09 Ashwin, 2080 / 26 September , 2023

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

राजनीति


आयोग बन्न नदिँदा क्विन्टल सुन ६१ केजीमा झरिसक्यो : ओली

आयोग बन्न नदिँदा क्विन्टल सुन ६१ केजीमा झरिसक्यो : ओली


काठमाडौं, ३१ साउन ।  एमाले अध्यक्ष केपी शर्मा ओलीले बरामद भएको सुन गायब पार्दै लैजान खोजेको आशंका गरेका छ्न् । सिनामंगलमा बरामद सुन १ क्विन्टलबाट ६१ केजीमा कसरी झर्‍यो भन्दै ओलीले प्रश्न गरेका छन् । उच्चस्तरीय छानबिन आयोग नबनाउनुको मक्सद यही रहेको उनले बताए । 
एमालेको उद्योग, वाणिज्य तथा आपूर्ति विभागले बुधबार आयोजना गरेको 'वर्तमान आर्थिक अवस्था-समस्या र समाधान' विषयक छलफललाई सम्बोधन गर्दै ओलीले भने,'आयोग बन्न नदिँदा एक सय केजी सुन ६१ केजीमा झर्‍यो । त्यसैले यो आयोग बन्न दिइएको छैन ।'
एमालेले आयोग गठनको माग गर्दै आएको छ । यो माग्र पूरा नहुँदा एमालेले संसद् अवरोध गरिरहेको छ । 'प्रधानमन्त्रीसँग यो विषयमा कुरा गर्दा ३५ दिन पर्खिनुहोस् भन्नुहुन्थ्यो । त्यतिञ्जेलसम्म कति केजीमा झर्ने हो ?,' ओलीले भने ।

अध्यक्ष ओलीले अहिले एयरपोर्टबाट दैनिक सुन बगिरहेको दाबी गरे । 'एयरपोर्टबाट सुन बगिरहेको छ । अरु खुल्ला भन्सारको अवस्था झन् कस्तो होला ?' ओलीले सुनमा लगानी गर्ने लगानीकर्ता को हो भन्दै त्यसको खोजी गर्नुपर्ने पनि बताए ।
 


संसद्को गतिरोध हटाउन पहल गर्ने गठबन्धनको निर्णय

संसद्को गतिरोध हटाउन पहल गर्ने गठबन्धनको निर्णय


काठमाडौं, ३१ साउन । सत्ता गठबन्धनले संसद्को गतिरोध हटाउन पहल गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बिहान बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले सदनको गतिरोध अन्त्य गर्न प्रमुख प्रतिपक्षी दलसहित संसद्मा प्रतिनिधित्व गर्ने सबै दलहरुसँग संवाद गर्ने निर्णय गरेको हो । 
बुधबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको थियो । भेटमा उपप्रधानमन्त्रीद्वय पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठ पनि सहभागी थिए ।
 


सुन तस्करी प्रकरणमा अनुसन्धानका लागि सरकारलाई सघाउन तयार छु: महरा 

सुन तस्करी प्रकरणमा अनुसन्धानका लागि सरकारलाई सघाउन तयार छु: महरा 


काठमाडौं, ३० साउन । पूर्वसभामुख तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले सुन तस्करी प्रकरणमा अनुसन्धानका लागि सरकारलाई सघाउन तयार रहेको बताएका छन् । मंगलबार घोराहीमा पत्रकारसँग कुरा गर्दै महराले सुन तस्करी प्रकरणमा आफ्नो नाम जोडिएपछि यो वबषय छिटो टुंगोमा पुगोस् भन्ने पक्षमा आफू रहेको बताएका हुन् ।

‘सुन प्रकरणमा मेरो नाम मुछिएपछि म सरकारलाई कुनै पनि छानबिनका लागि सघाउन तयार छु,’ महराले भने,‘अनुसन्धानका लागि मलाई बोलाउनुस् भनेकै छु । जुनबेला बोलाए पनि जान तयार छु ।’

सुन तस्करी प्रकरणमा जोडिएका चिनियाँ नागरिक वाङलाई फलफूल व्यापारीका रूपमा मात्र चिनेको उनले बताए । 


सुन तस्करी प्रकरणमा राज्यका निकायबाटै प्रभावकारी अनुसन्धान हुनुपर्ने कांग्रेसको निष्कर्ष

सुन तस्करी प्रकरणमा राज्यका निकायबाटै प्रभावकारी अनुसन्धान हुनुपर्ने कांग्रेसको निष्कर्ष


काठमाडौं, २९ साउन । नेपाली कांग्रेसले सुन तस्करी प्रकरणमा राज्यका निकायले गरिरहेको अनुसन्धानलाई प्रभावकारी बनाउनुपर्ने निष्कर्ष निकालेको छ।

