मलेसियामा हवाई उडान सञ्चालन गर्ने निर्णय गरेको हो ।

सीसीएमसीका अनुसार अन्तर्राष्ट्रिय उडान बन्द हुँदा ती देशमा रोकिएका नेपाली श्रमिकलाई सातामा दुई हजारका दरले उद्धार गर्ने तयारी भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार साउदी अरब र मलेसियामा रहेका नेपालीलाई स्वदेश आउन समस्या भएको छ । अन्य देशबाट भने अत्यावश्यक उडान भइरहेको छ ।
वैदेशिक रोजगार बोर्डको सचिवालयका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले उद्धार गर्नुपर्ने समस्या मलेसिया र साउदी अरबमा भएकाले त्यहाँको अवस्थाबारे सीसीएमसीलगायत सबै सरोकारवालालाई जानकारी गराइसकिएको जानकारी दिए । “बोर्ड सहयोग गर्न तयार छ, हामीलाई आदेश चाहियो”, उनले थपे ।

कोभिड–१९ को सङ्क्रमण बढेपछि सरकारले डेढ महिनाअघि सबै अन्तर्राष्ट्रिय उडान बन्द गरेको थियो । उडान बन्द हुँदा स्वदेश फर्कने तयारीमा रहेका श्रमिक रोजगारदाता कम्पनीमै बसिरहेको ती देशमा रहेका नेपाली दूतावासले जानकारी गराउँदै आएका छन् ।

सीसीएमसीका अनुसार रोजगारदाता देशमा रोकिएका श्रमिक बेखर्ची भए सरकारले क्वारेन्टाइन खर्च बेहोर्ने र अन्तर्राष्ट्रिय उडान बन्द हुँदा रोकिएका श्रमिकलाई छिट्टै स्वदेश फर्काउने तयारी गरेको छ । अहिले अघिल्लो वर्षजस्तो समस्या नभएकाले रोजगारदाता देशमा रोकिएका श्रमिकलाई स्वदेश फर्काउन कुनै अप्ठ्यारो नहुने सीसीएमसीले जनाएको छ ।


खाडी मुलुक र मलेसियामा रहेका नेपाली राजदूतले अन्तर्राष्ट्रिय उडान बन्द हुनासाथ श्रमिक फर्काउन वैकल्पिक उडान खुलाउन सरकारसँग आग्रह गर्दै आएका थिए । यो समाचार गोरखापत्र दैनिकमा छ।