09 Ashwin, 2080 / 26 September , 2023

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

खेलकुद


एकदिवसीय वरीयतामा नेपालको स्थान यथावत्

एकदिवसीय वरीयतामा नेपालको स्थान यथावत्


काठमाडौं, १२ साउन । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीको एकदिवसीय वरीयतामा नेपाल  यथावत् रहन सफल भएको छ। आईसीसीले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपाल १९औं स्थानमा यथावत् रहेको हो। अघिल्लो वरीयतामा पनि नेपाल १९औं स्थानमा रहेको थियो।
नयाँ वरीयतामा न्यूजिल्यान्ड शीर्ष स्थानमा रहेको छ। इङ्ग्ल्यान्ड दोस्रो, भारत तेस्रो, पाकिस्तान चौथो स्थानमा रहँदा अस्ट्रेलिया पाँचौं स्थानमा रहेको छ।


महिला साफ च्याम्पियनसिप नेपालमा हुँदै

महिला साफ च्याम्पियनसिप नेपालमा हुँदै


काठमाडौं, १८ असार । महिला साफ च्याम्पियनसिप नेपालमा हुने भएको छ  । दक्षिण एसियाली फुटबल महासंघ (साफ) को साधारण काँग्रेसले नेपालमा साफ आयोजना गर्ने प्रस्ताव स्वीकृत गरेको हो ।
साफ नेपालमा भदौ १३ देखि २५ सम्म हुने छ ।  
 


भूटानलाई नेपालले हरायो 

भूटानलाई नेपालले हरायो 


काठमाडौं, २३ जेठ । आइसिसी यु–१९ महिला टी–ट्वान्टी विश्वकप एशिया छनोटअन्तर्गत आज भएको तेस्रो खेलमा नेपालले भूटानलाई पराजित गरेको छ । मलेसियाको किनरारा ओभल क्रिकेट मैदानमा भएको खेलमा नेपालले भूटानलाई चार विकेटले पराजित गरेको हो । भूटानले दिएको ६७ रनको चुनौतीलाई नेपालले १३ दशमलव एक ओभरमा छ विकेट गुमाउँदै पूरा ग¥यो ।

नेपालको जीतमा सानु राजवंशीले सर्वाधिक ३० रनको योगदान दिइन् । त्यसैगरी साना प्रविणले १२ रन जोडिन भने सृष्टी जैसीले आठ। आश्मा पुलामी मगरले तीन, कप्तान कृतिका मरासिनीले दुई तथा एलिसाकुमारी यादवले अविजित दुई रन बनाइन् । बलिङमा भूटानकी साङ्गे वाङ्वोले तीन विकेट लिइन् भने सोनम र अन्जुली घलेले १–१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भूटानले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ६६ रन बनाएको थियो । भूटानका लागि कप्तान एन्गावाङ छोडेन र साङ्गे वाङ्मोले समान ११ रन बनाइन् । त्यसैगरी पेमा याङ्चेनले नौ तथा छाडो ओमले छ रन जोडिन् । बलिङमा नेपालकी कृतिका मरासिनी, अनु कडायत र मनिषा कुमारी उपाध्यायले समान दुई÷दुई विकेट लिए ।

यस खेलसँगै तीन खेल खेलेको नेपालले दुई खेलमा जीत तथा एक खेलमा हार व्यहोरेको छ । नेपालले पहिलो खेलमा कतारलाई ७९ रनले हराएको थियो भने दोस्रो खेलमा नेपाल संयुक्त अरब इमिरेट्सँग (युएई) सँग १० विकेटले पराजित भएको थियो । युएइविरुद्धको खेलमा नेपाल आठ रनमा नै अलअउट भएको थियो । छनोट खेलमा नेपालसहित, आयोजक मलेसिया, युएई, थाइल्याण्ड, भूटान र कतार रहेका छन् । नेपालले भोलि थाइल्याण्डसँग खेल्नेछ ।


