08 Baishak, 2081 / 20 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

राजनीति


दुर्गा प्रसाईंको हतियार राख्ने अनुमति बारे छानबिन गर्न समिति गठन

दुर्गा प्रसाईंको हतियार राख्ने अनुमति बारे छानबिन गर्न समिति गठन


काठमाडौं, १६ चैत ।  गृह मन्त्रालयले दुर्गा प्रसाईंले पाएको हतियारको बारेमा पाएको इजाजत बारे छानबिन चार सदस्यीय छानबिन समिति गठन गरेको छ।

गत चैत ५ गते सर्वोच्च अदालत परिसरमा हतियारसहित (जिल्ला प्रशासन कार्यालय, झापाबाट मिति २०७५ असार २१ मा दुर्गाप्रसाद प्रसाईको नाममा जारी भएको इजाजतपत्र 22 बोर  A354752) प्रवेश गर्न खोजेका दुईजना व्यक्ति पक्राउ परेका थिए।

सो सम्बन्धमा सर्वोच्च अदालतले  कानून विपरित इजाजतपत्र जारी भन्दै सो इजाजतपत्र के कसरी नवीकरण भएको हो भन्ने सम्बन्धमा आवश्यक छानविन गर्न  आदेश दिएको थियो । यस्तै इजाजत प अदालत, न्यायिक निकाय वा अन्य संवेदनशील क्षेत्रमा कुनै पनि हतियार लिई प्रवेश गर्न नपाउने सम्बन्धमा आवश्यक व्यवस्था गर्न आदेश जारी भएको थियो।

सो सम्बन्धमा छानबिन गर्न मन्त्रालयले छानबिन समिति गठन गरेको हो।   सर्वोच्च अदालतको आदेश कार्यान्वयनका लागि कार्य प्रारम्भ गरेको मितिले १५ दिनभित्र प्रतिवेदन पेश गर्न गृह मन्त्रालयका सहसचिव राजेन्द्रदेव पाण्डेको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेको हो।

समितिमा गृहमन्त्रालयको कानून शाखामा कार्यरत उपसचिव ऋषि पौडेल, नेपाल प्रहरीका उपरीक्षक सन्तोष भट्टराई सदस्य छन्। यस्तै सदस्य सचिवमा गृहकै उपसचिव एकदेव अधिकारी रहेको गृह प्रशासनले जनाएको छ। 


कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्छः देउवा

कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्छः देउवा


काठमाडौं, १६ चैत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले  कांग्रेसले  संसदमा सशक्त र रचनात्मक प्रतिपक्षीको भूमिका निभाउने बताएका छन्। नेपालगन्ज विमानस्थलमा आज स्वागतका लागि पुगेका अगुवा नेता कार्यकर्तालाई सभापति देउवाले का‌ग्रेसले जनताका मुद्दालाई केन्द्रमा राखेर काम गर्ने बताए। उनले संसदमा सशक्त र रचनात्मक प्रतिपक्षीको भूमिका निभाउने स्पष्ट पारे।

उनले पार्टी सङ्गठन मजबुत बनाउन गाउँ-गाउँमा केन्द्रित हुन नेता कार्यकर्तालाई निर्देशन दिए। सभापति देउवाले सङ्गठन निर्माण, विस्तार र सुदृढीकरणमा लाग्न निर्देशन दिए।  उनले काङ्ग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई जनअपेक्षा अनुरुप काम गर्न आग्रह गर्दै सुशासन र समृद्धि हासिल गर्ने दिशामा केन्द्रित हुनुपर्नेमा जोड दिए।

सभापति देउवा नेपाली कांग्रेसका नेता स्वर्गीय खुमबहादुर खड्काको दाङ अमिलिया चोकस्थित पूर्ण कदको शालिक अनावरणका लागि नेपालगन्ज पुगेका हुन्। 


सोच विचार गरेर नै नयाँ गठबन्धन बनाइएको होः  प्रधानमन्त्री

सोच विचार गरेर नै नयाँ गठबन्धन बनाइएको होः  प्रधानमन्त्री


काठमाडौं, १२ चैत । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सोच विचार गरेर नै नयाँ गठबन्धन बनाइएको बताएका छन् । 

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टीको वाग्मती प्रदेश समितिको बैठकलाई सम्बोधन गर्दै उनले राष्ट्रिय आवश्यकता र जनचाहनालाई ख्याल गरेर नयाँ गठबन्धन बनाइएको स्पष्ट पारे । उनले हालको सत्तागठबन्धनलाई लामो समयसम्म लैजाने सोच र लक्ष्यका साथ पार्टीले निर्णय गरेकाले त्यसलाई अक्षरश: लागू गरिने स्पष्ट पारे । 

