09 Ashwin, 2080 / 26 September , 2023

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

खेलकुद


साउदी अरेबियासँगको खेल रद्द, नेपाल सेमिफाइनलमा

साउदी अरेबियासँगको खेल रद्द, नेपाल सेमिफाइनलमा


काठमाडौं, ११ वैशाख । नेपाल एसीसी मेन्स प्रिमियर कपकाे सेमिफाइनलमा पुगेकाे छ । साउदी अरेबियासँगकाे खेल वर्षाका कारण टस पनि नभई रद्द भएसँगै नेपाल सेमिफाइनलमा पुगेकाे हाे । 

साेमबार मुलपानी क्रिकेट मैदानमा वर्षाका कारण खेल हुन नसकेपछि दुवै टाेलीले एक–एक अङ्क बाँडेका छन् । नेपालले मुलपानी क्रिकेट आज पहिलाे अन्तर्राष्ट्रिय खेल खेल्न लागेकाे थियाे ।

खेल रद्द भएसँगै नेपाल तीन खेलमा पाँच अङ्कसहित समूह 'ए' काे शीर्ष स्थानमा छ । ओमान उति नै खेलमा चार अङ्कसहित दाेस्राे र साउदी अरेबिया उति नै खेलमा तीन अङ्कसहित तेस्राे स्थानमा छ ।

अब नेपालले अन्तिम खेलमा आउँदाे वैशाख १४ गते कीर्तिपुरकाे त्रिवि मैदानमा कतारसँग खेल्नेछ । याे खेल जितेमा नेपाल समूह विजेता बन्नेछ । यही समूहको अन्तिम खेलमा ओमान र साउदी अरेबिया खेल्नेछन् । याे खेलको विजेता यो समूहबाट सेमिफाइनलमा पुग्ने अर्को टाेली बन्नेछ ।

यस्तै वर्षाका कारण त्रिवि क्रिकेट मैदानमा हङकङ र बहराइनबीचको खेल पनि हुन सकेको छैन ।


ओमानमाथि नेपालको सानदार जित

ओमानमाथि नेपालको सानदार जित


काठमाडौं, ८ वैशाख । एसीसी प्रिमियर कपमा नेपालले ओमानमाथि ८४ रनको जित हात पारेको छ । नेपालले दिएको ३११ रनको लक्ष्य पछ्याएको ओमानले २२६ रन मात्र बनाउन सक्यो । ४६.३ ओभरमा नवौं विकेट गुमाएको ओमानका अन्तिम ब्याट्सम्यान घाइते भएका कारण क्रिजमा आउन सकेनन् र नेपाल विजयी भयो ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले कुशल मल्लको शतक र सोमपाल कामीको अर्धशतकको मदतमा कीर्तिमानी ३१० रन बनाएको थियो ।


मलेसियाविरुद्ध नेपाल ६ विकेटले विजयी

मलेसियाविरुद्ध नेपाल ६ विकेटले विजयी


काठमाडौं, ५ वैशाख । एसिसी प्रिमियर लिगमा नेपालले विजयी शुरुवात गरेको छ।आज काठमाडौको कीर्तिपुरस्थित क्रिकेट मैदान भएको पहिलो खेलमा नेपालले मलेसियालाई ६ विकेटले हराएको हो। जितको लागि २ सय ३६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ३६ दशमलब २ ओभरमा ४ विकेट गुमाएर विजयी लक्ष्य सहज रुपमा पुरा गर्यो ।

नेपालका लागि  भीम सार्कीले ९८ बलमा ५ चौक्कासंगै सबैभन्दा वढि ७१ रन बनाए । त्यसैगरी  कुसल मल्लले  ४० बलमा ५ चौक्का र ५ छक्कासंगै ७० रन बनाए ।  

नेपालका कप्तान रोहित पौडेल ४३बलमा ५चौकासहित ४२ रन बनाएर आउट भएका छन। त्यसैगरी कुसल भुर्तेल ३१ बलमा ५ चौका २ छक्कासहित ३८ रन बनाएर आउट भएका छन।  यसअघि नेपालले ओपनर आसिफ शेखलाई एक रनमै गुमाएको थियो।

त्यसअघि कीर्तिपुरस्थित क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको मलेसियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ३५ रन बनाएको थियो।मलेसियाका कप्तान अहमद फैज ९५ बलमा ८ चौका र १ छक्कासहित सर्वाधिक ७६ रनको योगदान दिए। नेपालका सोमपाल कामी र सन्दीप लामिछानेले समान तीन विकेट लिए। त्यसैगरी ललितनारायण राजबंशीले २ तथा गुल्सन झाले १ विकेट लिए । 


