15 Chaitra, 2080 / 28 March , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

समाज


संवैधानिक आयोगमा पदाधिकारी नियुक्ति नगर्नुको कारण खोल्न सर्वोच्चको आदेश 

संवैधानिक आयोगमा पदाधिकारी नियुक्ति नगर्नुको कारण खोल्न सर्वोच्चको आदेश 


काठमाडौं, १३ साउन । जुरी नेपालले सात संवैधानिक आयोगहरुमा पदाधिकारी नियुक्तिको माग गर्दै दायर गरेको रीटमा सर्वोच्च अदालतले सरकारका नाउँमा कारण देखाऊ आदेश जारी गरेको छ ।

यही साउन ११ गते प्रारम्भिक सुनुवाइका क्रममा न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले उक्त आदेश जारी भएको हो । साथै उक्त विषय गम्भिर प्रकृतिको भएकोले यस रीटलाई अग्राधिकार दिई पेशी तोक्न समेत आदेश गरिएको छ ।

जुरी नेपालले संबैधानिक आयोगको रुपमा स्थापित भएका अन्य पाँचवटा आयोग (राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाति आयोग, मधेशी आयोग, थारु आयोग र मुस्लिम आयोग) मा एक–एक जनामात्र पदाधिकारी नियुक्त भई आयोगहरुले संबिधान तथा कानून बमोजिमको भूमिका निर्वाह गर्नसक्ने अवस्था नभएकोले तत्काल सबै आयोगलाई क्रियाशिल बनाउन,  सबै आयोगहरुमा पदाधिकारी नियुक्तिको माग गर्दै रीट निवेदन दायर गरेको थियो ।
संविधानको धारा २६५ बमोजिम संविधान प्रारम्भ भएको मितिले १० बर्ष पछि यी सबै आयोगहरुको संघीय संसदबाट पुनरावलोकन गरिने प्रावधान छ । एकातर्फ संविधान जारी भएको करिव ५ बर्षसम्म पनि यि आयोगहरुमा पदाधिकारी नियुक्त हुन नसक्दा यि आयोगहरुले प्रभावकारी रुपमा आफ्नो भूमिका निर्वाह गर्न सकेका छैनन् भने अर्कोतर्फ नयाँ संविधान बमोजिम नागरिकहरुको मौलिक हक कार्यान्वयन हुन नसकेको जुरी नेपालले जनाएको छ ।

मौलिक हक कार्यान्वयन गर्ने निकायमा स्वेच्छाचारिता देखिएको छ । यहाँसम्म कि मौलिक हक कार्यान्वयनका लागि वनेका कैयौं कानुनहरु ९खाद्य, आवास, शिक्षा, जनस्वास्थ्य लगायत० कार्यान्वयनका लागि आवश्यक नियमावली समेत तर्जुमा तथा लागु भएका छैनन् ।
तर विषयगत हिसावले अनुगमन गर्ने र सरकारलाई जिम्मेवारी वनाउने दायित्व भएका आयोगहरुलाई निष्प्रभावी राख्ने कार्यले संविधानको मर्म र भावनामा नै प्रहार भएकोले सबै आयोगमा तत्काल पदाधिकारी नियुक्ति लगायतका विषय माग गरी उक्त रीट निवेदन दायर गरिएको जुरी नेपालले जनाएको छ ।

जुरी–नेपालको तर्फबाट अधिवक्ताहरु विष्णुप्रसाद पोख्रेल, मोहनलाल आचार्य, शशी बस्नेत, बालमाया विश्वकर्मा, सुन्दर बहादुर सेनी र कमल बहादुर बसेलले संयुक्त रुपमा रीट निवेदन दायर गरेका हुन् ।

