09 Ashwin, 2080 / 26 September , 2023

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

खेलकुद


भारतविरुद्ध पाकिस्तानको ऐतिहासिक जित

भारतविरुद्ध पाकिस्तानको ऐतिहासिक जित



काठमाडौं, ७ कात्तिक । पाकिस्तानले आईसीसी टी २० विश्वकप भारतमाथि ऐतिहासिक जित हात पारेको छ। आईसीसी टी२० विश्वकप २०२१ को सुपर १२ को समूह ‘बी’ मा रहेको पाकिस्तानले भारतलाई १० विकेटले पराजित गर्दै सानदार विजयी सुरुआत गरेको छ। पाकिस्तानले भारतलाई कुनैपनि विश्वकपमा पहिलोपटक पराजित गरेको हो।

जितको लागि १ सय ५२ रनको मध्यम विजयी लक्ष्य पछ्याएको पाकिस्तानले १७।५ ओभरमा कुनै विकेट नगुमाउँदै पूरा गर्यो।

पाकिस्तानको जितमा कप्तान आजम ६८ रनमा अविजित रहे। उनले ५२ बलमा ६ चौका र २ छक्का प्रहार गरे। अर्का ओपनर मोहम्मद रिजवान ७९ रनमा अविजित रहे। उनले  ५५ बलमा ६ चौका र ३ छक्का प्रहार गरे।

त्यसअघि दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५१ रन बनायो।

भारतका कप्तान कोहलीले सर्वाधिक ५७ रन बनाए। उनले ४९ बलमा ५ चौका र १ छक्का प्रहार गरे। टी२० विश्वकपमा कोहलीको यो १०औं अर्धशतक हो। टी२० आई करिअरको २९ औं अर्धशतक हो।

ऋषव पन्त ३९ रनमा आउट हुँदा सूर्यकुमार यादवले ११ रन बनाए। रविन्द्र जडेजाले १३, हार्दिक पान्डयले ११, केएल राहुल ३ रन जोड्दा रोहित शर्मा सुन्य रनमा आउट भए।

भुवनेश्वर कुमारले अविजित ५ रन जोड्दा मोहमद शामी शून्य रनमा अविजित रहे। पाकिस्तानका तीव्र गतिका बलर शाहिन शाह अफ्रिदीले ३ विकेट लिए। हसन अलीले २ विकेट लिए। हरिस रौफ र शादब खानले ११ विकेट लिए।


साफ च्याम्पियनसिपको उपविजेताहरूलाई जनही पाँच, पाँच 

साफ च्याम्पियनसिपको उपविजेताहरूलाई जनही पाँच, पाँच 


काठमाडौं । सरकारले साफ च्याम्पियनसिपको उपविजेता नेपाली फुटबल टोलीका खेलाडीहरूलाई जनही पाँच, पाँच लाख रुपैयाँ दिने भएको छ । 
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले खेलाडीहरूलाई पाँच/पाँच लाख र प्रशिक्षकहरूलाई तीन/तीन लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।
माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिपमा नेपाल पहिलो पटक फाइनलसम्म पुगेको थियो। फाइनलमा भारतसँग ३–० ले पराजित भएको नेपाल उपविजेतामा सिमित रह्यो। नेपाली टोली सोमबार बिहान नेपाल फर्किएको छ।


साफ च्याम्पियनसिपमा नेपालद्वारा श्रीलङ्का पराजित 

साफ च्याम्पियनसिपमा नेपालद्वारा श्रीलङ्का पराजित 


काठमाडौं, १९ असोज । माल्दिभ्समा जारी दक्षिण एसियाली फुटबल (साफ) च्याम्पियनसिपमा नेपालले श्रीलङ्कालाई पराजित गरेको छ । सोमबार राति माल्दिभ्सको मालेमा भएको खेलमा नेपालले श्रीलङ्कालाई ३–२ गोल अन्तरले हराएको हो ।

