09 Ashwin, 2080 / 26 September , 2023

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

खेलकुद


त्रिकोणात्मक टी-२० श्रृंखलामा  नेपाल फाइनलमा प्रवेश

त्रिकोणात्मक टी-२० श्रृंखलामा नेपाल फाइनलमा प्रवेश


काठमाडौं, १७ चैत । त्रिकोणात्मक टी २० श्रृंखलाको आजको खेलमा पनि नेपालले सानदार जित निकालेको छ ।  बिहीबार कीर्तिपुरस्थित टीयू मैदानमा भएको खेलमा नेपालले पीएनजीलाई ३७ रनले हराएको हो । 

२०४ रनको लक्ष्य पछ्याएको पीएनजी १९.४ ओभरमा १६६ रनमा अलआउट भयो । पीएनजीका लागि चार्ल्स अमिनीले सर्वाधिक ६२ रन बनाए । यस्तै टोनी उराले ४३ र सेस बाउले २५ रन जोडे ।

नेपालका लागि करण केसीले ह्याट्रिक सहित ५ विकेट लिए । त्यस्तै सोमपाल कामी र अविनास बोहराले दुई–दुई विकेट र कप्तान सन्दीप लामिछानेले एक विकेट लिए ।  यो खेल जिते सङ्गै नेपाल एक खेल अगावै श्रृंखलाको फाइनलमा पुगेको छ  । नेपालले पहिलो खेलमा पीएनजीलाई १५ रनले र दोस्रो खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको थियो ।


त्रिकोणात्मक टी–२० श्रृंखलाः नेपालको दोस्रो जित

त्रिकोणात्मक टी–२० श्रृंखलाः नेपालको दोस्रो जित


काठमाडौं, १६ चैत । त्रिकोणात्मक टी–२० श्रृंखलामा नेपालले सानदार जित निकालेको छ ।  टीयू अन्तर्राष्ट्रिय मैदानमा बुधबार भएको खेलमा नेपालले मलेसियालाई ६ विकेटले हराएको हो ।

नेपालका लागि आसिफ शेखले सर्वाधिक ५७ रन बनाए  भने रोहित पौडेलले १२, दीपेन्द्र सिंह ऐरीले २१ रन जोडे । यस्तै  दिलिप नाथले १५ र कुशल मल्लले  २ रनमा अविजित रहे ।

बलिङमा मलेसियाका लागि पवनदिप सिंहले २ तथा सयद अजिज र मुहम्मद बमिरले समान १–१ विकेट लिए । नेपालले तेस्रो खेल बिहीबार पपुवा न्यूगिनीसँग खेल्नेछ ।


मरिससविरूद्धको मैत्रीपूर्ण खेलमा नेपाल विजयी

मरिससविरूद्धको मैत्रीपूर्ण खेलमा नेपाल विजयी


काठमाडौं, १५ माघ। पहिलो मैत्रीपूर्ण खेलमा नेपालले अफ्रिकी राष्ट्र मरिससलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा शनिबार सम्पन्न खेलमा नेपालले १–० गोलअन्तरको संघर्षपूर्ण जित हात पारेको हो। नेपालका लागि एक मात्रै गोल विमल घर्तीमगरले गरेका हुन्।

नेपालको जितमा विमल घर्तीमगर नायक बने । उनले खेलको ५५औँ मिनेटमा गरेको एक गोल नै नेपालका लागि निर्णायक गोल सावित भयो । एक वर्षपछि टोलीमा पुनरागमन गरेका विमलले पहिलो खेलमै गोल गरेका हुन् । विजयी गोल गरेका विमलले ‘म्यान अफ दि म्याच’ अवार्ड पाएका छन्।

अन्जन विष्टको लामो पासमा पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट विमलले प्रहार गरेको बलले पोस्टमा लाग्दै जाली चुमेको थियो । नेपालले पहिलोपटक अफ्रिकी टोलीसँग अन्तर्राष्ट्रिय खेल खेलेको हो । नेपालले अब मौरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण खेल मङ्गलबार खेल्नेछ ।