प्रमुख प्रतिपक्षी एमालले उच्चस्तरीय छानविन आयोग गठनको माग गरिरहेको अवस्थामा कांग्रेस संसदीय दलको बैठकले भने सुन तस्करी प्रकारणमा राज्यको निकायले गरिरहेको अनुसन्धानलाई नै प्रभावकारी बनाउनुपर्ने निष्कर्ष निकालेको हो।

संसद भवन नयाँ बानेश्वरमा सोमबार सम्पन्न कांग्रेस दलको बैठकपछि मुख्य सचेतक रमेश लेखकले सुन तस्करी प्रकरणमा राज्यले स्थायी रुपमा गठन गरेका निकायले छानविन गरेको भन्दै सरकारले गम्भीर रुपमा लिएर निष्कर्षमा पुराउनुपर्ने बताए।

उनले यस प्रकरणमा जोसुकै सामेल भए पनि अभियोजन गर्नका लागि सरकारलाई बैठकले आग्रह गरिएको जानकारी दिए। बैठकले आफ्ना कुरा राख्न प्रतिपक्षीले आलोचनात्मक ढंगले प्रस्तुत हुन स्वभाविक भए पनि लामो समय सदन अवरुद्ध गर्ने कार्य गैरजिम्मेवार भएको निष्कर्ष निकालेको छ।

बैठकले लामो समय सदन अवरुद्ध हुँदा जनचासोका विषय लगाएत महत्वपूर्ण विधेयक अघि बढ्न नसकेको अवस्थामा सत्तारुढ लगाएत प्रतिपक्षीसंग वार्ता र संवाद गरि सदनको अवरोध अन्त्य गर्न पहल गर्ने निर्णय गरेको मुख्य सचेतक लेखकले जानकारी दिए।

बैठकले लामो समय सदन अवरुद्धलाइ उचित मान्न नसकिने भएकाले सदनभित्रैबाट छलफल गर्ने वातावरण सुनिश्चित गर्न अपिल गरेको उहाले बताउनुभयो। बैठकले कांग्रेसको पहलमा बनेको गठबन्धनका कारण वर्तमान सरकारले निरन्तरता पाएकाले गठबन्धनको स्थिरता र स्थायित्वका लागि प्रभावकारी रुपमा काम गर्ने निर्णय गरेको लेखकले बताए।

त्यस्तै बैठकले बजेटमा देखिएका कमीकमजोरी आगामी दिन सुधार गर्न, पूँजीगत खर्च कम हुने अवस्थाको उचित ढंगले सम्बोधन गर्न र चालू आवको बजेट प्रभावकारी रुपमा कार्यान्वयन गर्न अनुरोध गर्ने निर्णय गरेको छ।   
 


एमालेको नाराबाजीपछि प्रतिनिधिसभाको बैठक स्थगित

एमालेको नाराबाजीपछि प्रतिनिधिसभाको बैठक स्थगित


काठमाडौं, २९ साउन । प्रतिनिधिसभाको साेमबारकाे बैठक स्थगित भएको छ। सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै एमालेले अवराेध गरेपछि सोमबारकाे प्रतिनिधिसभा बैठक स्थगित भएकाे हाे।

सभामुख देवराज घिमिरेले कांग्रेस सांसद सुनिल शर्मा र एमाले सांसद मानवीर राईलाई आकस्मिक समयमा बोल्न दिएपछि शून्य समयको कारबाही सुरु गर्ने बताएका थिए ।

तर सभामुखले सदनलाई नियमित कारबाहीतर्फ अघि बढाएको भन्दै एमले सांसदहरुले सिटमै उभिएर नाराबाजी गरे। एमालेले निरन्तर संसद अवरोध गरेपछि भदौ ३ गते १ बजेसम्मका लागि सभामुख घिमिरेले बैठक स्थगित गरेका हुन्।


ललिता निवास जग्गा प्रकरणको छानबिनमा पूर्ण सहयोग रहने छः माधवकुमार नेपाल

ललिता निवास जग्गा प्रकरणको छानबिनमा पूर्ण सहयोग रहने छः माधवकुमार नेपाल


काठमाडाडौं, २९ साउन । नेकपा एकीकृत समाजवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले ललिता निवास प्रकरणमा हुने छानबिनमा आफ्नो सहयोग रहने बताएका छन् ।
युरोपको भ्रमणको छोट्याएर सोमबार स्वदेश फर्किएका पूर्वप्रधानमन्त्री नेपालले विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै ललिता निवास जग्गा प्रकरणमा आफूले गल्ती नगरेको दाबी गरे ।

'नबिराउनु नडराउनु भन्ने छ । बिराएको छैन भ्रष्टचार गरेको छैन,' नेपालले भने, 'बदमासीमा भएको विषयमा छानबिन होस् । त्यसमा मेरो पूर्ण सहयोग रहने छ ।'