नेपाल लगातार दोस्रो खेलमा विजयी भएको हो । यसअघि पहिलो खेलमा नेपालले आयोजक माल्दिभ्सलाई १–० गोल अन्तरले पराजित गरेको थियो । श्रीलङ्काविरुद्धको खेलमा नेपालका लागि सुमन लामा, अन्जन विष्ट र आयुस घलानले एक एक गोल गरे । श्रीलङ्काका लागि मार्भिन ह्यामिल्टन र डिलोन डी सिल्भाले एक एक गोल गरे । 

खेलको पहिलो हाफको ३३औँ मिनेटमा सुमन लामाले गोल गर्दै नेपाललाई अग्रता दिलाए । यस्तै खेलको ५१औँ मिनेटमा नेपालका तर्फबाट अन्जन विष्टले गोल गर्नुभयो । खेलको ५७औँ मिनेटमा मार्भिन ह्यामिल्टनले श्रीलङ्काका लागि पहिलो गोल गर्दै खेललाई २–१ को अवस्थामा पु¥याउनुभयो । यसै गरी आयुस घलानले खेलको ८६औँ मिनेटमा गोल नेपाललाई ३–१ को अग्रता दिलाए । 
खेलको अन्तिम समयमा श्रीलङ्काका लागि डिलोन डी सिल्भाले पेनाल्टीमार्फत गोल गर्दै खेल ३–२ को स्थितिमा पु¥याए पनि आफ्नो टोलीलाई जित दिलाउन भने सकेनन् । लगातारको जितसँगै नेपाल साफ च्याम्पियनसिपको शीर्ष स्थानमा पुगेको छ । नेपालले दुई खेलबाट ६ अङ्क जोडेको छ । अब नेपालले तेस्रो खेल असोज २४ गते भारतविरुद्ध खेल्नेछ ।


राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अल्मुताइरीद्वारा राजीनामाको घोषणा

राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अल्मुताइरीद्वारा राजीनामाको घोषणा



काठमाडौं, १० साउन ।  नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले राजीनामाको घोषणा गरेका छन् ।
अब्दुल्लाहले अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकजबिक्रम नेम्वाङको कारणले राजीनामा दिन लागेको सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
‘प्रिय नेपाली समर्थकहरू‘ म वरिष्ठ उपाध्यक्षले पछिल्लो तीन हप्तादेखि गरिरहेको नाटकका कारण राजीनामा दिन गइरहेको छु’ उनले फेसबुकमा खेलेका छन्, ‘अब तपाईँ खुसी हुनु भयो होला नि पंकजविक्रम नेम्वाङ ?’ उनले भनेका छन् । 

 


सन् २०३२ को ओलम्पिक अस्ट्रेलियाको ब्रिसबेनमा हुने

सन् २०३२ को ओलम्पिक अस्ट्रेलियाको ब्रिसबेनमा हुने



काठमाडौं, ६ साउन । सन् २०३२ को ओलम्पिक तथा प्यारालेम्पिक अस्ट्रेलियाको ब्रिसबेनमा हुने भएको छ। 

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) को बुधबार टोक्योमा बसेको बैठकले ओलम्पिक ब्रिसबेनमा गर्ने निर्णय गरेको हो। 

आईओसीको केन्द्रीय कमिटीले सन् २०३२ को ओलम्पिक ब्रिसबेनमा गर्ने प्रस्तावलाई स्वीकार गरेको हो। 

ब्रिसबेनमा ओलम्पिक गर्नका लागि २३ जुलाईदेखि ८ अगष्ट र पाराओलम्पिक गर्नका लािग २४ अगष्टदेखि ५ सेप्टेम्बरसम्मको मिति प्रस्ताव गरिएको छ। 

ओलम्पिक ३७ सहरमा गर्ने प्रस्ताव गरिएको छ। 


एन्फा एकेडेमी व्यवस्थापन समितिका संयोजकसहित ३ पदाधिकारीको राजीनामा

एन्फा एकेडेमी व्यवस्थापन समितिका संयोजकसहित ३ पदाधिकारीको राजीनामा



काठमाडौं, ५ साउन । अखिल नेपाल फुटबल संघ (एन्फा) एकेडेमी व्यवस्थापन समितिका पदाधिकारीले राजीनामा दिएका छन् ।  समितिका संयोजकसहित ३ पदाधिकारीले मंगलबार राजीनामा दिएका हुन्।  

