14 Baishak, 2081 / 26 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

समाज


स्वास्थ्यकर्मी र सुरक्षाकर्मीमाथि दुर्व्यवहार गर्ने घरबेटीलाई कडा कारबाही

स्वास्थ्यकर्मी र सुरक्षाकर्मीमाथि दुर्व्यवहार गर्ने घरबेटीलाई कडा कारबाही


 काठमाडौं, जेठ ६ - गृह मन्त्रालयले कोरोना भाइरस उपचारको अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीमाथि दुर्व्यवहार भए कडा कारबाही गर्ने चेतावनी दिएको छ ।

गृहले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पछिल्लो समय कोरोनाको उपचारमा खटिने चिकित्सक, नर्सलगायत स्वास्थ्यकर्मी र सुरक्षा तथा उद्धारमा खटिएका सुरक्षाकर्मी जो भाडामा बस्छन्, उनीहरूमाथि घरधनीको दुर्व्यवहारहुने गरेको पाइएको भन्दै यस्तो देखिए कडा कारबाही गर्न निर्देशन दिएको हो ।

मन्त्रालयले जिम्मेवारी पूरा गर्दै अहोरात्र खटिएका स्वास्थ्यकर्मीलाई घरबाट निकाल्ने, विभिन्न किसिमका दबाब दिने, दुर्व्यवहारगर्ने र कानुनविपरीत काम गरी मनोबल गिराउने गरिएको पाइए कानुनबमोजिम कडा कारबाही गर्न निर्देशन दिएको हो ।

‘स्थानीय स्तरका केही व्यक्तिबाट स्वास्थ्य सुरक्षा सतर्कताको नाममा बाटो बन्द गर्ने, टोलमा प्रवेश निषेध गर्ने, आवागमनमा बाधा पुर्याउने, घरभाडामा बसिरहेका व्यक्तिलाई विनाकारण निकाल्नेलगायत अमानवीय कामप्रति मन्त्रालयको ध्यानाकर्षण भएको छ,’ मन्त्रालयका सहसचिव एवं प्रवक्ता केदारनाथ शर्माले भने, ‘संक्रमण रोग ऐन २०२० को दफा २ बमोजिम जारी गरेको यस आदेशको कार्यान्वयन गर्न सरकारले देशभरका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइसकेको छ, जारी आदेशको अवहेलना गर्ने वा काममा बाधा पुर्याउने कानुनबमोजिम सजाय हुने प्रावधान रहेकाले मन्त्रालयको अनुरोधको अटेरी वा बेवास्ता गरी अवाञ्छित गतिविधिमा संग्लनलाई कानुनबमोजिम हदैसम्मको सजाय हुनेछ ।’ यो समाचार आजको नागरिक दैनिकमा छ ।


फेरी नेपालगञ्जमा भेटीए ४७ जनामा कोरोना संक्रमित ब्यक्ति

फेरी नेपालगञ्जमा भेटीए ४७ जनामा कोरोना संक्रमित ब्यक्ति


नेपालगञ्ज, जेठ ५- नेपालमा आज फेरी थप ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बिहान बिहान रौतहट र बााकेमा ९ जनामा संक्रण पुष्टी भएको केही घण्टामा नै नेपालगञ्जमा १९० जनाको परीक्षण गर्दा ४७ जनाको रिपोर्ट पोजेटिभ देखिएपछि नेपालगञ्जमा महामारी नै सुरु भएको छ ।

आज भेरी अस्पतालस्थित प्रयोगशालामा गरिएको परिक्षणमा एकैपटकमा यति धेरैमा कोरोना पोजेटिभ देखिएपछि भारतसँग सीमाना जोडीएको बाँके उच्च जोखिममा परेको छ । यसअघि आज बिहानसम्म नेपालमा ३०४ जनामा कोरोना संक्रमणको पुष्टि भएको थियो ।