यूएईलाई ९ रनले हराउँदै नेपाल विश्वकप छनोटमा

यूएईलाई ९ रनले हराउँदै नेपाल विश्वकप छनोटमा


काठमाडौं, २ चैत । आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक एकदिवसीय श्रृखला अन्तर्गत अन्तिम खेलमा खराव मौसमले पुरा खेल हुन नसकेपछि नेपाल यूएईलाई डिएलएस मेथडका आधारमा ९ रनले हराउँदै विश्वकप क्रिकेटको छनौट चरणमा पुग्न सफल भएको छ । ४४ ओभरमा खराव मौसमले खेल हुन नसकेपछि खेल नेपालको पक्षमा गएको हो । नेपालले अन्तिम ६ ओभरमा जितका लागि ४२ रन बनाउनु पर्ने थियो ।  

 खेल रोकिदा नेपालले ४४ ओभरमा ६ विकेट गुमाएर २६९ रन बनाएको थियो । यस अघि यूएईले पुरै  ५० ओभर खेलेर ६ विकेट गुमाउँदै ३१० रन  बनाएको थियो ।  ३६ खेलबाट नेपाल ४० अंकका साथ शिर्ष तीनमा रहदै विश्वकपको छनौट चरणमा पुगेको हो ।

आज नेपालले यूएईले बनाएको ३१० रनको विशाल चुनौतीलाई  ओभरमा  विकेट गुमाएर पुरा गरेको हो । नेपालका लागि भिम सार्कीले ६७ , कुसल भुर्तेलले ५० , कप्तान रोहित पौडेलले १६ रन बनाए । त्यसैगरी आरिफ शेखले ५२  रन बनाए । गुल्सन झाले   रन  बनाए ।  

यस अघि यूएईले पुरै  ५० ओभर खेलेर ६ विकेट गुमाउँदै ३१० रन  बनाएको थियो ।  यूएईका लागि आसिफ खानले ४२ बलमा १०१ रन बनाए । त्यसैगरी भि अरविन्दाले ९४ तथा कप्तान मोहमद वासिमले ६३ रन बनाए।  

नेपालका लागि दिपेन्द्रसिंह एैरीले २ विकेट लिए। त्यसैगरी सन्दीप लामिछाने , सोमपाल कामी र ललितनारायण राजवंशीले एक एक विकेट लिए । 


आईसीसी विश्वकप लिग टूः पीएनजी युएईसँग पराजित

आईसीसी विश्वकप लिग टूः पीएनजी युएईसँग पराजित


काठमाडौं, १ चैत । आईसीसी विश्वकप लिग टू अन्तर्गत  त्रिकोणात्मक एक दिवसीय सिरिजमा युएईलाई  पपुवा न्युगिनी पीएनजीलाई ६ विकेटले हराएको छ ।  

जितका लागि पाएको २३५ रनको लक्ष्य युएईले ३८ दशमलब ४  ओभरमा ४ विकेटको क्षतीमा पुरा गर्यो  । जसमा कप्तान मोहम्मद वासिमले शतक प्रहार गरे ।   उनी ११९ रनमा आउट भए । 

पीएनजीका रिले हेकुरेले २ विकेट हात पारे । यसअघि त्रिवि मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको पीएनजीले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतीमा २३४ रन बनायो । जसमा कप्तान अशाड भालाले अर्धसतकीय पारी खेल्दै ६५ रन बनाए ।  
युएईका हजरत   बिलालले ४ विकेट हात पारे ।  

जितसंगै युएईले ३५ खेलबाट युएई ३३ अंक जोडेर छैटौं स्थानमा छ । विश्वकप लिग टूको तालिकामा पीएनजी सातौं अर्थात पुछारमा रहेको छ ।   उसको  ३६ खेलबाट   ११ अंक  मात्रै छ ।  
 


पिएनजीविरुद्ध नेपाल ९ विकेटले विजयी

पिएनजीविरुद्ध नेपाल ९ विकेटले विजयी


काठमाडौं, २९ फागुन । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय श्रृखलमा पपुवा न्यूगिनी विरुद्धको खेलमा नेपाल नौ विकेटले   विजयी भएको छ । जम्मा ९६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ७ दशमलब ४ ओभरमा  १ विकेट गुमाएर विजयी लक्ष्य पुरा गरेको हो ।  

