09 Ashwin, 2080 / 26 September , 2023

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

खेलकुद


यू–१९ विश्व कप छनोटमा नेपालको लगातार चौथो जित

यू–१९ विश्व कप छनोटमा नेपालको लगातार चौथो जित


काठमाडौं, १६ फागुन । यू–१९ पुरुष विश्वकप क्रिकेट एसियाली छनोटमा नेपालले लगातार चौथो जित निकालेको छ। यूएईस्थित मलेक क्रिकेट मैदानमा मङ्गलबार भएको खेलमा नेपालले मलेसियालाई १० विकेटले पराजित गरेको हो।

७३ रनको झिनो लक्ष्य नेपालले ९ ओभरमा पूरा गरेको हो। नेपालको लागि दीपक बोहोराले अविजित ३८ र अर्जुन कुमालले अविजित २१ रन जोडे। पहिले ब्याटिङ गरेको मलेसिया ३५.३ ओभरमा ७२ रनमा अलआउट भयो। मलेसियाको लागि मुहम्मद अक्रम अब्द मलेकले २६ र मोहम्मद हैरिल हरिसनले १२ रन जोडे। नेपालको लागि दीपेश कँडेलले ४, आकाश चन्दले ३, मिलन बोहोराले २ र सुवास भण्डारीले १ विकेट लिए।


सन्दीपलाई विदेश जान सर्वोच्चले दियो अनुमति 

सन्दीपलाई विदेश जान सर्वोच्चले दियो अनुमति 


काठमाडौं, १५ फागुन । सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई पुनः पक्राउ गर्नु नपर्ने र विदेश जान पाउने गरी आदेश गरेको छ । विदेश जाने अनुमति पाएसँगै सन्दीप यूएईमा जारी विश्वकप क्रिकेट लिग २ मा जानसमेत पाउने भएका छन्।
न्यायाधीशद्वय सपना मल्ल प्रधान र कुमार चुँडालको संयुक्त इजलासले सोमबार उक्त आदेश गरेको हो । यसअघि धरौटीमा छाड्ने पाटन उच्च अदालतको आदेशविरुद्ध सरकारी पक्षले पुनरावेदन गरेको थियो । सन्दीपले पनि विदेश जान लगाइएको प्रतिबन्ध फुकुवाको मागसहित पुनरावेदन गरेका थिए । सर्वोच्चले दुवै मुद्दा एकै ठाउँमा राखेर सुनुवाइ गरेको थियो ।


 


यू–१९ विश्वकप छनोटः नेपालले  हरायो हङकङलाई

यू–१९ विश्वकप छनोटः नेपालले  हरायो हङकङलाई


काठमाडौं, १५ फागुन । आईसीसी यू–१९ पुरुष विश्वकप एसिया छनोटमा नेपालले हङकङलाई ९ विकेटले हराएको छ । युएईको अजमानस्थित मलेक क्रिकेट मैदानमा सोमबार हङकङले दिएको १२१ रनको लक्ष्य नेपालले २२.१ ओभरमा १ विकेट गुमाएर पूरा गरेर जित निकालेको हो ।

नेपालका लागि ओपनर आकाश त्रिपाठीले अविजित रहँदै सर्वाधिक ६४ रन बनाए भने उत्तम थापा मगरले अविजित ३९ रन बनाए । छक्का प्रहार गर्दै जिताएका आकाशले ७२ बल खेल्दै ५ चौका र ४ छक्का प्रहार गरे । ५० बल खेलेका उत्तमले ४ चौका प्रहार गरे ।


२६ रन जोड्दा नेपालले छैटौं ओभरमा पहिलो विकेट गुमाएको थियो । तर आकाशले उत्तम थापा मगरसँग दोस्रो विकेटका लागि अविजित ९८ रनको साझेदारी गर्दै नेपाललाई जित दिलाए । ओपनर अर्जुन कुमालले १६ रन जोडे ।
हङकङका डानिएल मोर्गन मपले १ विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको हङकङ नेपाली बलरको कसिलो बलिङ सामु ४६.३ ओभरमा १२० रनमा अल आउट भएको थियो ।

सोमबार नै भएको अर्को खेलमा युएईले सिंगापुरलाई ८ विकेटले हराएर लगातार तेस्रो जित निकालेको छ । अपराजित नेपाल र युएईको ३ खेलबाट समान ६ अंक छ । 
 


