12 Baishak, 2081 / 24 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

समाज

खेलकुद महासंघका सचिव र केन्द्रीय सदस्य बलात्कार आरोपमा पक्राउ

खेलकुद महासंघका सचिव र केन्द्रीय सदस्य बलात्कार आरोपमा पक्राउ

सुनसरी, १० साउन । जबर्जस्ती करणी अभियोगमा एमाले निकट नेपाल खेलकुद महासंघका सचिव विनोद राउत र केन्द्रीय सदस्य सुरज सुवेदी पक्राउ परेका छन् । 
सुनसरी इटहरीकी १९ वर्षीय एक युवतीलाई जबर्जस्ती बलात्कार गरेको अभियोगमा उनीहरु पक्राउ परेका हुन् । प्रहरीका अनुसार दुवै जनाले युवतीलाई जबर्जस्ती पटकपटक बलात्कार गरेको अभियोग लागेको छ । 

गत शनिबार पक्राउ परेका उनीहरुलाई म्याद थप गरि अनुसन्धान प्रक्रिया अगाडि बढाएको मोरङ प्रहरीले जनाएको छ ।  राउत नेपाल खेलकुद महासंघका सचिव, कराँते मोरङका सहायक प्रशिक्षक, मोरङ तालिम विभागको उपनिर्देशक पनि हुन् । 
 
कमजोर बन्यो ‘असानी’ चक्रवात,  नेपालमा आंशिक असर 

कमजोर बन्यो ‘असानी’ चक्रवात,  नेपालमा आंशिक असर 

काठमाडौं, २९ वैशाख । दक्षिण बङ्गालको खाडीमा विकसित भएको ‘असानी’ नामक चक्रवात कमजोर बनेको छ । कमजोर बनेसँगै नेपालमा पनि त्यसको असर कम पर्ने भएको छ ।
भारतको आन्द्र प्रदेशको तटीय क्षेत्र आसपासमा रहेको चक्रवात आज त्यही ठाउँमा नै कमजोर अवस्थामा रहने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । यसको असर अब नेपालमा आंशिक मात्रै पर्ने देखिएको छ ।

मौसम पूर्वानुमान महाशाखाले यसबारे विशेष बुलेटिन नै निकालेर जानकारी गराएको छ । भोलि मतदानको दिन प्रदेश १, मधेस प्रदेश र वाग्मती प्रदेशमा सामान्य बद्ली भइ अन्य प्रदेशमा आंशिकदेखि सामान्य बद्ली रहने छ ।

यस्तै, प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको अनुमान गरिएको छ । त्यसैगरी भोलि अन्य प्रदेशका केही ठाउँमा पनि मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
 
आज महाशिवरात्रि : पशुपतिमा दर्शनार्थीको घुइँचो

आज महाशिवरात्रि : पशुपतिमा दर्शनार्थीको घुइँचो

काठमाडौं, १७ फागुन । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर मनाइँदैछ । पर ब्रह्मले फागुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरे यस लोकमा सुख शान्ति र परलोकमा सद्गति प्राप्त हुने शास्त्रीय वचन रहेको विश्वास गरिन्छ ।

वैदिक सनातन हिन्दू धर्मावलम्बीहरू आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायत ग्रन्थमा उल्लेखित छ ।

फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ । माघ महिनामा महादेवको रुद्रत्व अर्थात् जगत्लाई रुवाउने वा संहार गर्ने तत्वले गर्दा पत्रविहीन भई जीर्ण भइरहेका रुख, बिरुवा तथा झारहरू उनै महादेवको शिवत्व ९जगत्को कल्याण गर्ने तत्व०ले गर्दा फागुनमा पलाउन थाल्ने हुनाले शिवरात्रि मनाउने गरिएको हो भन्ने भनाइ छ ।

व्रतमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन आज भक्तजनले शुद्ध भई शिवमन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ । आजको दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठमन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गरिन्छ ।

राष्ट्रिय सांस्कृतिक पर्वका रूपमा रहेको यो दिन आज पशुपतिनाथमा रातको चार प्रहरमा चार प्रकारका पूजाका अतिरिक्त महादीप, अखण्डदीप, लक्ष्यबत्ती तथा दीपोत्सवका साथै लाख बेलपत्र अर्पण गरिन्छ । कैलाशकुट र किराँतेश्वरका सङ्गीत आश्रममा शास्त्रीय नाचगान गरिन्छ । भगवान् श्री महादेवको दर्शन गर्न र शिवरात्रि पर्वको मेला भर्न आज देशभरका विभिन्न भागलगायत छिमेकी राष्ट्र भारतका तीर्थयात्रीको पशुपतिनाथ मन्दिरमा घुइँचो लाग्छ ।

