13 Baishak, 2081 / 25 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

समाज


देशभरको मौसम सामान्यदेखि पूर्ण बदली, केहि ठाउँमा भारी वर्षा(मौसम पूर्वानुमानसहित)

देशभरको मौसम सामान्यदेखि पूर्ण बदली, केहि ठाउँमा भारी वर्षा(मौसम पूर्वानुमानसहित)


काठमाडौं, १३ असार । देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशभर मनसुनी वायुको प्रभाव रहेको छ । दक्षिणी भू–भाग नजिक मनसुनी न्यून चापिय रेखा रहेको छ ।

अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती तथा प्रदेश १ को थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आइतबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।

यस्तै राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र बागमती प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

मौसम विश्लेषण (Meteorological Analysis)

देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल देशको दक्षिणी भू-भाग नजिक मनसुनी न्युन चापिय रेखा (monsoon trough) रहेको छ।

हाल मौसमको अवस्था (Present Weather Status)

हाल देशभर सामान्य देखि पुर्ण बदली रहि बागमती तथा प्रदेश नं १ को थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान                       

२०७८ असार १३ गते (आईतबार)

दिउँसोदेशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, बागमती र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

राती देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १   बागमती प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

२०७८ असार १४ गते (सोमबार)

दिउँसोदेशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ र बागमती प्रदेश एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ  

राती देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । प्रदेश नं १प्रदेश नं २बागमती प्रदेश र गण्डकी प्रदेशका केहि स्थानहरुमा साथै लुम्बिनी कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ

२०७८ असार १५ गते (मंगलबार)

दिउँसोदेशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ  

राती देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । प्रदेश नं १प्रदेश नं २बागमती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना छ

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours)

प्रदेश नं १, बागमती र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना रहेको र उक्त प्रदेशहरुको पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम रहेकोनदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ ।


एसईईको नतिजा साउन दोस्रो हप्ता

एसईईको नतिजा साउन दोस्रो हप्ता


काठमाडौं, ३१ जेठ । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी हुन आवेदन दिने विद्यार्थीको असार २० गतेभित्र आन्तरिक मूल्याङ्कनका सबै कार्य पूरा गरी जिल्ला समन्वय एकाइ कार्यालयमा पठाइसक्नुपर्ने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीको मूल्याङ्कनका लागि आवश्यक पर्ने कार्यविधि आइतवार पारित गर्दै असार २० गतेसम्ममा सबै विद्यालयले आफ्ना विद्यार्थीको आन्तरिक मूल्याङ्कन गरी पठाउने समयसीमा निर्धारण गरेको बोर्डका अध्यक्ष प्रा डा. चन्द्रमणि पौडेलले जानकारी दिए ।

विद्यालयले पठाएको आन्तरिक मूल्याङ्कन र जिल्लाका सबै विद्यार्थीको अभिलेख रुजु गरी असार मसान्तभित्र समन्वय समितिले राष्ट्रिय परीक्षा बोर्डमा पठाइसक्नुपर्ने भएको छ । असार अन्तिमसम्ममा सबै जिल्लाबाट अभिलेख आए त्यसको १५ दिनभित्र एसईईको अन्तिम नतिजा प्रकाशन गर्ने र प्रमाणपत्र जारी लगायतको काम बोर्डले गर्ने भएको छ । कुनै अवरोध नभए बोर्डले एसईईको नतिजा आउँदाे साउन १५ भित्र पूरा सार्वजनिक गर्न सक्ने र भदौदेखि कक्षा ११ को पढाइ सुरु गर्न सक्ने गर्ने गरी बोर्डले नतिजा प्रकाशनको तयारी गरेको जनाएको छ । 

बोर्डले विद्यार्थीको आन्तरिक मूल्याङ्कन गर्न मुख्य विषय शिक्षकहरूलाई जिम्मेवार बनाउँदै विद्यालयका प्रधानाध्यापक, वरिष्ठ शिक्षक, अङ्ग्रेजी, गणित र विज्ञान शिक्षक गरी पाँच जना सम्मिलित पाँच सदस्यीय समिति बनाएर उनीहरुले गरेको हस्ताक्षरसहितको अन्तिम मूल्याङ्कनलाई आधार मानेर नतिजा सार्वजनिक गर्ने भएको छ । 


 ७३ जिल्लामा आंशिकदेखि पूर्ण निषेधाज्ञा

 ७३ जिल्लामा आंशिकदेखि पूर्ण निषेधाज्ञा



काठमाडौं, २ जेठ । पूर्वी रुकुम, मनाङ, खोटाङ र तेह्रथुममा कोरोना संक्रमण कम देखिएको छ । यी जिल्लामा अहिलेसम्म निषेधाज्ञा लगाइएको छैन ।

