11 Ashwin, 2080 / 28 September , 2023

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

विशेष


 इंग्ल्याण्ड पहिलो पटक युरोकपको फाइनलमा 

 इंग्ल्याण्ड पहिलो पटक युरोकपको फाइनलमा 


एजेन्सी । युरोकप फुटबलमा इंग्ल्याण्ड पहिलो पटक फाइनलमा प्रवेश गरेको छ । युरोकप २०२० अन्तर्गत दोस्रो सेमिफाइनलमा डेनमार्कलाई अतिरिक्त समयमा २१ ले पराजित गर्दै इंग्ल्याण्ड फाइनल पुगेको हो।

ठूलो प्रतियोगितामा इंग्ल्याण्ड ५५ वर्षपछि पहिलो पटक फाइनल पुगेको हो । यसअघि सन् १९९६ को विश्वकपमा इंग्ल्याण्डले फाइनल पुग्दै उपाधि जितेको थियो ।

इंग्ल्याण्डले अब उपाधिका लागि इटलीसँग आइतबार फाइनल खेल्नेछ । वेम्वलीमा बुधबार राति भएको खेलमा इंग्ल्याण्डले एक गोलले पछि परेको स्थिति उल्टाउँदै डेनमार्कविरुद्ध पुनरागमन जित हात पारेको हो ।
 


 अमेरिकी कम्पनी मोडेर्नाको कोरोना खोप झण्डै ९५ प्रतिशत सुरक्षित 

अमेरिकी कम्पनी मोडेर्नाको कोरोना खोप झण्डै ९५ प्रतिशत सुरक्षित 


एजेन्सी । अमेरिकाको औषधि कम्पनी मोडेर्नाले आफूले विकास गरेको खोपले कोभिड–१९ बाट झण्डै ९५ प्रतिशत सुरक्षा दिने प्रारम्भिक तथ्याङ्कबाट देखिएको बताएको छ ।

केही दिनअघि मात्र फाइजर कम्पनीले आफ्नो खोपले ९० प्रतिशतसम्म सुरक्षा दिने बताए लगत्तै आएको यो पछिल्लो परिणामबाट कोरोना नियन्त्रणमा खोपप्रतिको आत्मविश्वास बढेको छ । 
यी दुवै कम्पनीले खोप विकास गर्न अत्यन्त नवीनतम प्रयोगहरू गरेको बताइएको छ ।
खोपको उपलब्धिलाई लिएर मोडेर्नाले यो ‘ठूलो दिन’ भएको बताएको छ । साथै अबको केही हप्ताभित्र खोप प्रयोग गर्नका लागि अनुमति लिन आवेदन दिने जनाएको छ । 

यद्यपि यो अझै पनि प्रारम्भिक डाटा हो र मुख्य प्रश्न अनुत्तरित छ । 

यो खोपको परीक्षणमा ३० हजार अमेरिकी सहभागी भएका थिए, तीमध्ये आधालाई दुई खेप खोप लगाइएको थियो भने बाँकीलाई ‘डम्मी’ खोप लगाइएको थियो । 

सहभागीमध्ये ९५ जनामा कोरोना सङ्क्रमण देखिएपछि पछिल्लो नतिजा निस्किएको कम्पनीले जनाएको छ । 

सहभागीमध्ये पाँच जनालाई वास्तविक खोप र ९० जनालाई डम्मी खोप दिइएको जनाइएको छ । खोपले ९४ दशमलव ५ प्रतिशतसम्म सुरक्षा दिने कम्पनीले जनाएको छ ।   

परीक्षणमा सहभागीमध्ये ११ वटा कोभिडसँग सम्बन्धित समस्या देखिएको तर खोपको खेप नदिइएकामा केही समस्या देखिएन । 