नेपालका लागि कुसल भूर्तेल  ३३ रन बनाएर आउट भए। नेपालका आशिफ शेखले  २१ बलमा ८ चौक्का र ३ छक्कासंगै नटआउट ५३ रन बनाए ।  त्यसैगरी कुसल मल्लले  नट आउट १२ रनको योगदान दिए । यस अघि नेपालका सन्दीप लामिछानेले ५ , कुसल मल्ल र ललितनारायण राजवंशीले दुई दुई विकेट लिए । त्यसैगरी सोमपाल कामीले एक विकेट हात पारे ।  यो जितसंगै नेपालले ३५ खेलबाट ३८ अंक बनाएको छ । तेश्रो स्थानमा रहेको ओमान भन्दा १ अंकले पछि रहेको छ । अव अन्तिम खेलमा यूएईलाई जिते नेपाल ४० अंक सहित तेश्रो हुँदै विश्वकप छनौट खेलमा जानेछ। 


नेपालद्वारा युएई १७७ रनले पराजित

नेपालद्वारा युएई १७७ रनले पराजित


काठमाडौं, २८ फागुन ।  आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिजमा नेपालद्वारा युएई १७७ रनले पराजित भएको छ । त्रिवि क्रिकेट मैदानमा नेपालले जितका लागि दिएको २४९ रनको लक्ष्य पछ्याएको यूएईले २२ ओभर ५ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र ७१  रन बनायो ।  यो जितसँगै नेपालले सन् २०२७ सम्मका लागि एकदिवसीय मान्यता जोगाएको छ ।  नेपालले सन् २०१८ मा एकदिवसीय मान्यता पाएको थियो ।

यूएईका लागि आयान खानले सर्वाधिक २९ रन बनाए । त्यस्तै आश्वान्तभाल थापाले १७ रन बनाउँदा कार्तीके माइपानले ११ रन बनाउन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।  नेपालका लागि ललित नारायण राजवंसीले पाँच विकेट लिए । उनले ७ ओभर ५ बल बलिङ गर्दै २० रन खर्चेर दुई मेडन ओभर फाले । 
त्यस्तै सन्दीप लामिछानेले दुई विकेट लिँदा सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी र गुलशन झाले एक–एक विकेट लिए । 
जितसँगै नेपालले आगामी चार वर्षको लागि एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाएको छ भने आईसीसी विश्वकप क्रिकेट लिग-टूका बाँकी दुई खेल जिते सिधै विश्वकप छनोटमा पुग्ने सम्भावना पनि कायम राखेको छ ।


प्रथम  गोकर्णेश्वर न.पा खुल्ला आमन्त्रित तेक्वान्दो प्रतियोगिता हुँदै

प्रथम  गोकर्णेश्वर न.पा खुल्ला आमन्त्रित तेक्वान्दो प्रतियोगिता हुँदै


काठमाडौं, २६ फागुन । काठमाडौं गोकर्णेश्वर नगरपालिका तेक्वान्दो विकास समितिको संयोजन, गोकर्णेश्वर नगरपालिका खेलकुद विकास समितिको आयोजना तथा ईष्टपोल उच्च मा. वि को व्यवस्थापकीय भूमिकामा शनिबार र आइतबार प्रथम  गोकर्णेश्वर न.पा खुल्ला आमन्त्रित तेक्वान्दो प्रतियोगिता  (मेयर कप—२०७९) हुने भएको छ । 
तेक्वान्दो खेलाडीहरुको वृत्ति विकास तथा मनोभावना उच्च बनाउने र भविष्यमा गोकर्णेश्वर नगरपालिकामा तेक्वान्दो खेलको राष्ट्रिय खेलाडी उत्पादन गर्ने लक्ष्य सहित प्रतियोगिता गर्न लागेको आयोजकले जनाएको छ ।
प्रतियोगितामा  १८ वटा तौल समुहकाबीच प्रतिस्पर्धा गराइने छ । जसमा पुरुष तौल समुह जुनियर र सिनियर गरी १० वटा तौल समुह रहने छ भने महिला तौल समुह जुनियर र सिनियर गरी  ८ वटा तौल समुह रहनेछ । जसमा १० वटा विभिन्न स्कुल र ८ वटा विभिन्न डोजाङ गरी जम्मा ३ सय १० जान खेलाडी (पुरुष १ सय ८० र महिला १ सय ३०) जनाले भाग लिने जनाइएको छ । 
प्रतियोगितामा विजेता टिम पहिलो, दोस्रो र तेस्रोलाई क्रमशः प्रमाण पत्र, मेडल, क्यास प्राइज तथा ट्रफीको व्यवस्था गरिएको छ भने महिला तथा पुरुष तर्फबाट उत्कृट खेल्नेलाई बेस्ट फाइटर अवार्डबाट सम्मान गरिने छ । 
सहभागी खेलाडीलाई प्रमाण पत्रको व्यवस्था गरिएको छ ।   कार्यक्रमको उद्घाटन शनिबार बिहान १० बजे हुने आयोजकले जनाएको छ । 
प्रतियोगिताको उद्घाटन समारोहमा प्रतिनिधि सभा सदस्य सन्तोष चालिसेको प्रमुख आतिथ्यतामा हुनेछ भने कार्यक्रमको समापन आइतबार गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसालको प्रमुख आतिथ्यतामा हुने आयोजकले जनाएको छ । 
 


