09 Ashwin, 2080 / 26 September , 2023

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

राजनीति


प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची


काठमाडौं, ३१ असार । । प्रतिनिधिसभा बैठक आज बस्दैछ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा दिउँसो १ बजे बैठक बस्न लागेको हो ।

आजको बैठकमा केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसदहरुबाट प्राप्त विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिनेछ ।

यसपछि कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले उक्त विधेयक संसदमा पेस गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

यसैगरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘नेपाल विश्वविद्यालय विधेयक २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

संसद सचिवालयकाअनुसार कानुन मन्त्री गुरुङले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८० माथिको दफावार छलफल सदनमा गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ । यसपछि उक्त विधेयकमाथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गर्नुका साथै पारित गरिनेछ ।   
 


राष्ट्रियसभाबाट आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक बहुमतले पारित

राष्ट्रियसभाबाट आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक बहुमतले पारित


काठमाडौं, २९ असार ।  राष्ट्रियसभाको बैठकले आर्थिक विधेयक,२०८० र राष्ट्र ऋण उठाउने विधेयक,२०८० बहुमतले पारित गरेको छ । शुक्रबार बसेको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले ‘प्रतिनिधिसभाबाट सुझावसहित प्राप्त उक्त विधेयक २०८० लाई मूलरुपमै सुझावबिना पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाइयोस्’ भन्ने प्रस्ताव पेस गरेका  थिए।

बहुमतले उक्त प्रस्ताव पारित गरेको हो । उक्त विधेयकहरू संशोधन बिना मूल रुपमै पारित भएको छ । बैठकमा राष्ट्रियसभाका सांसदहरुले सुर्तीजन्य वस्तुमा कर बढाउने प्रस्ताव पेस गरेपनि उक्त प्रस्ताव अस्वीकृत भएको थियो ।

त्यसअघि बैठकमा आर्थिक विधेयक २०८० माथि दफावार छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिँदै अर्थमन्त्री डा. महतले सुर्तीजन्य वस्तुमा कर नघटाइएको बताए थिए । अहिले पनि नेपालमा सुर्तीजन्य वस्तुमा उच्च कर नै रहेको उनले बताए । उनले करका दर प्रस्ताव गर्दा सकारात्मक र नकारात्मक पक्षको समीक्षा गरिने र सोहीअनुसार संशोधन गर्न सकिने पनि जानकारी दिएका थिए।
 


अमेरिकी सहायक विदेशमन्त्री लु काठमाडौंमा

अमेरिकी सहायक विदेशमन्त्री लु काठमाडौंमा


काठमाडौं, २९ असार । दक्षिण तथा मध्यएसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु काठमाडौं आइपुगेका छन्। केही दिनदेखि दक्षिण एसियाको भ्रमणमा रहेका सहायक विदेशमन्त्री लु एक दिने भ्रमणका लागि शुक्रबार बिहान नेपाल आएका हुन्।

भ्रमणका क्रममा लुले प्रधानमन्त्री पुष्पकमल दाहाल र परराष्ट्रमन्त्री एनपी साउदसँग शिष्टाचार भेटवार्ता गर्ने छन्। यस्तै, उनले कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी ओलीलाई पनि भेट्ने कार्यक्रम रहेको छ।

रोतका अनुसार उक्त भेटवार्ताको क्रममा लुले नेपालमा ऊर्जा र पूर्वाधार विकासमा अमेरिकी ५०० मिलियन डलर अनुदानको कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० को कार्यान्वयनको अवस्था, दुई मुलुकबीचको सम्बन्धलगायत विषयमा कुराकानी गर्नेछन् ।

सहायक विदेशमन्त्री लुले दूतावासका कर्मचारीहरूलाई पनि भेट्ने कार्यक्रम छ। दूतावासका अनुसार लुले अमेरिकन चेम्बर अफ कमर्सको एक सदस्य संस्थासँग भेटघाट गर्ने कार्यक्रम छ।

नेपालीहरूलाई विश्वव्यापी रूपमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने दिशामा अनुपम सीप प्रदान गर्न उक्त संस्थाले गरेका प्रयासबारे पनि बुझ्ने कार्यक्रम रहेको दूतावासले जनाएको छ।

