12 Baishak, 2081 / 24 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

समाज


 कोहलपुरमा दुर्घटना, पाँच जनाको मृत्यु 

कोहलपुरमा दुर्घटना, पाँच जनाको मृत्यु 



काठमाडौं, ४ चैत । बाँकेको कोहलपुरमा यात्रुबाहक बस र टिपर एक आपसमा ठोक्किँदा पाँच जनाको मृत्यु भएको छ । 
इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार दुर्घटनामा परि ज्यान गुमाएका मध्य अन्दाजी ३२ वर्षीया महिलाको शनिबार बिहान सनाखत भएको छ । 

उनी सिराहा जिल्लाको सुखीपुर गाउँपालिका वडा नं.३ की अम्बिका कान्ती हुन् । 

यसअघि शुक्रबार राति अवेर मृतकमध्ये चार जना पुरुषको सनाखत भइसकेको थियो।  जसमा कोहलपुर नगरपालिका वडा नं. १२ का २१ बर्षीय उदय बाँठा, कोहलपुर १३ का २५ वर्षीय खगेन्द्रबहादुर सुनार, सुर्खेत जिल्लाको साटाखानीका ४० बर्षीय जिवनकुमार बिक र झापा जिल्लाको मेचिनगरपालिका वडा नं. १० का ४५ का छत्रबहादुर कटुवाल थिए। 

मृतकमध्ये कोहलपुरका दुई जना टिपरका चालक र परिचालक रहेको प्रहरीले जनाएको छ। मृतक अन्य तीन जना बसमा सवार व्यक्ति रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा एक जनाको घटनास्थलमै र अन्य ४ जनाको उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको थियो।

दुर्घटनामा परि कुल ३७ यात्रु घाइते भएकोमा ७ जनाको अवस्था गम्भीर रहेको भए पनि शनिबार बिहानसम्म सबैको स्वास्थ्य अवस्थामा सुधार हुँदै गएको जानकारी दिइएको छ।

घाइतेको उपचारमा संलग्न चिकित्कसका अनुसार सबै घाइते अब खतरा मुक्त छन्।  घाइते सबैको कोहलपुरमै उपचार भइरहेको छ।

सुर्खेतबाट धरानका लागि छुटेको मे १ ख ३३४७ नम्बरको बस र विपरित दिशातर्फ जाँदै गरेको ना अ अ प ४१ नम्बरको टिप्पर शुक्रबार बेलुका साढे पाँच बजेतिर कोहलपुर नगरपालिका–१३, रोहिणी खोला नजिकै एक आपसमा ठोक्किँदा उक्त दुर्घटना भएको थियो ।


 आज महाशिवरात्रि, यस्तो छ पशुपतिनाथमा दर्शनको व्यवस्था

 आज महाशिवरात्रि, यस्तो छ पशुपतिनाथमा दर्शनको व्यवस्था


काठमाडौं, २७ फागुन । आज महाशिवरात्रि पर्व शिवको विधिपूर्वक पूजा–आराधना गरेर देशभर मनाइँदैछ । वैदिक सनातन हिन्दू धर्मावलम्बी आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गइ पूजा–आराधना गर्छन् । शिवको विधिपूर्वक पूजा, आराधना, दर्शन गरे सुख शान्ति र मृत्युपछि सद्गति प्राप्त हुने हिन्दू धर्मावलम्बीहरूको विश्वास रहेको छ।

आज काठमाडौंको पशुपतिका साथै नौलोगाउँ बझाङ, कैलाशमाडौँ बाजुरा, नर्वदेश्वर ओखलढुङ्गा, महोत्तरीको जलेश्वर, भक्तपुरको अनन्त लिङ्गेश्वर, काठमाण्डौ डिल्लीबजारको वसन्तेश्वर, जयबागेश्वरीको महामृत्युञ्जय, अमालकोट कचहरीको खञ्जनेश्वर, लुभुको गोभ्रातेश्वर, सुनाकोठीको भृङ्गारेश्वरलगायतका शिवालयमा विशेष उत्सवका साथ यो रात पूजा आराधना हुन्छ ।

शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायतका ग्रन्थमा उल्लेख गरिएको छ ।

फाल्गुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई दीन–दुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ ।

