13 Baishak, 2081 / 25 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

समाज


इन्द्रजात्रा पर्व मनाइँदै

इन्द्रजात्रा पर्व मनाइँदै


काठमाडौं, ३ असोज ।वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ। प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा मनाइन्छ। भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोकाअगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठदिनसम्म मनाउने प्रचलन छ।

शनिबार बिहान ६ः५७ बजेसम्म द्वादशी रहेकाले त्यसै दिन इन्द्रध्वजोत्थानको साइत निस्किएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष एवम् धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिए। आइतबार बिहान सूर्योदय चतुर्दशी तिथिमा हुने भएकाले यस दिन इन्द्रजात्रा मनाउने निर्णय गरिएको उनको भनाइ छ। यसपटक त्रयोदशी तिथिमा सूर्योदय नभएको समितिले जनाएको छ। भाद्र शुक्ल द्वादशीका दिन ठड्याइएको लिङ्गोलाई ‘इन्द्रध्वजोत्थान’ पनि भनिन्छ। लिङ्गोको फेदमा भैरवको पूजा गरिन्छ। शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रुपमा इन्द्रजात्रा मनाउने गरिएको हो। इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रुपमा पनि इन्द्रजात्रालाई लिइन्छ।  

यसअघि तान्त्रिक विधिद्वारा पूजा गरी भक्तपुरको चितपोल जङ्गलमा छोडिएको बोकाले छोएको रूख भाद्र शुक्ल द्वितीयाका दिन काटिन्छ। काटेपछि लिङ्गोलाई उपत्यका भित्र्याउन पनि साइत हेरिन्छ। उपत्यका भित्र्याएपछि एक रात भोटाहिटीमा राखी एकादशीका दिन विधिपूर्वक इन्द्रध्वजाको लिङ्गो तयार पार्ने गरिन्छ।

आजको दिन मुख्य रूपमा मनाइने इन्द्रजात्रा पर्वमा राष्ट्रपतिबाट हनुमानढोकास्थित गद्दी बैठकमा जीवित देवीका रूपमा रहेका श्री गणेश, श्री भैरव र श्री कुमारीको रथयात्रा नजर गर्ने परम्परा छ। राजतन्त्र रहुञ्जेल राजाबाट श्री गणेश, श्री भैरव र श्री कुमारीको रथयात्रा नजर गर्ने परम्परा थियो। इन्द्रध्वजाको लिङ्गो ठड्याएपछि शुरु भएको जात्राभरि भक्कुनाच, महाकालीनाच, लाखेनाच, दशअवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच नचाउने गरिन्छ।

इन्द्रध्वजाको लिङ्गो ठड्याएको आठौँ दिनपछि अर्थात् आश्विन कृष्ण चौँथीका दिन ‘इन्द्रध्वज पातन’ गर्ने अर्थात् लडाउने विधान रहेको “भरणी नक्षत्रको रातमा लडाउने शास्त्रीय व्यवस्था छ, ‘भरण्यां निशि पातयेत्’ भनी उल्लेख गरिएको छ”, उनले भने। यस उपलक्ष्यमा आज उपत्यकाको पश्चिममा पर्ने दहचोकस्थित इन्द्रदहमा रातभर जाग्राम बसी भाद्र शुक्ल पूर्णिमाका दिन सोमबार स्नान गरेर मेला भर्न भक्तजनहरूको घुइँचो लाग्छ


देशका अधिकांश क्षेत्रकाे माैसम सामान्य बदली

देशका अधिकांश क्षेत्रकाे माैसम सामान्य बदली


काठमाडौं, २७ भदौ । देशका अधिकांश स्थानमा सामान्य बदली भई केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

नेपालमा अहिले भारतको पूर्वी राजस्थान आसपासमा अवस्थित न्यून चापीय क्षेत्र र बंगालको खाडीको मध्यपूर्वी भूभागमा अवस्थित न्यून चापीय क्षेत्रको सामान्य प्रभाव रहेको छ। यस्तै मनसुन न्यून चापीय रेखा औसतभन्दा दक्षिणतर्फ रहेको छ।

अहिले देशको पहाडी भूभागमा सामान्य बदली र तराई भूभागमा आंशिक बदली रहेको छ ।

आइतबार दिउँसो देशका अधिकांश भूभागमा सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

यस्तै राति देशभर आंशिकदेखि सामान्य बदली रही थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

यसैबीच पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिमसँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सामान्य सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।