यसअघि सहायक विदेशमन्त्री लुले २०७९ साउन १२ र १३ मा दुईदिने नेपाल भ्रमण तथा त्यसअघि २०७८ मंसिर १ देखि ४ सम्म चार दिने भ्रमण गरेका थिए।


 मेरो अन्तरआत्माले भन्यो भने एक मिनेट पनि बस्दिनँ: प्रधानमन्त्री

 मेरो अन्तरआत्माले भन्यो भने एक मिनेट पनि बस्दिनँ: प्रधानमन्त्री


काठमाडौं, २५ असार ।  प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफ्नो अन्तरआत्माले भनेको खण्डमा एक मिनेट पनि सत्तामा नबस्ने टिप्पणी गरेका छन् । प्रधानमन्त्रीले प्रचण्डले असार १८ गते एक सार्वजनिक कार्यक्रममा ‘आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटकपटक भारत गएको’ भनी दिएको विवादित अभिव्यक्तिमाथि स्पष्टीकरण दिने क्रममा यस्तो बताएका हुन् ।  

तर, उनले प्रतिपक्षले प्रश्न उठाउने बित्तिकै आफूले राजीनामा नदिने बताए । ‘के प्रतिपक्षले प्रश्न उठाउने बित्तिकै प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने हो ?’ उनले भने । 

आफूले विवादित अभिव्यक्तिबारे प्रष्ट पार्न खोज्दाखोज्दै पनि प्रमुख प्रतिपक्षी दल एमालेले सहयोग नगरको प्रचण्डले आरोप लगाए । ‘म त सुरुदेखि नै स्पष्ट पार्नका लागि पर्खिरहेको थिएँ । मलाई थाहा छैन किन संसद् अवरुद्ध गरियो ? राजीनामा नआएसम्म संसद् चल्न दिइँदैन किन भनियो ? मैले बुझेको छैन । के यही हो संसदीय अभ्यास ?’

प्रचण्डले सरदार प्रितम सिंहको पुस्तक विमोचन कार्यक्रममा सिंह आफूलाई प्रधानमन्त्री बनाउन पटक–पटक दिल्ली गएको भनी अभिव्यक्ति दिएका थिए । त्यसलाई लिएर एमालेले बुधबारदेखि प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदन अवरुद्ध पारेको थियो । 


ललिता निवास प्रकरणमा थप दुई पक्राउ

ललिता निवास प्रकरणमा थप दुई पक्राउ


काठमाडौं, २४ असार । । ललिता निवास प्रकरणमा थप दुई जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले समरजंग कम्पनीका पूर्वप्रमुख लोकहरि घिमिरे र नापी सर्वेक्षक ध्रुव अर्याललाई पक्राउ गरेको हो ।

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्ने प्रकरणमा संलग्न व्यक्तिहरुलाई सीआईबीले सरकारी कागजात किर्ते मुद्दामा अनुसन्धान गरिरहेको छ । यस प्रकरणमा हाल प्रोफाइलका नेता, सरकारी कर्मचारीदेखि लिएर व्यवसायीहरु समेत समातिएका छन् ।
 


आरजुको नाम लिएको अडियो फेक होः प्रहरी

आरजुको नाम लिएको अडियो फेक होः प्रहरी


काठमाडौं, २४ असार ।  नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् सांसद डा. आरजु राणा देउवाको आवाज भएको भनिएको अडियो सन्देश फेक भएको पुष्टि  भएको छ ।

उक्त आवाज सन्देश  शर्माको आवाजसँग मिलेको पाइएको हो । दाङका शर्मा  हाल ठगी तथा संगठित अपराध कसुर मुद्दामा अनुसन्धानका लागि थुनामा छन् ।


राणाले आफ्नो नामको फेक अडियो सार्वजनिक भएको भन्दै छानबिन गरी दोषीलाई कारबाही गर्न माग राखेर नेपाल प्रहरीको साइबर ब्युरोमा निवेदन दिएकी थिइन् ।


संसद्को अवरोध हटाउन समझदारी

संसद्को अवरोध हटाउन समझदारी


काठमाडौं, २४ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच संसद्को अवरोध हटाउने विषयमा समझदारी बनेको छ।