पालिकासँग सहकार्य गरेर जनप्रतिनिधिलाई जिम्मेवार बनाइएकोले सङ्क्रमण फैलिन नपाएको सम्बन्धित जिल्ला प्रशासनले जनाएका छन् । दोस्रो चरणको कोरोना भाइरसको संक्रमणदर बढेसँगै अहिले विभिन्न ७३ जिल्लामा आंशिकदेखि पूर्ण निषेधाज्ञा लगाइएको छ ।

गृह मन्त्रालयकाअनुसार निषेधाज्ञा लागू भएका ७३ जिल्लामध्ये ६९ मा पूर्ण र ४ जिल्लामा आंशिक निषेधाज्ञा छ । आंशिक निषेधाज्ञा रहेका जिल्लामा काभ्रे, ताप्लेजुङ, सप्तरी र मुस्ताङ रहेका छन् ।

 


शुक्रराज अस्पताल टेकुमा पीसीआर परीक्षण बन्द

शुक्रराज अस्पताल टेकुमा पीसीआर परीक्षण बन्द


काठमाडौं, २८ वैशाख । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले कोरोनाको लागि पीसीआर परीक्षण बन्द गरेको छ ।  अर्को व्यवस्था नभएसम्मको लागि अहिलेलाई पीसीआर परीक्षण बन्द गरेको अस्पतालले जनाएको  छ । अस्पतालले सूचना निकालेर विशेष कारणबस् पीसीआर परीक्षण स्थगित गरेको जानकारी गराएको हो ।


संघीय संसदका १९ सांसदलाई कोरोना

संघीय संसदका १९ सांसदलाई कोरोना



काठमाडौं, २५ वैशाख । संघीय संसदका १९ जना सांसदसहित १ सय ६० जनालाई कोरोना संक्रमण देखिएको छ ।  बैशाख २७ गते बस्ने प्रतिनिधिसभा बैठकलाई मध्येनजर गर्दै यहि २२ देखि २४ गतेसम्म स्वाब संकलन गरी गरिएको परीक्षणमा ठूलो संख्यामा संक्रमण पुष्टि भएको हो। १९ जना सांसदमध्ये एक जना राष्ट्रियसभा सदस्य रहेको सभामुख अग्नि सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए। 

२ सय ५ जना सांसद र सचिवालयका कर्मचारी, मर्यादापालक, स्वकीय सचिव, सुरक्षाकर्मी, संसदीय मामिला पत्रकार तथा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारी गरी १ हजार २ सय ३४ जनाको कोरोना परीक्षण गरिएको थियो। 


प्रहरीको ‘मास्क खोइ’ अभियान शुरु    

प्रहरीको ‘मास्क खोइ’ अभियान शुरु    



काठमाडौं, १३ वैशाख । नेपाल प्रहरीले ‘मास्क खोइ’ अभियान शुरु गरेको छ । विश्वमा फैलिएको दोस्रो चरणको कोरोना भाइरस नेपालमा समेत दिनानुदिन फैलिँदै गएपछि महानगरीय प्रहरी प्रभाग एवम् ट्राफिक प्रहरी प्रभाग कलङ्कीले आज संयुक्त रुपमा कलङ्कीको मुख्य सडकमा ‘मास्क खोइ’ अभियान शुरु गरेका हुन् ।     
     
 कार्यक्रममा महानगरीय ट्राफिक प्रहरी प्रभाग कलङ्कीका प्रमुख, प्रहरी निरीक्षक शङ्कर खड्काले उपत्यका बाहिरिने तथा प्रवेश गर्ने सवारी साधनका चालक, सहचालक तथा यात्रुलाई सुरक्षित भएर यात्रा गर्नका लागि उक्त अभियान सञ्चालन गरेको जानकारी दिए । 
     
 प्रहरीले मास्क नलगाउने तथा अटेर गर्नेलाई कलङ्की चोकको होल्डिङ सेन्टरमा दुई घण्टा राखेर सम्झाइबुझाइ गरी मास्क किन्न लगाएर छोडिएको छ ।     
     
 कलङ्की चोक वरपर मास्क नलगाई हिँड्ने २१ व्यक्तिलाई पक्राउ गरी दुई घण्टा होल्डिङ सेन्टरमा राखेर छोडिएको महानगरीय प्रहरी प्रमुख, प्रहरी निरीक्षक मिठु खड्काले बताउनुभयो । प्रहरीले चन्द्रागिरिको मुख्य राजमार्ग र कलङ्की क्षेत्रमा उक्त अभियान सञ्चालन गर्ने जनाएको छ ।     
     