 स्वर्ण विजेता महिला भलिबल टोली स्वदेश फर्कियो

 स्वर्ण विजेता महिला भलिबल टोली स्वदेश फर्कियो


काठमाडौं, १५ पुस । बङ्गलादेशमा सम्पन्न एशियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्याम्पियनसिपको उपाधि विजेता नेपाली महिला टोली आज स्वदेश फर्किएका छन् । नेपाली टोलीलाई युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराज, नेपाल भलिबल सङ्घका अध्यक्ष मनोरञ्जन रमन शर्मालगायतले नेपाली टोलीलाई स्वागत गरे । विमानस्थलमा टोलीलाई बाजा बजाएर स्वागत गरिएको थियो ।     
गत मङ्गलबार सम्पन्न फाइनल खेलमा नेपालले उज्वेकिस्तानलाई पराजित गर्दै स्वर्णपदक हात पारेको थियो । बङ्गलादेशको मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर हलमा भएको खेलमा नेपालले उज्वेकिस्तानलाई ३–२ को सेटमा पराजित गर्दै स्वर्ण पदक जितेको हो ।     
     
 उक्त प्रतियोगितामा नेपाल लगातार दोस्रो पटक च्याम्पियन बनेको हो । यसअघि सन् २०१९ मा बङ्गलादेशमै भएको खेलमा नेपालले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि रक्षा गरेको थियो । त्यस्तै पुरुषतर्फ खेलमा भने नेपाल चौथो स्थानमा रह्यो । तेस्रो स्थानका लागि भएको भिडन्तमा उज्वेकिस्तानसँग नेपाल ३–० को सेटमा पराजित भएसँगै चौथो स्थानमा रहेको हो । पुरुष टोली पनि आजै स्वदेश फर्किएका छन् । सरकारले उक्त च्याम्पियन टोलीका १२ सदस्यीय खेलाडीलाई जनही रु पाँच लाख तथा दुई प्रशिक्षकलाई जनही रु तीन लाख दिने निर्णयसमेत गरिसकेको छ ।     


एसियन सेन्ट्रल जोन भलिबलको उपाधि नेपाललाई

एसियन सेन्ट्रल जोन भलिबलको उपाधि नेपाललाई


काठमाडौं, १३ पुस ।  नेपालले एभिसी एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कप अन्तर्गत महिलातर्फ उपाधि जितेको छ । मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा मंगलबार भएको फाइनलमा नेपालले उज्वेकिस्तानलाई ३–२ को सेटमा हरायो ।

नेपालले उज्वेकिस्तानमाथि २६–२४, २४–२६, २५–१५, २२–२५, १५–११ को जित निकाल्यो । नेपाली महिला टोलीले लगातार दोस्रो पटक उपाधि जितेको हो । यसअघि सन् २०१९ मा बंगलादेशमै भएको प्रतियोगितामा नेपाल लिग चरणदेखि एक सेट पनि नगुमाई च्याम्पियन बनेको थियो ।

नेपालले लिग चरणमा लगातार पाँच जित निकाल्दै फाइनल यात्रा तय गरेको थियो । ६ देश सहभागि प्रतियोगिताको लिग चरणको पहिलो खेलमा नेपालले श्रीलंकालाई ३–२, दोस्रो खेलमा माल्दिभ्सलाई ३–० र तेस्रो खेलमा आयोजक बंगलादेशलाई ३–० को सोझो सेटमा हराएको थियो ।

चौथो खेलमा नेपालले उज्वेकिस्तानलाई ३–० र पाँचौँ खेलमा किर्गिस्तानलाई ३–० को सोझो सेटमा स्तब्ध बनाएको थियो । उज्वेकिस्तान भने लिग चरणमा दोस्रो बन्दै फाइनलमा पुगेको थियो ।


 


 नेपाल आइपुगे पुबुदु दासानायके

 नेपाल आइपुगे पुबुदु दासानायके



काठमाडौं, १३ पुस । नेपाल क्रिकेट संघ (क्यान) ले नियुक्त गरेका नेपाली क्रिकेटका मुख्य प्रशिक्षक पुबुदु दासानायके आज नेपाल आइपुगेका छन्।