सन्दीपले विदेश गएर खेल्न नपाउने

सन्दीपले विदेश गएर खेल्न नपाउने


काठमाडौं, १२ फागुन । सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई विदेश गएर खेल्न पाउने अनुमति दिन अस्वीकार गरेको छ । शुक्रबार सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले क्रिकेटर लामिछानेविरुद्धको अर्को मुद्दा सर्वोच्च अदालतमा नै विचाराधीन रहेकाले दुवै मुद्दालाई लगाउनमा राखेर सुनुवाइका लागि फागुन १४ गते आइतबार संयुक्त इजलासमा पेसी तोक्न आदेश दिएको हो ।

नाबालिग बलात्कारको कसुरमा काठमाडौं जिल्ला अदालतमा मुद्दाको पुर्पक्ष गरिरहेको क्रिकेटर लामिछाने बिहीबार सर्वोच्च पुगेका थिए ।

धरौटीमा रिहा गर्ने उच्च अदालत पाटनको आदेशमा प्रतिबन्धात्मक व्यवस्था रहेकाले उक्त आदेशको प्रतिबन्धात्मक व्यवस्था हटाउन माग गर्दै लामिछानेले सर्वोच्चमा मुद्दा दायर गर्नुभएको हो ।

आदेशमा भनिएको छ, ‘उच्च अदालत पाटनबाट मिति २०७९/९/२८ मा प्रतिवादी सन्दिप लामिछानेबाट रु.२०,००,०००/-(बीस लाख) धरौटी वा जमानत लिई तारिखमा राखी मुद्दामा पुर्पक्ष गर्ने गरी भएको आदेश उपर वादी नेपाल सरकारको तर्फवाट मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७३ बमोजिम २०७९-AP-०२५७ को निवेदन परेको देखियो । उक्त निवेदनका सन्दर्भमा पेश भएको २०७९-RE-०१३६ को प्रतिवेदन यस अदालतको संयुक्त इजलासमा विचाराधीन रहेको समेत देखिन्छ। यसपछि उच्च अदालतको उक्त मिति २०७९/९/२८ को आदेशउपर प्रतिवादी सन्दिप लामिछानेको तर्फवाट मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ७३ बमोजिम भनी मिति २०७२/११/११ मा यस अदालतमा निवेदन पर्न आएको देखियो ।’
 


त्रिदेशीय एकदिवसीय शृंखलाः नेपालको लगातार चौथो जित

त्रिदेशीय एकदिवसीय शृंखलाः नेपालको लगातार चौथो जित


काठमाडौं, ९ फागुन । विश्वकप लिग–२  क्रिकेट  सिरिजमा नेपालले लगातार चौथो जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा नेपालले स्कटल्यान्डलाई २ विकेटले पराजित गरेको हो । सिरिजमा नेपालले चारवटै खेल जितेको छ । यो जितले नेपालको एकदिवसीय मान्यता कायम रहने सम्भावना बढाउनुका साथै विश्वकप खेल्ने आशा समेत जगाएको छ ।
नेपालले यसरी लगातार चार जित निकालेको पहिलो पटक हो । २१३ रनको लक्ष्य नेपालले ८ विकेट क्षतिमा ३५ बल बाँकी छँदै पूरा गरेको थियो । संकटमा परेको नेपाली इनिङ्सलाई कप्तान रोहित कुमार पौडेलले सम्हाल्दै जितसम्म लगेका थिए ।
रोहितले अविजित ९५ रन बनाए । उनले ७ चौका र ४ छक्का प्रहार गरेका थिए । यो रोहितको व्यक्तिगत सातौं अर्धशतक हो । उनलाई अन्तिम क्रमका ब्याट्स्म्यान करण केसीले साथ दिए । करणले अविजित ३१ रन बनाए ।
ज्ञानेन्द्र मल्ल २१, कुशल मल्ल १७ र असिफ सेखले १२ रनको योगदान गरे । स्कटल्यान्डका मार्क वाटले ३, क्रिस ग्रिव्सले २ विकेट लिए ।
पहिले ब्याटिङ गरेको स्कटल्यान्ड ४६.१ ओभरमा २१२ रनमा अलआउट भएको थियो। जर्ज मुन्सेले ६० र म्याथ्यू क्रसले ४२ रन बनाए । नेपालका लागि सन्दीप लामिछानेले ४, करन केसीले ३ तथा ललित राजवंशी र कुशल मल्लले १–१ विकेट लिए।
यो जितसँगै नेपालको २६ अंक भएको छ । अब नेपालले लिग २ मा ८ खेल खेल्न बाँकी छ । ति मध्ये ४ पीएनजी र ४ यूएईसँग खेल्नेछ । स्कटल्यान्ड लिग २ को विजेता भएको छ । उसले सबै ३६ खेल खेलेको छ 