यसैबीच मोडेर्नाको खोप भण्डारण फाइजर कम्पनीभन्दा सहज हुने बताइएको छ । फाइजरको खोप माइनस ७० डिग्री सेल्सियसमा भण्डारण गर्नुपर्ने भए पनि यसलाई माइनस २० डिग्री सेल्सियस तापक्रममा ६ महिनासम्म स्थिर रुपमा भण्डारण गर्न र एक महिनासम्म फ्रिजमा राख्न सकिन्छ ।   


धार्मिक पर्यटनको प्रचुर सम्भावना बोकेको दुधपोखरी कुण्ड(फोटोफिचर)

धार्मिक पर्यटनको प्रचुर सम्भावना बोकेको दुधपोखरी कुण्ड(फोटोफिचर)


लमजुङ, २४ साउन । लमजुङको दुधपोखरी धार्मिक पर्यटनको प्रचुर सम्भावन बोकेको छ । विशेष गरेर जनैपूर्णिमाको अवसर यहाँ भक्तजनको घुँइचो लाग्ने गर्छ ।दूधपोखरीमा नुहाएर पुण्य कमाउने र मोक्ष प्राप्त हुने विश्वास रहि आएको छ । 

हिमालको काखमा तीन चार दिनको कठिन यात्रापछि पुग्न सकिने दूधपोखरी धाम लमजुङको मात्र नभइ देशकै पवित्र तीर्थस्थलको रुपमा प्रसिद्ध छ । जिल्लाको सुदुरपूर्वी भेगमा अवस्थित दूधपोखरी कुण्डमा हरेक बर्ष जनैपूर्णिमाका दिन धार्मिक मेला लाग्ने गर्दछ ।

देवादि देव महादेवको बासस्थानको रुपमा परिचित यो कुण्डमा जनैपूर्णिमाका दिन नुहाए सम्पूर्ण पाप नष्ट भइ मोक्ष प्राप्त हुने र पितृलाई तर्पण दिए पितृ ऋणबाट मुक्त भइने धार्मिक विश्वास रहँदै आएको छ । साविकको दूधपोखरी गाविसमा पर्ने धार्मिक तथा पर्यटकीय महत्वको दूधपोखरी समुद्री सतहदेखि ४ हजार ३ सय मिटरको उचाइमा पर्दछ ।

हेर्नुहोस् तस्बिरमा 

तस्बिर: कोइबो सिउरुङ लमजुङ


२४ घण्टामा २ सय २४ जना कोरोना संक्रमित थपिए, एक सय ५१ जना डिस्चार्ज 

२४ घण्टामा २ सय २४ जना कोरोना संक्रमित थपिए, एक सय ५१ जना डिस्चार्ज 



काठमाडौं, १६ साउन । नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले  थप २ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराए ।

नेपालमा कुल कोरोना भाइरस संक्रमितको संख्या १९ हजार ७७१ पुगेको छ । 
पाँच हजार ३१६ कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

 २४ घण्टामा जनामा पीसीआर १० हजार ७६८ परीक्षण गरिएको छ । यस्तै पछिल्लो २४ घण्टामा एक सय ५१ जना निको भएर घर फर्किएका छन् ।  संक्रमितको संख्या १४ हजार ३९९ जना पुगेको छ । 

यसअघि बिहीबार नेपालमा २ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।   नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ । 
 


प्रहरी प्रधान कार्यालयमा थप २८ प्रहरीमा कोरोना संक्रमण

प्रहरी प्रधान कार्यालयमा थप २८ प्रहरीमा कोरोना संक्रमण



काठमाडौं, १६ साउन । प्रहरी प्रधान कार्यालय (मुख्यालय) नक्सालमा कार्यरत थप २८ जना प्रहरी अधिकारीमा कोरोना संक्रमण पुष्टि भएको छ । 
सवारी र सञ्चार शाखामा कार्यरत प्रहरीमा संक्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङका आधारमा गरिएको स्वाब संकलनको परीक्षणबाट थप २८ जना प्रहरी अधिकारीहरुमा संक्रमण पुष्टि भएको हो ।

