09 Ashwin, 2080 / 26 September , 2023

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

खेलकुद


२० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भए  सन्दीप 

२० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भए  सन्दीप 


काठमाडौं, २९ पुस । बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने २० लाख रुपैयाँ धरौटी बुझाएर केन्द्रीय कारागार सुन्धाराबाट रिहा भएका छन् । बिहीबार उच्च अदालत पाटनका न्यायाधीशद्वय रमेश ढकाल र ध्रुवराज नन्दको इजालसले सन्दीपलाई २० लाख रुपैयाँ धरौटी बुझाएर रिहा गर्न आदेश दिएको थियो । लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत काठमाण्डौको आदेश बदर गर्दै उच्च अदालत पाटनले धरौटीमा रिहा गर्न आदेश दिएको हो । लामिछाने तीन महिना नौ दिन कारागारमा बसेर रिहा भएका हुन् ।

पाटन उच्च अदालतका रजिस्ट्रार ठगिन्द्र कट्टेलका अनुसार लामिछाने काठमाण्डौ उपत्यकाबाहिर जाँदा जिल्ला प्रहरी कार्यालय काठमाण्डौको अनुमति लिनुपर्नेछ भने पीडित परिवारलाई कुनै पनि माध्यमबाट सम्पर्क गर्न, डर, त्रास वा धम्की दिन नपाउने गरी थुनामुक्त गरिएको हो ।

गएको कात्तिक १६ गते जिल्ला अदालत काठमाडौंमा लामिछानेविरुद्ध परेको मुद्दामा थुनछेक बहस सुरु भएको थियो । लामिछानेका कानुन व्यवसायीले किशोरी नाबालिग नरहेको जिकिर गर्दै आएका थिए । लामिछानेमाथि नाबालिग किशोरीलाई बलात्कार गरेको आरोपमा गएको कात्तिक १४ गते काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो ।   
 


पेलेको अन्त्येष्टि गरिँदै

पेलेको अन्त्येष्टि गरिँदै


एजेन्सी ।  महान् फुटबलर पेलेको मंगलबार अन्त्येष्टि गरिँदैछ । अन्तिम संस्कारअघि उनको पार्थिव शरीरलाई ब्राजिलको साओपाउलोमा रहेको सान्तोस क्लबको रङ्गशालामा राखिएको छ ।
अन्तिम श्रद्धाञ्जली दिन त्यहाँ हजारौँको भिड लागेको छ । पेलेको गएको बिहीवार ८२ वर्षको उमेरमा अल्बर्ट आइन्सटाइन अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।
फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले पेलेप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । अन्तिम संस्कारमा ब्राजिलका राष्ट्रपति लुला डा। सिल्भाको पनि सहभागिता रहनेछ ।


 


विश्वविख्यात खेलाडी पेलेको निधन 

विश्वविख्यात खेलाडी पेलेको निधन 


एजेन्सी ।  ब्राजिलका विश्वविख्यात खेलाडी पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ । क्यान्सरबाट पीडित पेलेको बिहीबार अस्पतालमा निधन भएको हो । अल्बर्ट आइन्स्टाइन अस्पतालले उनको सबै अंगले काम गर्न नसकेको जनाएको अन्तर्राष्ट्रिय मिडियाहरूले जनाएका छन् । उनले ब्राजिललाई तीनपटक विश्वकप जिताएका थिए ।
चारपटक विश्वकप खेलेका उनले ६ दशकभन्दा बढी फुटबल खेलाडीको रुपमा बिताए । उनले आफ्नो २१ वर्ष लामो खेल जीवनमा विश्व कीर्तिमान १ हजार २ सय ८१ गोल गरे । ब्राजिलका लागि ९२ खेल खेल्दै उनले ७७ गोल गरेका छन् ।