गठबन्धन परिवर्तन गर्ने निर्णय एकाएक नभएको उल्लेख गर्दै उनले वामपन्थी शक्तिलाई एकै ठाउँमा ल्याउने लक्ष्य राखिएको बताए । पछिल्लो एक वर्षको अनुभवका आधारमा नयाँ निर्णय लिनु नै सुरक्षित उपाय भएको प्रधानमन्त्रीको भनाइ रहेको नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले जानकारी दिए । 

प्रदेश सरकारको विषयमा केही समयभित्रै आवश्यक निर्णय लिइने उनको भनाइ छ । सङ्घीय सरकारमा परिवर्तन भएलगत्तै प्रदेश सरकारको बारेमा पनि निर्णय लिनुपर्ने अवस्था आएको भन्दै उनले गठबन्धनमा आवश्यक छलफल गरेर उपयुक्त निर्णय लिइने प्रधानमन्त्रीको कथन छ । 


इलामको सेवा गर्ने संकल्पसहित निर्वाचनमा उभिएको छुः  सुहाङ नेम्वाङ

इलामको सेवा गर्ने संकल्पसहित निर्वाचनमा उभिएको छुः सुहाङ नेम्वाङ


काठमाडौं, १२ चैत । नेकपा एमालेको तर्फबाट इलाम २ का उम्मेदवार सुहाङ नेम्वाङले इलामको सेवा गर्ने संकल्पसहित आफू उभिएको बताएका छन्। सोमबार सामाजिक सञ्जालमा लामो स्ट्याटस लेख्दै सुहाङले आफूलाई उम्मेदवार बनाउन सहयोग गर्नेप्रति आभार व्यक्त गर्दै इलामको सेवा गर्ने संकल्प सहित आफू उभिएको बताएका हुन्।

उनले लेखेका छन्, 'केवल परिस्थीतिजन्य हिसाबले मात्रै म तयार भएको भने कदापी होइन। मन, वचन र कर्मले इलामको सेवा गर्ने संकल्प सहित उभिएको छु। त्यो प्रतिबद्धता र अठोट सहित तयार भएको छु। इलामको लागि स्पष्ट योजना र मार्गचित्र सहित यात्राको लागि तयार भएको हुँ।'

नेम्वाङले आफ्ना बुवा सुवास नेम्वाङप्रति इलामेली जनताको आशा, भरोसा र विश्वासका कारण आफूले पनि राजनीतिलाई पछ्याएको बताएका छन्। उनले लेखेका छन्, 'बुवासँग जोडिएका इलामेली जनताको सपना, संकल्प र अपेक्षाले मलाई पछ्याइरह्यो। आदरणीय इलामेली जनताहरुले हामीप्रति देखाउनु भएको माया, सद्भाव र शुभेच्छाले अरुतिर जाने अनुमति दिएन। र भनियो, ‘सुहाङ तिमिलाई भाग्न मिल्दैन है।’ त्यसैले म उम्मेदवारको लागि तयार भएँ।'

अझै केही वर्ष ‘लो प्रोफाइल’मा बसेर बुवाकै साथमा रहेर सिक्ने, बुझ्ने रहर भए पनि अकल्पनीय आकस्मिकता आइलागेको पनि उनले बताएका छन्।  

'मलाई लागेको थियो, ‘अझै थुप्रै बर्षहरु बुवाको साथमा रहनेछु । सिक्नेछु। बुझ्नेछु। जान्नेछु। ‘लो प्रोफाइलमा’ बसेर बुवाले देख्नुभएको सपना र गर्नुभएको संकल्प पुरा गर्न अधिकतम् योगदान गर्नेछु । इलामेली वृद्ध बुवाआमाहरुले, नौजवान साथीहरुले र कलिला नानीहरुले देखेका सपनाहरु पुरा गर्न बुवालाई दरिलो साथ दिनेछु’ उनले लेखेका छन्, 'म उहाँको लागि दरिलो सहयोगी बन्नेछु। तर बिडम्बना मेरो जीन्दगीमा पनि अकल्पनीय ‘आकस्मिकता’ आइलाग्यो। अकल्पनीय ब्रजपात आइलाग्यो।'

उनले आफू उम्मेदवार बन्दै गर्दा पार्टीको विकास, विस्तार र आन्दोलनमा लागेका नेताहरूको भावनालाई शिरमा राख्ने प्रतिबद्धता समेत जनाएका छन्।

