16 Chaitra, 2080 / 29 March , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

समाज


 थपिए ४०३ कोरोना संक्रमित (हेर्नुहोस् कहाँ, कति संक्रमित ? )

 थपिए ४०३ कोरोना संक्रमित (हेर्नुहोस् कहाँ, कति संक्रमित ? )



काठमाडौं, २० पुस । सोमबार नेपालमा ४ सय ३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै देशभर कोरोना संक्रमितको  संख्या २ लाख ६२ हजार २६२ पुगेको छ।

सोमबार ५९४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ५५ हजार ८८ पुगेको छ।

हाल देशभर ५ हजार २ सय ८९ जना सक्रिय संक्रमित रहेका छन। यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ८ सय ८५ पुगेको छ। पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १४०, भक्तपुरमा २४ र ललितपुरमा २१ जना कोरोना संक्रमित थपिएका छन्। मन्त्रालयका अनुसार हाल देशभर २०९ जना कोरोना संक्रमितको आईसीयुमा र ३४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

हेर्नुहोस् कहाँ, कति संक्रमित 


 विमानस्थलबाट ५० राउन्ड गोलीसहित एक व्यक्ति पक्राउ 

 विमानस्थलबाट ५० राउन्ड गोलीसहित एक व्यक्ति पक्राउ 



काठमाडौं, २० पुस । काठमाडौंबाट झापाको भद्रपुर जान लागेका एक व्यक्ति ५० राउन्ड गोलीसहित विमानस्थलबाट पक्राउ परेका छन् । श्री एयरलाइन्सबाट भद्रपुरजान लागेका व्यक्तिलाई गोलीसहित पक्राउ गरिएको हो । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका–२ का बद्रीहाङ राई रहेका छन् । उनलाई त्रिभुवन विमानस्थलबाट हातहतियारसहित पक्राउ गरिएको हो ।
उनलाई नाइन एमएम पेस्तोलमा लाग्ने गोलीसहित सोमबार पक्राउ गरिएको विमानस्थल सुरक्षा प्रमुख एसएसपी राजेशनाथ बाँस्तोलाले जानकारी दिएका छन् । 
उनका अनुसार १२ः४५ को श्री एयरलाइन्सको जहाजमा उनी भद्रपुर उड्न लागेका थिए। प्रहरीले चेकिङका क्रममा उनको झोलाबाट गोली बरामद गरेको हो । पक्राउ परेका राईलाई आवश्यक अनुसन्धानका लागि अहिले महानगरीय प्रहरी वृत्त गौशालामा राखिएको छ।

 

प्रतिकात्मक तस्बिर


विदेश जान नक्कली पीसीआर रिपोर्ट, विमानस्थलबाट पक्राउ परे सात जना 

विदेश जान नक्कली पीसीआर रिपोर्ट, विमानस्थलबाट पक्राउ परे सात जना 


काठमाडौं, १९ पुस । नक्कली पीसीआर रिपोर्टसहित विदेश जान लागेका सात जना पक्राउ परेका छन् । प्रहरीले फ्लाई दुबईको उडानमार्फत शनिबार साँझ दुबई जानको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका उनीहरुलाई पक्राउ गरेको हो । 
पक्राउ पर्नेमा सल्यानको खैरागर घर भएका दिनेश सिंहसहित अन्य सात जना रहेका छन् । उनीहरूको साथमा रहेको पीसीआर रिपोर्ट नक्कली भएको शङ्काको आधारमा सोधपुछ गर्दा फरक व्यवहार देखाएपछि अनुसन्धान गरिएको र उनीहरूको रिपोर्ट नक्कली पुष्टि भएको प्रहरीले जनाएको छ । यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।


नयाँ वर्ष सन् २०२१ आजदेखि शुरु 

नयाँ वर्ष सन् २०२१ आजदेखि शुरु 



काठमाडौं, १७ पुस । अंग्रेजी नयाँ वर्ष सन् २०२१ आजदेखि शुरु भएको छ । जिसस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सम्वतको सुरुवात भएको भन्ने भनाइ रहेको छ । पोप ग्रेगोरीले जुलियन पात्रोअनुसारको सनलाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रोअनुसारको नयाँ वर्ष पनि भनिन्छ ।

नेपालका विभिन्न ठाउँमा अंग्रेजी नयाँ वर्ष मनाउने चलन बढेको छ । काठमाडौंको ठमेल, बौद्ध, पोखरालगायत स्थानमा ‘न्यू इयर इभ’ का नाममा अंग्रेजी नयाँ वर्ष मनाइने गरिन्छ। नयाँ वर्ष मनाउन पोखरा, नगरकोट, धुलिखेल, चितवनको सौराहालगायतका स्थानहरुमा उल्लेख्य आन्तरिक पर्यटक पुगेका छन् । 


काठमाडौं उपत्यकामा थप २४७ जनामा कोरोना संक्रमण

काठमाडौं उपत्यकामा थप २४७ जनामा कोरोना संक्रमण


 

काठमाडौं, १६ पुस । काठमाडौं उपत्यकामा थप २४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। संक्रमित हुनेमा १०३ महिला र १४४ पुरुष छन्। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा २२५, भक्तपुरमा ३८ र ललितपुरमा ४९ जना कोरोना संक्रमित थपिएका छन्।