बिहीबार साँझ र शुक्रबार बिहानसम्म गरेर थप २८ जनामा गरेर संक्रमण पुष्टि भएको प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतले बताएका छन् । 

हालसम्म प्रहरी प्रधान कार्यालयका ७२ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ  । यस्तै काठमाडौं उपत्यकाबाहिर १ सय ६९ जना प्रहरीमा कोरोना संक्रमण देखिएको छ । हालसम्म संक्रमित प्रहरीमध्ये १०१ जना डिस्चार्ज भएका छन् ।

संक्रमित प्रहरीमा प्रहरी प्रधान कार्यालयका ७२, उपत्यकाका ९, प्रदेश १ का २८, प्रदेश २ का ४०, गण्डकी प्रदेशका ४७, प्रदेश ५ का १५, कर्णाली प्रदेशका २७ र सुदूरपश्चिमका १२ जना छन् ।
 


अब साँझ ७ बजेपछि काठमाडौं प्रवेश गर्न नपाइने

अब साँझ ७ बजेपछि काठमाडौं प्रवेश गर्न नपाइने



काठमाडौं, १५ साउन । गृह मन्त्रालयले रातको समयमा काठमाडौं प्रवेशमा रोक लगाएको छ । मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै १५ साउनबाटै लागू हुने गरी साँझ ७ बजेदेखि विहान ७ बजेसम्म उपत्यका प्रवेश नाकामा यात्रु आवागमनमा रोक लगाएको हो ।

मन्त्रालयले नाकाहरुको आवागमनमा पूर्ण निगरानीका साथ चेकजाँच गर्न र विना पास अन्तर जिल्ला सवारी आवागमन पूर्ण रुपमा बन्द गराउन सबै सुरक्षा निकाय र जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।

दिउँसोको समयमा भने सवारी पास लिएका मानिस आवत–जावत गर्न सक्ने गृह मन्त्रालयका सह–प्रवक्ता उमाकान्त अधिकारीले जानकारी दिए । ‘साँझ ७ बजेदेखी बिहान ७ बजेसम्म काठमाडौं उपत्यका प्रवेशमा पूर्ण रुपमा बन्द गर्न गरिएको छ’ सह–प्रवक्ता अधिकारीले भने–‘दिउँसो चाहिँ पास लिएका यात्रु आउन जान पाउँछन् ।’


उपत्यका बाहिरका जिल्ला प्रशासन कार्यालयहरुले पनि अत्यावश्यक काममा बाहेक अन्तर जिल्ला सवारी आवागमन पास जारी नगर्न र पास बिना आवागमन पूर्ण रुपमा बन्द गर्न मन्त्रालयले निर्देशन दिएको छ । 


हेर्नुहोस् विज्ञप्ति


निर्मला हत्या प्रकरणमा मुछिएका निलम्बित एसपी विष्टसहित आठ जनाले पाए सफाइ 

निर्मला हत्या प्रकरणमा मुछिएका निलम्बित एसपी विष्टसहित आठ जनाले पाए सफाइ 



काठमाडौं, १५ साउन । कञ्चनपुरमा भएको निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणमा प्रमाण नष्ट र यातनाविरुद्धको कसुरमा मुद्दा खेपिरहेका निलम्बित प्रहरी उपरीक्षक (एसपी) दिल्लीराज विष्ट सहित आठ जनाले बिहीबार सफाइ पाएका छन् ।
जिल्ला अदालत कञ्चनपुरका न्यायाधीश गोपालप्रसाद बाँस्तोलाको इजलाशले विष्टसहित, प्रहरी नायब उपरीक्षक (डीएसपी) अंगुर जिसी, अर्का डिएसपी ज्ञानेन्द्रबहादुर सेट्ठी, प्रहरी निरीक्षक (इन्स्पेक्टर) एकेन्द्र खड्का, जवान चाँदनी साउद, हरिसिंह धामी, जगदीश भट्ट र रामसिंह धामीलाई सफाई दिएको हो । 
 उनीहरुविरुद्ध निर्मलाकै आमा दुर्गादेवी पन्तले प्रमाण नष्ट गरेको आरोपमा उजुरी गरेकी थिइन् भने प्रहरीले अभियुक्तका रुपमा सार्वजनिक गरेका दिलिपसिंह विष्टकातर्फबाट दाजु खड्गसिंह विष्टले यातनाविरुद्धको कसुरमा प्रहरीमा उजुरी दिएका थिए ।