सुहाङलाई आइतबार बसेको एमाले केन्द्रीय सचिवालय बैठकले 
 


ढोलाहिटीमा दुई समूहबीच झडप, दुई जनाको मृत्यु

ढोलाहिटीमा दुई समूहबीच झडप, दुई जनाको मृत्यु


काठमाडौं, १२ चैत । ललितपुर महानगरपालिका–२६ ढोलाहिटीमा गए राति दुई जनाको हत्या भएको छ । राति नौ बजेको समयमा दुई समूहबीच झडप हुँदा दुई जनाको ज्यान गएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएकाे छ । 
मृत्यु हुनेमा सुनसरी जिल्लाको धरान घर भई हाल ढोलहिटी बस्ने २८ वर्षीय रोवस राई र पाँचथर जिल्ला घर भई हाल खुमलटार बस्ने ३० वर्षीय पुजन राई रहेको बताए । उनीहरूको शव पाटन र सुमेरु अस्पतालमा राखिएको छ । घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले गए राति नै १८ जनालाई नियन्त्रणमा लिएको छ । 


इलाम-२ मा एमालेबाट सुहाङ नेम्वाङ उम्मेदवार

इलाम-२ मा एमालेबाट सुहाङ नेम्वाङ उम्मेदवार


काठमाडौं, ११ चैत । इलाम क्षेत्र-२ मा आउँदो वैशाख १५ मा हुने उपनिर्वाचनका लागि नेकपा (एमाले )ले सुहाङ नेम्बाङलाई उम्मेदवार बनाउने भएको छ।

आज (आइतबार) को केन्द्रीय सचिवालयको ३० औं बैठकले सुहाङलाई उम्मेदवार बनाउने निर्णय गरेको एमाले नेता प्रदीप ज्ञवालीले जानकारी दिए। इलामस्थित एमालेले चैत ५ मा सुहाङसहित छ जनाको नाम केन्द्रमा उम्मेदवारका लागि सिफारिस गरेको थियो।

जिल्लामा उम्मेदवार बन्न छ जनाले इच्छा देखाएपछि सहमति हुन नसक्दा सुहाङ, रवीन्द्र सुवेदी, डा. देवी क्षेत्री दुलाल, बुद्धिप्रसाद खनाल, नरेन्द्रनाथ भट्टराई र रिप्पल राईको नाम एमालेले केन्द्रमा पठाएको थियो।


संवैधानिक परिषद्को बैठक सोमबार बस्ने 

संवैधानिक परिषद्को बैठक सोमबार बस्ने 


काठमाडौं, ११ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । उनले सोमबार बस्ने गरी बैठक बोलाएका हुन् । नयाँ सत्ता समीकरण बनेपछि प्रचण्डले बोलाएको बैठकमा संवैधानिक पदमा रिक्त रहेका पदहरूमा पदपूर्ति हुने सम्भावना छ । त्यसमा पनि महालेखापरीक्षकको नियुक्तिको विषयमा छलफल हुनेछ ।

संवैधानिक परिषद्ले नियुक्त गर्ने संवैधानिक पदहरूमा पदाधिकारीहरू रिक्त छन् । गत १८ साउनको बैठकले महालेखापरीक्षक, निर्वाचन आयुक्त, प्राकृतिक स्रोत तथा वित्त आयोगको सदस्य र मुस्लिम आयोगको सदस्यका लागि इच्छुकहरूको आवदेन गर्नुपर्ने व्यवस्थाका लागि प्रक्रिया सुरु गर्ने निर्णय गरेको थियो ।

७ जेठ २०८० मा महालेखापरीक्षक टंकमणि शर्माको पदावधि सकिएपछि महालेखापरीक्षकको कार्यालय नेतृत्वविहीन छ । राजनीतिक दलहरूबीच संवैधानिक नियुक्तिमा सहमति नजुटेका कारण महालेखापरीक्षक नियुक्ति हुन नसकेको हो ।


अनुसन्धानमा लापरवाही गर्नेमाथि कारबाही सिफारिस गर्न गृहमन्त्रालयद्वारा समिति गठन

अनुसन्धानमा लापरवाही गर्नेमाथि कारबाही सिफारिस गर्न गृहमन्त्रालयद्वारा समिति गठन


काठमाडौं, ११ चैत ।  सुन तस्करी प्रकरणको अनुसन्धानमा लापरवाही गर्नेमाथि थप छानबिन गरेर कारबाही सिफारिस गर्न गृहमन्त्रालयले समिति गठन गरेको छ ।
छानबिनामा गम्भीर लापरवाही गरेको आरोपमा कारबाही सिफारिस भएका प्रहरीलाई कारबाही गर्न अर्को समिति बनाएको गृहको भनाइ छ । कानून महाशाखाका सहसचिव भरतमणि रिजालको नेतृत्वमा गठित समितिमा नेपाल प्रहरीका डीआईजी भीमप्रसाद ढकाल र गृह मन्त्रालयकै प्रहरी प्रशासन शाखाका उपसचिव रामबहादुर शाही सदस्य छन् ।
रिजाल नेतृत्वको समितिले उच्चस्तरीय सुन तस्करी जाँचबुझ आयोगले दिएको प्रतिवेदन अध्ययन गरेर कसलाई के कारबाही गर्ने भन्ने सिफारिस गर्नेछ ।