बिहानै थपिए १० संक्रमित, नेपालमा कोरोना संक्रमित संख्या २९१ पुग्यो

बिहानै थपिए १० संक्रमित, नेपालमा कोरोना संक्रमित संख्या २९१ पुग्यो


काठमाडौ, जेठ ४ - नेपालमा थप १० जना कोरोना संक्रमित थपिएका छन् । योसंगै संक्रमितको संख्या २९१ पुगेको छ । आइतबार बिहानै १० जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 ष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँमा गरिएको परीक्षणबाट उनीहरूमा कोरोना संक्रमण पुष्टि भएको हो ।जसमध्ये रौतहटको राजपुर न।पा। फरहदवा( ९ निवासी १८ वर्षदेखि ४८ वर्ष उमेर समूहका ७ जना रहेका छन् । यसैगरी रौतहटकै इशनाथ न.पा. ३ निवासी २८, ३० र ३३ वर्षका ३ जना रहेका छन् ।
 
 


फेरी थप तीन जनामा  कोरोना संक्रमणको पुष्टि, संक्रमितको संख्या २७६ पुग्यो

फेरी थप तीन जनामा  कोरोना संक्रमणको पुष्टि, संक्रमितको संख्या २७६ पुग्यो


 काठमाडौ जेठ ३- आज कोरोना भाइरसबाट थप तीन सङ्क्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा परीक्षणका क्रममा कपिलवस्तुका नयाँ तीन जनामा सङ्क्रमण देखिएको बताए ।
 
नयाँ सङ्क्रमितमा कपिलवस्तु शिवराज नगरपालिका चन्द्रौटा निवासी २५, ३४ र ४४ वर्षीय पुरुष रहेका छन् । केहीबेरअघि बर्दिया, सिराहा, पर्सा र चितवनमा छ जनामा सङ्क्रमण देखिएको थियो । तीन जनामा  सङ्क्रमण देखिएसँगै सङ्क्रमितको संख्या २७६ पुगेको छ । 

हिजो शुक्रबार मात्र १८ सङ्क्रमित देखिएका थिए । मन्त्रालयका सहप्रवक्ता डा अधिकारीका अनुसार सङ्क्रमितको अवस्था सामान्य र स्वास्थ्यकर्मीको निगरानीमा रहेका छन् ।
 


देशका यि स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरी सहित वर्षाको सम्भावना

देशका यि स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरी सहित वर्षाको सम्भावना


काठमाडौँ, बैशाख १८ - पश्चिमी वायु र स्थानीय वायुको प्रभावले बिहीबार देशभर आंशिकदेखि सामान्य बदली रही देशको धेरैजसो स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षाको सम्भावना रहेको छ ।

विगत केही दिनयता देशमा पश्चिमी वायु स्थानीय वायु र पूर्वी भूभाग नजिक बनेको न्यून चापीय क्षेत्रको प्रभाव हुनुको साथै बङ्गालको खाडी अरब सागरबाट समेत जलवाष्पयुक्त हावा नेपाल प्रवेश गर्ने क्रम जारी रहेकाले अझै केही दिन बदलीसँगै वर्षाको सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले बताए।
 
नेपालमा स्थिर रहेको पश्चिमी वायु र प्रिमनसुन गतिविधि सक्रिय भएकाले देशभर बदलीसँगै मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षा भइरहेको हो । अङ्ग्रेजी महिना मार्च, अप्रिल र मेसम्म तीन महिना प्रिमनसुन चल्ने भएकाले देशका पहाडी भूभागको मौसम अपराह्न तथा साँझापख लगातर प्रभावित भइरहने हुन्छ । विगत केही दिनदेखि देशमा पश्चिमी वायु स्थानीय वायु सक्रिय रहेको बङ्गालको खाडी अरब सागरबाट समेत जलवाष्पयुक्त हावा नेपाल प्रवेश गर्ने क्रम जारी रहेकाले बदलीसँगै वर्षा भइरहेको मौसमविद्को भनाइ छ ।

हाल पुर्वी भूभागमा सामान्य बदली र मध्य पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ । राति देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ ।

भोलि देशको पहाडी भूभागमा सामान्य बदली र अन्य भूभागमा आंशिक बदली रही अपराह्नपछि पश्चिम र पूर्वी पहाडी भूभागका धेरैजसो स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १३ दशमलव २ र अधिकतम तापक्रम २५ दशमलव पाँच डिग्री सेल्सियस छ ।


