09 Ashwin, 2080 / 26 September , 2023

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

राजनीति


संसदको गतिरोध अन्त्य गर्न दुई बुँदे सहमति

संसदको गतिरोध अन्त्य गर्न दुई बुँदे सहमति


काठमाडौं, ६ भदौ । संसदको गतिरोध अन्त्यका लागि दलहरुबीच दुईबुँदे सहमति भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा बसेको बैठकमा संसदको गतिरोध अन्त्यका लागि दुईबुँदे सहमति जुटेको हो ।

बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र जनता समाजवादी पार्टीका नेताहरु उपस्थित थिए । उच्चस्तरीय आयोग गठनको माग गर्दै एमालेले १० साउनदेखि संसद बैठक अवरुद्ध गर्दै आएको छ ।
 


प्रतिनिधि सभा बैठक बुधबारसम्मका लागि स्थगित

प्रतिनिधि सभा बैठक बुधबारसम्मका लागि स्थगित


काठमाडौं, ५ भदौ । प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।  मंगलबार बस्ने भनिएको बैठक बुधबारसम्मका लागि बैठक स्थगित गरिएको हो । ‘प्रतिनिधि सभाको नियमावली २०७९ को नियम ६ को उपनियम (३) बमोजिम सभाको अर्को बैठक मिति २०८० भदौ ६ गते बुधबार दिनको ३ बजे बस्नेगरी निर्धारण गरिएको छ ।
नेकपा एमालेको निरन्तर अवरोधपछि आजसम्मका लागि बैठक सार्दै आएको थियो । सुन प्रकरणमा एमालेले उच्चस्तरीय छानबिन समिति बनाउने मागसहित संसद अवरोध गरिरहेको थियो । सोमबार राति बसेको सर्वदलीय बैठकले संयन्त्र बनाउने निर्णय गरेको थियो ।


 


राष्ट्रपति पौडेलको आह्वानमा सर्वदलीय बैठक बस्दै

राष्ट्रपति पौडेलको आह्वानमा सर्वदलीय बैठक बस्दै


काठमाडौं, ५ भदौ ।  राष्ट्रपति रामचन्द्र पौडेलको आह्वान गरेको सर्वदलीय बैठक केही समयपछि सुरु हुँदैछ। राष्ट्रपति पौडेलले समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज बिहान साढे ८ बजे बैठक बोलाएका छन्।

राष्ट्रपति पौडेलले एक महिनाअघि देखि संसदमा देखिएको गतिरोध अन्त्यका विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएका थिए। तर, सोमबार राति नै दलहरुबीच सहमति भएपछि संसदको अवरोध भने हटिसकेको छ।

बैठकमा संसद अवरोध खुलाउन भइरहेको प्रयासबारे जानकारी लिने दिने काम हुने बताइएको छ। सोमबार बेलुकाको सहमतिका विषय राष्ट्रपतिलाई जानकारी गराउने नेताहरुले बताएका छन्।
 


प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ नियुक्त

प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ नियुक्त


काठमाडौं, ४ भदौ ।  प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ नियुक्त भएका छन् । संसदीय विशेष सुनुवाइ समितिले आज श्रेष्ठको नाम सर्वसम्मतिले पारित गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई नियुक्त गरेका हुन् । सोमबार बिहान समितिले गरेको सुनुवाइपछि प्रधानन्यायाधीशमा श्रेष्ठको नाम सर्वसम्मत अनुमोदन गरेको थियो । सुनुवाइअघि उजुरीकर्ताहरुसँग छलफल पनि भएको थियो । श्रेष्ठ विरुद्ध तीन वटा उजुरी परेका थिए।
श्रेष्ठले संसदीय सुनुवाइ समितिसमक्ष न्यायपालिका सुधारका लागि आफ्नो कार्ययोजनासहित धारणा व्यक्त गरेका छन् । श्रेष्ठले १४ महिना सर्वोच्च अदालतको नेतृत्व गर्नेछन् ।  २०१६ साल असोज २० मा डोटीको सिलगढीमा जन्मनु भएका श्रेष्ठ ०३८ सालमा शाखा अधिकृतका रूपमा न्याय सेवामा प्रवेश गरेका हुन् । 


प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठविरुद्ध तीन उजुरी, आज संसदीय सुनुवाइ हुँदै

प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठविरुद्ध तीन उजुरी, आज संसदीय सुनुवाइ हुँदै


काठमाडौं, ४ भदौ । प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संसदीय सुनुवाइ आज हुँदै छ । प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठविरुद्ध तीनवटा उजुरी परेका छन् ।

उजुरीकर्तासँग छलफल गरेपछि श्रेष्ठसँग संसदीय सुनुवाइ समितिले छलफल गर्ने छ । साढे १० बजे उजुरीकर्तासँग छलफल गर्ने तयारी छ । त्यसपछि श्रेष्ठलाई बोलाइएको छ । संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने छन् ।
 


सदनको अवरोध खुलाउन सर्वदलीय बैठक बस्दै

सदनको अवरोध खुलाउन सर्वदलीय बैठक बस्दै


काठमाडौं, ४ भदौ । संसद् गतिरोध अन्त्य गर्नका लागि आज पनि सर्वदलीय बैठक बोलाइएको छ। संसद्‌मा जारी अवरोधका विषयमा छलफल गर्न प्रधानमन्त्री दाहालले अपराह्न ४ बजेका लागि शीर्ष सर्वदलीय बैठक बोलाएका हुन्।

संसद अवरोध खुलाउने विषयमा छलफल गर्नका लागि आइतबार दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय मान्यता प्राप्त दलहरूसँग छलफल गरेका थिए। बैठकमा कुनै निष्कर्ष ननिस्किएपछि आज फेरि बस्ने गरी सकिएको थियो।