०७५ चैत २२ गते दिलिप सिंह विष्टका दाई खडगसिंह विष्टले आफ्नो भाईलाई प्रहरी हिरासतमा यातना दिएको र निर्मला पन्तकी आमा दुर्गादेवी सोही दिन सार्वजनिक न्याविरुद्धको कसुर दर्ता गराएकी थिइन् । 

दुवै उजुरीमा ८ प्रहरीलाई प्रतिवादी बनाइएको थियो । निर्मला पन्तको ०७५ साउन १० गते बलात्कारपछि हत्या भएको थियो । 
 


 गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या  १४ सय ७९ पुग्यो

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या  १४ सय ७९ पुग्यो


काठमाडौं, १५ साउन । गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार योसँगै कोरोना भाइरस संक्रमितको संख्या १४ सय ७९ पुगेको छ ।

क्षयरोग उपचार केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा गरिएको परीक्षणमा गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

नयाँ संक्रमितमा स्याङ्जाका ११, बागलुङका ८, तनहुँका ३, नवलपरासी पूर्वका १, लमजुङका ३ र कास्कीका १४ जना रहेका छन् । 

सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।  गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट निको भएर निको हुनेको संख्या १२ सय ३० पुगेको छ  ।


तीन जना पुरुषमा कोरोना सङ्क्रमणको पुष्टि भएपछि बूूढानीलकण्ठमा उच्च सतर्कता  अपनाइयो

तीन जना पुरुषमा कोरोना सङ्क्रमणको पुष्टि भएपछि बूूढानीलकण्ठमा उच्च सतर्कता अपनाइयो


काठमाडौँ, १३ जेठ । टोखा नगरपालिका–३ र ६ तथा बूूढानीलकण्ठ नगरपालिका–३ मा गरी सोमबार तीन जना पुरुषमा कोरोना सङ्क्रमण फेला परेको छ ।

सङ्क्रमणसँगै सम्बन्धित क्षेत्रलाई उच्च सतर्कतासँगै सिल गरी परीक्षण अगाडि बढाइएको नगरपालिकाले जनाएको छ । सङ्क्रमितहरू टोलछिमेकमा चिरपरिचित तथा विभिन्न पेसा व्यवसाय र सेवामा सक्रिय रहँदै आएका व्यक्ति भएको बताइएको छ । टोखाका २७ र ४१ वर्षीय र बूूढानीलकण्ठका ३७ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको हो ।

टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले दुई जनामध्ये एक जना किराना पसले र अर्को ज्योतिष–पण्डित रहेको जानकारी दिएका छन् । “किराना पसलेलाई कहाँबाट स¥यो भन्ने कुराको टेसिङ भइरहेको छ,” उनले थपे, “अर्का ज्योतिष पण्डित केही दिनअघि कोरोना सङ्क्रमणबाट मृत्युवरण गर्न पुगेकी सिन्धुपाल्चोककी सुत्केरी महिलाका आफन्त हुन् । ” गोरखापत्र दैनिकमा खबर छ । 

नगरपालिकासँग नै समन्वय गरी उनीहरू कोरोना परीक्षण गराउन अस्पताल पुगेको थियो । किराना पसलेको श्रीमतीको आरडीटी भने नेगेटिभ आएको जानकारी उनले दिएका छन् । त्यस्तै बूूढानीलकण्ठ–३ का ३७ वर्षीय सङ्क्रमित बन्दाबन्दीको समयमा एम्बुलेन्स नपाएर अस्पताल जान नपाएका बिरामीको सेवामा समर्पित व्यक्ति हुन् । उनले निजी सवारी साधनलाई एम्बुलेन्स बनाएर बिरामीको सेवा गर्दै आएका थिए ।  


कस्तो छ भुल्केको अवस्था  ?