कारबाही सिफारिसमा परेका केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का तत्कालीन प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यसहित एसपी सञ्जयसिंह थापा र डीएसपीद्वय रुगम कुँवर र दुर्गा दाहालमाथि थप छानबिन र कारबाहीको आवाज उठेपछि समिति बनाइएको गृहको भनाइ छ ।
 


सरकारका नाममा आयो चौधरी परिवारले हत्याएको बाँसबारी छालाजुत्ताको १० रोपनी जग्गा

सरकारका नाममा आयो चौधरी परिवारले हत्याएको बाँसबारी छालाजुत्ताको १० रोपनी जग्गा


काठमाडौं, ९ चैत । बाँसबारी छालाजुत्ता कारखानाको जग्गा सरकारको नाममा आएको छ । भूमिसुधार तथा मालपोत कार्यालय, डिल्लीबजारले चाँदबाग रेसिडेन्सको नाममा रहेको करिब १० रोपनी जग्गा नेपाल सरकारको नाममा ल्याउने निर्णय शुक्रबार गरेको हो । 

भूमि व्यवस्था मन्त्रालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मालपोत कार्यालय डिल्लीबजारका प्रमुख छबिलाल नेपालीले मालपोत ऐनको दफा २४ अनुसार हामीले उक्त जग्गा नेपाल सरकारको भएको ठहर गर्दै सरकारको नाममा ल्याएको बताए । 

भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले कब्जा तथा हडपेका सरकारी जग्गालाई सरकारीकरण गर्ने अभियानमा सरकारले काम शुरु गरेको बताए । उनले राज्यको सम्पत्ति विभिन्न नाम र कोणबाट विभिन्न तरिका अपनाएर व्यक्ति वा कम्पनीको नाममा लगेर व्यक्तिगत अनकुलतामा ढाल्ने प्रशस्त कार्यहरू भएको देखिएको बताए ।


श्रम सचिव भण्डारीको राजीनामा स्वीकृत, सचिव सरुवा यसै साता टुङ्ग्याउने

श्रम सचिव भण्डारीको राजीनामा स्वीकृत, सचिव सरुवा यसै साता टुङ्ग्याउने


काठमाडौं, ८ चैत ।  सरकारले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवल प्रसाद भण्डारीको राजीनामा स्वीकृत गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले सचिव भण्डारीको राजीनामा स्वीकृत गरेको हो । भण्डारी ११ गते देखि अनिवार्य अवकाशमा जाँदै थिए । 

निजामती सेवा ऐन २०४९ को दफा ३७ अनुसार ०४९ कात्तिक २१ अगाडि सेवा प्रवेश गरेर ३० वर्ष सेवा अवधि पूरा भएका कर्मचारीले त्यसरी अनिवार्य अवकाश हुन अगाडि स्वेच्छिक अवकाश(राजीनामा) रोज्दा ६० वर्ष पुग्न बाँकी अवधि थपेर गणना हुने र त्यसैको आधारमा पेन्सन पाउने व्यवस्था भएकोले अगाडी नै राजीनामा दिँदै आएका छन् । 


कर्मचारीले ५८ वर्षे उमेर हदबन्दी पूरा गरेपछि स्वतः अवकाश पाउँछ तर सचिवले उमेर नपुग्दै पाँच वर्षे कार्यकाल सकिएपछि अवकाश पाउने भएकाले सो प्रावधान राखिँदै आइएको छ । 

यसैगरी सचिवहरूको सरुवा यही बैठकबाट टुङ्गो लगाउनेबारे पनि छलफल भएको छ । हाल रिक्त रहेका पदहरूमा प्रदेशबाट ल्याउनु पर्ने र संघीय मन्त्रालयका सचिवहरूको पनि मिलान गर्नु पर्ने देखिएकोले थप छलफल पछि टुङ्ग्याउने एक मन्त्रीले प्रशासन सिंहदरवार विशेष ब्युरोलाई जानकारी गराए । कतिपय मन्त्रालयका सचिवहरूले अहिलेको सरकारको गतिअनुसार लय नसमातिदिँदा मन्त्रालयका दैनिक प्रशासनिक कार्य सञ्चालन गर्नसमेत कठिनाई भई रहेको बताइएको छ ।