11 Ashwin, 2080 / 28 September , 2023

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

राजनीति


प्रतिनिधिसभा बैठक बस्दै,यस्तो छ सम्भावित कार्यसूची

प्रतिनिधिसभा बैठक बस्दै,यस्तो छ सम्भावित कार्यसूची


काठमाडौं, २९ भदौ ।  संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको संसद् सचिवालयले जनाएको छ ।

संघीय संसद सचिवालयले सार्बजनिक गरेको सम्भाबित कार्यसुची अनुसार प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयबाट प्राप्त कार्यभारी तोकिएको सबन्धीको पत्र सभामुख देवराज घिमिरेले पढेर सुनाउने छन् ।

साथै, सभामुख घिमिरेले नेपालको संविधान धारा ८९ को खण्ड (च) बमोजिम प्रतिनिधिसभा सदस्यको स्थान एक रिक्त रहेको ब्योहोरा प्रतिनिधिसभा नियमावली २०७९ को नियम २१५ को (१) बमोजिम जानकारी गराउने छन् । जसअनुसार प्रतिनिधिसभा सदस्यसमेत रहेका संबिधानसभा अध्यक्ष सुबासचन्द्र नेम्वाङको निधन पछि निर्वाचन क्षेत्र इलाम–१ रिक्त रहेको जानकारी बैठकमा गराइनेछ । नेम्बाङकाे गत मंगलबार निधन भएकाे थियाे भने हिजाकाे बैठक शाेक प्रस्ताब पारित गरेकाे थियाे ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले ‘केही नेपाल ऐन संसोधन गर्न बनेको बिद्येयक २०८० लाई दफाबार छलफलका लागि सबन्धित समितिमा पठाइयोस’ भन्ने प्रस्ताव गर्ने सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ ।
 


गौहत्याको विरोधमा राप्रपाको शक्ति प्रदर्शन

गौहत्याको विरोधमा राप्रपाको शक्ति प्रदर्शन


२६ भदौ । राप्रपाले विभिन्न माग राखेर शक्ति प्रदर्शन गरेको छ । गौहत्या विरोध र हिन्दू राष्ट्र, राजसंस्था पुनर्स्थापना, तथा संघीयता खारेजीको मागसहित राप्रपाले बुधबार काठमाडौंमा शक्ति प्रदर्शन गरेको हो ।
भृकुटीमण्डपमा जनप्रदर्शन तथा विरोध सभा आयोजना गरिएको छ भने यसअघि विभिन्न स्थानबाट झाँकीसहित र्‍याली निकालिएको छ । सभालाई शीर्षनेताले सम्बोधन गर्ने कार्यक्रम छ ।
 


संविधानसभा अध्यक्ष नेम्वाङलाई राष्ट्रिय सम्मान दिने सरकारको निर्णय

संविधानसभा अध्यक्ष नेम्वाङलाई राष्ट्रिय सम्मान दिने सरकारको निर्णय


काठमाडौं, २६ भदौ ।  संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई सरकारले राष्ट्रिय सम्मान दिने भएको छ । आज बिहान बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो ।
उनको अन्त्येष्टिको दिन सार्वजनिक बिदा दिने निर्णयसमेत मन्त्रिपरिषद बैठकले गरेको छ । नेकपा एमालेका उपाध्यक्ष एवं सांसद नेम्वाङको आज बिहान निधन भएको हो । नेम्वाङका छोराहरु विदेशमा भएकाले उनीहरु फर्किएपछि मात्र अन्त्येष्टि गरिने जनाइएको छ ।
 


नेपालका श्रम गन्तव्य देशका नेपाली राजदूत र कूटनीतिक नियोग प्रतिनिधिहरूबीच बैठक बस्दै

नेपालका श्रम गन्तव्य देशका नेपाली राजदूत र कूटनीतिक नियोग प्रतिनिधिहरूबीच बैठक बस्दै


काठमाडौं, २५ भदौ । नेपालका श्रम गन्तव्य देशका नेपाली राजदूत र कूटनीतिक नियोग प्रतिनिधिहरूको बैठक आजबाट सुरु हुँदै छ । काठमाडौंमा आज र भोलि दुई दिन चल्ने बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएका हुन् । प्रधानमन्त्री प्रचण्डको सचिवालयका अनुसार बैठक श्रम गन्तव्यलाई कसरी सुरक्षित बनाउने, मानव तस्करीलाई कसरी रोक्ने भन्ने विषयमा केन्द्रित हुनेछ ।

बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्नेछ । 

प्रधानमन्त्री प्रचण्डले अध्यक्षता गर्ने बैठकमा श्रम तथा रोजगार मन्त्रालय र परराष्ट्र मन्त्रालयका अधिकारीहरूको सक्रिय सहभागिता रहने छ ।
 