आज हरेक घर, चोक र मठ–मन्दिरमा दाउरा मागेर धुनी जगाइ भजन–कीर्तनका साथ त्यसै आगोमा प्रसाद बनाइ ग्रहण गरिन्छ ।    
बिहान ४ बजेदेखि नै पशुपतिका चार ढोका खुल्ला
यसैबिच पशुपति क्षेत्रमा मेला भर्न आउने भक्तजनको सुविधाका लागि यस वर्ष विशेष प्रबन्ध मिलाइएको कोषका सदस्य सचिव डा। प्रदीप ढकालले बताए । तीन वर्षअघिदेखि नै पशुपतिमा गाँजा, भाङ, धतुरोलगायत लागुपदार्थ निषेध गरिएको थियो । यस वर्ष पनि त्यसलाई निरन्तरता दिइएको छ । यस्ता पदार्थ सेवन, बेचबिखन गरेको पाइएमा प्रहरीले समातेर कारवाही गर्ने उनले बताए ।

महाशिवरात्रिका अवसरमा बिहीबार बिहान ४ बजेदेखि नै पशुपतिका चार ढोका खोलिएको कोषले जनाएको छ । यस वर्ष कोरोना महामारीको जोखिम कायमै रहेकाले आठ लाखभन्दा बढी दर्शनार्थीले महाशिवरात्रिका दिनमात्र पशुपति दर्शन गर्न सक्ने गरी व्यवस्थापन गरिएको छ । विगत वर्षमा महाशिवरात्रिका दिन १० लाखभन्दा बढी भक्तजन पशुपति क्षेत्रमा पुग्ने गरेका थिए ।

पशुपति दर्शनका तीन बाहिरी लाइन

यस वर्ष महाशिवरात्रिका अवसरमा पशुपतिमा दर्शनका लागि तीनवटा लाइनको व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । मित्रपार्क–गौरीघाट, उमाकुण्ड–दक्षिणामूर्ति, हुँदै रुद्रगाडेश्वर उत्तरढोकाबाट एक लाइन, बत्तिसपुतली–गौशाला, त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल–तिलगङ्गा, पिङ्गलास्थान–सुमार्गीभवन अगाडिबाट चार शिवालय–पञ्चदेवल हुँदै दक्षिणढोका हुँदै दक्षिणढोकाबाट दुई लाइन गरी बाहिरी रुपमा पशुपति मूल मन्दिर परिसर प्रवेश गर्नसक्ने व्यवस्था गरिएको जनाएको छ ।

अर्को लाइन पश्चिममा वनकाली ओरालो हुँदै जुत्ताचप्पल कक्षबाट मूल मन्दिर प्रवेश गर्न सकिने गरी व्यवस्थापन गर्ने योजना बनाइएको कोषका सदस्य सचिव डा। प्रदीप ढकालले जानकारी दिए । आवश्यकताअनुसार तिलगङ्गा राममन्दिरतर्फ समेत एक लाइन व्यवस्था गर्न सकिने छ ।

मूल मन्दिर परिसरभित्र प्रवेश गरिसकेपछि भने उत्तर र दक्षिणबाट तीन÷तीन र पश्चिमबाट चार वटा भित्री लाइन व्यवस्थापन गर्न लागिएको छ ।
दर्शन गर्न आउने दर्शनार्थीको सवारी पार्किङका लागि सिफल, तिलगङ्गा, गुह्येश्वरी पारी, कोषको कार्यालय, वनकालीलगायत स्थानमा व्यवस्था मिलाइएको छ ।


एसईई र कक्षा १२ को परीक्षा तालिका सार्वजनिक

एसईई र कक्षा १२ को परीक्षा तालिका सार्वजनिक



काठमाडौं, २६ फागुन । जेठमा हुने एसईई र कक्षा १२ को परीक्षा तालिका सार्वजनिक भएको छ ।  २०७७ सालको माध्यमिक शिक्षा परीक्षा एसईई जेठ १३ गतेदेखि २४ गतेसम्म हुँदैछ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ ।  पहिलो दिन अनिवार्य अङ्ग्रेजीको परीक्षा हुनेछ । परीक्षा दिने परीक्षार्थीले प्रवेशपत्र अनिवार्य बोक्नु पर्नेछ । 

यस्तै, जेठ २६ गतेदेखि असार ४ गतेसम्म हुने १२ कक्षाको परीक्षाको तालिका पनि सार्वजनिक भएको छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ । 


 


