newsajako.com
काठमाडौं, २ असार । नेपाली कांग्रेसमा पार्टी सदस्य थप्न एक वर्षे अभियान चलाउने प्रस्ताव भएको छ । मंगलबारदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा शुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा साङ्गठनिक तालिका प्रस्तुत गर्दै महामन्त्री गगनकुमार थापाले यस्तो प्रस्ताव गरेका हुन् ।
आउँदो एक वर्षभित्रमा सात लाख नयाँ पार्टी सदस्य बनाउने गरी ‘घर–घर जाऔँ, पार्टी सदस्य बनाऔँ’ अभियान चलाउने उनको प्रस्ताव छ ।
यस्तै महामन्त्री थापाले केन्द्रीय सदस्यहरूलाई असार महिनामा मात्रै पार्टीको कामबाट छुट्टी दिने प्रस्ताव पेस गरेका छन् । उनले अरू ११ महिना नेता तथा कार्यकर्ताहरू पार्टी काममा लाग्नुपर्ने तालिका पेस गर्नुभएको छ ।
असार महिना किसानको महिना भएको र खेतीको समय भएको भन्दै महामन्त्री थापाले पार्टीका नेता, कार्यकर्ताले त्यो महिनामा किसानलाई सहयोग गर्नुपर्ने बताए ।
महामन्त्री थापाले भदौ १५ गतेभित्र सबै विभागको गठन गरिसक्ने र पूर्णता दिइसक्ने कार्ययोजना पनि पेस गर्नुभएको छ । त्यस्तै समितिहरूले पनि भदौ १५ गतेसम्ममा पूर्णता पाउने प्रस्ताव छ ।