यसैबीच पशुपति क्षेत्रमा मेला भर्न आउने भक्तजनहरूको सुविधाका लागि यस वर्ष विशेष प्रबन्ध मिलाइएको कोषका सदस्य सचिव डा मिलनकुमार थापाले बताउनु भयो । । चार वर्ष अघिदेखि नै पशुपतिमा गाँजा, भाङ, धतुरोलगायत लागुपदार्थ निषेध गरिएको थियो । यस वर्ष पनि त्यसलाई निरन्तरता दिइएको छ । यस्ता पदार्थ सेवन, बेचबिखन गरेको पाइएमा प्रहरीले पक्राउ कारबाही गर्ने उनले बताउनु भयो ।।

बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला
महाशिवरात्रिका अवसरमा आज बिहान ३ बजेदेखि नै पशुपतिका चार ढोका खोलिने कोषले जनाएको छ । यस वर्ष १० लाखभन्दा बढी दर्शनार्थीले महाशिवरात्रिका दिनमात्र पशुपति दर्शन गर्न सक्ने गरी व्यवस्थापन गरिएको छ । यस वर्षको महाशिवरात्रिमा मन्दिर परिसर साजसजावटमा विशेष ध्यान दिइएको छ । पशुपति क्षेत्र वरपर झिलीमिली बनाइएको छ । नेपाललगायत विदेशबाट समेत फूलमाला ल्याएर मन्दिर सजावट गरिएको छ ।

यस वर्ष महाशिवरात्रिका अवसरमा पशुपतिमा दर्शनका लागि पाँचवटा लाइनको व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । मित्रपार्क तथा गौरीघाट भएर उमाकुण्ड–दक्षिणामूर्ति हुँदै रूद्रगाडेश्वर उत्तरढोका, जयवागेश्वरी–इँटापाखा भएर भुवनेश्वरीस्थित फलामको सानो ढोका हुँदै पश्चिम ढोका, बत्तीसपुतली–गौशाला तथा एयरपोर्ट–तिलगङ्गा भएर पिङ्गलास्थान–सुमार्गी भवन हुँदै चार शिवालय–पञ्चदेवल दक्षिण ढोकाबाट एक–एक लाम गरी बाहिरीरूपमा दर्शन गर्ने व्यवस्था मिलाइएको सदस्यसचिव थापाले जानकारी दिए । 
यसैगरी तिलगङ्गा राममन्दिरतर्फसमेत आवश्यकतानुसार एक लामको व्यवस्था गर्न सकिने गरी व्यवस्थापन मिलाउन लागिएको उहाँले बताउनुभयो । नित्य दर्शनार्थीका लागि बिहान ७ बजेअगावै भुवनेश्वरीस्थित फलामको सानो ढोकाबाट प्रवेशको व्यवस्था मिलाइएको छ । जुन दर्शनमार्गबाट मन्दिर प्राङ्गण प्रवेश गरिन्छ सोहीमार्ग हुँदै मन्दिर प्राङगणबाट बाहिरिने व्यवस्था मिलाइएको छ ।

दर्शन गर्न आउने दर्शनार्थीको सवारी पार्किङका लागि सिफल, तिलगङ्गा, गुह्येश्वरीपारि, कोषको कार्यालय, वनकालीलगायत स्थानमा व्यवस्था मिलाइएको छ । आज पशुपतिनाथसँगै उपत्यकाका गोकर्णेश्र, डोलेश्वरलगायत शिव मन्दिरमा पनि भक्तजनको भीड लाग्छ । यसैगरी राजधानी बाहिरका शिव मन्दिरमा पनि धुमधामका साथ पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको घुइँचो लाग्ने गरेको छ ।

१७ हजार ६७४ जनाको परीक्षणमा ५५८३ जनामा कोरोना संक्रमण

१७ हजार ६७४ जनाको परीक्षणमा ५५८३ जनामा कोरोना संक्रमण

काठमाडौं, १८ माघ । नेपालमा मंगलबार थप ५ हजार ५८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा गरेको १७ हजार ६७४ जनाको परीक्षणबाट उक्त संख्यामा संक्रमित फेला परेका हुन्।