 पशुपतिमा फागुन २५ देखि विशेष पूजा गरिने   

 पशुपतिमा फागुन २५ देखि विशेष पूजा गरिने   


काठमाडौं, १९ फागुन । पशुपति मन्दिरमा कोरोना महामारीका कारण एक वर्षअघि देखि रोकिएको विशेष पूजा फागुन २५ गतेदेखि शुरु गरिने भएको छ । 
कोरोना जोखिम कायमै रहे पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर फागुन कृष्ण एकादशीदेखि विशेष पूजा शुरु गर्न लागिएको पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा.मिलनकुमार थापाले बताएका छन् । हाललाई रु एक हजार १०० देखि रु २७ हजारसम्मका विशेष पूजामात्र पशुपतिनाथ मन्दिरमा गरिनेछ । पशुपतिनाथ मन्दिरमा रु एक हजार १०० देखि रु २५ लाखसम्मको विशेष पूजा हुने गरेको छ ।     
     
कोषले महाशिवरात्रिको अवसर पारेर स्वास्थ्य सुरक्षाका विधि अपनाउँदै विशेष पूजा खुला गर्न लागेको हो । फागुन २७ गते बिहीबार महाशिवरात्रिका दिन भने रु पाँच हजार १०० र रु ११ हजारका गरी दुई किसिमका विशेष पूजामात्र गर्ने गरी तयारी गरिएको जानकारी पनि उनले दिए । महाशिवरात्रिका दिन रु पाँच हजार १०० को रसिद काटी विशेष पूजा गर्नेबाट दुई र रु ११ हजारको रसिद काटी पूजा गर्नेका तर्फबाट चारजना कर्तालाई मन्दिरमा दर्शन गर्ने व्यवस्था मिलाइने कोषले जनाएको छ ।

कोषले विशेष पूजाको रसिद काटेर पूजा गराउने विधि छ । विशेष पूजाबाट कोषलाई वार्षिक रु नौदेखि १० करोडसम्म आम्दानी हुने गरेको छ । 
 


  पशुपतिमा फागुन २५ देखि विशेष पूजा गरिने   

 पशुपतिमा फागुन २५ देखि विशेष पूजा गरिने   


काठमाडौं, १९ फागुन । पशुपति मन्दिरमा कोरोना महामारीका कारण एक वर्षअघि देखि रोकिएको विशेष पूजा फागुन २५ गतेदेखि शुरु गरिने भएको छ । 
कोरोना जोखिम कायमै रहे पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर फागुन कृष्ण एकादशीदेखि विशेष पूजा शुरु गर्न लागिएको पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा.मिलनकुमार थापाले बताएका छन् । हाललाई रु एक हजार १०० देखि रु २७ हजारसम्मका विशेष पूजामात्र पशुपतिनाथ मन्दिरमा गरिनेछ । पशुपतिनाथ मन्दिरमा रु एक हजार १०० देखि रु २५ लाखसम्मको विशेष पूजा हुने गरेको छ ।     
     
कोषले महाशिवरात्रिको अवसर पारेर स्वास्थ्य सुरक्षाका विधि अपनाउँदै विशेष पूजा खुला गर्न लागेको हो । फागुन २७ गते बिहीबार महाशिवरात्रिका दिन भने रु पाँच हजार १०० र रु ११ हजारका गरी दुई किसिमका विशेष पूजामात्र गर्ने गरी तयारी गरिएको जानकारी पनि उनले दिए । महाशिवरात्रिका दिन रु पाँच हजार १०० को रसिद काटी विशेष पूजा गर्नेबाट दुई र रु ११ हजारको रसिद काटी पूजा गर्नेका तर्फबाट चारजना कर्तालाई मन्दिरमा दर्शन गर्ने व्यवस्था मिलाइने कोषले जनाएको छ ।

कोषले विशेष पूजाको रसिद काटेर पूजा गराउने विधि छ । विशेष पूजाबाट कोषलाई वार्षिक रु नौदेखि १० करोडसम्म आम्दानी हुने गरेको छ । 
 


पशुपतिमा सुनको जलहरी लगाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट    

पशुपतिमा सुनको जलहरी लगाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट    


काठमाडौं, ११ फागुन । पशुपतिमा सुनको जलहरी राख्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा  छुट्टाछुट्टै दुई रिट निवेदन दर्ता गरिएको छ । वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्य र अधिवक्ता निकिता ढुङ्गानाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पशुपति क्षेत्र विकास कोष तथा कोषको सञ्चालक परिषद् र गुठी संस्थान केन्द्रीय कार्यालयलाई विपक्षी बनाई उक्त रिट निवेदन दायर गरेका हुन् । 