यसमा संवैधानिक परिषद, संबैधानिक परिषदका अध्यक्ष, संघीय संसद र नेपाल सरकारका मुख्य सचिवलाई विपक्षी बनाइएको छ ।
रीट निवेदनमा मानव अधिकारको प्रत्याभूतिका लागि महत्वपूर्ण भूमिका खेल्ने कार्यादेश पाएका विभिन्न सातवटा आयोगमा नियुक्त हुनुपर्ने ३५ मध्ये ३१ पद लामो समयदेखि रिक्त रहेकोले उक्त सबै पदमा पदाधिकारीहरु नियूक्तिका लागि संबैधानिक परिषदको तर्फबाट अविलम्ब सिफारिस गर्न, त्यसरी नियूक्तिका लागी सिफारिस गर्नुपूर्व राष्ट्रिय मानवअधिकार संस्थाहरुको स्वतन्त्रता, सक्षमता र निष्पक्षतालाई निर्देशित गर्ने पेरिस सिद्धान्तसमेतलाई आत्मसात गर्न, संबैधानिक आयोगको नियुक्तिमा भएको ढिलाईको पुनरावृति नहुने कुरालाई सुनिश्चित गर्न र उल्लेखित संवैधानिक आयोगहरुको प्रभावकारीताका लागि आवश्यक पर्ने जनशक्ति तथा श्रोतसाधन उपलव्ध गराउन आवश्यक प्रवन्ध गर्न परमादेशको माग गरिएको छ ।

प्रारम्भिक सुनुवाइका क्रममा रीट निवेदकको तर्फबाट अधिवक्ता पंकजकुमार कर्णले बहस गरेका थिए ।


नारायणगढ–मुग्लिन सडकखण्डको चारकिलोमा पुनः पहिरो 

नारायणगढ–मुग्लिन सडकखण्डको चारकिलोमा पुनः पहिरो 



चितवन, ९ साउन । नारायणगढ–मुग्लिन सडकखण्डको इच्छाकामना गाउँपालिका–६ चारकिलोमा शुक्रबार बिहान पुनः पहिरो खसेको छ  ।  


जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहीबार राति खसेको पहिरो पन्छाएर एकतर्फी सवारी सञ्चालन भएको केही समयमा नै पुनः सोही स्थानमा पहिरो खसेको हो । 


निरन्तरको वर्षाका कारण पहिरो खस्ने क्रम जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 


सोही स्थानमा गत सोमबार पनि पहिरो खसेको थियो । सो पहिरो ३६ घण्टामा पन्छाइएको थियो । पहिरोका कारण दुईतर्फी सडक अवरुद्ध भएको छ । 


 अविरल वर्षाका कारण प्रदेश नं २ मा तीन बेपत्ता : ८४५ विस्थापित, दर्जनौँ गाउँ डुबानमा

 अविरल वर्षाका कारण प्रदेश नं २ मा तीन बेपत्ता : ८४५ विस्थापित, दर्जनौँ गाउँ डुबानमा


 वीरगञ्ज, साउन ७ ।  केही दिनयता परेको अविरल वर्षाका कारण प्रदेश नं २ मा तीन जना बेपत्ता भएका छन् भने दुई जनाको उद्धार गरिएको छ । भारी वर्षाबाट प्रदेश नं २ मा ८४५ जना विस्थापित भएको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।


बाढीबाट रौतहट जिल्लाको चाँदी नदीमा बगेर चन्द्रपुर नगरपालिका–३ बस्ने ५० वर्षीया सुकमानी थिङ बेपत्ता भएकी छन् । मङ्गलबार बिहान सो खोलामा पौडी खेल्न भएका थिङलाई खोलाले बगाउँदा बेपत्ता भएकी हुन् ।

यसैगरी महोत्तरीको रातु नदी पार गर्न खोज्दा भङ्गाहा नगरपालिका – ६ सङ्ग्रामपुरका ३५ वर्षीय वीरेन्द्र कापरलाई बगाएको छ । यसैगरी नाम खुल्न नसकेका सर्लाहीका एक जना पौडी खेल्न गएकामा उनी पनि बेपत्ता छन् ।

यस्तै सर्लाहीमा वाग्मती नदीले बगाउँदा दुई जनाको उद्धार गरिएको छ । वाग्मती नगरपालिका–१२ स्थित उक्त नदीको बाढीमा फसेका दुई जनाको उद्धार गरिएको छ । नदीमा दाउरा टिप्न गएका स्थानीयवासी २४ वर्षीय डेटमान गोले र १६ वर्षीय नीरज तितङ खोलाको मध्य भागमा फसेकामा प्रहरीले सकुशल उद्धार गरेको थियो ।