मन्त्रालयका अनुसार ३६५७ पिसिआर परीक्षणबाट र  १९२६ एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घन्टामा ८२६७ जना कोरोना संक्रमित निको भएका छन्। यस्तै सोही अवधिमा ९ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्।

हाल देशभर ७४ हजार ६५३ जना कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै, काठमाडौं उपत्यकामा १९०७ संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा १४०४, भक्तपुरमा १९५ र ललितपुरमा ३०८ संक्रमित थपिएका हुन्।
यसैगरी काठमाडौं उपत्यकामा ४४ हजार ५३१ सक्रिय संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा २९५२०, ललितपुरमा ९७२३ र भक्तपुरमा ५२८८ सक्रिय संक्रमित छन्।

अधिकांश देशमा आगामी केही साता ओमिक्रोन निकै चुनौतिपूर्णः डब्ल्यूएचओ

अधिकांश देशमा आगामी केही साता ओमिक्रोन निकै चुनौतिपूर्णः डब्ल्यूएचओ

एजेन्सी । विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोन विश्वका अधिकांश देशका लागि आगामी केही साता चुनौतिपूर्ण हुने बताएका छन् । 

डब्लूएचओको नियमित प्रेस ब्रिफिङमा बुधबार महानिर्देशक डा. टेड्रोस अधानन् गेब्रियससले  यसअघिको डेल्टा भेरियन्टभन्दा कम जटिल प्रकारको हो भनेर बेवास्ता गर्न नहुने बताए । 
ओमिक्रोनका कारण मानिसहरु अस्पताल भर्ना भइरहेका र मृत्युका घटना पनि भइरहेको भन्दै कुनै पनि हालतमा हेल्चक्राइ गर्न नहुने बताए ।

यसले पहिलेको भेरियन्टभन्दा कम जटिल प्रकारको संक्रमण गराउने तथ्यांकहरुले देखाए पनि यसका कारण स्वास्थ्य पूर्वाधारमा ठूलो दबाब सिर्जना गरिरहेको भन्दै उनले खोपको कम पहुँच भएका दिेशहरुमा यसले थप समस्या निम्त्याउन सक्ने बताए।

विश्वका धेरै मानिसहरू अहिले पनि खोपको पहुँचभन्दा बाहिरै रहेको अवस्थामा यसलाई बेवास्ता गर्दा धेरैले ज्यान गुमाउने जोखिम रहने उनले बताए । विश्वभर नै ओमिक्रोन भेरियन्टको भाइरस अत्यन्तै तीव्र गतिमा फैलिरहेकोले गर्दा धेरै देशका लागि आगामी केही साता निकै जोखिमयुक्त रहेको  बताए । 

एकैदिन थपिए १४४६ जनामा कोरोना संक्रमित

एकैदिन थपिए १४४६ जनामा कोरोना संक्रमित

काठमाडौं, २६ पुस ।  पछिल्लो २४ घण्टामा १ हजार ४४६ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको ८ हजार ९६५ पीसीआर र २ हजार ४६४ जनाको एन्टीजेन परीक्षणका क्रममा १ हजार ४४६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यो सँगै कुल संक्रमितको संख्या ८ लाख ३३ हजार ९४६ जना पुगेको छ। कुल संक्रमितमध्ये ७ हजार ८५५ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा २५५ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ८ लाख १४ हजार ४८५ पुगेको छ।

काठमाडौं उपत्यकामा ८७६ संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६७५, भक्तपुरमा ६५ र ललितपुरमा १३६ गरी ८७६ जना थपिएका हुन्।

यस्तै, काठमाडौं उपत्यकामा ४१८८ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा २६५५, ललितपुरमा ९०० र भक्तपुरमा ६३३ सक्रिय संक्रमित छन्। 

उक्त अवधिमा २ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ६०६ पुगेको छ। हाल ११३ जना क्वारेन्टाइनमा छन्। ६७ जना आइसीयू र १६ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

 पचास लाख नगदसहित सौर्य एयरलाइन्सका कर्मचारी पक्राउ

पचास लाख नगदसहित सौर्य एयरलाइन्सका कर्मचारी पक्राउ

काठमाडौं, १८ पुस । नेपाल प्रहरीले स्रोत नखुलेको ५० लाख नगदसहित सौर्य एयरलाइन्सका कर्मचारीलाई पक्राउ गरेको छ । प्रहरीको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले स्रोत नखुलेको रु ५० लाख नगदसहित मोरङको विराटनगर महानगरपालिका–४ की ३३ वर्षीया रेशा शाक्य पोखरेललाई शनिबार दिउँसो पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