सागकी स्वर्ण पदक विजेता सञ्जु चौधरी मृत फेला

सागकी स्वर्ण पदक विजेता सञ्जु चौधरी मृत फेला


काठमाडौं, २७ वैशाख ।  १३ औँ दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सञ्जु चौधरी मंगलबार मृत अवस्थामा भेटिएकी छिन्  ।  उनी बिहान साढे ६ बजे कोठाभित्र झुण्डिएको अवस्थामा फेला परेकी हुन् ।

एसियाली खेलकुदको तयारीका क्रममा रहेकी सञ्जु ललितपुरको महालक्ष्मी नगरपालिका–९ लुभुमा प्रशिक्षक सञ्जय महर्जनको घरमा बस्दै आएकी थिइन् । सञ्जु सुतेको ढोका भित्रबाट चुक्कुल लगाइएको र झ्यालमा ग्रिल लगाइएको अवस्थामा भेटिएको र प्रारम्भिक अनुसन्धानले आत्महत्या देखिने जिल्ला प्रहरी परिसर, ललितपुरका एसपी सिद्धिविक्रम शाहले बताए 

सन् २०१९ को डिसेम्बरमा नेपालमा आयोजित १३ औं दक्षिण एसियाली खेलकुदमा नेपालगञ्जकी सञ्जुले ऐतिहासिक स्वर्ण पदक जितेकी थिइन् । उनी प्रशिक्षकको घरमा बसेर १९ औं एसियाली खेलकुदको तयारी गरिरहेकी थिइन् ।


जिम्बावे ‘ए’विरुद्धको एकदिवसीय अभ्यास खेलमा नेपाल विजयी

जिम्बावे ‘ए’विरुद्धको एकदिवसीय अभ्यास खेलमा नेपाल विजयी


काठमाडौं, २६ वैशाख।  घरेलु टोली नेपालले भ्रमणकारी टोली जिम्बावे ‘ए’विरुद्धको अन्तिम तथा तेस्रो अभ्यास खेलमा जित निकालेको छ।  सोमबार सम्पन्न खेलमा नेपालले जिम्बावेलाई ६ विकेटले पराजित गरेको हो।  जिम्बावेले दिएको २१४ रनको लक्ष्य नेपालले ३०.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको हो। योसँगै नेपालले तीन एकदिवसीय अभ्यास खेल २–१ ले जितेको छ। पहिलो खेलमा जिम्बावे ३ विकेटले विजयी भएको थियो। दोस्रो खेलमा नेपालले ९ विकेटको जित हात पारेको थियो।

 


नवौं राष्ट्रिय खेलकुदका लागि लोगो, मस्कट र नारा सार्वजनिक

नवौं राष्ट्रिय खेलकुदका लागि लोगो, मस्कट र नारा सार्वजनिक


काठमाडौं, २४ वैशाख ।  नवौं राष्ट्रिय खेलकुदका लागि लोगो, मस्कट र नारा सार्वजनिक भएको  छ । युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज र राखेप सदस्य सचिव टंकलाल घिसिङले लोगो, मस्कट सार्वजनिक गरेका हुन् ।

नवौं खेलकुदमा कस्तुरी मृगको मस्कट रहने भएको छ भने लोगोको शीर्ष स्थानमा पोखराको पहिचानका रुपमा माछापुछ्रे हिमाल राखिएको छ । त्यसमुनि चारवटा रातो ट्र्याकले प्रदेश नम्बर संकेत गर्छ भने त्यसमुनि पंक्षीको आकृति दिइएको छ ।

कलाकार भोलानाथ शर्मा पौडेलले बनाएको लोगो र मस्कट राष्ट्रिय खेलकुदका लागि छनोट भएको हो ।नवौं राष्ट्रिय खेलकुदको नारा ‘एकतावद्ध देश, खेलकुदको सन्देश’ रहेको छ । यो नारा खुला प्रतिस्पर्धाबाट शुयोग्यराज काफ्लेले जुराएका हुन् । खेल गण्डकी प्रदेशमा जेठ २२ देखि २८ गतेसम्म आयोजना हुने छ । 