काठमाडौं उपत्यकामा ७०८ सहित नेपालमा थप १८०१ जनामा कोरोना संक्रमण

काठमाडौं उपत्यकामा ७०८ सहित नेपालमा थप १८०१ जनामा कोरोना संक्रमण



काठमाडौं, ७ भदौ । काठमाडौं उपत्यकामा ७०८ सहित नेपालमा थप १८०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार देशभर ११३२६ जनाको नमूना परीक्षण गराउँदा १८०१ जना संक्रमित भएका छन् । सोही अवधिमा १९२४ जना संक्रमणमुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा २४ जनाको मृत्यु भएको छ । नेपालमा सक्रिय संक्रमितको संख्या ३८३५१ जना रहेको छ ।

संक्रमितमध्ये काठमाडौं उपत्यकामा ७०८ जनालाई संक्रमण देखिएको छ। काठमाडौंमा ४४१, भक्तपुरमा १०० र ललितपुरमा १६७ जना संक्रमित थपिएका हुन्।


यातायात व्यवसायीले सरकारलाई बुझाए गाडीको चाबी 

यातायात व्यवसायीले सरकारलाई बुझाए गाडीको चाबी 


काठमाडौं, १० साउन ।  यातायात व्यवसायीले सार्वजनिक गाडीको चाबी सरकारलाई बुझाएका छन् । विभिन्न माग राख्दै आन्दोलनरत व्यवसायीले काठमाण्डौका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई साङ्केतिक रूपमा गाडीको चाबी बुझाएका हुन् ।

सार्वजनिक यातायात केन्द्रीय महासङ्घले गरेको प्रदर्शनपछि उनीहरूले सात बुँदे मागसहित चाबी बुझाएका हुन् । माग पूरा नगरे सार्वजनिक गाडी सञ्चालन गर्न नसकिने महासङ्घले चेतावनी दिएको छ ।

यातायात व्यवसायीले खोपको व्यवस्था र गाडी दुर्घटना भएमा ट्रमा सेन्टरमा उपचारको व्यवस्था मिलाउनुपर्ने, भाडा समायोजन गर्नुपर्ने, २० वर्ष पुराना गाडीलाई प्राविधिक जाँचको आधारमा थप १० वर्ष चलाउन दिनुपर्ने माग राखेका छन् । साथै लकडाउन तथा निषेधाज्ञाको समयलाई शून्य समय मान्दै मौद्रिक नीतिमार्फत यातायात व्यवसायीलाई थप कर्जा, पुनर्कर्जा, कर्जा पुनर्तालिकीकरणहित ब्याजदरमा कम्तीमा बेस रेट कायम गर्नुपर्ने, दुर्घटनाको गम्भीर उपचारमा २० लाख रुपैयाँसम्मको बीमा हुनुपर्ने, अवैज्ञानिक ट्राफिक नियम सुधार गर्नुपर्ने लगायतका माग राखेका छन् ।


देशभर २,८३८ जना कोरोना संक्रमित थपिए

देशभर २,८३८ जना कोरोना संक्रमित थपिए



काठमाडौं, ६ साउन । नेपालमा दुई हजार आठ सय ३८ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पिसिआर परीक्षणमा एक हजार नौ सय १८ र एन्टिजेन परीक्षणमा नौ सय ३१ जनामा संक्रमण देखिएको हो । 
यो अवधिमा आठ हजार सात सय १५ जनाको पिसिआर र तीन हजार नौ सय एकजनाको एन्टिजेन परीक्षण भएको थियो । 

बुधबार एक हजार चार सय ७५ जना कोरोना संक्रमणमुक्त भएका छन् भने ३० जना संक्रमितको मृत्यु भएको छ । 
काठमाडौं उपत्यकामा थप ६९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा थप ६९७ जनामा संक्रमण भएको हो।
जसमध्ये काठमाडौंका ४९०, भक्तपुरका ७९  जना र ललितपुरका १२८ जना छन्।