ललिता निवास प्रकरणः पक्राउ परेका १७ जनालाई धरौटीमा रिहा गर्न आदेश

ललिता निवास प्रकरणः पक्राउ परेका १७ जनालाई धरौटीमा रिहा गर्न आदेश


काठमाडौं, २४ भदौ । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका  १७ जनालाई धरौटीमा रिहा गर्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ। न्यायाधीश भोलानाथ ढकालको इजलासले पक्राउ परेका १८ जनामध्ये १७ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको हो।
अदालतले अभियुक्त केशव दुलाललाई साधारण तारेखमा छाड्ने आदेश दिइएको छ भने भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसँग दुई करोड ४६ लाख रुपैयाँ धरौटी माग गरेको छ ।
ललिता निवास प्रकरणमा १८ जनालाई पक्राउ गरेर अनुसन्धान थालेको प्रहरीले सङ्गठित अपराधमा म्याद थपेको थियो । प्रहरीले सङ्गठित अपराधमा अनुसन्धान गरेर प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाए पनि सरकारी वकिलको कार्यालयले किर्तेमा मात्र मुद्दा दर्ता गरेको छ ।

२०४९ सालदेखि २०६९ सालसम्ममा नक्कली मोही खडा गरेर ललिता निवासको एक सय ४३ रोपनी जग्गा व्यक्तिका नाममा ल्याएको प्रहरीको दाबी छ । ललिता निवास प्रकरणको आरोपीमा पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, व्यवसायी मीनबहादुर गुरुङ, पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित चार पूर्वमन्त्री तथा पूर्वसचिवसमेत गरी तीन सय १० जना रहेका छन् । उनीहरूमध्ये २१ जना मृत्यु भइसकेको छ ।


कोशीमा हट्यो बजेट शून्यता, बजेटसम्बन्धी २ वटा अध्यादेश जारी

कोशीमा हट्यो बजेट शून्यता, बजेटसम्बन्धी २ वटा अध्यादेश जारी


काठमाडौं, २४ भदौ । कोशी प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले बजेटसम्बन्धी अध्यादेश जारी गरेका छन्। प्रदेश मन्त्रिपरिषद्‌को सिफारिसमा प्रदेश प्रमुख खापुङले आइतबार कोशी प्रदेश आर्थिक अध्यादेश २०८० र विनियोजन अध्यादेश २०८० जारी गरेका हुन्। 

सर्वोच्च अदालतको परमादेशपछि कोशी प्रदेश सरकारको नेतृत्वमा फर्किएका हिक्मत कार्कीले प्रदेशमा जारी बजेट शून्यता तोड्न अध्यादेशमार्फत् बजेट ल्याएका हुन्। यसअघि कार्की नेतृत्वको सरकारले नै ल्याएको बजेट अध्यादेश प्रदेश सभाबाट पारित नभइ निष्क्रिय भएपछि प्रदेश सरकार बजेट शून्यताको अवस्थामा पुगेको थियो। 

आफू अल्मतमा परेपछि तत्कालीन मुख्यमन्त्री कार्कीले सदन छलेर जेठ ३२ गते बजेटसम्बन्धी अध्यादेश सार्वजनिक गरेका थिए। त्यसपछि असार १४ गते बसेको प्रदेश सभा बैठकमा टेबुल भएको बजेट अध्यादेश पारित हुन सकेन। त्यसपछि कोशी प्रदेशमा बजेट शून्यताको अवस्था सिर्जना भएको थियो।


 


प्रधानमन्त्री दाहालद्वारा आसन्न चीन भ्रमणका विषयमा राजनीतिक दलसँग छलफल

प्रधानमन्त्री दाहालद्वारा आसन्न चीन भ्रमणका विषयमा राजनीतिक दलसँग छलफल


काठमाडौं, २४ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो आसन्न चीन भ्रमणका विषयमा उच्च राजनीतिक दलमा छलफल गरेका छन् । आइतबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबार प्रधानमन्त्रीले सर्वदलीय बैठकको आह्वान गरेका थियो। बैठकमा पूर्वप्रधानमन्त्रीहरू, राजनीतिक दलका शीर्ष नेताहरू, पूर्वपरराष्ट्रमन्त्रीहरू लगायतका राजनीतिक नेताहरू सहभागी थिए ।