रौतहटमा फेरी भेटीए २ जना कोरोना संक्रमित ब्यक्ति, संक्रमितको संख्या ५४ पुग्यो

रौतहटमा फेरी भेटीए २ जना कोरोना संक्रमित ब्यक्ति, संक्रमितको संख्या ५४ पुग्यो


काठमाडौँ, वैशाख १६ । नेपालमा फेरी थप दुई जनामा कोरोना संक्रमण भेटिएको छ । रौतहटको वृन्दावन नगरपालिका ९ भुसहा र देवाही गोनाही नगरपालिका १ का पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय रौतहटले जनाएको छ ।

 

रौतहटका प्रमुख महेश साहका अनुसार दुबैको काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरेको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो । वृन्दावन नगरपालिका भुसहाका २५ वर्षका पुरुष भारतको कोलकाताबाट फर्केर चन्द्रपुरको क्वारेन्टाइनमा १४ दिन बसेर घर फर्किएका थिए । जनकपुरबाट आएको प्रादेशिक टोलीले गरेको र्‍यापिड डाइग्नोस्टिक टेष्ट ९आरडीटी० मा नतिजा नेगेटभ देखिएपछि उनलाई घर फर्काइएको थियो ।

 

कोरोना संक्रमण पुष्टि भएपछि ती युवकको खोजी सुरु भएको छ । त्यस्तै देवाही गोनाही १ का ३५ वर्षका पुरुष हाल क्वारेन्टाइनमै रहेका छन् । काठमाडौंबाट गत वैशाख १२ गते आएको चार जनाको टोलीले रौतहटको ८ क्वारेन्टाइनबाट ७ महिलासहित ८३ जनाको स्वाब संकलन गरेर लगेको थियो । सोही स्वाबमध्ये दुई जनाको रिपोर्ट पोजेटिभ आएको हो । २ जना नयाँ बिरामी थपिएसँगै देशभर संक्रमितको संख्या ५४ पुगेको छ ।


झापामा थप एक जनामा कोरोना सङ्क्रमणको पुष्टि   

झापामा थप एक जनामा कोरोना सङ्क्रमणको पुष्टि   


काठमाडौ, बैशाख १४ -कोभिड–१९ को सङ्क्रमण थप एक जनामा देखिएको छ । विराटनगरको कोशी अस्पतालमा परीक्षणका क्रममा झापाका ५० वर्षीय पुरुषमा कोभिड–१९ को सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिए । आज भेटिएका सङ्क्रमित अस्पतालको सम्पर्कमा रहेका र उहाँको स्वास्थ्यस्थित सामान्य रहेको उनले जानकारी दिए ।

यसअघि आज नै पर्साको वीरगञ्जका दुईजना पुरुषमा सङ्क्रमण देखिएको थियो । आज देखिएका तीन जनासँगै सङ्क्रमितको सङ्ख्या ५२ पुगेको छ । यसैगरी पूर्णरुपमा स्वस्थ्य भएर १६ जना घर फर्किएका छन् । 


धनगढीमा उपचाररत थप एक व्यक्ति कोरोना निको भई घर फिर्ता

धनगढीमा उपचाररत थप एक व्यक्ति कोरोना निको भई घर फिर्ता


धनगढी, १० वैशाख - कोरोना भाइरसको सङ्क्रमण भई सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत थप एक व्यक्ति आज अस्पतालबाट डिस्चार्ज भएका छन् ।    दुई पटक लगातार गरिएको नमूनाको परीक्षणमा नतिजा ‘नेगेटिभ‘ आएपछि उहाँलाई आज डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।

डिस्चार्ज हुनेमा कञ्चनपुर बेदकोट नगरपालिका–९ का ४० वर्षीय इन्द्र विक हुनुहुन्छ । भारतको उत्तराखण्डमा काम गर्दै आउनु भएका उनि गएको चैत महिनामा पश्चिमी सीमानाका गड्डाचौकी हुँदै आफ्नो घर बेदकोट नगरपालिका आई पुग्नुभएको थियो । थ्रोट स्वाबको नमूना पोजेटिभ पाइएपछि उनलाई चैत २२ गते सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो ।