तीन सदस्यीय समितिमा दिनेश व्यञ्जनकार, सहायक महासचिव अरुणमान जोशी, सहकोषाध्यक्ष राजेन्द्र न्यौपानेले आज एन्फा महासचिव इन्द्रमान तुलाधरलाई राजीनामा पत्र बुझाएका छन्।


युरो कपमा इटली र डेनमार्क क्वार्टर फाइनलमा

युरो कपमा इटली र डेनमार्क क्वार्टर फाइनलमा



काठमाडौं, १३ असार । युरो कप फुटबलमा इटली र डेनमार्क क्वार्टर फाइनलमा पुगेको छ । इङ्ग्ल्यान्डको वेम्बली स्टेडियममा गएराति भएको खेलमा अस्ट्रियालाई अतिरिक्त समयमा २–१ गोलले हराउँदै इटली अन्तिम आठमा पुगेको हो ।

निकै प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयमा इटलीलाई जित दिलाउन फेडरिको चिसा र माटियो पेसिनाले एक÷एक गोल गरे । अस्ट्रियाका सासा कलाडिज्कले एक गोल फर्काए ।

यो जितसँगै इटलीले ३१ खेलमा अपराजित रहने टिमको कीर्तिमान समेत बनाएको छ। 
यस्तै १० खेलाडीमा सीमित वेल्सलाई ४–० गोलले हराउँदै डेनमार्क अन्तिम आठमा पुगेको छ । डेनमार्कलाई जित दिलाउन कास्पर डोलवर्गले दुई गोल गरे । जोकिम माहेल र मार्टिन ब्रेथवेटले एकरएक गोल गरे ।

डोलवर्गले खेलको २७ औं मिनेटमा पहिलो र दोस्रो हाफको सुरुवातमै दोस्रो गोल गरेका थिए । खेलको इन्जुरी समयको पहिलो मिनेटमा ह्यारी विल्सनले रातो कार्ड पाएपछि वेल्स १० खेलाडीमा समेटिएको थियो । यो जितसँगै डेनमार्क युरो कपको क्वार्टर फाइनलमा पुग्ने पहिलो टिम बनेको छ । वेल्स भने प्रतियोगिताको अन्तिम १६ बाट बाहिरिएको छ ।


कोरोनाका कारण आईपीएल अनिश्चितकालका लागि स्थगित

कोरोनाका कारण आईपीएल अनिश्चितकालका लागि स्थगित



काठमाडौं, २१ वैशाख । भारतमा भइरहेको इन्डियन प्रिमियर लिग (आईपीएल) को १४ औं संस्करण अनिश्चितकालका लागि स्थगित भएको छ । कोरोना भाइरसको संक्रमण दर बढ्दै गएपछि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले आईपीएल स्थगित गरेको हो ।

बीसीसीआई र आईपीएलको गभर्निङ काउन्सिलको आपतकालीन बैठकले तत्कालै लागु हुनेगरी आईपीएलको यस सिजन स्थगित गर्ने निर्णय गरेको एक प्रेस विज्ञप्ति मार्फत जानकारी दिइएको छ ।

पछिल्लो पटक सनराइजर्स हैदरावादका ऋद्दिमन शाहलाई कोरोना संक्रमण देखिएको थियो । त्यसअघि कोलकता नाइट राइडर्सका दुई खेलाडी र चेन्नईका बलिङ प्रशिक्षकसहित ३ जनालाई संक्रमण देखिएको थियो ।

बीसीसीआईले आईपीएलमा सहभागी खेलाडी, सहयोगी कर्मचारी र आईपीएल खेल सञ्चालनमा संलग्न अन्य सहभागीको सुरक्षामा सम्झौता गर्न नचाहेको जनाउँदै उनीहरुको सुरक्षा, स्वास्थ्य र सबै सरोकारवालाहरुको हितलाई ध्यानमा राख्दै यो निर्णय लिइएको जनाएको छ ।