अविरल वर्षा र बाढीका कारण प्रदेश २ का विभिन्न जिल्लाका ६९ परिवारका मानिस विस्थापित भएको प्रदेश कार्यालयका प्रवक्ता मकेन्द्र मिश्रले राससलाई बताए । अविरल वर्षा र बाढीको कहरबाट मध्य तराईका अधिकांश जिल्लाको जनजीवन अस्तव्यस्त भएको छ । बङ्गरी, दूधौरा खोलामा आएको बाढीले प्रसौनी गाउँपालिका–५ र ६ को करीब ३५० बिघा क्षेत्रफलमा लगाइएको धानबाली कटान गर्दा करोडाँैको क्षति भएको छ । पसहा खोलामा आएको बाढीले कलैया उपमहानगरपालिका–२१ को भोडहा र सोनरनिया, खम्बा क्षेत्रमा लगाइएको सय बिघाभन्दा बढी धानबाली नष्ट गरेको छ ।

यसैगरी अविरल वर्षाका कारण वीरगञ्ज महानगरपालिका क्षेत्रभित्रको अधिकांश भाग डुबानमा परेपछि जनजीवन प्रभावित भएको छ । बाढी र वर्षाले पश्चिमी पर्साका अधिकांश गाउँपालिकाको एकअर्को गाउँपालिकासँग सम्पर्क बिच्छेद भएको छ । हिलाम्य सडकका कारण मानिस तथा सवारी साधनको आवतजावत प्रभावित भएको छ ।

पर्साको सिङ्गाही नदीमा आएको बाढीले पर्सागढी नगरपालिकाको अधिकांश क्षेत्र डुबानमा परेको छ । तीन दिनदेखि परेको वर्षाका कारण पश्चिमी पर्साका दर्जनौँ गाउँ डुबानमा परेको छ ।


मिथिलामा मधुश्रावनी पर्वको रौनक

मिथिलामा मधुश्रावनी पर्वको रौनक


काठमाडौ, साउन ७ । मिथिलाञ्चलमा मधुश्रावणी पर्वको रौनक छाएको छ । धार्मिक एवम् सांस्कृतिक पहिचान बोकेका यो पर्वलाई नवविवाहिताले अपार श्रद्धाका साथ उल्लासमय वातावरणमा मनाइरहेका कारणले रौनक छाएको हो ।


मौना पञ्चमी तिथिबाट शुरु भई साउन कृष्णपक्षको तृतीया तिथिमा विधिवतरुपमा यो पर्व बिहीबार सम्पन्न हुनेछ । यस पर्वका अवसरमा लगातार तेह्र दिनसम्म दाम्पत्य जीवन सुखमय बनाउन र पतिको दीर्घायूको कामनाका साथ विभिन्न देवीदेवताको पूजा गरिन्छ । खासगरी, अराध्यदेव महादेवकी अर्धाङ्गनी गौरीको विशेष पूजा हुने गर्दछ ।

यस पर्वको अवधिमा नवविवाहिताले प्रतिदिन अपराह्नको समयमा टोलमा भ्रमण गरी भोलि गर्ने पूजाका लागि फूल टिप्छन् । सो बासी फूलबाट पूजा गर्ने नियम रहेको छ । नवविवाहिता आआफ्ना सङ्गिनीको साथ फूल टिप्ने गर्छन् । यसलाई ‘फूल लोढ्न’ विधि भनिन्छ । विवाह भएको पहिलो साउन महिनामा मनाइने गरिएको यस पर्वको मुख्य उद्देश्य दाम्पत्य जीवनलाई सुमधुर एवं सुखमय बनाउनुनै हो । यो पर्वको धार्मिक एवं सांस्कृतिक महत्व आफ्नो ठाउँमा जेजस्तो भए पनि पत्नीको जिम्मेवारी, कर्तव्य, ससुरालीमा बसाईको क्रममा निर्वाह गर्नुपर्ने भूमिका र पारवारिक दायित्व साथै पतिव्रत धर्मलगायतका विषयमा जानकारी गराइन्छ ।

धार्मिकग्रन्थमा उल्लेख गरिएका पतिपत्नी, सन्तानको लालनपालन सम्बन्धित कथा सुनाएर सोअनुरुप पारवारिक सम्बन्धलाई प्रगाढरुपमा बलियो बनाउन र जिम्मेवारीको बोध गराउनका लागि एक किसिमको तालीम प्रदान गर्नु नै यस पर्वको मुख्य उद्देश्य देखिन्छ ।