राष्ट्रपतिले बोलाए सर्वदलीय बैठक

राष्ट्रपतिले बोलाए सर्वदलीय बैठक


काठमाडौं, ३ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको जारी अवरोध हटाउन सर्वदलीय बैठक बोलाएका छन्। राष्ट्रपति पौडेलले संसदीयमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूलाई मंगलबार बिहान सर्वदलिय बैठक बोलाएका हुन्।

‘संसदको जारी अवरोध कसरी हटाउन सकिन्छ भन्ने विषयमा छलफल गर्न राष्ट्रपतिले मंगलबार बिहान ८: ३० बजे प्रतिनिधिसभामा प्रतिनिधितव गर्ने दलका नेतालाई शीतल निवास बोलाउनु भएको छ,’ राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले भने।

सुन तस्करीको छानविनको माग गर्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले साउन १० गते देखि संघीय संसदका दुबै सदन अवरुद्ध गरेसँगै राष्ट्रपति पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल देखिका नेताहरूलाई शीतल निवास बोलाएर दवाव दिंदै आएका छन्। राष्ट्रपतिले पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाललाई साउन २५ गते नै शीतल निवास बोलाएर संघीय संसद सुचारुका लागि पहल लिन आग्रह गरेका थिए। त्यसको भोलिपल्ट साउन २६ गते संघीय संसदन्र्तग प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनालाई शीतल निवास बोलाएका थिए।


प्रतिनिधिसभाको बैठक भदौ ५ गतेसम्मलाई स्थगित

प्रतिनिधिसभाको बैठक भदौ ५ गतेसम्मलाई स्थगित


काठमाडौं, ३ भदौ । सङ्घीय संसद् अन्तर्गत आज बस्ने भनिएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।  बैठक दिउँसो १ बजेका लागि बोलाइएको थियो ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आजको बैठकमा अवरोध गर्ने भएपछि भदौ ५ गते ३ बजे बस्ने गरी स्थगित गरिएको हो ।  नेकपा एमालेले सुन प्रकरणको छानबिन गर्न समिति गठन गर्नुपर्ने माग राख्दै संसद् अवरुद्ध गर्दै आएको छ ।

आइतबार बिहान संसद्को अवरोध हटाउन सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए । तर, सत्तापक्ष र प्रतिपक्षले अडान नछोड्दा सहमति जुट्न सकेको थिएन ।
आजको बैठकमा सभामुख घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेको थियो । 


संसद् खुलाउन प्रधानमन्त्री र सभामुखबीच छलफल

संसद् खुलाउन प्रधानमन्त्री र सभामुखबीच छलफल


काठमाडौं, १ भदौ । संसद्को अवरोध हटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच छलफल भएको छ । बिहान बालुवाटारमा भएको छलफलमा सभामुख घिमिरेले संसद् नखुल्दा बाढी पहिरोलगायत प्रकोपका रुपमा फैलिएका रोगका सङ्क्रमणका विषयमा बहस हुन नपाएको बताए । सत्तापक्ष र प्रतिपक्षले गम्भीरतापूर्वक छलफल गरेर सहमति गरी संसद् खुलाउन उहाँले प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराए ।

जवाफमा प्रधानमन्त्री प्रचण्डले संसद् खुलाउने विषयमा प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग कुराकानी गर्ने बताएका सभामुखको निजी सचिवालयले जनाएको छ । एमालेले तस्करी भएको सुनको उच्चस्तरीय समिति बनाएर छानबिनको माग गर्दै १० गतेदेखि संसद् अवरूद्ध गर्दै आएको छ ।

सरकारले भने अनुसन्धानका लागि उच्चस्तरीय समितिको आवश्यकता नरहेको जनाएको छ । गएको ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडिबाट ब्रेक शुभित्र लुकाएर ल्याएको सुन बरामद भएको थियो । ६० किलो सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा अहिलेसम्म २३ जना पक्राउ परेका छन् ।
 


पार्टीका कार्यक्रम छरितो बनाउन एमालेले बनायो मापदण्ड

पार्टीका कार्यक्रम छरितो बनाउन एमालेले बनायो मापदण्ड


काठमाडौं, ३२ साउन ।  एमालेले पार्टी र मातहतका सार्वजनिक कार्यक्रमलाई छरितो र व्यवस्थित बनाउन पाँच बुँदे मापदण्ड बनाएको छ।

एमालेको यही साउन २९ गतेको सचिवालय बैठकले गरेको उक्त निर्णयबारे अन्तरपार्टी निर्देशन (सर्कुलर) जारी गरिने सो पार्टीका उपमहासचिव विष्णु रिमालले जानकारी दिए।

पार्टीका कार्यक्रमको गरिमा र मर्यादालाई बढाउन पार्टीका कमिटी तथा जनसङ्गठनले आयोजना गर्ने सार्वजनिक कार्यक्रममा पार्टीका अध्यक्ष बाहेक अन्य नेताका तस्बिर प्रयोग नगर्ने, मञ्चको प्रयोग वक्ताले मात्र गर्ने, अतिथि तथा वक्तालाई दर्शक दीर्घामा नै मर्यादित ढङ्गले आसनको व्यवस्था मिलाउने र कार्यक्रमको अन्तिमसम्म आसन ग्रहण गराइने परम्परा अन्त्य गर्ने मापदण्ड बनाइएको छ। 

यस्तै कार्यक्रममा ब्याच, माला र खाँदाको अनावश्यक प्रयोग नगर्ने तथा कार्यक्रमलाई भड्किलो नबनाउने एमालेको निर्णय छ।
 



Prabhu Side Bar



Sidebar Middle
Sidebar Bottom