08 Baishak, 2081 / 20 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

प्रदेश


राजपाले खाता खोल्यो, हंशपुरको मेयरमा रामज्ञान विजयी

राजपाले खाता खोल्यो, हंशपुरको मेयरमा रामज्ञान विजयी


४ असोज, धनुषा । तेस्रो चरणको स्थानीय तहको पहिलो परीणाम राष्ट्रिय जनता पार्टी नेपालको पक्षमा आएको छ । धनुषाको हंशपुर नगरपालिकाको प्रमुख र उपप्रमुखमा राजपा उम्मेदवार विजयी भएका हुन् ।

प्रमुखमा रामज्ञान मण्डल र उपप्रमुखमा रेणु देवी झा विजयी भएका छन् । रामज्ञानले ३ हजार ३२० मत पाए भने रेणुदेवीले ३ हजार २७६ मत पाइन् ।

मेयरका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका प्रदिप यादवले ३ हजार २२९ मत पाए । उपमेयरका उम्मेदवार कांग्रेसकै रामकुमारी कामतले ३०२७ मत पाइन् ।


वीरगञ्ज महानगरमा राजपालाई पछ्याउँदै कांग्रेस

वीरगञ्ज महानगरमा राजपालाई पछ्याउँदै कांग्रेस


४ असोज, वीरगञ्ज । प्रदेश नं. २ को एक मात्र महानगरपालिका वीरगञ्ज महानगरपालिकाको पछिल्लो मत परिणाम सार्वजनिक भएको छ ।

पछिल्लो परिणाम अनुसार राष्ट्रिय जनता पार्टीले लिड गरेको छ भने कांग्रेसका उम्मेदवारहरूले पछ्याइरहेका छन् ।

राजपाका मेयर उम्मेदवार राजेशमान सिंहले १६८३ मत ल्याएका छन् भने उपमेयर रम्भा मिश्राको १६५१ मत छ ।

यस्तै कांग्रेसका मेयर उम्मेदवार  अजयकुमार दिवेदीले १४७५ मत ल्याएका छन् भने उपमेयरले शान्ति कार्कीले १५६३ मत पाएकी छन् ।

यस्तै संघीय फोरमका मेयर उम्मेदवार विजयकुमार सरावगी ७९० र उपमेयर पिंकीदेवी यादवले ८८०, माओवादीका मेयर उम्मेदवार रहबर अन्सारीले ६२६ र उपमेयर दुर्गा क्षेत्रीले ५०६ मत पाएकी छन् ।

एमालेका मेयर बसरूद्दिन अन्सारीले ५५७ र उपमेयर सोफिया अाचार्यले ६४८ मत पाएका छन् ।

फोरम लोकतान्त्रिकका मेयर उम्मेदवार विमलप्रसाद श्रिवास्तवले ४३३ र उपमेयर रिंकु यादवले ३६९ मत पाएकी छन् ।


एक सय ७८ वडाको मतपरिणाम सार्वजनिक

एक सय ७८ वडाको मतपरिणाम सार्वजनिक


काठमाडौँ: प्रदेश नम्बर २ का आठ जिल्लामा सोमबार भएको निर्वाचनको हालससम्म एक सय ७८ वडाको मतपरिणाम सार्वजनिक भएको छ। 

निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) बाट बिहान प्राप्त पछिल्लो विवरणअनुसार, तेस्रो चरणमा निर्वाचन भएका १३६ स्थानीय तहमा कायम रहेका एक हजार २७१ वडामध्ये हालसम्म एक सय ७८ वडाको मतपरिणाम सार्वजनिक भएको छ।

निर्वाचन आयोगका अनुसार, सप्तरीका १७, सिरहाका २४, धनुषाका २२, महोत्तरीका २१, सर्लाही ३५, रौतहटका २७, बाराका २२ र पर्साका १० वडाको मतपरिणाम सार्वजनिक भएको हो।

तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा ७६ दशमलव ८ प्रतिशत मत खसेको थियो।