पीएनजीविरुद्ध नेपालको सहज जित

पीएनजीविरुद्ध नेपालको सहज जित


काठमाडौं, २५ फागुन ।  आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपालले पपुवा न्युगिनी (पीएनजी) माथि ५२ रनको जित निकालेको छ । 
बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको २९८ रनको लक्ष्य पछ्याएको पीएनजीले ४७.१ ओभरमा सबै विकेट गुमाएर २४५ रन मात्र बनाउन सक्यो ।
आसिफ शेखले आफ्नो करियरकै पहिलो अन्तर्राष्ट्रिय शतक बनाएपछि टस हारेर ब्याटिङमा आएको नेपालले ४९.१ ओभरमा सबै विकेट गुमाएर २९७ रनको योगफल खडा गरेको थियो ।


नेपाल फेरि क्रिकेट लिग २ मा विजयी

नेपाल फेरि क्रिकेट लिग २ मा विजयी



काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग २ मा नेपालले पपुवा न्युगिनीलाई तीन विकेटले पराजित गरेको छ । पपुवा न्युगिनीले जितका लागि दिएको एक सय ८० रनको लक्ष्य नेपालले ४८ ओभरमा सात विकेट गुमाउँदै पुरा ग¥यो ।
नेपालको जितमा आसिफ शेखले सर्वाधिक अविजित ८६ रनको योगदान दिए । उनले एक सय ३० बलमा दुई चौका र एक छक्काको मद्दतमा उक्त रन बनाएका हुन् । त्यसैगरी सन्दीप लामिछानेले अविजित ३५ रन बनाए ।
कुशल मल्लले २६ बलमा २३ रन बनाए । पहिलो बलमा नै ओपनर कुशल भुर्तेललाई गुमाएको नेपालले ज्ञानेन्द्र मल्ललाई छ रनमा गुमायो । त्यस्तै भीम सार्कीले आठ रन मात्र बनाउँदा कप्तान रोहित पौडेल र आरिफ शेखले समान एक र एक रन बनाए । दीपेन्द्रसिंह ऐरीले आठ रन बनाए भने कुशल मल्लले २३ रनमा बनाए ।
एक छेउबाट शीर्ष ब्याटरहरू एकपछि अर्को आउट हुँदै गर्दा आसिफ शेखलाई बलर सन्दीपले भरपर्दो साथ दिएका हुन् । यो जोडीले ३२ ओभरमा ७ विकेटको क्षतिमा १०७ रनको अवस्थाबाट नेपाललाई विजयी बनाएको हो । आसिफ र सन्दीपले १६ ओभरमा महत्त्वपूर्ण ७७ रन जोडे ।

पपुवा न्युगिनीका कप्तान असाद भाला, सेमो कमिया र सेसे बाउले समान २÷२ विकेट लिए ।
त्यसअघि दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ रोजेको पपुवा न्युगिनीले ४९ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै १७९ रनको योगफल बनाएको थियो ।
पपुवा न्युगिनीका लागि टोनी उराले सर्वाधिक ३९ रनको योगदान दिए । त्यस्तै हिरी हिरी २९ रनमा आउट हुँदा किप्लीन डोरीगाले २६ रन बनाए । गौडी टोकाले १५ रन बनाए भने नर्मन भानुवाले १४ रन बनाए । सेसे बाउ र कप्तान असद भालाले समान ११÷११ बनाए ।
नेपालका लागि सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले समान २÷२ विकेट लिए भने कुशल मल्ल, सन्दीप लामिछाने र करण केसीले समान १÷१ विकेट झारे ।
यस जितसँगै नेपाल ३१ खेलमा १४ मा जित र १५ मा हारसहित छैटौँ स्थानमा छ । पपुवा न्यूगिनी ३१ खेलमा ७ अङ्कसहित तालिकाको पुछारमा रहेको छ ।



Prabhu Side Bar



Sidebar Middle
Sidebar Bottom