 यस्तै, महानगरीय प्रहरी परिसर काठमाडौँले आज बिहान मास्क नलगाई हिँड्ने एक हजार ३२५ व्यक्तिलाई नियन्त्रणमा लिएर सम्झाइबुझाइ छाडेको छ । प्रहरीले विश्वमा फैलँदै गएको नयाँ भेरियन्ट सहितको कोभिड–१९ महामारीलाई ध्यानमा राखेर एक हजार तीन पुरुष र ३२२ महिलाई पक्राउ गरेर सम्झाइबुझाइ छाडिएको परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए । 
 


स्टिङ अपरेशन नगर्न अख्तियारलाई सर्वोच्चको आदेश(फैसलासहित)

स्टिङ अपरेशन नगर्न अख्तियारलाई सर्वोच्चको आदेश(फैसलासहित)



काठमाडौं, ८ वैशाख ।  सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अबदेखि स्टिङ अप्रेसन नगर्न आदेश जारी गरेको छ । आयोगले स्टिङ अप्रेसन गर्न नहुने माग गर्दै दिइएको निवेदनमा सर्वोच्च अदालतको संवैधानिक इजलासले सुनुवाइ गरी बुधबार रिट जारी गरेको हो।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको नेतृत्वमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा रहेको संवैधानिक इजलासले यस्तो रिट जारी गरेको हो।  आयोगले आफैं घूस रकम उपलब्ध गराएर गर्ने ‘स्टिङ अप्रेसन’ ले व्यक्तिको स्वतन्त्रता र मर्यादामा आँच पुर्‍याउने र संविधानले सुनिश्चित गरेको मौलिक हकविरुद्ध समेत हुने भन्दै अधिवक्ता विष्णुप्रसाद घिमिरेले ९ पुस २०७४ मा सर्वोच्चको संवैधानिक इजलासमा निवेदन दिएका थिए।

अख्तियारले अख्तियार दुरुपयोग अनुसन्धान आयोग नियमावली, २०५९ को नियम ३० मा रहेको व्यवस्थाका आधारमा स्टिङ अपरेशन गर्दै आएको थियो । तर स्टिङ अपरेशनविरुद्ध अधिवक्ता विष्णुप्रसाद घिमिरेले सर्वोच्चमा रिट दायर गरेका थिए ।

उक्त रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले नियमावलीको उक्त व्यवस्था नेपालको संविधानको धारा १३३ को उपधारा (१) बमोजिम बुधबारदेखि लागू हुने गरी अमान्य र बदर गरिदिएको हो ।

नियमावलीको उक्त व्यवस्था व्यवस्था नेपालको संविधानको धारा २० (९) मा रहेको स्वच्छ सुनुवाइसम्बन्धी प्रावधान तथा भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ मा को भावना र मर्म अनुकुल नदेखिएको सर्वोच्चले ठहर गरेको छ ।

 


आज रामनवमी पर्व मनाइँदै

आज रामनवमी पर्व मनाइँदै



काठमाडौं, ८ वैशाख । रामनवमी पर्व आज मनाइँदै छ  । चैत शुक्ल नवमीका दिन देशभर  रामको पूजा आराधना गरी रामनवमी मनाइँदै छ । आज रामचन्द्रका मन्दिरमा पूजापाठ गरिन्छ । यस वर्ष पनि कोरोना भाइरसको सङ्क्रमणबाट बच्न स्वास्थ्य मापदण्ड जारी गरिएकाले भक्तजनले राम मन्दिरमा भौतिक दूरी कायम गरी पूजा, आराधना एवं दर्शन गर्नेछन् । जनकपुरमा रहेको रामजानकीको मन्दिरमा मेला भर्न नेपाल तथा भारतका भक्तजनको घुइँचो लाग्छ । त्रेतायुगमा अयोध्यामा राजा दशरथ र रानी कौशल्यावतीको पुत्रका रुपमा विष्णुको अवतार लिएर रामको जन्म भएको विश्वास गरिन्छ । त्यही स्मृतिमा पवित्र नदी, ताल तथा कुण्डहरूमा स्नानका साथ व्रत बसी रामगीता पाठ, अध्यात्म, वाल्मीकीय, तुलसीकृत र भानुभक्तीय रामायण वाचन गर्ने र भगवान् रामको पूजा आराधना गरी रातभरि भजनकीर्तन गर्ने परम्परा छ । 
यसैबीच श्रीरामनवमीका अवसरमा चितवनको माडीमा रहेको अयोध्यापुरीमा रामसिताको मूर्ति प्रतिस्थापन गरिँदै छ । प्रतिस्थापनका लागि राम–सीताको मूर्ति रथयात्रासहित त्यसतर्फ लगिएको  छ । प्रधानमन्त्री निवास बालुवाटारमा राखिएका ती मूर्तिको रथयात्रा टोलीलाई हिजो बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले बिदाइ गरेका थिए । 