छलफलमा नेताहरूले छिमेकीहरूसँग सन्तुलित कुटनीतिक सम्बन्ध कायम गर्न विशेष जोड गर्नुपर्ने, विगतका सम्झौताहरू कार्यान्वयनको अवस्थाबारे समीक्षा जरूरी रहेको, दुबै देशले एक–अर्काको सुरक्षा लगायत दुईपक्षीय चासोका विषयहरूमा ध्यान दिनुपर्ने, नेपालको असंलग्न परराष्ट्र नीतिबारे छिमेकीलाई विश्वासमा लिनुपर्ने, नेपालले लाभ लिन सकिने विषयहरूमा राम्रो गृहकार्य गरेर भ्रमणमा जानुपर्ने लगायतका विषयहरूमा ध्यान दिनुपर्ने सुझावहरू दिएका छन् ।

छलफलमा बोल्दै प्रधानमन्त्रीले आफ्नो चीन भ्रमण फलदायी र प्रभावकारी हुनेमा जोड दिँदै त्यसका लागि आवश्यक गृहकार्य गरिएको बताए ।“यो छलफल आसन्न चीन भ्रमणलाई बढीभन्दा बढी फलदायी र प्रभावकारी कसरी बनाउने भन्ने उद्देश्यका साथ बोलाइएको हो। यहाँ तपाईले जुन सुझावहरू दिनुभएको छ। प्राप्त सुझावहरू महत्वपूर्ण छन्। यसले मेरो भ्रमणलाई प्रभावकारी बनाउन सहयोग पुग्नेछ। भ्रमण फलदायी बनाउन सकेसम्म प्रयास गरिएको छ। भ्रमण फलदायी र प्रभावकारी हुन्छ,” उनले भने ।

चीन भ्रमणलाई सफल बनाउनेबारे संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरू सहमत भएको उनको भनाइ छ । सरकारले दुबै छिमेकीका साथै विश्व समुदायमा सन्तुलित सम्बन्ध कायम राख्ने प्रष्टाउँदै प्रधानमन्त्रीले नेपाल असंलग्न परराष्ट्र नीतिमा दृढ रहेको बताए । संयुक्त राष्ट्रसंघको महासभामा नेपालले गरिरहेको विकास प्रयास, जलवायु परिवर्तन र त्यसले नेपालजस्ता मुलुकहरूलाई पारेको असर, शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउन नेपालले खेलिरहेको भूमिकाबारे लगायतका विषयमा जानकारी गराउने र संयुक्त प्रयासका निम्ति अपील गर्ने प्रधानमन्त्रीले जानकारी दिए ।

कुटनीतिक तहमा राम्रो छलफल गरेर नै संयुक्त राष्ट्रसंघको महासभाबाट सिधै चीन भ्रमणमा जाने कार्यतालिका निर्धारण गरिएको बताउँदै भ्रमणका क्रममा नेपाल–चीन सम्बन्ध र दुईदेशीय हितका विषयमा केन्द्रित रहेर छलफल हुने जानकारी दिए ।

छलफलमा पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली, माधवकुमार नेपाल, परराष्ट्रमन्त्री एन.पी. साउद, नेताहरू महन्त ठाकुर, सिके राउत, चित्रबहादुर केसी, प्रेम सुवाल, पूर्वपरराष्ट्रमन्त्रीहरू रमेशनाथ पाण्डे, डा. प्रकाशचन्द्र लोहनी, प्रदीपकुमार ज्ञवाली, डा. बिमला पौडेल राई, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेल, सुरक्षा सल्लाहकार शंकरदास बैरागी, मुख्यसचिव डा. बैकुण्ठ अर्याल, परराष्ट्र सचिव भरतराज पौडेल लगायत सहभागी थिए ।


कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मत कार्कीको नियुक्ति र शपथ आजै

कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मत कार्कीको नियुक्ति र शपथ आजै


काठमाडौं, २२ भदौ । नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की शुक्रबार नै मुख्यमन्त्री नियुक्त हुने भएका छन् । उनले आजै मुख्यमन्त्रीको पद तथा गोपनीयताको शपथ पनि लिने भएका हुन् ।

सर्वोच्चको आदेश अनुसार प्रदेश प्रमुख परशुराम खापुङ्गले शुक्रबार कार्कीलाई संविधानको धारा १६८ को उपधारा (३) को मुख्यमन्त्री नियुक्त गर्ने तयारी गरेको जनाइएको छ । प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव नरेन्द्र श्रेष्ठका अनुसार मुखमन्त्री नियुक्ति र शपथ शुक्रबार साँझ ६ बजे हुने गरि समय तय भएको जानकारी दिए । बिहीबार सर्वोच्च अदालतको पूर्ण इजलासले उद्धव थापालाई दोस्रो पटक मुख्यमन्त्रीबाट पदमुक्त गर्दै एमाले संसदीय दलका नेता कार्कीलाई ४८ घण्टाभित्र संविधानको धारा १६८ को उपधारा (३) बमोजिम मुख्यमन्त्री नियुक्त गर्न परमादेश समेत दिएको थियो ।