उनी तीनपल्ट विश्वकप जित्ने एक्लो खेलाडी हुन् । पेलेले सन् १९५८, १९६२ र १९७० मा विश्वकप जितेका थिए । सन् २००० मा फिफाले उनलाई दशकको खेलाडी घोषणा गरेको थियो ।
पेले पछिल्लो समय किड्नी र प्रोस्टेटको समस्याबाट गुज्रिरहेका थिए । सन् २०२१ को सेप्टेम्बरमा शल्यक्रियाबाट क्यान्सरको ट्युमर हटाइएको थियो । सन् २०२२ को नोभेम्बरयता उनलाई अस्पतालमा भर्ना गरिएको थियो ।

उनकी छोरी केलीले आफ्ना बुबाको स्वास्थ स्थितिबारे सामाजिक सञ्जालबाट जानकारी दिइरहेकी थिइन् ।


विश्वकप फुटबलको उपाधि अर्जेन्टिनालाई 

विश्वकप फुटबलको उपाधि अर्जेन्टिनालाई 


काठमाडौं, ३ पुस । फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराउँदै अर्जेन्टिनाले तेस्रोपटक विश्वपको उपाधि जितेको छ । फ्रान्सका किंग्सले कोमान र औरेलियन टुअमानीले पेनाल्टी मिस गरेपछि अर्जेन्टिना ४–२ गोलअन्तरले विजयी बन्यो ।
सन् १९८६ पछि अर्जेन्टिनाले पहिलोपटक विश्वकपको उपाधि जितेको हो । त्यसअघि सन् १९७८ मा अर्जेन्टिनाले आफ्नो घरेलु मैदानमा उपाधि जितेको थियो ।

लुसेल स्टेडियममा भएको १२० मिनेटको रोमाञ्चक खेलपछि दुवै टोली ३–३ को बराबरीमा रोकिएका थिए । पहिलो हाफमा लियोनेल मेस्सी र एंखल डि मारियाको गोलको मद्दतले अर्जेन्टिनाले २ गोलको अग्रता बनाएको थियो । तर, किलियान एम्बाप्पेले दोस्रो हाफमा दुई मिनेटको अन्तरमा दुई गोल गर्दै खेल २–२ को बराबरी गरे ।

निर्धारित ९० मिनेटमा बराबरी भए पछि खेल अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयमा १०८ औँ मिनेटमा मेस्सीले पुनः अर्जेन्टिनालाई अग्रता दिलाए पनि एम्बाप्पेले पेनाल्टीमार्फत ह्याट्रिक गर्दै खेल ३–३ को बराबरीमा पुर्‍याएका थिए । त्यसपछि कुनै गोल हुनसकेन र खेल पेनाल्टीमा पुगेको थियो ।
 


फिफा विश्वकपको फाइनल खेलेर सन्यास लिने अर्जेन्टिनी स्टार मेस्सीको घोषणा

फिफा विश्वकपको फाइनल खेलेर सन्यास लिने अर्जेन्टिनी स्टार मेस्सीको घोषणा


एजेन्सी । अर्जेन्टिनी सुपर स्टार लियोनल मेसीले कतारमा जारी फिफा विश्वकपको फाइनल खेलेसँगै सन्या स लिने घोषणा गरेका छन् । मंगलबार राति सेमिफाइनलमा क्रोएसियालाई ३–० ले हराउँदै जित निकालेर फाइनल पुगेपछि ३५ वर्षीय मेसीले अर्को विश्वकप आफूले नखेल्ने बताएका हुन् ।

‘फाइनल खेलेर मेरो विश्वकप यात्रा टुंग्याउन पाउँदा म खुसी छु,’ मेसीले अर्जेन्टेनी मिडिया डायरिओ डेपोर्टिभो ओलेसँगको कुराकानीमा भनेका छन् । अर्को विश्वकप आउन चार वर्ष बाँकी रहेको र त्यतिबेला आफूले अहिलेजस्तै खेल्न नसक्ने भन्दै मेसीले आफ्नो विश्वकप यात्रा सकिने बताएका हुन् ।

अर्जेन्टिनाले सन् १९८६ पछि विश्वकपको उपाधि उचाल्न पाएको छैन । दुई पटकको विश्व विजेता अर्जेन्टिनाले मेस्सीको नेतृत्वपछि विश्वकप उपाधि जित्न सकेका छैन । यसपालि तेस्रो उपाधिको नजिक आइपुगेको अर्जेन्टिनाले बुधबार राति हुने मोरक्को र फ्रान्सबीचको सेमिफाइनल विजेतासँग आइतबार उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