कांग्रेस पछ्याउने होड

कांग्रेस पछ्याउने होड


काठमाडौं : प्रदेश नं.२ को स्थानीय तह निर्वाचनको मंगलबार अबेर रातिसम्मको प्रारम्भिक नतिजाअनुसार प्रमुख ठूला दलकै वर्चस्व रहने देखिएको छ ।ठूला दल कांग्रेस, एमाले र माओवादी केन्द्रलाई पछि पार्दै राष्ट्रिय जनता पार्टी (राजपा), संघीय समाजवादी फोरमलगायत दल प्रदेश नं. २ मा पहिलो शक्ति बन्ने दाबी मधेसकेन्द्रित दलले गरे पनि प्रारम्भिक परिणामले ठूला दलकै वर्चस्व रहने सम्भावना देखाएको हो ।

प्रारम्भिक परिणाममा कांग्रेस सबैभन्दा अगाडि देखिएको छ भने कांग्रेसलाई पछ्याउन एमाले, माओवादी र मधेसका क्षेत्रीय दल तीव्र प्रतिस्पर्धा गरिरहेका छन् ।प्रारम्भिक नतिजालाई आधार बनाउँदा राजनीतिक दलले आफूले दाबी गरेअनुसार र बाहिर अनुमान लगाइएजस्तो परिणाम कसैको पनि नआउने देखिन्छ । 

प्रदेश नम्बर दुई अन्तर्गत आठ जिल्लाका कुल १ सय ३६ स्थानीय तहमध्ये झन्डै सय हाराहारीमा जित्ने दाबी गरिरहेको कांग्रेसको परिणाम पनि उसले दाबी गरेजस्तो नहुने देखिएको छ । ठूला दलकै वर्चस्व देखिने गरी परिणाम आउने सम्भावना बढे पनि कांग्रेसले आफूले भनेअनुसार परिणाम मधेसमा नल्याउने देखिएको हो । एमाले मधेसमा कमजोर हुने र निर्वाचन परिणाम एमालेको प्रतिकूल आउने बताइए पनि ऊ मधेसमा कमजोर देखिएको छैन ।

विश्लेषक चन्द्रकिशोर झा भन्छन्, ‘एमालेले लिएको मधेस नीतिका कारण निर्वाचनमा उसको परिणाम निराशाजनक आउने व्यापक प्रचारबाजी थियो, तर परिणाम त्यसको विपरीत आएको छ । एमालेको संगठन खलबल नभएका कारण मधेसमा उसको स्थिति बलियैे देखिएको हो ।’

माओवादी केन्द्रलाई मधेसमा कमजोर रहेको बताइए पनि उसको स्थिति प्रचारमा आएजस्तो देखिएको छैन । मधेसमा माओवादीको अवस्था पहिलेभन्दा सुध्रिएर गएको प्रारम्भिक परिणामले देखाउँछ ।
विश्लेषक झा अहिलेको प्रारम्भिक परिणामले पहिलो र दोस्रो चरणको निर्वाचनमा जस्तै मुख्य दल नै मधेसमा बलियो शक्तिका रूपमा उदाउने अनुमान लगाउँछन् । ‘०४६ सालदेखि नै मुख्य दलले मधेसमा ‘पावर एक्सरसाइज’ गरेको र त्यही कारण उनीहरूको नै अहिले पनि मधेसमा वर्चस्व कायम रहने प्रारम्भिक नतिजाले देखाएको छ,’ झा भन्छन् ।

राजपाले मधेसको मुद्दा उठाउने शक्ति आफू मात्र भएको र मधेसको पहिलो शक्ति हुने दाबी गरे पनि उसको परिणाम त्यस्तो देखिएको छैन ।‘मधेसको मुद्दा अब मधेसवादी दलले मात्र उठाउँछन् भन्ने अवस्था सरकारले संविधान संशोधन विधेयक (संसद्बाट असफल भए पनि) संसद्मा लगेदेखि नै हटिसकेको थियो, अहिले निर्वाचनको प्रारम्भिक परिणामले पनि त्यही देखाइरहेको छ’, मधेस मामिलाका जानकार डा.राजेश अहिराजले अन्नपूर्णसँग भने, ‘मधेसी दलभन्दा राष्ट्रिय पार्टीकै वर्चस्व देखिने सम्भावना छ ।’