उनले आफूले बालुवाटार मास्टर प्लान असल मनसायले अघि बढाएको बताए । 'मैले नितान्त असल मनासयले अघि बढाएको हो । नेपाल सरकारको जग्गामा नेपाल सरकार हुने गरेको हो,' नेपालले भने, 'स्रेस्ता कायम गर्न भनेर राम्रो गरेको हो । सरकारी जग्गा र अन्य जग्गा छुट्टाएर गर्ने, सट्टा गरिने भएको हो ।'


नवनियुक्त सामान्य प्रशासनमन्त्री साहले लिइन् शपथ 

नवनियुक्त सामान्य प्रशासनमन्त्री साहले लिइन् शपथ 


काठमाडाडौं, २९ साउन । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनितादेवीलाई पद तथा गोपनीयताको शपथ दिलाएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित समारोहमा नवनियुक्त सामान्य प्रशासन मन्त्री अनितादेवीले शपथ लिएकी हुन् । 

नेपालको संविधानबमोजिम नवनियुक्त मन्त्रीले राष्ट्रपतिबाट शपथ लिने संवैधानिक  व्यवस्था छ । मन्त्री अनितादेवी जनमत पार्टीको सांसद  हुन् । समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, जनमत पार्टीका अध्यक्ष सिके राउत, संवैधानिक निकायका प्रमुख, मुख्यसचिव, सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति थियो ।


टेरामक्स प्रणाली व्यक्तिगत स्वतन्त्रता, गोपनीयताको ठाडो हस्तक्षप होः ओली

टेरामक्स प्रणाली व्यक्तिगत स्वतन्त्रता, गोपनीयताको ठाडो हस्तक्षप होः ओली


काठमाडौं, २८ साउन । सर्वसाधारणको फोन तथा एसएमएसको सिधै पहुँच हुने टेरामक्स प्रविधि जवरजस्ती कार्यान्वयनमा ल्याउन खोजेको भन्दै एमालेले आपत्ति जनाएको छ ।

आइतबार पत्रकार सम्मेलनमा बोल्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले टेरामक्स प्रविधि सरकारले एकोहोरो ढङ्गले कार्यान्वयन गर्ने खोजको भन्दै घोर आपत्ति रहेको बताएका हुन् । उनले टेरामक्स सरकारको अधिकार भन्दा बाहिरको कुरा रहेको बताए । ‘व्यक्तिगत स्वतन्त्रता गोपनियता प्रतिको ठाडो हस्तक्षप हो र यो अधिकारको विरुद्ध छ’ अध्यक्ष ओलीले भने ।

टेरामक्स गैरकानुनी रहेको भन्दै एमालेको विरोध रहेको ओलीले बताए ।
 


सीआईबीको हिरासतबाट मुक्त भए कांग्रेस सांसद शर्मा

सीआईबीको हिरासतबाट मुक्त भए कांग्रेस सांसद शर्मा


काठमाडौं, २६ साउन ।  नक्कली शैक्षिक प्रमाण पत्र प्रकरणमा पक्राउ परेका कांग्रेस सांसद सुनिल शर्मा थुनामुक्त भएका छन्।
जिल्ला अदालतले हिरासतबाहिरै राखेर अनुसन्धान गर्न र थुनामुक्त गर्न आदेश दिएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको हिरासतमा रहेका सांसद शर्मा शुक्रबार साँझ रिहा भएका हुन्।
थुनामुक्त भएपछि सांसद शर्माले गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताएका छन्। गृहमन्त्रीले तत्काल राजीनामा नदिए सरकार ढल्ने चेतावनीसमेत उनले दिएका छन्।
 


सांसद शर्मासहित पाँचजना चिकित्सक पक्राउ

सांसद शर्मासहित पाँचजना चिकित्सक पक्राउ


काठमाडौं, २५ साउन । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा थप चार जना चिकित्सकलाई पक्राउ गरेको छ । सिआइबीले बिहीबार यही प्रकरणमा कांग्रेस सांसद सुनील शर्मालाई पनि पक्राउ गरिसकेको छ । शर्मालाई नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आधारमा प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा त्रिवि शिक्षण अस्पतालका डाक्टर अमृत चौधरी र चितवन मेडिकल कलेजका रामबाबु यादव रहेको नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले जानकारी दिए । उनले भने, 'डा. शुनिल शर्मा, डा. रन्जितकुमार यादव, एरिना शाह, रामबाबु यादव, र अमृत चौधरी रहेका छन् ।'

रामबाबु यादवलाई रौतहटबाट पक्राउ गरिएको उनले जानकारी दिए । सिआइबीले अन्यलाई भने काठमाडौँबाट नियन्त्रणमा लिएको हो ।



Prabhu Side Bar



Sidebar Middle
Sidebar Bottom