 लुम्बिनी चिनी उद्योगका सञ्चालक अग्रवाल पक्राउ

लुम्बिनी चिनी उद्योगका सञ्चालक अग्रवाल पक्राउ



काठमाडौं, १६ पुस । लुम्बिनी चिनी उद्योगका सञ्चालक पक्राउ परेका छन् । बक्यौता रकम नतिरेपछि प्रहरीले सञ्चालक मनोज अग्रवाललाई वीरगञ्जबाट पक्राउ गरेको हो । उनलाई प्रहरीको अपराध महाशाखाको टोलीले नियन्त्रणमा लिएको हो । पक्राउ परेका अग्रबालपछि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । प्रहरीले यसअघि नै किसानको पैसा नतिर्ने चिनी मिल सञ्चालकलाई पक्राउ पुर्जी जारी गरेको थियो ।
प्रहरीले पुर्जी जारी गरेपछि अग्रवाल फरार रहेका थिए । सो उद्योगले किसानको करिव १७ करोड बक्यौता तिर्न बाँकी रहेको छ । उद्योगले स्वामित्व विवादका कारण किसानले भुक्तानी पाउन नसकेको बताउँदै आएको छ ।

 


 काठमाडौंका यि ठाउँमा शुक्रबार र शनिबार विजुली जाने 

काठमाडौंका यि ठाउँमा शुक्रबार र शनिबार विजुली जाने 


काठमाडौं, २ पुस । काठमाडौंका विभिन्न ठाउँमा शुक्रबार र शनिबार केही समय बत्ती जाने भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार बालाजु सबस्टेशनको ११ केभी ब्रेकर जडान गर्नुपर्ने भएकोले यस सबस्टेशनबाट वितरित क्षेत्रमा बत्ती जाने भएको हो । शुक्रबार बिहान ७ बजेदेखि १० बजेसम्म तीन घण्टा र शनिबार दिउँसो १२ बजेदेखि ३ बजेसम्म तीन घण्टा बत्ती जाने भएको हो । जडान कार्य गर्नुपर्ने हुँदा बालाजु औद्योगिक क्षेत्र १, बालाजु औद्योगिक क्षेत्र २, ढुङ्गेधारा, महाराजगञ्ज २, नयाँ बजार र धर्मस्थली फिडरहरू शटडाउन हुने प्राधिकरणको जनाएको छ । 


आज भाइटीका मनाइँदै, बिहान ११ बजेर ३७ मिनेट उत्तम साइत 

आज भाइटीका मनाइँदै, बिहान ११ बजेर ३७ मिनेट उत्तम साइत 



काठमाडौं, १ मंसिर । यमपञ्चक अर्थात् तिहारको मुख्य दिन आज भाइटीका मनाइँदैछ । यस दिन दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु र आरोग्यको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर भाइटीका मनाइँदैछ ।


दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ बजेर ३७ मिनेटमा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । भाइटीका लगाइदिने पूर्व र लगाइ माग्ने पश्चिम फर्कनुपर्ने समितिले जनाएको छ ।

लक्ष्मीपूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको आज पूजा गरी दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्पराअनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री वा गोदावरीलगायत फूलका माला लगाइदिने गरिन्छ ।

तिहारमा सप्तरङ्गी टीका लगाउने भनिएपछि शास्त्रीय मान्यतामा भने रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँच वटा उल्लेख गरिएको समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले जानकारी दिए ।

टीका लगाइ दिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला एवं सेलरोटीलगायत खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार कपडा र दक्षिणा दिइ सम्मान गर्ने परम्परा छ । 


दशैँ घरमा जमरा राखियो

दशैँ घरमा जमरा राखियो


काठमाडौं, २ असोज । घटस्थापनाको अवसरमा शनिबार घरघरमा दशैँको जमरा राखिएको छ । दशैँको पहिलो दिन घटस्थापनाका अवसरमा घरघरमा जमरा राख्‍ने गरिन्छ । यही अवसरमा काठमाडौंको वसन्तपुरमा रहेको दशैँ घरमा पनि जमरा राखिएको छ । नेपाली सेनाको टोलीले मंगल धुन बजाएर बढाईं गरेसँगै शनिबार बिहान ११ः४६ को शुभसाइतमा जमरा राखिएको हो । कोरोनाका कारण यो वर्ष केही समस्या भए पनि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर जमरा राखिएको हो । 
बिहानै नित्यकर्म गरी नजिकको नदी वा चोखोस्थलबाट बालुवा वा माटो ल्याइ गाईको गोबरले लिपपोत गरिएको कोठामा वा दशैँघरमा जमरा रोप्ने गरिन्छ । घटस्थापना गर्दा पूजाकोठा वा दशैँ घरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ । नवरात्रभर दुर्गाका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको विधिपूर्वक पूजाराधना गरिन्छ । महाकाली शक्ति, महालक्ष्मी धनधान्य र ऐश्वर्य तथा महासरस्वतीलाई विद्या र बुद्धिको प्रतिकका रुपमा पूजाराधना गर्ने वैदिक कालदेखिको परम्परा छ ।


अफिमसहित पक्राउ

अफिमसहित पक्राउ


पर्सा, २१ असोज । पर्सामा ८ किलो अफिमसहित एकजना पक्राउ परेका छन् । कालिकामाई गाउँपालिका तीनडुवियाका २९ वर्षीय खोवारी प्रसादलाई प्रहरीले पक्राउ गरेको हो । उनले घरभित्रै अफिम लुकाएको पाइएको प्रहरीले जनाएको छ ।
उनको इलाका प्रहरी कार्यालय पोखरीया पर्सामा राखेर थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।