विमानस्थलमा पुबुदुलाई क्यानका क्रिकेट म्यानेजर विनोद दासले स्वागत गरे। क्यानको मंसिर २५ गतेको बोर्ड बैठकले मुख्य प्रशिक्षकको रूपमा पुबुदुलाई अनुमोदन गरेपछि उनले पुनः नेपाल टोली सम्हाल्ने जिम्मेवारी पाएका हुन्।

मंगलबार विमानस्थलमा ओर्लिएपछि सञ्चारकर्मीसँग बोल्दै प्रशिक्षक पुबुदुले पुनः नेपाली टोलीको जिम्मेवारी पाएकोमा खुसी व्यक्त गरे। साथै नेपालको चुनौती सामना गर्न आफू तयार भएको पनि बताए।
 


खेलाडीको कारबाहीप्रति सिप्यानको आपत्ति    

खेलाडीको कारबाहीप्रति सिप्यानको आपत्ति    



काठमाडौं, ५ पुस । नेपाल क्रिकेट सङ्घ (क्यान)ले खेलाडीमाथि गरिएको कारबाहीमा क्रिकेट खेलाडी सङ्घ नेपाल (सिप्यान)ले आपत्ति जनाएको छ । क्यानले क्रिकेट खेलाडीलाई गरिएको कारबाहीले नेपाली क्रिकेटको विकासमा अवरोध पुग्नसक्ने सिप्यानद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।     
क्यानले गत मङ्सिर २९ गते अनुशासनको कारण देखाउँदै ज्ञानेन्द्र मल्ललाई कप्तान र दिपेन्द्र सिंह ऐरीलाई उपकप्तान पदबाट पदमुक्त गरेको थियो । मल्ल र ऐरीसँगै सोमपाल कामी र कमलसिंह ऐरीलाई सन् २०२२ को केन्द्रीय सम्झौतामा सुरुको छ महिना सहभागी नगराउने निर्णयसमेत गरेको थियो ।  क्रिकेट खेलाडीको योगदानका कारण विश्व क्रिकेट जगतमा विशेष पहिचान बनाउन सफल भएको स्मरण गराउँदै सिप्यानले खेलाडीले आफ्ना भावना तथा आवाज अगाडि राख्न खोज्दा ती मागको उचित सम्बोधन गर्नुको सट्टा खेलाडीमाथि नै गरिएका कारबाहीले नेपाली क्रिकेटको विकासमा अवरोध पुग्न जाने अवस्था सिर्जना भएको सिप्यानद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।     
त्यसैगरी सिप्यानले क्रिकेट खेलाडीको वर्गीकरण जस्तो महत्वपूर्ण विषयलाई पारदर्शी, तर्कसम्मत, त्रुटिरहित, तथ्यपरक र वैज्ञानिक बनाइनुपर्ने मागसमेत गरेको छ । क्यान र खेलाडीको बीचमा रहेको यस विषयसँग सम्बन्धित तीक्तता मेटाई खेलाडीको मनोबल उच्च बनाउनाका साथै नेपाली क्रिकेटको भलो हुने कदम उठाउनुपर्ने आवश्यकता रहेको सिप्यानद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।     


ज्ञानेन्द्र मल्लसहित चार खेलाडी कारबाहीमा, कप्तानको जिम्मा सन्दीपलाई 

ज्ञानेन्द्र मल्लसहित चार खेलाडी कारबाहीमा, कप्तानको जिम्मा सन्दीपलाई 



काठमाडौं, २९ मंसिर । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय टोलीको कप्तानीको जिम्मेवारी सन्दीप लामिछानेलाई दिएको छ। 
क्यानको बुधबारको बैठकले यसअघिका कप्तान ज्ञानेन्द्र मल्ललाई जिम्मेवारीबाट हटाएको हो । कप्तान मल्ल, उपकप्तान दीपेन्द्र सिंह ऐरीसहित ४ खेलाडीलाई कारबाही गरिएको क्यानले विज्ञप्ति मार्फत जानकारी गराएको छ । 