लगातार १३ दिनसम्म चल्ने यस पर्वमा विभिन्न देवीदेवताको कथा सुनाउने गरिन्छ । टोलभरका महिला नवविवाहिताका साथ पूजास्थलमा बसेर कथा सुन्ने गरिन्छ । यस पर्वका विभिन्न कथाको सम्बन्धमा जानकार महिलाले शिक्षिकाको भूमिका निर्वाह गर्दै विधिपूर्वक पूजा गराउनुका साथै कथा उदाहरणसहित श्रवण गराउने गरिएको अमिता झाले बताए ।

यस पर्वको पहिलो दिनमा नवविवाहिताले मौना पञ्चमीको कथा र विसहराको जन्मको कथा श्रवण गर्छन् । सर्पदंशबाट पतिका साथै परिवारको रक्षाका लागि नागनागिनको पूजा गरी पर्वको शुभारम्भ गर्छन् । त्यसपछि, क्रमिकरुपमा दोस्रो दिन महादेवको मानसपुत्री बिहुलाको कथा, बिसहरा कथा, मङ्गला– गौरीको कथा र तेस्रो दिन पृथ्वीको जन्म र समुद्र मन्थनको कथाको सम्बन्धमा विस्तारमा जानकारी गराइन्छ ।

त्यसपछि, चौथो दिन सतिको कथा, कुमरव्रता र पतिव्रता कथा, दन्त्य कथामा आधारित महादेवको पारवारिक कथा, छैँटो दिन गङ्गाकी कथा, गौरीकी जन्म, सातौँ दिन गौरीकी तपस्या र आठौँ दिन गौरीको विवाहको कथा श्रवण गराइन्छ ।

त्यस्तै, नवौं दिन गौरीकी माता मैनाकी मोह भङ्गको कथा, दशौँ दिन कात्तिक र गणेशको जन्म, एघाऔँ दिन सन्ध्याको विवाह र लिलीको जन्म, विवाह, पतिव्रता सुकन्याकी कथा, बाह्रो दिन बाल– वसन्त, गोसाउनीको कथा र तेह्रो दिन राजा किरकको कथा र गणेशद्वारा सोहाग मन्थन र वितरणको सम्बन्धमा विस्तृतमा बताइन्छ ।

यो पर्व मनाउनका लागि नवविवाहिताको ससुरालीबाट कोसेलीका साथै पूजाको सामग्री पठाइन्छ । यसका साथै, नवविवाहिताको नयाँ बस्त्र, चामल, मिठाइ, बदामलगायत सामग्रीका साथै पकवान र बिसहरा पूजाका लागि माटोको कलात्मक पञ्चमुखी नागनागिन पनि पठाइन्छ । यसका साथै दुल्हाको घरबाट नवविवाहिताकी आमा, दिदी, बहिनी, काकीलगायत परिवारका सम्पूर्ण महिलाका लागि पनि नवबस्त्र उपहारको रुपमा कोसेलीको रुपमा पठाउने गरिन्छ ।

मधुश्रावनीका दिन गाउँभरका आफ्ना जातका साथै आफन्तलाई दुल्हाका पक्षबाट दुल्हीको घरमा पुगेर आफ्नो तर्फबाट भोज खुवाउने गरिन्छ । सो भोजमा आधिकारिकरुपमा महिलालाई मात्रै निम्तो गरिन्छ । मैथिल समुदायको यो एकमात्र महिलाको अधिकारिक भोजको रुपमा चिनिन्छ । यो पर्व मैथिल समुदायको ब्राह्मण, कायस्थ, व्यास र स्वर्णकार जातिका नवविवाहित महिला अनिवार्यरुपमा मनाउने गरिन्छ । यसका साथै यी जातकी सधवा महिला पनि मधुश्रावणी पर्वका दिन पूजापाठ गरी पतिको दीर्घायूको लागि दिनभर उपवासमा बसेर पर्व मनाउँछन् ।

मधुश्रावणी पर्वका दिन अनिवार्यरुपमा नवविवाहिता आफ्ना पतिका साथ पूजामा बस्ने गर्छन् । पूजा सम्पन्न भएपछि महिलालाई भोज खुर्वापछि विधिवत्रुपमा पर्व सम्पन्न हुन्छ ।