विराटनगरबाट काठमाडौँ आउँदै गरेको सौर्य एअरलाइन्सको जहाजमा सोही एयरलाइन्सका विराटनगर स्टेशन इन्चार्ज प्रकाश पौडेलले सुरक्षा जाँचसमेत नगरी झोला राखेको सूचनाका आधारमा काठमाडौँमा जाँचका क्रममा उक्त नगदसहित प्रहरीले पोखरेललाई पक्राउ गरेको हो । पोखरेल सौर्य एयरलाइन्समा एसिसटेन्टका रुपमा कार्यरत रहेको अनुसन्धानबाट खुलेको छ ।

प्रहरीले उनीसँग एक हजारका दरले चार हजार ९०० थान र पाँच सयका दरका १०० थान गरी रु ५० लाख नगद बरामद गरेको हो । बरामद रकमसहित पोखरेललाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन पठाइएको विमानस्थल प्रहरीले जनाएको छ ।।

नेपाल– भारतका सुरक्षा अधिकारीबीच बैठकः दोहोरो नागरिकतामाथि निगरानी गरिने

नेपाल– भारतका सुरक्षा अधिकारीबीच बैठकः दोहोरो नागरिकतामाथि निगरानी गरिने

काठमाडौं, ९ पुस । भारत पिथौरागढको जोलजीविमा नेपाल–भारतका सुरक्षा अधिकारीबीच समन्वयात्मक बैठक बिहीबार बसेको छ । सीमामा हुने गतिविधि र सीमा अपराध नियन्त्रणलगायतका विषयमा दुवै देशका अधिकारीबीच समन्वयात्मक बैठक बसेको हो ।

जोलजीविस्थित सीमा सुरक्षा बल (एसएसबी) को क्याम्पमा भएको बैठकमा सातवटा एजेण्डामा छलफल भएको छ । त्यसअनुसार बैठकको पहिलो एजेण्डा नेपाल–भारत प्रवेश गर्नेहरुको परिचयपत्र पहिचान गर्नुपर्ने राखिएको छ । तेस्रो मुलुकका नागरिक भित्रिए÷नभित्रिएको जानकारीका लागि दुवै देशका सुरक्षा निकायले सीमामा परिचयपत्र निगरानीमा कडाइ गर्नुपर्ने प्रस्ताव गरिएको छ ।

सीमा पुल खोल्ने विषयमा दुवै देशका सुरक्षा निकायबीच समन्वय गर्नुपर्नेमा बैठकले जोड दिएको छ । नेपाल–भारतसँग जोडिएका सबै झोलुङ्गे पुलबाट आवतजावत गर्ने नागरिकलाई कोरोना जाँच तथा कोरोना लागे÷नलागेको सुनिश्चित गर्नुपर्नेमा बैठकले जोड दिएको छ । नेपाल–भारत जोड्ने निर्माणाधीन बाकुस्थित झोलुङ्गे पुल निर्माणलाई चाँडो सम्पन्न गरी सञ्चालन गर्नुपर्नेमा बैठकमा छलफल भएको छ ।

सीमामा हुने चोरी, तस्करी, लागुऔषध नियन्त्रण, मानव बेचबिखन तथा ओसारपोसार, शङ्कास्पद सूचना आदान–प्रदान गर्नेबारे दुवै देशका सुरक्षा अधिकारीबीच सहमति भएको छ । सीमा क्षेत्रमा नेपाल–भारतका सुरक्षाकर्मीले संयुक्तरूपमा अपराध नियन्त्रणका लागि पेट्रोल गस्ती गर्ने विषयले पनि प्राथमिकता पाएको छ । दोहोरो नागरिकता लिएर बसेका नागरिकमाथि निगरानी गरी कानुनी कारबाही गर्ने विषयमा समेत सहमति बनेको सुरक्षा अधिकारीले जनाएका छन् ।

सीमा सुरक्षा बैठकमा नेपालका तर्फबाट सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्र्वाटर दार्चुलाका गणपति नरेन्द्र बम, प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्ट, सीमा चौकी तथा सशस्त्र प्रहरीका विभिन्न बोर्डर आउट पोष्टका प्रमुखको सहभागिता थियो । भारतका तर्फबाट ५५ बटालियन पिथौरागढका कमान्डेन्ट एसके शर्मा, जोलजीवि थानाका इन्स्पेक्टर प्रदीप कँुवरलगायत सुरक्षाकर्मीको उपस्थिति थियो ।।