जिम्बावे ए विरुद्ध पहिलो एकदिवसीय खेलमा नेपाल ३ विकेटले पराजित

जिम्बावे ए विरुद्ध पहिलो एकदिवसीय खेलमा नेपाल ३ विकेटले पराजित


काठमाडौं, २३ वैशाख ।   जिम्बोवे ए विरुद्ध पहिलो एकदिवसीय खेलमा घरेलु टोली नेपाल ३ विकेटले पराजित भएको छ । नेपालले दिएको १३७ रनको लक्ष्य जिम्बावे ए ले २६ ओभर खेल्दै ७ विकेट गुमाएर पूरा गर्यो । जिम्बावेका लागि ओपनर इन्नोसेन्ट काईयाले एक छेउबाट पारी सम्हाल्दै अविजित रहेर सर्वाधिक ४८ रन बनाए । यस्तै सेफास जुवायो ३२ रन, राए काईयाले १४ रन, ब्राड ईभान्सले १७ रन जोडे ।  बलिङमा नेपालका कप्तान सन्दीप लामिछाने र करण केसीले २–२ विकेट लिए । सोमपाल कामी र सागर ढकालले १–१ विकेट लिए ।


टी-ट्वान्टी: जिम्बावेमाथि नेपालको शानदार जित

टी-ट्वान्टी: जिम्बावेमाथि नेपालको शानदार जित


काठमाडौं, २१ वैशाख ।  पाहुना टोली जिम्बावे 'ए' विरुद्धको तेस्रो तथा अन्तिम टी-ट्वान्टीमा नेपालले जित निकालेको छ । टियु क्रिकेट मैदानमा बुधबार नेपालले जिम्बावेलाई ८ विकेटले हराएको हो ।

पहिलो खेलमा नेपाल जिम्बावेसँग ६ विकेटले पराजित भएको थियो । दोस्रो टी-ट्वान्टी भने वर्षाले रद्द भएको थियो । नेपालको जितसँगै तीन खेलको सिरिज १-१ को बराबरीमा सकिएको छ । 

जिम्बावेले दिएको १ सय ३७ रनको लक्ष्य नेपालले १५ ओभर ५ बलमा २ विकेट गुमाएर पूरा गर्‍यो । नेपालको जितमा आसिफ शेखले अविजित रहदै ८७ रनको अर्धशतकीय इनिङ खेले । यस्तै कुशल भुर्तेलले ३४ रन जोड्दा बसिर अहमेदले १० रन जोडे ।

जिम्बावेका लुक जोग्वे र ब्राण्डन माभुताले १/१ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जिम्बावेले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३६ रन बनाएको थियो ।


पीएनजीलाई हराउँदै नेपालले जित्यो टी–२० सिरिज

पीएनजीलाई हराउँदै नेपालले जित्यो टी–२० सिरिज



काठमाडौं, २१ चैत । त्रिकोणात्मक टी–२० सिरिजको उपाधि नेपालले हात पारेको छ ।  नेपालले पीएनजी लाई ५१ रनले हराएको हो ।  कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदान नेपालले दिएको १६८ रन पछ्याएको पीएनजी १६.२ ओभरमा ११७ रनमा अलआउट भयो ।


नेपालद्वारा मलेसिया ८५ रनले पराजित

नेपालद्वारा मलेसिया ८५ रनले पराजित


काठमाडौं, १९ चैत । नेपाल त्रिकोणात्मक टी २० आई सिरिजको फाइनमा पुगेको छ । सिरिजको अन्तिम खेलमा शनिबार मलेसियालाई ८५ रनले पराजित गर्दै घरेलु टोली नेपाल अपराजित रहँदै फाइनल पुगेको हो ।  अब नेपालले उपाधिका लागि पपुवा न्यू गिनीसँग खेल्ने छ।



Prabhu Side Bar



Sidebar Middle
Sidebar Bottom