नेपालको संविधान, कानूनको मर्म र भावनाविपरीत सरकारले सुनको जलहरी राख्ने काम गरेको र अनन्तकालदेखि स्थापित व्यवस्था तथा परम्परा बिथोल्ने काम गरेको विज्ञप्तिमा उल्लेख छ । नेपालको संविधानविपरीत कार्य तत्काल प्रतिषेध गरी निर्णय बदर गर्न माग गरिएको छ । मन्त्रिपरिषद्को बैठकले पशुपतिनाथको मन्दिरमा सुनको जलहरी राख्ने निर्णय गरेको थियो ।     
     
 


अवहेलना मुद्दामा लिखित जवाफसहित चार पूर्वप्रधानन्यायाधीश सर्वोच्चमा 

अवहेलना मुद्दामा लिखित जवाफसहित चार पूर्वप्रधानन्यायाधीश सर्वोच्चमा 



काठमाडौं, ३ फागुन । अदालतको अवहेलना मुद्दामा सर्वोच्च अदालतका चार पूर्वप्रधानन्यायाधीश लिखित जवाफसहित अदालतमा हाजिर भएका छन्।

पूर्वप्रधानन्यायाधीश मिनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्की अदालत पुगेका हुन्। माघ १५ गते न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले लिखित जवाफसहित ७ दिनभित्र अदालतमा उपस्थित हुन भनेको थियो।

सोही अनुसार उनीहरू अदालतमा उपस्थित भएर अदालतको अवहेलना मुद्दामा जवाफ दिएका हुन्। शर्माले एकल जवाफ बुझाएका छन् भने रायमाझी, श्रेष्ठ र कार्कीले संयुक्त जवाफ पेश गरेका छन्।
सर्वोच्च अदालतका रजिष्ट्रार नारायणप्रसाद पन्थीलाई लिखित जवाफ दिँदै उनीहरूले अदालतको अवहेलना नगरेको दाबी गरेका छन्। उनीहरूले संविधानले दिएको अधिकार प्रयोग गर्दै आफ्ना अभिव्यक्ति दिएको बताएका छन्। साथै, अदालतको अवहलेनामा आफूहरू सचेत रहेको र आफूहरूबााट त्यस्तो कार्य नहुने बताएका छन्।


बेसीसहर–चामे सडक तीन दिनका लागि बन्द

बेसीसहर–चामे सडक तीन दिनका लागि बन्द



लमजुङ, २० माघ । लमजुङ बेसीसहर–चामे सडक आजदेखि तीन दिनका लागि बन्द हुने भएको छ।
लमजुङ र मनाङ जोड्ने त्यस सडकको स्तरोन्नति गर्नका लागि मङ्गलबार बिहान १०ः०० बजेदेखि बिहीबार राति १०ः ०० बजेसम्मका लागि पूर्णरुपमा बन्द गरिने भएको हो । जिल्ला प्रशासन कार्यालयले एक विज्ञप्ति जारी गर्दै यस्तो जानकारी गराएको हो ।

त्यस सडकखण्डअन्तर्गत लमजुङको उत्तरी भेग मर्स्याङ्दी गाउँपालिका– ४ स्यागेनिरको सडकमा ढलान कार्य हुने र त्यस ठाउँमा सडक निकै साँघुरो भएकाले सानाठूला सबै प्रकारको गाडी आवतजावतमा पूर्ण रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी काजीमान सुनारले बताए ।

डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयका इञ्जिनियर तथा सूचना अधिकारी सुरज महर्जनकाअनुसार त्यस स्यागेनिरको १०० मिटर खण्डमा ढलान (पीसिसी) कार्य गरिने भएको छ ।


५८ वर्ष कैद सजाय पाएका श्रेष्ठ १५ वर्षपछि पक्राउ

५८ वर्ष कैद सजाय पाएका श्रेष्ठ १५ वर्षपछि पक्राउ


काठमाडौं, ४ माघ । ५८ वर्ष कैद सजाय पाएका एकजनाई प्रहरीले १५ वर्षपछि पक्राउ परेका छन्। 
चोरी मुद्दामा फरार ४१ वर्षीय दिपक श्रेष्ठलाई प्रहरीले काठमाडौं महानगरपालिका६ बौद्धबाट शनिबार पक्राउ गरेको हो।