सन् २००५ देखि सिनियर अन्तर्राष्ट्रिय फुटबल खेल्दै आएका मेस्सीले गत वर्ष मात्र कोपा अमेरिका जितेर सिनियर राष्ट्रिय टोलीमा उपाधि खडेरी टारेका थिए । मेस्सीले खेलेयता अर्जेन्टिना कोपा अमेरिकामा सन् २००७, २०१५, २०१६ र २०२१ मा फाइनल पुगेको छ भने विश्वकपमा २०१४ मा पनि फाइनल पुगेको थियो ।


ब्राजिलका मुख्य प्रशिक्षकले छाडे पद 

ब्राजिलका मुख्य प्रशिक्षकले छाडे पद 


काठमाडौं, २४ मंसिर । ब्राजिलको राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक टिटेले पद छाडेका छन् । कतार विश्व कपको क्वाटरफाइनलबाट ब्राजिल बाहिरिएपछि मुख्य प्रशिक्षक टिटेले राजीनामा दिएका हुन् । गएराति भएको खेलमा ब्राजिललाई क्रोएसियाले पेनाल्टी सुटआउटमा ४–२ गोलले हराएको थियो ।
 


विश्वकप फुटवलः आजबाट क्वाटरफाइनलका खेलहरु शुरु

विश्वकप फुटवलः आजबाट क्वाटरफाइनलका खेलहरु शुरु


काठमाडौं, २३ मंसिर ।  कतारमा जारी फिफा विश्वकप २०२२ मा आजदेखि क्वाटरफाइनलका खेलहरु सुरु हुँदैछन् । जारी विश्वकपको क्वाटरफाइलको खेलसँगै रोचक प्रतिश्पर्धा हुने देखिएको छ ।
कतारको एजुकेसन सिटी स्टेडियममा हुने पहिलो क्वाटरफाइनल क्रोएसिया र ब्राजिलबीच राति पौने ९ बजे सुरु हुनेछ भने पौने १ बजे सुरु हुने दोस्रो क्वाटरफाइनलमा नेदरल्याण्ड्स र अर्जेन्टिना आमने–सामने हुनेछ । यी मध्ये एक टोलीले सेमिफाइनलमा खेल्न पाउनेछ ।
अघिल्लो खेलमा बलियो टिम स्पेन पराजित भएसँगै रोचक बनेको विश्वकप विगतको विश्व विजेता अर्जेन्टिना र नेदरल्याण्ड्सको खेल हेर्न संसारभरका अरवौं खेलप्रेमी प्रतिक्षारत छन् । सधैको विश्वकप फुटवलको दावेदार टिमहरु अर्जेटिना र ब्राजिल छुट्टा छुट्टै टिमसँग भिड्ने यो खेल को नतिजाले आगामी खेलहरु झन् रोचक बनाउनेछ ।
फिफा वरीयतामा विश्व एक नम्बर रहेको ब्राजिल ब्राजिलले २००२ पछि उपाधि जित्न भने सकेको छैन ।
फिफा वरीयतामा तेस्रो स्थानमा अर्जेन्टिना रहेको लिओनल मेसीको सम्भावित अन्तिम विश्वकपको खेलको नतिजा हेर्न संसारभरका खेलप्रेमी उत्साहित छन् ।


विश्वकपमा आज इङ्ल्यान्ड र इरान, सनेगल र नेदरल्यान्ड तथा अमेरिका र वेल्सबीच प्रतिस्पर्धा हुने

विश्वकपमा आज इङ्ल्यान्ड र इरान, सनेगल र नेदरल्यान्ड तथा अमेरिका र वेल्सबीच प्रतिस्पर्धा हुने