नेपालमा बुधबार थप २ सय ७ जना कोरोना संक्रमणमुक्त, थप १ सय जनामा कोरोना संक्रमण

नेपालमा बुधबार थप २ सय ७ जना कोरोना संक्रमणमुक्त, थप १ सय जनामा कोरोना संक्रमण


काठमाडौं । नेपालमा बुधबार थप २ सय ७ जना कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप २ सय ७ जना कोरोना संक्रमण मुक्त भएका हुन् ।

योसँगै हालसम्म नेपालमा १२ हजार ६ सय ८४ जना डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार नेपालमा आज एकैदिन थप १ सय जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।


२३ वर्षीया गर्भवतीको पेटमा शिशु मरेपछि हेलिकप्टरमार्फत उद्धार

२३ वर्षीया गर्भवतीको पेटमा शिशु मरेपछि हेलिकप्टरमार्फत उद्धार


मार्तड, साउन ७ । जिल्लाको पूर्वी उत्तरी भेगको स्वामीकार्तिक गाउँपालिका–१ साप्पाटाकी गर्भवतीको आज नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । साप्पाटाकी २३ वर्षीया शर्मिला बुढाको सेनाको हेलिकप्टरमा नेपालगञ्ज पठाइएको प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले बताए ।

महिलाको पेटमा शिशु मरेकाले कोल्टीमा उपचार सम्भव नभएपछि नेपालगञ्ज रिफर गरिएको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर राजुराज जैशीले जानकारी दिए । गर्भवती बुढाको अवस्था जटिल हुने अवस्था पुगेपछि हेलिकप्टरमार्फत उद्धार गरिएको हो । 


लमजुङमा पहिरोले १८ घर पुरिए,कसैको खुट्टा भाँचियो कसैको टाउकोमा चोट

लमजुङमा पहिरोले १८ घर पुरिए,कसैको खुट्टा भाँचियो कसैको टाउकोमा चोट


लमजुङ, साउन ७  । अविरल वर्षाले यहाँ पहिरो जाँदा १८ घर पुरिएका छन् । मस्र्याङ्दी गाउँपालिका–३ तरापु पल्लोटारी गाउँमा आज बिहान पहिराले उक्त घर पुरिएका हुन् । उक्त स्थानमा मङ्गलबार गएको कपासेखोलाको पहिरोमा थप पहिरो सोही स्थानबाट आएकाले घर पुरिएका वडाध्यक्ष प्रेम बस्नेतले बताए ।

पहिराले घर पुरिँदा सुजन अछामी, देवबहादुर सार्की, सिर्जना गोतामे घाइते भएको उनले जानकारी दिए । घाइतेमध्ये सिर्जनाको खुट्टा भाँचिएको, देवबहादुरको खुट्टाको गेडी भाँचिएको र सुजनको टाउकोमा चोट लागेको छ । घाइतेलाई बेँसीशहर नगरपालिका–८ मा रहेको जिल्ला सामुदायिक अस्पतालमा ल्याउने तयारी भइरहेको छ ।

मङ्गलबार नै सो पहिराले गाउँमा क्षति गर्न थालेपछि स्थानीयलाई अन्यत्र राखिए पनि उनीहरु आज बिहान सामग्री निकाल्नका लागि आएका र सो पहिराले घाइते भएको वडाध्यक्ष बस्नेतले बताए । गाउँका ८० घरमा नै क्षति पुग्ने सम्भावना रहेको स्थानीयको भनाइ छ । जनप्रतिनिधि, प्रहरी, स्थानीयलगायतले यतिबेला पहिराले नपुरिएका घरमा रहेका सामग्री निकाल्ने कार्यमा छन् । 


खानाको अभावमा मृत्यु

खानाको अभावमा मृत्यु


जाजरकोट, साउन ७ । गत असार २५ गते भीषण पहिरोमा परी बारेकोट गाउँपालिका–४ मा ११ जनाको ज्यान गुमाएको केही दिन नबित्दै विस्थापित दलवीर सार्कीको मृत्यु भएको छ ।

