16 Chaitra, 2080 / 29 March , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

राजनीति


राष्ट्रिय सभाको अध्यक्षमा नारायण दाहाल निर्वाचित

राष्ट्रिय सभाको अध्यक्षमा नारायण दाहाल निर्वाचित


काठमाडौं, २९  फागुन । राष्ट्रिय सभाको अध्यक्षमा नारायण दाहाल निर्वाचित भएका छन्। राष्ट्रिय सभामा मंगलबार भएको मतदानमा मतदानमा ५६ जना सांसद उपस्थित रहेकाेमा दाहालको पक्षमा ३९ र विपक्षमा १७ मत परेको छ। यो संख्या राष्ट्रिय सभामा तत्काल कायम रहेको संख्याको बहुमत हाे।

सभाध्यक्ष उर्मिला अर्यालले दाहाल राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित भएको घोषणा गरिन्। सत्तारुढ दलहरुको तर्फबाट उम्मेदवार रहेका दाहाललाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले समर्थन गरेका थिए। निर्वाचित दाहाल राष्ट्रियसभामा राष्ट्रपतिबाट मनोनीत सांसद हुन्।

यसअघि राष्ट्रिय सभा सदस्य युवराज शर्मालाई राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव अस्वीकृत भएको थियाे। उनी कांग्रेस र लोसपाका तर्फबाट उम्मेदवार थिए।

मतदानमा राष्ट्रिय जनमोर्चाले मतदानमा भाग लिएन। राष्ट्रिय सभामा जनमोर्चाका एक जना मात्र सदस्य छन्। ती सदस्य तुलप्रसाद विश्वकर्मा हुन्। राष्ट्रियसभाको अर्को बैठक फागुन ३० गते बोलाइएको छ । 


वैदेशिक रोजगारीः १४५ स्वास्थ्य संस्थाले स्वास्थ्य परीक्षण गर्न पाउने 

वैदेशिक रोजगारीः १४५ स्वास्थ्य संस्थाले स्वास्थ्य परीक्षण गर्न पाउने 


काठमाडौं, २९ फागुन । सरकारले आगामी तीन वर्षसम्मका लागि १४५ वटा स्वास्थ्य संस्थालाई वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण गर्नका लागि नवीकरण गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नवीकरण गर्नका लागि आवेदन दिएकामध्ये योग्यता पुगेका १४५ स्वास्थ्य संस्थालाई आगामी तीन वर्षसम्मका लागि वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण गर्न नवीकरण गरेको हो ।


वैदेशिक रोजगार ऐन, २०६४ को दफा ७२ एवं वैदेशिक रोजगार नियमावली, २०६४ को नियम ४५ ‘क’ तथा वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्था सूचीकरण, नवीकरण तथा अनुगमन सम्बन्धी कार्यविधि, २०७३ बमोजिम मन्त्रालयले नवीकरण गरेको मन्त्रालयले जनाएको छ । 


एकीकृत समाजवादीले प्रधानमन्त्रीलाई विश्वासको मत दिने

एकीकृत समाजवादीले प्रधानमन्त्रीलाई विश्वासको मत दिने


काठमाडौं, २९ फागुन । नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ । आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनमा आबद्ध दलका नेताबीचको छलफलमा एकीकृत समाजवादी प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन सहमत भएको हो ।

यस्तै एकीकृत समाजवादीले राष्ट्रियसभा अध्यक्ष पदमा सत्ता गठबन्धनतर्फका उम्मेदवार नारायण दाहाललाई मतदान गर्ने भएको छ । एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालाले आफूहरू प्रधानमन्त्रीलाई विश्वासको मत दिन र राष्ट्रियसभा अध्यक्ष पदमा सत्ता गठबन्धनतर्फका उमेदवारलाई मतदान गर्न सहमत भएको जानकारी दिए ।


गृहमन्त्रालयमा सरकार र मिटरब्याज पीडितबीच ४ बुँदे सहमति

गृहमन्त्रालयमा सरकार र मिटरब्याज पीडितबीच ४ बुँदे सहमति


काठमाडौं, २८ फागुन ।  सरकार र मिटरब्याज तथा ठगीविरुद्ध किसान–मजदुर संघर्ष समितिबीच चार बुँदे सहमति भएको छ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको पहलमा गृह मन्त्रालयमा आइतबार र सोमबार भएको वार्ता सहमतिमा टुंगिएसँगै समितिले आह्वान गरेको आन्दोलन अन्त्य भएको छ ।