पछिल्लो पटक क्यानको नयाँ वर्गिकरण हुँदा श्रेणी निर्धारणमा गडबड गरेको भन्दै कप्तान मल्ल, उपकप्तान  ऐरी, सोमपाल र बलर कमलसिंह ऐरीसमेत चार खेलाडीले आफ्नो असन्तुष्टि सञ्चार माध्यममा सार्वजनिक गरेका थिए।

यो विषयमा क्यानले दुई पटक स्पष्टिकरण सोधेको थियो। तर, स्पष्टीकरण चित्त नबुझेको भन्दै ज्ञानेन्द्रलाई कप्तानीबाट हटाइएको हो। यस्तै सोमपाल कामी र कमल सिंह ऐरीलाई भने २०२२ को सेन्ट्रल कन्ट्याक्टमा शुरुको ६ महिना सहभागी नगराउने बैठकले निर्णय गरेको छ ।


 


शहीद स्मारक ‘ए’ डिभिजन लिगको टिकट मूल्य निर्धारण

शहीद स्मारक ‘ए’ डिभिजन लिगको टिकट मूल्य निर्धारण


काठमाडौं, २६ कात्तिक । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताका लागि टिकटको मूल्य निर्धारण गरेको छ । आगामी मङ्सिर ३ गतेदेखि सञ्चालन हुने उक्त प्रतियोगिता अवलोकनका लागि साधारणतर्फ प्रति व्यक्ति रु १०० तथा भीआइपीतर्फ रु ५०० निर्धारण गरिएको छ ।

एन्फाद्वारा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा महासचिव इन्द्रमान तुलाधरले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । लिगको उद्घाटन खेल आगामी मङ्सिर ३ गते नव प्रवेशी सातदोबाटो युवा क्लब र फ्रेन्ड्स क्लबबीच हुनेछ । महासचिव तुलाधरले दर्शकको उपस्थितिलाई ध्यानमा राख्दै फ्लड लाइटमा पनि खेल खेलाइने जानकारी दिए । लिग निर्देशक सञ्जीव मिश्रले सामूहिकरुपमा क्लब राजी भए केही खेल पोखरामा पनि गर्ने तयारी भइरहेको बताए ।
 


इंग्ल्याण्ड आईसीसी टी–२० विश्वकपको सेमिफाइनलमा

इंग्ल्याण्ड आईसीसी टी–२० विश्वकपको सेमिफाइनलमा



एजेन्सी । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा इंग्ल्याण्ड सेमिफाइनलमा प्रवेश गरेको छ । श्रीलंकालाई २६ रनले हराउँदै इंग्ल्याण्ड यो विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो टिम समेत बनेको छ ।
चार खेल खेलको इंग्ल्याण्ड एक खेल अगाडि नै सेमिफाइनलमा पुगेको हो । सारजहामा गएराति भएको खेलमा इंग्ल्याण्डले दिएको १ सय ६४ रनको लक्ष्य पछ्याएको श्रीलंका १९ ओभरमा अलआउट हुँदै १ सय ३७ रनमा समेटियो । श्रीलंकाका वाविन्दु हसरंगाले सर्वाधिक ३४ रन बनाए । इंग्ल्याण्डका आदील राशिद, मोइन अली र क्रिस जोर्डनले २÷२ विकेट लिए । त्यस्तै लियाम लिभिङस्टोन र क्रिस वोक्सले १÷१ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६३ रन बनाएको थियो । इंग्ल्याण्डका जोस बट्लरले अविजित १ सय १ रनको शतकीय पारी खेले । बट्लर अहिले चलिरहेको विश्वकपमा शतक बनाउने पहिलो खेलाडी बनेका छन् । श्रीलंकाका वाविन्दु हसरंगाले ३ तथा दुश्मन्था चामिराले १ विकेट लिए । समूह एकमा शीर्ष स्थानमा रहेको इंग्ल्याण्डले ४ खेलमा ८ अंक जोडेको छ । चौथो स्थानमा रहेको श्रीलंकाको ४ खेलमा २ अंक छ ।
 



Prabhu Side Bar



Sidebar Middle
Sidebar Bottom