त्रिपालमा खानबस्न अभाव हुँदा स्वास्थ्यावस्था कमजोर भई उनको मृत्यु भएको वडा सचिव डम्बर पुनले जानकारी दिनुभयो ।बुधबार बिहान मृत्यु भएका सार्की जस्तै त्रिपालमा बसेकालाई खानेकुराको निकै समस्या भएको सचिव पुनले बताउनुभयो ।आधारभूत आवश्यकता पूर्ति नभए अन्य क्षति हुन सक्ने उनको जिकिर छ ।


अझै हटेन नारायणगढ–मुग्लिन सडकको दुःख

अझै हटेन नारायणगढ–मुग्लिन सडकको दुःख


भरतपुर, ७ साउन – राजधानी काठमाडाँै, पोखरालगायतका मुख्य शहरलाई तराईसँग जोड्ने मुख्य मार्ग नारायणगढ– मुग्लिन सडक खण्डको दुःख अझै हटेको छैन । विगतमा साघुरो सडक र पहिरोले दुःख दिएको उक्त सडकखण्ड विस्तार गरे पनि पहिरोको दुःख अझै हटेको छैन ।

उक्त सडकको समस्या हटाउन सरकारले सडक विस्तार गर्ने ग¥यो । सडक विस्तारसँग पहिरो नियन्त्रणका काम पनि भए । तर पनि पहिरो जाने र घण्टौंँ समस्या उत्पन्न हुने समस्या ज्यूँका त्यूँ छ ।सन् २०१५ बाट सडक विस्तार गरी अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको दुई लेन सडक बनाइएको छ । दुई लेनको बनाउन ठाउँठाउँमा पहाड काटिएको छ । सडक विस्तारको काम सकिए पनि पहाड काटिएको ठाउँमा पहिरो जाने गरेको छ ।

सडक विस्तासँगै विभिन्न चरणमा गरेर पहिरो नियन्त्रणका काम पनि भएका छन् । नारायणगढ मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इञ्जिनीयर शिव खनाल पहिरो नियन्त्रणको काम गरिए पनि भौगोलिक बनावटका कारणले पहिरोको समस्या समाधान हुन नसकेको बताउछन् ।

उनका अनुसार सडकबाट भौगोलिक अवस्था नहेरी शाखा सडक विस्तार गर्दा पनि पहिरोको समस्या हुने गरेको छ । उनले भने“उक्त सडक खण्डमा धेरै खोल्साखोल्सी छन् । सडकको माथिल्लो भागमा वर्षासँग पानी आउँछ । कमजोर भौगोलिक अवस्थामा पानीको मात्रा बढी हुँदा पहिरोको समस्या हुने गरेको छ । जलवीरेदेखि मुग्लिनसम्मको भागमा पहिरोको बढी जोखिम रहेको छ ।”

सडक आयोजनाले उक्त सडक खण्डको ३१ ठाउँमा पहिरो रोक्ने काम गरेको छ । सडकखण्डको १५ किलो, १८ किलो, घुमाउने, भालुढुङ्गा, जलवीरे, टोपेखोला र कालिखोला नजिक पहिरो रोकथामको काम भइरहेको खनालले बताए । नयाँ प्रविधिको उच्चतम प्रयोग गरेर ‘रकनेटिङ’, ‘बोल्टिङ’ र ‘बायो इञ्जिनियरिङ’ प्रविधिबाट पहिरो रोकथामको काम भएको उनले बताए ।

रु १४ करोड नौ लाखको लागतमा पहिरो रोक्ने कामको जिम्मा बज्रगुरु हिमशिखर र न्यूटेक्निकल जेभिले पाएको हो । अहिले पहिरो गइरहेको चार किलो क्षेत्रमा भने पहिरो रोक्ने काम हुनसकेको छैन । लगातारको वर्षाका कारण काम हुन नसकेको खनालको भनाइ छ । सो क्षेत्रमा वर्षापछि काम हुने गरी पहिरो रोक्ने काम स्थगित गरिएको उहाँले जानकारी दिए ।