काठमाडौंका विभिन्न ठाउँबाट क्याफिनयुक्त रेडबुलसहित चार जना पक्राउ

काठमाडौंका विभिन्न ठाउँबाट क्याफिनयुक्त रेडबुलसहित चार जना पक्राउ



काठमाडौं, ६ साउन । महानगरीय प्रहरी अपराध महाशाखाले प्रतिबन्धित क्याफिनयुक्त शक्तिवद्र्धक पेय पदार्थ रेडबुल बिक्री वितरण गरेको आरोपमा चार जनालाई पक्राउ गरेको छ। 
पक्राउ पर्नेमा प्रणव स्टोर न्युरोडका सञ्चालक रबिनराज श्रेष्ठ र शक्तिमाता स्टोर कपनका सञ्चालक ओखलढुंगा चम्पादेवीका धनबहादुर श्रेष्ठ, रेडबुल ओसारपसारकर्ताहरू बाँके कोहलपुरका राजु पौडेल र सर्लाही हरीपुरका वीरेन्द्र चौधरी रहेका छन् । 
उनीहरुबाट २०२ वटा कार्टुन बरामद भएको प्रहरीले जनाएको छ। 
नेपालमा २०७६ असार २ मा प्रकाशित राजपत्र भाग २ को सूचना १ को प्रकरण ४ को ‘ढ’अनुसार क्याफिनयुक्त शक्तिवद्र्धक पेयपदार्थ, फ्लेवर सिन्थेटिक ड्रिन्क्सलगायतका पेयपदार्थ बिक्री वितरण गर्न पाइँदैन।  तर उक्त व्यवस्थाविपरीत व्यापारीहरुले यसको बिक्री जारी राखेको पाइएको छ। प्रहरीका अनुसार महाशाखाबाट खटिएको विशेष टोलीले उक्त चार जनालाई गत ५ गते न्युरोड, सिनामंगल, पुरानो बानेश्वर, कपन गोठाटारबाट रेडबुल बिक्रीवितरण गर्दागर्दै पक्राउ गरेको हो। 


थप एक हजार आठ सय ७५ जनामा कोरोना सङ्क्रमण पुष्टि  

थप एक हजार आठ सय ७५ जनामा कोरोना सङ्क्रमण पुष्टि  



काठमाडौं, २ साउन । नेपालमा शनिबार थप एक हजार आठ सय ७५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

६ हजार आठ सय ५८ जनाको पीसीआर परीक्षण गर्दा एक हजार तीन सय १० जना र तीन हजार दुई सय आठ जनाको एन्टिजेन परीक्षण गर्दा पाँच सय ६५ जना गरी एक हजार आठ सय ७५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यो सहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या सात लाख १४ हजार दुई सय ४८ जना पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा दुई हजार एक सय ६४ जना निको भएका छन् । यो सहित नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ३० हजार चार सय सात पुगेको छ । थप २१ जना सहित नेपालमा नौ हजार पाँच सय २७ जनाले कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । अहिले नेपालमा २५ हजार नौ सय ५२ जना सक्रिय सङ्क्रमित छन् ।


भेरोसेल र जोन्सन एन्ड जोन्सनको खोप अभियान आजदेखि सुरु 

भेरोसेल र जोन्सन एन्ड जोन्सनको खोप अभियान आजदेखि सुरु 


काठमाडौं, २९ असार । सरकारले आजदेखि ७७ वटै जिल्लामा कोरोना भाइरसविरुद्धको खोपको पहिलो मात्रा लगाउने भएको छ । चीनबाट आएको भेरोसेल र अमेरिकाबाट आएको जोन्सन एन्ड जोन्सनको खोप आजदेखि लगाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

भेरोसेल र जोन्सन एन्ड जोन्सनको खोपका लागि लक्षित समूह छुट्याइएको छ । भेरोसेल ५५ वर्ष र माथिको उमेर समूहका सबै नागरिकलाई लगाइनेछ । यस्तै भेरोसेल विश्वविद्यालय, विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारीहरू, सार्वजनिक यातायातमा कार्यरत चालक र सहचालकलाई पनि लगाइने स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.दीपेन्द्ररमण सिंहले बताए । 

सरकारले तोकेका अत्यावश्यक सेवामा संलग्न खोप लगाउन बाँकी व्यक्तिहरू, खोप अनिवार्य गरेका देशमा जाने नेपाली नागरिकलाई पनि भेरोसेल लगाइनेछ । हिजो मात्रै नेपाल आइपुगेको १५ लाख जोन्सन एन्ड जोन्सन खोप ५० देखि ५४ वर्ष उमेर समूहका सबै नागरिक, पूर्ण र अति अशक्त अपाङ्गता भएका नागरिक र नेपालमा बसोबास गरिरहेका शरणार्थीलाई लगाइनेछ ।

जोनसन खोपको मात्रा एक पटक मात्र दिए पुग्छ । स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी तथा सरसफाइकर्मी र यसअघिको अभियानहरूमा खोप लगाउन छुट भएका सबै जनालाई खोप लगाउने विभागका महानिर्देशक डा सिंहले जानकारी दिनुभयो ।

खोप लगाउनका लागि नागरिकले उमेर खुल्ने आधिकारिक प्रमाण नागरिकता, पासपोर्ट, सवारी चालक प्रमाणपत्र, शैक्षिक प्रमाणपत्र र आवश्यक प्रमाणपत्र नभए वडाबाट उमेर प्रमाणित कागजात लिएर जानुपर्नेछ । अहिलेसम्म नेपालमा कुल जनसङ्ख्याको ८.८ प्रतिशत जनसङ्ख्या अर्थात् २६ लाख ११ हजार ८०७ जनाले पहिलो मात्रा र ३ दशमलव ५ प्रतिशत अर्थात् १० लाख ४१ हजार ३६६ जनाले दोस्रो मात्राको खोप लगाइसकेका छन् ।