महानगरीय अपराध महाशाखाको विशेष टोलीले दोलखा घर भइ बौद्ध बस्ने उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनीविरूद्ध नवराज न्यौपानेसहित १० जनाले छुट्टाछुट्टै जाहेरी दिएका थिए। १० वटा चोरीको मुद्दामा काठमाडौं जिल्ला अदालतले २०६३ पुस २३ गते उनीविरूद्ध कैद सजाय सुनाएको थियो। 

अदालतले उनलाई ५८ वर्ष कैद सजाय सुनाएको थियो । श्रेष्ठलाई पक्राउ गरी फैसला कार्यान्वयन गर्न अदालतमा उपस्थित गराइएको छ। 


सांस्कृतिक संग्रहालय बनाउने घोषणा 

सांस्कृतिक संग्रहालय बनाउने घोषणा 



काठमाडौं, २६ पुस । धामीझाँक्रीहरुको संस्था संस्कृति संरक्षण तथा सामाजिक विकास केन्द्र नेपालले काठमाडौंमा सांस्कृतिक संग्रहालय बनाउने घोषणा गरेको छ । आइतबार रिपोटर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरी केन्द्रले सांस्कृतिक संग्रालय बनाउने घोषणा गरेको हो । 
७७ जिल्लाका सांस्कृतिक तथ्यांक संकलन गरेर सांस्कृतिक संग्रहालय बनाउनेसंस्थाकी अध्यक्ष सीता सुनारले जानकारी गराइन् । उनले संग्रहालय बनाउने अभियानमा आफूहरु लागेको भन्दै देश विदेशमा रहेका सबै नेपालीहरुलाई  सहयोग गर्न आग्रह गरिन् । उनले भनिन्,‘संग्रहालय उदाहरणी हुनेछ ।’
वाचन शिरोमणी कपिल देव भट्टले संस्थाले महान कार्य गर्न लागेकोले सबैलाई सहयोग गर्न आग्रह गरे । उनले आफूलेपनि सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
सामाजिक अभियन्ता तथा संस्थाका सल्लाहकार कृष्ण प्रसाद पाण्डेले नेपालको भौगोलिक परम्परा, कला संस्कृति, बाजा गाजा, रहनसहन, भेषभुषा र पुजा पाठ आदीको संरक्षण गर्न लागेकोले सबैलाई सहयोग गर्न आग्रह गरे ।
केन्द्रले लामा, धामी, झाँक्री, देवमाता, बैद्यहरुले कला, संस्कृति, बाँजा गाँजा, मन्त्र, धुप, पुजापाठ, रहनसहन र भेषभुषाहरुको तथ्यांक संकलन गर्न ७७ जिल्लाका सरोकारवाला पक्षहरुलाई आह्वान गरेको छ ।
बोक्सा÷बोक्सिको आरोपमा हिंसा खेपिरहेको घटनाहरु हुन नदिने केन्द्रले जनचेतना अभियान समेत चलाउने जनाएको छ । बोक्सा बोक्सीको आरोप लगाउने, शारीरिक, मानसिक पीडा दिने र आर्थिक शोषण गर्ने जस्ता अमानविय व्यवहार नगर्न  सरोकारवालाहरुलाई अनुरोध गर्दै सचेत गराउने लक्ष्य रहेको समेत जानकारी दिएको छ । 
सस्थाले परम्परागत स्वास्थ्य उपचारमा भएका लामा, धामी, झाँक्री, देबमाता, बैद्यहरुको राष्ट्रव्यापी रुपमा तथ्याङ्कहरु संकलन गर्ने, संकलन गरिएका तथ्यांकको उचित संरक्षण गदै सबैलाई जानकारी दिने, “साँस्कृतिक सङंग्रालय” निर्माणको मध्यमले साँस्कृतिक अध्ययन केन्द्रको निर्माण गर्ने, अनावश्यक रुपमा कुप्रचार गर्नेहरुलाई जनचेतनाका माध्यमबाट निर्मूल गर्ने, पर्चा, पम्प्लेट, पोष्टर, होडिङ बोर्ड, बक्तव्य, बुकलेटहरु प्रकाशित गरी आवश्यक प्रचार प्रसार गर्ने, छलफल, बहस, गोष्ठी, कार्यशाला, अन्तक्र्रिया राष्ट्रिय, क्षेत्रिय तथा जिल्ला स्तरमा सम्मेलनहरु सञ्चालन गर्ने र आयुर्वेदिक पद्धतिको बाटो हुँदै आधुनिक चिकित्सा पद्धति तर्फ जागरुक बनाउने जस्ता उद्देश्य राखेको जनाएको छ ।