सहमतिको जानकारी गराउन गृहमन्त्री लामिछाने अहिले मिटरब्याज पीडित बसिरहेको स्थान (भृकुटीमण्डप) पुगेका छन् । झापाको काँकडभिट्टा र कञ्चनपुरको महेन्द्रनगरबाट २३ दिन हिंडेर फागुन ९ गते काठमाडौं आइपुगेका मिटरब्याज पीडित निरन्तर आन्दोलनमा थिए ।


राप्रपा सत्ता गठबन्धनमा सहभागी नहुने

राप्रपा सत्ता गठबन्धनमा सहभागी नहुने


काठमाडौं, २८ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) वर्तमान सत्ता गठबन्धनमा सहभागी नहुने भएको छ। सोमबार बसेको कार्यसम्पादन समितिको बैठकले सत्ता गठबन्धनमा सहभागी नहुने र प्रधानमन्त्रीलाई विश्वासको मत पनि नदिने निर्णय गरेको छ।

‘विश्वासको मतको विपक्षमा मतदान गर्ने, विपक्षमा बस्ने, प्रदेश सरकारमा पनि तत्काल सहभागी हुँदैनौैं,’ बैठकपछि अध्यक्ष राजेन्द्र लिङ्देनले भने, ‘प्रदेश सरकारलाई समर्थन गर्नुपर्ने परिस्थिति आएमा सम्बन्धित प्रदेशको परामर्श लिएर निर्णय लिइनेछ।’

अध्यक्ष लिङ्देनले बैठकले राष्ट्रिय राजनीतिमा केन्द्रीय स्तरमा हुने निर्णय प्रदेशस्तरमा हुनु, गरिनु उपयुक्त नभएको ठहर गरेको बताए। कोशी प्रदेशको सभामुखको चुनावमा उपेक्षा भएकाले भविष्यमा यस्तो घटना दोहोरिन नदिने निर्णय पनि बैठकले गरेको उनले बताए।
 


गण्डकी, मधेश र सुदूरपश्चिमका प्रदेश प्रमुख बर्खास्त, नयाँ सिफारिस

गण्डकी, मधेश र सुदूरपश्चिमका प्रदेश प्रमुख बर्खास्त, नयाँ सिफारिस


काठमाडौं, २८ फागुन । सरकारले गण्डकी, मधेश र सुदूरपश्चिम प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गर्ने भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयम सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यसअघि रहेका प्रदेश प्रमुखहरुलाई बर्खास्त गर्दै नयाँ सिफारिस गरेको हो।

अघिल्लो सत्ता गठबन्धका बेला कांग्रेसबाट प्रदेश प्रमुख बनेका गण्डकीका पृथ्वीमानसिंह गुरुङ, मधेशका हरिशंकर मिश्र र सुदूरपश्चिमका देवराज जोशीलाई बर्खास्त गर्दै मन्त्रिपरिषद्ले नयाँ प्रदेश प्रमुख सिफारिस गरेको हो।

मन्त्रिपरिषद्ले मधेसमा सुमित्रा भण्डारी, गण्डकीमा  डिल्लीराज भट्ट र सुदूरपश्चिममा नजिर मियाँलाई सिफारिस गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।  

यस्तै, बैठकले मन्त्रिपरिषद्का समितिहरू गठन गरी समितिको समन्वय गर्न संयोजक तोकेको छ। राजनीतिक समितिको संयोजकमा प्रधानमन्त्री, आर्थिक पूर्वाधार समितिको संयोजकमा उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार र यातायातमन्त्री, विधेयक समितिको संयोजकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री, प्रशासन समितिको संयोजकमा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री र सामाजिक समितिको संयोजकमा उपप्रधानमन्त्री तथा स्वास्थ्य र जनसङ्ख्यामन्त्रीलाई तोकिएको छ।

 