बढ्दो कोरोना संक्रमणको दर, १,०१५ जना थपिए

बढ्दो कोरोना संक्रमणको दर, १,०१५ जना थपिए



काठमाडौं, ५ बैशाख । नेपालमा कोरोना संक्रमणको दर बढ्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार थप १,०९६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ५,०८४ परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

आइतबारसम्म सक्रिय संक्रमित संख्या ६,२९० पुगेको छ । बितेको २४ घण्टामा २६२ जना निको भएका छन् ।

काठमाडौं उपत्यकामा मात्र ४३५ जना संक्रमित थपिएका छन् । ११६ जना आइसीयूमा छन् । अहिलेससम्म ३,५६५ जना बालबालिका संक्रमित भएका छन् ।


कोरोनाबाट बालबालिका बढी जोखिममा रहेको भन्दै आयोगको ध्यानाकर्षण

कोरोनाबाट बालबालिका बढी जोखिममा रहेको भन्दै आयोगको ध्यानाकर्षण


काठमाडौं, ५ चैत । राष्ट्रिय मानवअधिकार आयोगले कोभिड–१९ बाट बालबालिका बढी जोखिममा रहेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ । आयोगले आज एक विज्ञप्ति जारी गरी बालबालिकाको स्वास्थ्यको अधिकारप्रति सचेत रहँदै पठनपाठनको वैकल्पिक व्यवस्था गर्न आग्रह गरेको छ 

सरकारले उच्च जोखिममा रहेका १४ जिल्लामा शिक्षण संस्थालगायत बढी भिडभाड हुने क्षेत्र तत्काल बन्द गर्न सुझाव दिए पनि शिक्षण संस्था सञ्चालनमै रहेकाले बालबालिकाहरूको स्वास्थ्यको अधिकार जोखिममा परेको आयोगको निष्कर्ष छ ।

आयोगले उपत्यकाका विभिन्न विद्यायलमा अनुगमन गर्दा निजी विद्यालयको तुलनामा सरकारी विद्यालयमा स्वास्थ्यसम्बन्धी मापदण्ड पालना नभएको पाइएको विज्ञप्तिमा उल्लेख छ ।
विद्यार्थी संख्या धेरै भएकाले ती विद्यालयहरुले टाउको दुःखेका बिरामी विद्यार्थीलाई समेत अन्य विद्यार्थीसँगै एउटै कक्षाकोठामै राखेको पाइएको आयोगले जनाएको छ ।

विद्यालय सञ्चालन गर्नेरगराउने विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र शिक्षा मन्त्रालयबाटै विरोधाभाषपूर्ण सूचना सम्प्रेषण भएको भन्दै आयोगले स्वास्थ्य मन्त्रालयको राय, सल्लाह र सूचनाबमोजिम व्यवहार गर्नरगराउनसम्बन्धित पक्षलाई आग्रह गरेको छ ।

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले कोभिड–१९ बाट बालबालिका बढी जोखिममा रहेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।

आयोगले आज एक विज्ञप्ति जारी गरी बालबालिकाको स्वास्थ्यको अधिकारप्रति सचेत रहँदै पठनपाठनको वैकल्पिक व्यवस्था गर्न आग्रह गरेको छ ।

सरकारले उच्च जोखिममा रहेका १४ जिल्लामा शिक्षण संस्थालगायत बढी भिडभाड हुने क्षेत्र तत्काल बन्द गर्न सुझाव दिए पनि शिक्षण संस्था सञ्चालनमै रहेकाले बालबालिकाहरूको स्वास्थ्यको अधिकार जोखिममा परेको आयोगको निष्कर्ष छ ।

आयोगले उपत्यकाका विभिन्न विद्यायलमा अनुगमन गर्दा निजी विद्यालयको तुलनामा सरकारी विद्यालयमा स्वास्थ्यसम्बन्धी मापदण्ड पालना नभएको पाइएको विज्ञप्तिमा उल्लेख छ ।

विद्यार्थी संख्या धेरै भएकाले ती विद्यालयहरुले टाउको दुःखेका बिरामी विद्यार्थीलाई समेत अन्य विद्यार्थीसँगै एउटै कक्षाकोठामै राखेको पाइएको आयोगले जनाएको छ ।

विद्यालय सञ्चालन गर्ने/गराउने विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र शिक्षा मन्त्रालयबाटै विरोधाभाषपूर्ण सूचना सम्प्रेषण भएको भन्दै आयोगले स्वास्थ्य मन्त्रालयको राय, सल्लाह र सूचनाबमोजिम व्यवहार गर्न/गराउनसम्बन्धित पक्षलाई आग्रह गरेको छ ।