अस्पतालले आज प्रकाशित गरेको सूचनामा अहिलेसम्म कोभिड–१९ पोजेटिभ निको भई तीन जना डिस्चार्ज भइसकेको र हाल दुई जना उपचाररत रहेको उल्लेख गरिएको छ । हालसम्म ३८ जना शङ्कास्पद बिरामीको उपचार गरिएको समेत सूचनामा जनाइएको छ । लगातार दुई पटक गरिएको नमूनाको परीक्षणबाट नतिजा ‘नेगेटिभ’ आएपछि यसअघि वैशाख ९ गते सोही अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका–५ का ३४ वर्षीय अमृत शाही अस्पतालबाट डिस्चार्ज भएका थिए । 

दुबईबाट नयाँदिल्ली र काठमाडौँ हुँदै आफ्नो घर धनगढीपुगेका  उनलाई कोरोना सङ्क्रमित भएको पुष्टि भएपछि गएको चैत ११ गते सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो । उनि सेती प्रादेशिक अस्पतालमा उपचारका लागि भर्ना हुने कोरोनाको सङ्क्रमित पहिलो व्यक्ति हुन् ।

सोही अस्पतालमा उपचाररत कैलालीको लम्की चुहा नगरपालिकाका २१ वर्षीय राज विकलाई यही वैशाख ७ गते अस्पतालबाट डिस्चार्ज गरिएको थियो । योसँगै सो अस्पतालमा कोरोनाको उपचारपछि घर फर्किनेको सङ्ख्या तीन पुगेको छ । अस्पतालमा कोरोना सङ्क्रमित धनगढी उपमहानगरपालिका–५ की ३४ वर्षीया र कैलाली लम्कीचुहा नगरपालिकाकी ५२ वर्षीया समेत दुई महिलाको उपचार भइरहेको रउनिहरुको  अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।  


फेरी ३ जनामा देखियो कोरोना भाइरसको संक्रमण, संक्रमितको संख्या ४५ पुग्यो

फेरी ३ जनामा देखियो कोरोना भाइरसको संक्रमण, संक्रमितको संख्या ४५ पुग्यो


काठमाडौँ, वैशाख १० -नेपालमा पनि कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । हिजो एकै दिन ११ जनामा संक्रमण पुष्टी भएपछि आज पनि थप ३ जनामा संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिर अधिकारीले कोभिड–१९ को परीक्षणका क्रममा आज फेरी तीन जना थपिएको पुष्टी गरे । मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले संक्रमितको संख्या ३ जना थपिएको जानकारी दिएका हुन् । योसँगै नेपालमा कोरोना भाइरसका संक्रमित संख्या ४५ पुगेको छ ।


देशभर संविधान दिवस  मनाइदै, राजधानीको टोखा क्षेत्रमा देखियो यस्तो दृश्य

देशभर संविधान दिवस मनाइदै, राजधानीको टोखा क्षेत्रमा देखियो यस्तो दृश्य


काठमाडौँ, असोज ३ । आज संविधान दिवस देशभर मनाइदैछ । नेपाली जनताको ६ दशकदेखिको सपना साकार पार्दै संविधानसभाले यसै दिन संविधान घोषणा गरेको थियो। यो दिन नेपाल र हामी जनताको लागि खुशी र हर्षको दिन पनि हो। दिवसरका अवसरमा सरकारले देशभर राष्ट्रिय झण्डा घरघरमा फहराएर यो दिवसलाई विशेष तरिकाले मनाउन गरेको आग्रह गरेको छ ।

यसै सेरोफोरोमा देशभर नागरिकलेहरुले यो दिवस मनाइरहँदा राजधानीको टोखा क्षेत्रका नागरिकहरुले भब्यताका साथ मनाइरहेका छन् । सरकारले विभिन्न कार्यक्रम गरेर ३ दिनसम्म संविधान दिवस मनाउने जनाएका बेला टोखा क्षेत्रका आम सर्वसाधारण नागरिकहरु राष्ट्रिय झण्डा सहित सडकमा निस्किएको यि रोमाञ्चक दृश्यहरु हेर्नुहोस्