राष्ट्रिय सभा अध्यक्षका लागि आज उम्मेदवारी दर्ता हुँदै

राष्ट्रिय सभा अध्यक्षका लागि आज उम्मेदवारी दर्ता हुँदै


काठमाडौं, २८ फागुन । राष्ट्रिय सभा अध्यक्षको निर्वाचनका लागि आज (फागुन २८ गते) उम्मेदवारी दर्ता हुँदैछ । उम्मेदवारी दर्ताको समय बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म तोकिएको संघीय संसद् सचिवालयले जनाएको छ । दर्ता प्रक्रिया सकिनासाथ आजै दिउँसो १.३० बजे उमेदवारको नामावली प्रकाशित हुने कार्यतालिका छ । मतदात भने मंगलबार हुने कार्यतालिका छ । राष्ट्रिय सभाको अध्यक्षका लागि सत्ता गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका नारायण दाहाल र नेपाली कांग्रेसबाट युवराज शर्मालाई उम्मेदवार बनाउने निर्णय भइसकेको छ ।
 


थप २ हजार ६७४ जना शहीदमा सूचीकृत, १० लाख उपलब्ध गराउँदै सरकार

थप २ हजार ६७४ जना शहीदमा सूचीकृत, १० लाख उपलब्ध गराउँदै सरकार


काठमाडौं, २७ फागुन । सरकारले थप दुई हजार छ सय ७४ जना शहीदको नाम सूचीकृत गरेको छ । गृह मन्त्रालयले ती शहीदको नामावली राजपत्रमा प्रकाशितसमेत गरेको गृह प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए । 
विभिन्न आन्दोलन, सशस्त्र सङ्घर्ष र क्रान्तिका क्रममा ज्यान गुमाएकाहरूलाई सम्मानस्वरुप गत पुस २४ गते बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूलाई सहिद घोषणा गर्ने निर्णय गरेको थियो । उक्त नामावली भने गृह मन्त्रालयले बिहीबारमात्रै राजपत्रमा प्रकाशित गरेको हो ।

अघिल्लो वर्ष फागुन २९ गते विभिन्न आन्दोलनमा ज्यान गुमाएका र विभिन्न मितिमा शहीद घोषणा भएका आठ हजार चार सय ६७ जनाको नामावली पनि राजपत्रमा प्रकाशित गरेको थियो । शहीद परिवारलाई राज्यले १० लाख सहयोग उपलब्ध गराउँदै आएको छ ।
 


दाहाल नेतृत्वको सरकारमा उपप्रधानमन्त्रीको संख्या चार पुग्यो

दाहाल नेतृत्वको सरकारमा उपप्रधानमन्त्रीको संख्या चार पुग्यो


काठमाडौं, २७ फागुन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सकारमा चार जना उपप्रधानमन्त्री बनेका छन् । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्रीको सपथ लिएसंगै दाहाल नेतृत्वको सरकारमा चार जना उपप्रधानमन्त्री बनेका हुन् ।

नेकपा एमाले, माओवादी केन्द्र,रास्वपा र जसपा गठबन्धनको सरकारमा यसअघि उपप्रधानमन्त्री तथा भौतिकमा रघुविर महासेठ, उपसहित परराष्ट्रमा नारायणकाजी श्रेष्ठ र उपसहित गृहमा रवि लामिछानेले सपथ लिइसकेका छन् ।
उपप्रधानमन्त्रीको वरियतामा पहिलो नम्बरमा महासेठ, दोस्रोमा श्रेष्ठ,तेस्रोमा यादव र चौथोमा लामिछाने छन् । आइतबार यादवसहित नवलकिशोर साहले वनमन्त्रीको रुपमा सपथ लिएका छन् ।


 


फागुनभित्रै विश्वासको मत लिने प्रधानमन्त्री प्रचण्डको तयारी

फागुनभित्रै विश्वासको मत लिने प्रधानमन्त्री प्रचण्डको तयारी


काठमाडौं, २६ फागुन । नयाँ गठबन्धन सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले फागुन महिनाभित्रै विश्वासको मत लिने तयारी थालेका छन् ।

शनिबार सिंहदरबारमा बसेको नेकपा माओवादी केन्द्र संसदीय दलको बैठकमा उनले विश्वासको मत लिनेबारे जानकारी दिए । फागुन ३० गते बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनसक्ने स्रोतले जनाएको छ ।

नेपाली कांग्रेसलाई छाडेर प्रचण्ड नेकपा एमालेसँग नजिकिएपछि पुनः विश्वासको मत लिनुपर्ने अवस्था आएको हो । यसअघि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिइसकेका थिए ।

नयाँ गठबन्धनमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा एकीकृत समाजवादी सरकारमा सहभागी भइसकेका छन् भने जनता समाजवादी पार्टी (जसपा) सरकारमा सहभागी हुने तयारीमा छ ।