काठमाडौं, ५ मंसिर ।  कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज सोमबार तीन खेलहरू हुँदैछन् । आज हुने पहिलो खेलमा इङ्ल्यान्ड र इरानको हुने छ । आज नै हुने समूह ‘ए’ को खेल सनेगल र नेदरल्यान्ड् बीच हुँदै छ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति ९ः४५ मा सुरु हुनेछ ।

समूह ‘बी’ अन्तर्गतको अर्को खेल अमेरिका र वेल्सबीच हुनेछ । अमेरिका र वेल्सबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ । हिजोको खेलमा आयोजक कतारलाई २–० ले हराएर इक्वेडरले विजयी सुरुआत गरिसकेको छ ।


नेपालले जित्यो यूएईसँगको एकदिवसीय शृंखला

नेपालले जित्यो यूएईसँगको एकदिवसीय शृंखला


काठमाडौं, २ मंसिर । यूएईलाई हराउँदै नेपालले एकदिवसीय शृंखला हात पारेको छ । शुक्रबारको तेस्रो तथा अन्तिम खेलमा यूएईलाई छ विकेटले हराउँदै नेपालले शृंखला जितेको हो ।
यूएईले दिएको एक सय ७७ रनको लक्ष्य नेपालले ४० ओभर १ बलमा चार विकेट गुमाएर भेटायो । नेपालका लागि आसिफ शेखले नटआउट ८८ रन र ज्ञानेन्द्र मल्लले ६४ रन बनाए । बलिङतर्फ यूएईका हजरत बिलाल र आयान अफजल खानले एक/एक विकेट लिए ।
यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर एक सय ७६ रन बनायो । यूएईका लागि आयान अफजल खानले नटआउट ५४ रन र अलिशान शराफुले ३३ रन बनाए । बलिङतर्फ नेपालका गुलशन झा, कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीले दुई÷दुई विकेट लिए ।
नेपाल पहिलो खेलमा ८४ रनमा पराजित हुँदा दोस्रो खेलमा पुनरागमन गर्दै नेपालले यूएईलाई तीन विकेटले हराएको थियो । यो जितसँगै नेपालले शृङ्खला दुई–एकले आफ्नो पक्षमा पारेको हो ।  यूएईले अघिल्लो महिना अस्ट्रेलियामा विश्व कप खेलेको थियो । नेपालले सन् २०१८ मा विश्व कप छनोटबाट एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो । त्यसयता नेपालले घरेलु मैदानमा यो दोस्रो पटक शृंखला खेलेको हो ।


इंग्ल्याण्डले जित्यो टी–२० विश्वकप उपाधि

इंग्ल्याण्डले जित्यो टी–२० विश्वकप उपाधि


काठमाडौं, २७ कात्तिक । पाकिस्तानमाथि ५ विकेटको जित रच्दै इंग्ल्याण्डले आईसीसी टी–२० विश्वकपको उपाधि जितेको छ । इंग्ल्याण्डले टी–२० विश्वकप जितेको यो दोस्रोपल्ट हो । यसअघि सन् २०१० मा उपाधि जितेको थियो ।

मेलवर्न क्रिकेट मैदानमा पाकिस्तानले दिएको १३८ रनको लक्ष्य इंग्ल्याण्डले एक ओभर बाँकी छँदै पूरा गरेको हो । इंग्ल्याण्डलाई जिताउन बेन स्टोक्सले नट आउट ५२ रन बनाए । ४५ रन हुँदा ३ विकेट गुमाएर दबावमा रहेको इंग्ल्याण्डलाई उनले जितसम्म पु¥याएका हुन् । यस्तै जोस बट्लरले २६ तथा ह्यारी ब्रुकले २० रनको योगदान दिए ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाएर १३७ रनमात्र बनाउन सक्यो । सेमिफाइनलमा न्युजिल्याण्डविरुद्ध शतकीय साझेदारी गरेका ओपनिङ जोडी कप्तान बाबर आजम र मोहम्मद रिजवान छिट्टै आउछ हुँदा पाकिस्तान इनिङ्सको सुरुवातदेखि नै रक्षात्मक बन्न पुगेको थियो ।



Prabhu Side Bar



Sidebar Middle
Sidebar Bottom