कस्तो छ भुल्केको अवस्था ?


काठमाडौ, जेठ १०  घरको आँगनभन्दा बाहिर निस्किन नपाएको राजन राउतलाई ३५ दिन भयो । कोरोना भाइरस रोग ९कोभिड–१९० सङ्क्रमणका कारण स्थानीय प्रशासनले पूरै गाउँ सिल गरेपछि चारैतिर सुरक्षाकर्मी छन् । आफ्नै सुरक्षाका लागि भए पनि बन्दाबन्दी अब कठिन हुँदै गएको उनी बताउँछन् ।

उदयपुरको त्रियुगा नगरपालिका वडा नं। ३ भुल्के गाउँका ५० वर्षीय राउतले यसरी कुँजिएर घरभित्रै बस्नु निकै ठूलो सास्ती खेप्नु जस्तै भएको बताए । नेपालमा पहिलोपल्ट २४ जना कोरोना भाइरसबाट सङ्क्रमित पुष्टि भएको भुल्के गाउँको जनजीवन बिस्तारै खुुकुलो हुने विश्वास पलाएको स्थानीयवासीको भनाइ छ । उनले अब परीक्षण नतिजाको प्रतीक्षा रहेको जानकारी दिए ।


गत वैशाख ५ गते यहाँको नुरी मस्जिदमा बस्दै आएका १२ मुस्लिम धर्म प्रचारक ९जमाती० मा कोरोना भाइरस सङ्क्रमण भएको पाइएपछि स्थानीय प्रशासनले पूरै गाउँ सिल ग¥यो । सङ्क्रमण फैलिन नदिन कडा सुरक्षा घेरामा स्थानीयवासीलाई आ–आफ्नै घरआँगनमा मात्र सीमित राखेको छ । बन्दाबन्दीको कडाइका साथ परिपालना गरिएको छ ।

स्थानीयवासी गत चैत ११ गतेबाट गरिएको बन्दाबन्दीबाट घरभित्रै उकुसमुकुस भएर बसिरहेका थिए । बन्दाबन्दीको प्रभावकारी परिपालना सुरुका दिनमा नदेखिएको स्थानीयवासीको भनाइ छ । एकाएक आफ्नै टोलमा ठूलो सङ्ख्यामा कोरोना पोजेटिभ देखिएपछि भने भुल्के त्रस्त भयो । कोरोनाबाट ज्यानै पो जान्छ कि भन्ने आशङ्का उत्पन्न भयो । स्थानीयवासी चक्रपाणि पोखरेल अब बाँचिँदैन कि जस्तो हुन थालेको थियो भनेर बताउँछन् । विभिन्न अडकलबाजी गर्नेले चिन्ता अझ बढेको भन्दै पोखरेल सामाजिक सञ्जालमा त भुल्के बम नै भयो तर अब बिस्तारै कुरा बुझ्न थालियो । आफैसचेत हुनुपर्ने रहेछ भन्ने चेत आएको छ । अब त कोरोनाभन्दा खेतीपातीको चिन्ता लागेको बताउँछन् ।

स्थानीय अनिश मियाँले कतिपयले जात र धर्म जोडेर गाउँमा कोरोना भित्र्यायो भन्ने प्रचार गरेका र त्यसबाट आफूहरू झनै चिन्तित बनेकोमा अहिले त्यस्तो स्थिति छैन । सामाजिक सद्भाव खलबलिन नदिन सबै पक्षको उचित सहयोग भएकाले भुल्केको सामाजिक जीवन क्रमशः सामान्य हुँदै गएको बताए ।आजको गोरखापत्र दैनिकमा समाचार छ ।



Prabhu Side Bar



Sidebar Middle
Sidebar Bottom