बीसीसीआईले अब सबै खेलाडी घर पर्किने बताएको छ । 


त्रिदेशीय टी–२० सिरिजको उपाधि नेपाललाई  

त्रिदेशीय टी–२० सिरिजको उपाधि नेपाललाई  


काठमाडौं, ११ वैशाख ।  त्रिदेशीय टी–२० क्रिकेट सिरिजको उपाधि नेपालले हात पारेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा नेपालले नेदरल्याण्डसलाई १४२ रनले हराउँदै उपाधि जितेको हो । नेपालले ११ वर्षपछि घरेलु मैदानमा सिरिजको उपाधि जितेको हो ।     
     
टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा २३८ रन बनायो । दुई सय ३९ रनको विजय लक्ष्य पछ्याउने क्रममा नेदरल्याण्डसले १७ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै ९६ रन मात्र बनायो । नेपालले आज विपक्षी टोलीलाई टी–२० क्रिकेटमा कीर्तिमानी लक्ष्य दिएको थियो । यसअघि टी–२० क्रिकेटमा नेपालले १३औँ सागमा भूटानलाई २३६ रनको लक्ष्य दिएको थियो ।     
    


 त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट, नेपालद्वारा मलेसिया पराजित    

त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट, नेपालद्वारा मलेसिया पराजित    


काठमाडौं, ९ वैशाख । नेपालले मलेसियालाई पराजित गर्दै त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको अन्तिम लिग खेलमा नेपालले मलेसियालाई ६९ रनले पराजित गरी शीर्ष स्थानमा रहँदै फाइनल पुगेको हो । नेपालले दिएको २१८ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रेको मलेसियाले १९ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै १४८ रनमा समेटियो ।     
     
 मलेसियाका अमिनुद्दीन राम्लीले १८ बलमा ५ छक्का र १ चौकासहित सर्वाधिक ४१ रनको योगदान दिए । त्यस्तै कप्तान अहमद फाइजले ३१, विरनदीपसिंहले १३, फ्टिी सामले १४ तथा मोहम्मद वाफिकले १२ रन बनाए ।     
     
 बलिङतर्फ नेपालका कमलसिंह ऐरी, सन्दीप लामिछाने र सोमपाल कामीले समान तीन ÷तीन विकेट लिए भने सुसन भारीले एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ७ विकेटको क्षतिमा २१७ रन बनाएको थियो ।     
     
 नेपालका लागि करण केसीले सर्वाधिक ४५ रनको योगदान दिए । आसिफ शेखले ४२ रन जोड्दा कप्तान ज्ञानेन्द्र मल्लले ४१ रन बनाए । त्यस्तै दीपेन्द्रसिंह ऐरीले ३३, कुशल मल्लले १९, कुशल भुर्तेलले १६ तथा विनोद भण्डारीले ८ रन जोडे ।     
     
 बलिङतर्फ मलेसियाका फ्रिटी साम, अनवार रहमान र सैद अजिजले २–२ विकेट लिए । नेपालले ४ खेलमा ३ जीत र १ मा हारसहित ६ अङ्क जोड्दै लिगको शीर्ष स्थानमा रह्यो । नेपालले पहिलो खेलमा नेदरल्यान्ड्स र दोस्रो खेलमा मलेसियालाई ९–९ विकेटले हराएको थियो । नेदरल्यान्ड्सँग दोस्रो खेलमा ३ विकेटले पराजित भएको थियो ।     
     
 त्यसैगरी नेदरल्यान्ड्स ४ खेलमा २ मा जीत, १ मा हार र १ मा बराबरीका साथ ५ अङ्कका साथ दोस्रो स्थानमा रह्यो । मलेसिया ४ खेलमा ३ हार र १ मा बराबरीका साथ १ अङ्क जोड्दै पुछारमा रह्यो । अब नेपाल र नेदरल्यान्ड्सवीचको फाइनल खेल शनिबार हुनेछ ।     
–––   
 



Prabhu Side Bar



Sidebar Middle
Sidebar Bottom