असार १८ गते दाहालले दिएको अभिव्यक्तिलाई लिएर एमालेले प्रधानमन्त्रीको राजीनामा माग्दै निरन्तर राष्ट्रिय सभा र प्रतिनिधिसभा अवरुद्ध गर्दै आएको छ। आइतबारको  छलफलपछि एमाले संसद्को अवरोध हटाउन तयार रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दियो।


 


प्रधानमन्त्रीको आग्रहमा २ घण्टापछि सर्‍यो प्रतिनिधिसभा बैठक

प्रधानमन्त्रीको आग्रहमा २ घण्टापछि सर्‍यो प्रतिनिधिसभा बैठक


काठमाडौं, २४ असार । प्रतिनिधिसभाको आजको बैठक २ घण्टा पछि सरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहालको अनुरोधमा १ बजेका लागि बोलाइएको बैठक दिउँसो ३ बजेसम्मका लागि सारिएको हो।

संसदको अवरोध हटाउन शीर्ष नेताहरुसँग छलफल गरिरहेका प्रधानमन्त्री दहालले सभामुख देवराज घिमिरेलाई बैठक सार्न आग्रह गरेको र सोही अनुसार बैठक राखिएको बताइएको छ।

प्रधानमन्त्री दाहालले संसद खुवाउनका लागि सिंहदरबारमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेदरबहादुर देउवासँग छलफल गरिरेहका छन्।

प्रधानमन्त्री दाहालको असार १८ को अभिव्यक्तिलाई लिएर एमालेले संघीय संसद्का दुवै सदनमा अवरोध गरिरहेको छ। एमालेले प्रधानमन्त्रीले राजनीनानामा दिनुपर्ने अडान राखेको छ।
 


संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?

संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?


काठमाडौं, २४ असार । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । गत बुधबार प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) कारण संघीय संसद्का दुवै सदनको बैठक स्थगित भएको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गएको सोमबार एक पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै आफूलाई प्रधानमन्त्री बनाउन प्रीतम सिंह पटकपटक भारत गएको अभिव्यक्ति दिएका थिए ।

उनको अभिव्यक्तिमाथि आपत्ति जनाउँदै एमालेले नेपालको प्रधानमन्त्री भारतले बनाउने भन्दै त्यसको जवाफ माग गरेको हो । सोही कारण बुधबारका लागि बोलाइएको प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठकमा एमालेले अवरोध गरेको छ ।

आजको प्रतिनिधिसभा बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल हुने सम्भावित कार्यसूची रहेको छ ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथिको दफावार छलफल, संशोधनलाई निर्णयार्थ प्रस्तुत तथा  पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

आजै राष्ट्रियसभाको बैठक बिहान ११ः३१ बजेका लागि बोलाइएको छ । बैठकमा विनियोजन विधेयकमाथि छलफल हुनेछ ।

आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय र खानेपानी मन्त्रालय, अर्थ मन्त्रालय लगायतका मन्त्रालयका विभिन्न शिर्षकमाथि छलफल हुने सम्भावित कार्यसूची रहेको छ । 


कोशीको नयाँ सरकार असंवैधानिक भन्दै सर्वोच्चमा रिट

कोशीको नयाँ सरकार असंवैधानिक भन्दै सर्वोच्चमा रिट


काठमाडौं, २२ असार । कोशी प्रदेशको नयाँ सरकार गठनको प्रक्रिया असंवैधानिक भएको भन्दै एमालेले सर्वोच्च अदालतमा शुक्रबार रिट निवेदन दायर गरेको छ । उक्त निवेदन माथि सुनुवाइका लागि सर्वोच्च अदालतले आइतबारको पेसी तोकेको एमालेका प्रमुख सचेतक रेवतिरमण भण्डारीले बताए ।
सभामुखको समेत हस्ताक्षर जोडेर सरकार गठनमा लागि आवश्यक ४७ प्रदेश सांसदको बहुमत देखाएर मुख्यमन्त्रीमा गठबन्धन दलका नेता उद्धव थापालाई नियुक्त गरेको निर्णयविरूद्ध एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले निवेदन दायर गरेका हुन् ।



Prabhu Side Bar



Sidebar Middle
Sidebar Bottom