देशका धेरै ठाउँमा ठूलो वर्षा, यस्तो छ मौसम पूर्वानुमान  

देशका धेरै ठाउँमा ठूलो वर्षा, यस्तो छ मौसम पूर्वानुमान  


काठमाडौं , २५ असार । अझै केही दिन निरन्तर झरी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार तत्काल मौसम खुल्ने सम्भावना रहेको छैन ।  अझै केही दिन देशभर बद्ली रहेर केही ठाउँमा हल्कादेखि मध्यम र केही ठाउँमा भने ठूलो पानी पर्नेछ ।
पछिल्लो २४ घण्टामा वाग्मती र गण्डकी प्रदेशमा ठूलो पानी परेको छ । पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै चितवनको गोविन्द बस्तीमा एक सय ६३ दशमलव ८ मिलीमिटर पानी परेको छ भने कल्याणपुरमा एक सय २१ दशमलव २ मिलीमिटर पानी परेको छ ।

अहिले पनि प्रदेश१ को पहाडी ठाउँ, वाग्मती, गण्डकी, कर्णाली र प्रदेश नम्बर दुईमा पानी परिरहेको छ । आज दिउँसो पनि देशैभर पानी पर्नेछ भने प्रदेश(१, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा ठूलो पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको  छ ।

मौसम विश्लेषण (Meteorological Analysis)

देशभर मनसुनी  वायुको  प्रभाव रहेको छ ।

 हाल मौसमको अवस्था (Present Weather Status)

देशभर सामान्य देखि पुर्ण बदली रहेको छ। बाग्मती प्रदेशका केही स्थानहरुमा  मध्यम्/भारी  वर्षा भैरहेको छ।

 आगामी तीन दिनको मौसम पूर्वानुमान                       

 २०७८ असार २५गते (शुक्रबार)

दिउँसोदेशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश ,  बागमती प्रदेशगण्डकी प्रदेश र सुदुर पश्चम प्रदेशका थोरै स्थानहरुमा  मेघ गर्जनचट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ  भने सुदुर पश्चिम प्रदेश र बागमती प्रदेशको एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।

रातीदेशभर सामान्य देखि पूर्ण बदली रहनेछ ।प्रदेश १वागमती प्रदेशगण्डकी प्रदेशकर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

 २०७८ असार २ गते (निबार)

दिउँसोदेशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश ,  बागमती प्रदेशगण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानहरुमा  मेघ गर्जनचट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ  भने प्रदेश १, बागमती प्रदेश र सुदुर पश्चिम प्रदेशको एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ। 

रातीदेशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश ,  बागमती प्रदेशगण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानहरुमा  मेघ गर्जनचट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ  

 २०७८ असार २ गते आईतबार)

दिउँसोदेशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका का केहि स्थानहरुमा  मेघ गर्जनचट्याङ्ग सहित भारी/धेरै भारी वर्षाको सम्भावना रहेको छ  

रातीदेशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका का केहि स्थानहरुमा  मेघ गर्जनचट्याङ्ग सहित  भारी/धेरै भारी वर्षाको सम्भावना रहेको छ 

 आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours)

देशभर हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको र केहि स्थानहरुमा  मेघ गर्जनचट्याङ्ग सहित भारी/ धेरै भारी  वर्षाको सम्भावना रहेको छ । त्यसैले पहाडी भू-भागमा भू-क्षयपहिरो तथा गेग्रान  बहाव (debris flow) को जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन/यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन  सबैमा अनुरोध छ 

 


चीनबाट ४० लाख खोप ल्याउन सम्झौता

चीनबाट ४० लाख खोप ल्याउन सम्झौता



काठमाडौं, १९ असार । सरकारले कोभिडबिरुद्धको खोप खरिदका लागि चिनियाँ कम्पनी सिनोफार्मसँग सम्झौता गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। कृष्ण पौडेलले विज्ञप्तिमार्फत सिनोफार्मसँग भेरोसेल खरिदका लागि सम्झौता भएको शुक्रबार बेलुकी जानकारी गराएका हुन्।

खोपको आपूर्ति असार २४ बाट साप्ताहिक रुपमा हुने जानकारी पनि प्रवक्ता डा। पौडेलले गराएका छन्। सरकारले यसअघि भएको सहमतिअनुसार सिनोफार्मसँग ४० लाख डोज भेरोसेल ल्याउने सम्झौता भएको छ।