दोस्रो खेलमा पनि नेपालले नामिबियालाई हरायो 

दोस्रो खेलमा पनि नेपालले नामिबियालाई हरायो 


काठमाडौं, ६ फागुन । नेपालले विश्वकप लिग २ मा नामिबियालाई ३ विकेटले पराजित गरेको छ। आसिफ शेख र ज्ञानेन्द्र मल्लको अर्धशतकमा नेपालले २ सय ७५ रनको लक्ष्य १५ बल अगाडि पूरा गर्‍याे। उनीहरूले दोस्रो विकेटमा कीर्तिमानी १ सय ३९ रनको साझेदारी गरेका थिए।

लिग टु मा लगातार तेस्रो खेल जित्ने क्रममा नामिबियाले दिएको २७५ रनको लक्ष्य नेपालले ४७.३ ओभर खेल्दै ३ विकेट गुमाएर पूरा गरेको हो।

घरेलु मैदानमा जारी लिग टु को शृखंलामा नेपालले यसअघि नामिबिया र स्कटल्याण्डलाई पराजित गरिसकेको छ। नेपालले लगातार तेस्रो पटक २७० रन माथि स्कोर पछ्याएर खेल जितेको हो।
खेलमा ज्ञानेन्द्र मल्ल र आशिफ शेखले एकदिवसीय क्रिकेटमा नेपालको लागि सबैभन्दा धेरै रन १ सय ३९ रनको साझेदारी गरे। यो नेपालबाट एकदिवसीयमा अहिलेसम्मकै उच्च साझेदारी हो। यसअघि नामिबियासँगको खेलमै कुशल भुर्तेल र रोहित पौडेलले १ सय ३३ रनको साझेदारी गरेका थिए।

नेपालले लिग २ को एउटा शृङ्खलामा तीन खेल जितेको यो पहिलो अवसर हो। २०२० मा काठमाडौंमा भएको ओमान र अमेरिका सम्मिलित शृङ्खला, २०२१ मा मस्कटमा ओमान, अमेरिका सम्मिलित शृङ्खला र २०२२ मा दुबई भ्रमणमा यूएई र पपुवा न्यु गिनी शृङ्खलामा नेपालले यसअघि २–२ खेल जितेको थियो।

लगातार तेस्रो विजयले नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउने आशालाई कायमै राखेको छ।


नेपालले स्कटल्यान्डलाई हरायो, दीपेन्द्र र कुशलको अर्धशतक

नेपालले स्कटल्यान्डलाई हरायो, दीपेन्द्र र कुशलको अर्धशतक


काठमाडौं, ५ फागुन । विश्वकप क्रिकेट लिग–२ एकदिवसीय क्रिकेट सिरिजमा नेपालले स्कटल्यान्डलाई पराजित गरेको छ। शुक्रबार कीर्तिपुरको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा नेपालले स्कटल्यान्डलाई ३ विकेटले पराजित गरेको हो।

२७५ रनको लक्ष्य नेपालले ४७ ओभरमा ३ विकेटको क्षतिमा पूरा ग¥यो । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले अविजित ८५ र कुशल मल्लले ८१ रन बनाए। ४६.४ ओभरमा पाएको फ्रि–हिटमा सोमपालले चौका प्रहार गर्दै नेपाललाई जित दिलाए। सोमपाल २४ रनमा अविजित रहे।
दीपेन्द्रले ७० बलमा ५ चौका र १ छक्का प्रहार गर्दै अर्धशतक पूरा गरे। कुशलले भने ४२ बलमा ६ चौका र ३ छक्का प्रहार गर्दै अर्धशतक पूरा गरे।

एकदिवसीयमा यो कुशलको दोस्रो अर्धशतक हो। सन् २०२० मा कीर्तिपुरमा अमेरिकाविरुद्धको डेब्यु खेलमा कुशलले पहिलो अर्धशतक प्रहार गरेका थिए। छैटौँ विकेटको लागि कुशल र दीपेन्द्रले ९६ बलमा १०० रनको साभेदारी पूरा गरे। गुल्सन झाले भने १३ रनको योगदान गरे।
दोस्रो ओभरमा कुशल भूर्तेल १६ र ज्ञानेन्द्र मल्ल ४ रनमा आउट भएपछि नेपाल केही दबाबमा आएको थियो।