विगतमा पहिरो गइरहेको ठाउँमा रोकथामको काम भएपछि पहिलो समय पहिरो जाने क्रम रोकिएको खनालले बताए । भूगर्भविद् शिवकुमार बाँस्कोटाले सडक विस्तारका क्रममा धेरै पुराना पहिरो चलाएका कारण अहिले पनि पहिरो खसिरहेको बताए । उनले भने, “धेरै वर्षअघिदेखि माटो बसेको ठाउँमा निकै भिरालो हुनेगरी पहाड काटिएको छ, पहिरो नगएको ठाँउमा पनि चलाइएको छ, वर्षायाममा पुरानो पहिरोमा पानी छिरेर बग्ने गरेको छ ।” यति धेरै पहिरो पहिले नखस्ने गरेको भन्दै उहाँले विस्तारपछि नै बढी पहिरो खसिरहेको बताए ।

धरै माथिबाट खसेका पुरानो पहिरो चिन्न नसक्दा पनि समस्या भएको बाँस्कोटाको भनाइ छ । उनले अध्ययन नगरी शाखा सडक निर्माण गर्दा थुनिएको लेदो बर्खाको समयमा विस्फोट भएको बताए ।
बाँस्कोटाले सडक विस्तार गर्दै काटेको स्लोपको काम तुरुन्त गरेको भए समस्या कम हुने बताए । उनले जुन ठाउँमा पहिरो गएको छ त्यो ठाउँको विस्तृत अध्ययन गर्दै नयाँ वैकल्पिक सडकबारे पनि ध्यान दिनुपर्ने धारणा राखे

ईच्छाकामना उद्योग वाणिज्य सङ्घका अध्यक्ष कल्याण गुभाजुले सडक विस्तार सम्पन्न भएपछि समस्या हट्ने अपेक्षा गरिएको भए पनि समस्या हट्न नसकेको बताए । उनले यात्रुसँगै मुग्लिनवासीले समेत समस्या झेल्नु परेको गुनासो गर्नुभयो । समस्याको दीर्घकालीन समाधान खोजी गरी कार्यान्वयन गर्नुपर्नेमा उनको जोड थियो ।

कोरोनाको डरकाबीच पहिरोले अलपत्र परेका यात्रुलाई खाना खुवाउनुपर्ने बाध्यता रहेको भन्दै उहाँले भन्नुभयो’ “खाना नदिउँ मानवताको विषय छ, दिउँ भिड जम्मा गरेर खाना खान दिँदा कोरोनाको डर छ ।” मुग्लिनबाट चार किलोमिटर पश्चिम नारायणगढतर्फ कालीखोलामा असार ३ गते पनि पहिरो खसेको थियो । त्यो बेला पहिरो हटाएर दुईतर्फी गाडी चलाउन ६३ घण्टा लागेको थियो ।

सोमबार बिहानदेखि गएको पहिरो ३६ घण्टापछि मङ्गलबार अपरान्हबाट एकतर्फी सञ्चालनमा आएको सडक फेरि रातिदेखि चट्टानसहितको पहिरोले अवरुद्ध छ । सडकखण्ड अन्तर्गत ठाउँठाउँमा साना पहिरो खसेका छन् । सामान्य अवस्थामा यो सडक हुँदै दैनिक १० हजार सवारी गुड्छन् ।


स्याङ्जामा पहिरोले घर पुरिदा एक जनाको मृत्यु

स्याङ्जामा पहिरोले घर पुरिदा एक जनाको मृत्यु


स्याङ्जा,  साउन ७ ।   गए रातिदेखि परेको अविरल वर्षाका कारण पहिराले पुर्दा गल्याङ नगरपालिका– १० सिमलसौँराकी ५२ वर्षीया माया सारु ९यामकुमारी०को मृत्यु भएको छ । बिहान साढे ३ बजे खसेको पहिरामा परी घाइते भएकी उनकी छोरी २० वर्षीया नारायणीलाई भने स्थानीयवासीले उद्धार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

राति खाना खाएर आमाछोरी सुतेकामा बिहान स्थानीयवासीले पहिराले पुरेको देखेपछि एक जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ । घरदेखि करीब २५ मिटर माथिबाट आएको पहिराले घर पुरेको हो । घाइते सारुको गह्रौ अस्पताल वालिङमा उपचार भइरहेको प्रहरीले जनाएको छ । पहिराले छिमेकी पदम सारु र जवन सारुका घरमा समेत क्षति पुगेको छ ।स्थानीयवासीले जनाएका छन् ।