सर्वोच्चको १५ पेज लामो उक्त फैसलाको संक्षिप्त आदेश शुक्रबार दिउँसो प्रदेश प्रमुखको कार्यालयमा इमेलमार्फत पुगेको थियो । सर्वोच्चकै आदेश अनुसार प्रदेश प्रमुख खापुङ्गले कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्ने तयारी गरेका हुन् ।

आदेशमा ‘रिट निवेदन उपरको प्रारम्भिक सुनुवाइमा कोशी प्रदेश सरकारका नाउँमा प्रस्तुत निवेदनको अन्तिम टुंगो नलागुञ्जेल दीर्घकालीन महत्वको र नीतिगत निर्णय नगर्न नगराउनू भनि अन्तरिम आदेश जारी भएको देखिँदा प्रदेशको कार्यकारिणी अधिकार निहित मन्त्रिपरिषद्लाई लामो समयसम्म सो अवस्थामा राखिरहनु उचित नदेखिएकोले प्रस्तुत आदेश प्राप्त भएको मितिले ४८ घण्टाभित्र नेपालको संविधानको धारा १६८ को उपधारा (३) बमोजिमको प्रक्रियाबाट मन्त्रिपरिषद् गठन गर्नु गराउनू भनी प्रत्यार्थी कोशी प्रदेश प्रमुखसमेतका नाउँमा परमादेश समेत जारी गरिएको छ’ भनि उल्लेख छ ।

उपधारा (३) मा ’प्रदेश प्रमुखले प्रदेश सभामा सबैभन्दा बढी सदस्यहरू भएको संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्नेछ’ भनिएको छ ।
 


कोशीको मुख्यमन्त्रीमा थापाको नियुक्ति बदर

कोशीको मुख्यमन्त्रीमा थापाको नियुक्ति बदर


काठमाडौं, २१ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति प्रक्रिया संविधानविपरीत रहेको भन्दै सर्वोच्च अदालतले नियुक्ति बदर गरेको छ। प्रदेश सभाको अध्यक्षता गरेका ज्येष्ठ सदस्य इस्राइल मन्सुरीको निर्णायक मतलाई संविधानसम्मत मान्न नमिल्ने भन्दै सर्वोच्चले नियुक्ति बदर गरेको हो।

मुख्यमन्त्री थापाको नियुक्ति खारेजीको माग गर्दै एमाले प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले ६ भदौमा रिट दर्ता गराएका थिए। सभाको अध्यक्षता गरेका ज्येष्ठ सदस्य मन्सुरीमार्फत मतदान गराएर विश्वासको मत लिने कार्य असंवैधानिक भएको कार्कीको दाबी थियो।

ad
कार्कीको रिटमा सुनुवाइ गर्दै सर्वाेच्चले पूर्वआदेशबमोजिम संविधानको धारा १६८(३) अनुसार सबैभन्दा ठूलो दलको संसदीय दलको नेतालाई ४८ घण्टाभित्र सरकार गठनको परमादेश दिएको छ। प्रदेश सभामा एमालेका ४० र राप्रपाका ६ सांसद छन् भने गठबन्धनबाट कांग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका चार र जसपाका एक सांसद छन्।
 


टिआरसीमा दलीय सहमति जुटाउन प्रधानमन्त्रीलाई सभाममुखको आग्रह

टिआरसीमा दलीय सहमति जुटाउन प्रधानमन्त्रीलाई सभाममुखको आग्रह


काठमाडौं, २१ भदौ । सभामुख देवराज घिमिरेले संक्रमणकालीन न्याय सम्बन्धी विधेयक (टीआरसी)का सम्बन्धमा दलीय सहमति जुटाउन प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह गरेका छन्। यही विधेयकलाई अगाडि बढाउने विषयमा बिहीबार प्रधानमन्त्री दाहालले सभामुख घिमिरेसँग छलफल गरेका थिए। सोही छलफलमा सभामुख घिमिरेले प्रधानमन्त्री दाहाललाई यस्तो सुझाव दिएका हुन्। बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन–२०७१ लाई संशोधन गर्न बनेको विगत विधेयक ६ महिनादेखि प्रतिनिधि सभामा विचाराधीन छ।
विधेयकलाई छिटो अगाडि बढाउन प्रधानमन्त्री दाहालले गरेको आग्रहमा सभामुख घिमिरले यसमा दलहरुका बीचमा सहमति भए त्यसले सकारात्मक सन्देश दिने भन्दै पहिला दलीय सहमति जुटाउन आग्रह गरे।
 



Prabhu Side Bar



Sidebar Middle
Sidebar Bottom