राजपाले आफूलाई मात्रै मधेसको शक्ति ठाने पनि उसको संगठन कमजोर रहेको, केन्द्रीय नेता चुनावमा नखटिएको, टिकट वितरणमा नेताबीचमै असन्तुष्टि देखिएको र केन्द्रीय समितिको बहुमतको निर्णयमा निर्वाचनमा नगएको कारण पनि निर्वाचनमा राजपा कमजोर देखिएको विश्लेषक चन्द्रकिशोर तर्क गर्छन् ।

यसअघिका स्थानीय तह निर्वाचनमा एमाले पहिलो पार्टीका रूपमा रहेको छ । एमालेले दोस्रो स्थानको कांग्रेसभन्दा ५० बढी स्थानीय तहमा जितेको छ । एमालेले २७६, कांग्रेसले २२६, माओवादी केन्द्रले ८५, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ र अन्यले २५ स्थानमा जित निकालेका थिए ।

राजापाले यसअघि दुवै चरणको निर्वाचन बहिष्कार गरेको र उसको आधारक्षेत्र पनि मधेसको दुई नम्बर प्रदेश नै भएकाले उसको यस अगाडिको प्रदेशको नतिजा शून्यमा थियो । तर, निर्वाचनमा भाग लिएको संघीय समाजवादी फोरम र नेपाल लोकतान्त्रिक फोरमले भने यसअघिको निर्वाचनमा क्रमशः ८ र ६ स्थानीय तह जितेको छ ।

प्रदेश नम्बर ४ बाहेक कांग्रेसले एमालेलाई कुनै पनि प्रदेशमा बढी स्थानीय तह जितेर पहिलो पार्टी बन्न दिएको थिएन । तर, दुई नम्बर प्रदेशको प्रारम्भिक नतिजामा आएकै अनुपातमा मतपरिणाम आइरहेकामा कांग्रेस प्रदेश नं. २ मा भने एमालेभन्दा ठूलो पार्टी बन्ने सम्भावना छ । यो समाचार तयार पार्दासम्म मतगणना भइरहेका कुनै पनि स्थानीय तहको अन्तिम परिणाम सार्वजनिक नभए पनि कांग्रेसले ४४ स्थानमा अग्रता लिइरहेको छ । त्यसपछि एमाले, माओवादी र राजपा दोस्रो र तेस्रोका लागि प्रतिस्पर्धा गरिरहेका छन् । एमालेले २५ स्थानीय तहमा अग्रता लिइरहेको छ । त्यस्तै, माओवादी केन्द्रले २२, राजपाले १७, संघीय समाजवादी १५ र नेपाल लोकतान्त्रिकले ५ स्थानमा अग्रता लिएको छ ।

सोमबार प्रदेश २ का कुल १३६ मध्ये १३५ स्थानमा मात्रै निर्वाचन सम्पन्न भएको थियो । सप्तरीको राजविराज नगरपालिका-१५ का एक जना उम्मेदवारको निधन भएपछि उक्त वडाको दुई वटा मतदान केन्द्रमा भने असोज ५ मा निर्वाचन हुने भएको छ । अन्य १३५ वटै स्थानमा सोमबार रातिदेखि नै मतगणना जारी रहेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले बताए । केही स्थानमा भने राजनीतिक दलको विवादका कारण केहीबेर मतगणना स्थगन हुने र फेरि सुचारु हुने क्रम चलिरहेको छ ।

natija


धनुषामा संघीय समाजवादी अगाडी, जनकपुर उपमहानगरमा राजपाको अग्रता

धनुषामा संघीय समाजवादी अगाडी, जनकपुर उपमहानगरमा राजपाको अग्रता


जनकपुरधाम : धनुषामा बुधबार बिहानसम्मको मतगणना परिणाम अनुसार उपेन्द्र यादवको संघीय समाजवादी फोरम अगाडी रहेको छ। मतपरिणाम अनुसार संघीय फोरम ६ वटा स्थानीय तहमा अगाडी रहेको छ।