आरिफ शेख ९, कप्तान रोहित पौडेल ६ र सन्दीप जोरा ५ रनमा आउट हुँदा नेपाललाई लक्ष्य पछ्याउन निकै संघर्ष गर्नुपर्ने देखिएको थियो।
स्कटल्यान्डका लागि क्रिश सोल र मार्क वाटले ३–३ तथा माइकल लिस्कले १ विकेट लिए। पहिले ब्याटिङ गरेको स्कटल्यान्डले पूरै ओभरमा ९ विकेटको क्षतिमा २७४ रन बनाएको हो। स्कटल्यान्डका लागि माइकल लिस्कले अविजित १०७ र ज्याक जार्विसले २६ रन जोडे। ७९ बलमा ३ चौका र ९ छक्का प्रहार गर्दै माइकलले शतक पूरा गरे। माइकलको एकदिवसीयमा यो पहिलो अर्धशतक हो ।
नेपालको लागि सन्दीप लामिछानेले ३, कुशल मल्लले २ तथा कुशल भूर्तेल,सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले १–१ विकेट लिए।


भारतलाई हराउँदै नेपाल फाइनलमा

भारतलाई हराउँदै नेपाल फाइनलमा


काठमाडौ, २४ माघ ।  बङ्गलादेशमा जारी २० वर्षमुनिको साफ महिला च्याम्पियनशिप फुटबलमा नेपाल भारतलाई हराउँदै फाइनलमा पुगेको छ ।
ढाकाको वीर श्रेष्ठ शहीद सिपाही मुस्तोफा कमल स्टेडियममा भएको खेलमा नेपालले भारतलाई ३–१ गोलले हरायो । एक गोलले पछि परेको अवस्थामा नेपालले उत्कृष्ट पुनरागमन गरेको हो । नेपालको जितमा अञ्जली चन्द, प्रिती राई र अमिषा कार्कीले एक÷एक गोल गरिन् । भारतकी अपूर्ण नार्जारीले सान्त्वना गोल गरिन् ।
यो जितसँगै नेपालले तीन खेलमा छ अङ्क जोडेको छ । अब नेपालले फाइनलमा भारत वा बङ्गलादेशसँग आउँदो बिहीवार खेल्नेछ । आजै हुने बङ्गलादेश र भुटानको खेलमा फाइनलमा पुग्ने अर्को टिमको टुङ्गो लाग्नेछ ।
 


क्यानका अध्यक्षसहित पदाधिकारीको राजीनामा माग

क्यानका अध्यक्षसहित पदाधिकारीको राजीनामा माग


काठमाडौं, १५ माघ । नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्षसहितका पदाधिकारीको राजीनामा मागिएकाे छ ।  क्यानकै सात केन्द्रीय सदस्यले आज पत्रकार सम्मेलन गरी अध्यक्ष चतुरबहादुर चन्दसहित कार्य सम्पादन समितिका पाँच पदाधिकारीको राजीनामा मागेका हुन् । 

क्यानको कार्यसम्पादन समितिमा अध्यक्ष चन्दसहित सचिव प्रशान्तविक्रम मल्ल, कोषाध्यक्ष रोशन सिंह, सदस्यहरू दुर्गाराज पाठक र पदम खड्का छन् ।

पत्रकार सम्मेलनमार्फत केन्द्रीय सदस्यहरू ऋषिराज गौतम, दाउद अन्सारी, सञ्जयराज सिंह, करण महतरा क्षेत्री, अमितवीर पाण्डे, छुम्बी लामा र धर्मराज गिरीले राजीनामा मागेका हुन् ।
 


नेपाल टी–लिगमा स्पट फिक्सिङः  अलराउण्डर आदिल अन्सारी र पूर्वक्रिकेटर मेहबुब आलम पक्राउ

नेपाल टी–लिगमा स्पट फिक्सिङः  अलराउण्डर आदिल अन्सारी र पूर्वक्रिकेटर मेहबुब आलम पक्राउ


काठमाडौं, ९ माघ । नेपाल टी–२० लिगमा स्पट फिक्सिङमा संलग्न भएको आरोपमा पूर्वराष्ट्रिय क्रिकेटर मेहबुब आलम र राष्ट्रिय क्रिकेट टोलीका सदस्य आदिल अन्सारी पक्राउ परेका छन् ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनीहरुलाई पक्राउ गरेको हो । आलम नेपाल राष्ट्रिय क्रिकेट टोलीका पूर्वअलराउण्डर हुन् । उनको नाममा एकैखेलमा १० विकेट लिएको कीर्तिमानी छ । पक्राउ परेका अन्सारीले गत जेठमा मात्रै अमेरिकाविरुद्धको खेलबाट राष्ट्रिय टिममा डेब्यू गरेका थिए ।
 



Prabhu Side Bar



Sidebar Middle
Sidebar Bottom