लक्ष्मिनिया गाउँपालिका, क्षिरेश्वरनाथ नगरपालिका, हंसपुर नपा, जनकनन्दनी गाउँपालिका, कमला नपा र शहिदनगर नपामा फोरम अगाडी रहेको छ । 
४ स्थानीय तहमा एमालेको अग्रसरता छ । ३ स्थानमा माओवादी अगाडी रहेकको छ भने ३ स्थानमा कांग्रेस अगाडी छ । जनकपुर उपमहानगरपालिकामा हाल राजपा नेपालले मेयर पदमा १५५१ र कांग्रेस ६१५ मत प्राप्त गरेको छ।

बिहान आएको मतपरिणाम अनुसार धनौजी गाउँपालिका वडा नम्बर १ मा वडाध्यक्षमा राजपाका श्याम किशोर साह सम्पूर्ण प्यानल सहित विजयी भएका छन् । त्यसैगरी मिथिला विहारी नगरपालिका वडा नम्बर १ मा कांग्रेसका प्रमोद कुमार मंडल आफ्नो प्यानल सहित विजयी भएका छन् । जनकनन्दनी गाउँपालिका ६ मा समाजवादी फोरमका विक्रम यादव विजयी भएका छन् ।

जिल्लाको गणेशमान चारनाथ नपा ११ मा माओवादी केन्द्रका सत्यनारायण कुंवर आफ्नो प्यानल सहित विजयी भएका हुन् । हंशपुर नगरपालिका १ को वडाध्यक्षमा कामेश्वर कापर, विदेह नगरपालिकाको वडा नम्बर १ मा रामवृक्ष ठाकुर, मुखियापट्टी मुसहरनियाको वडा नम्बर १ मा कौशल यादव र वडा नम्बर २ मा नरेश यादव विजयी भएका छन्।

त्यसैगरी गणेशमान चारनाथ नगरपालिका ११ मा वडाअध्यक्षमा माओवादी केन्द्रका सत्यनारायण कुंवर, जनकनन्दनी गाउँपालिका १ मा संघीय समाजवादी फोरमका धमेन्द्र गोइत विजयी भएको जानकारी प्राप्त भएको छ।

अधिकांश मतदान केन्द्रहरुमा मतदान अधिकृतहरुले संचारकर्मीसंग सम्पर्क नगर्ने, फोन गर्दा पनि नउठाउने र एकद्धारप्रणालीबाट सूचना दिने कुनै व्यवस्था नभएको कारण मत परणाम संकलन गर्न कठिनाइ भएको बताइएको छ ।


विरगञ्ज महानगरमा राजपाको अग्रता, कांग्रेस २०० मतले पछाडी

विरगञ्ज महानगरमा राजपाको अग्रता, कांग्रेस २०० मतले पछाडी


विरगञ्जः प्रदेश नं. दुईको एक मात्र महानगरपालिका विरगञ्जमा राष्ट्रिय जनता पार्टी(राजपा)ले अग्रता लिएको छ। मध्यान्ह १२:३० बजे सार्वजनिक गरिएको मतपरिणाम अनुसार प्रमुखमा राजपाका उम्मेदवारले १२७१ मत ल्याएका छन् भने उनलाई नेपाली कांग्रेसका उम्मेदवारले पछ्याइरहेका छन्।

कांग्रेस उम्मेदवारले १०६३ मत ल्याएका छन्। संघीय समाजवादी फोरमका उम्मेदवारले ५८२ मत पाएका छन् भने चौथोमा रहेका नेकपा एमालेका उम्मेदवारले ४६५ मत पाएका छन्। माओवादी केन्द्रका उम्मेदवारले ४४५ मत पाएका छन्।

यस्तै उपप्रमुखमा पनि राजपाकै उम्मेदवारको अग्रता छ। राजपाले १२४३ मत ल्याएको छ भने उसलाई कांग्रेसकै उम्मेदवारले पछ्याइरहेको छ। कांग्रेस उम्मेदवारले ११३४मत प्राप्त गरेका छन्। संघीय समाजवादीका उपप्रमुखमा उम्मेदवारले ५६५ मत प्राप्त गरेका छन् भने एमालेका उपप्रमुखका उम्मेदवारले ५३० मत ल्याएका छन्।