09 Ashwin, 2080 / 26 September , 2023

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

News


कोशी प्रदेश सरकार विस्तार, ३ राज्यमन्त्रीसहित ९ सदस्यीय बन्यो

कोशी प्रदेश सरकार विस्तार, ३ राज्यमन्त्रीसहित ९ सदस्यीय बन्यो


काठमाडौं, ८ असोज । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री कार्कीले २ जना मन्त्री र २ जना राज्यमन्त्री थप गरेका हुन् ।
साेमवार बुद्धिकुमार राजभण्डारी खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री र लीलावल्लभ अधिकारी आन्तरिक मामिला तथा कानुनमन्त्रीमा नियुक्त भएका छन् । यस्तै रामप्रसाद महतो उद्योग कृषि सहकारी राज्यमन्त्री र निरन राई आर्थिक मामिला तथा योजना राज्यमन्त्रीमा नियुक्त भएका छन् । यसअघि खानेपानी मन्त्री रहेका तिलकुमार मेन्याङ्बोले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

अब कोशी प्रदेशको मन्त्रिपरिषद् ३ राज्यमन्त्रीसहित ९ सदस्यीय भएको छ । नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीहरूले प्रदेश प्रमुख कार्यालयमा शपथ लिएका छन् ।
 


वैदेशिक रोजगारीः एक महिनामा ६ सय ६६ ठगीका उजुरी

वैदेशिक रोजगारीः एक महिनामा ६ सय ६६ ठगीका उजुरी


काठमाडौं, ८ असोज । साउन महिनामा मात्रै वैदेशिक रोजगार विभागमा ६ सय ६६ वैदेशिक रोजगार ठगीको उजुरी परेको छ । वैदेशिक रोजगारीमा जान ५५ हजार ५७५ जनाले श्रम स्वीकृति लिँदा ६ सय ६६ वटा ठगीमा उजुरी परेको विभागले जनाएको छ । 
विभागका अनुसार सबैभन्दा धेरै ठगी युरोप रोजगारीको नाममा भएको छ । युरोपका देश पोल्याण्ड, क्रोयसिया, माल्टा, रोमानीयाजस्ता देशमा आकर्षक रोजगारीको प्रलोभन देखाएर ठगीमा परेका ३ सय ५२ वटा उजुरी परेको छ ।  यस्तै २ सय ४४ उजुरी भने एजेण्टहरुबाट ठगी भएका छन् भने म्यानपावर कम्पनी विरुद्ध एक महिनामा ७० वटा उजुरी परेको छ । 
 


पूर्वमन्त्री रामकुमार श्रेष्ठ गैरकानूनी सम्पत्ति आर्जनमा दोषी ठहर

पूर्वमन्त्री रामकुमार श्रेष्ठ गैरकानूनी सम्पत्ति आर्जनमा दोषी ठहर


काठमाडौं, ८ असाेज । पूर्वमन्त्री रामकुमार श्रेष्ठ गैरकानूनी सम्पत्तिआर्जन मुद्दामा दोषी ठहर भएका छन् । हेर्दाहेर्दैमा रहेको उक्त मुद्दामा विशेष अदालतले सोमवार फैसला गरेको हो ।
यमुना भट्टराई र खुशीप्रसाद थारूको इजलासले श्रेष्ठलाई दोषी ठहर गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  श्रेष्ठविरुद्ध ४ करोड ४५ लाख २७ हजार ६ सय ६६ रुपैयाँ ९८ पैसा बिगो दाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

अख्तियारले श्रेष्ठकी श्रीमती र छोरासमेतलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो । श्रेष्ठ पूर्व पर्यटन, शान्ति तथा खेलकुदमन्त्री हुन् ।


सत्यसँग सिङ नजुधाउनुस् भाँचिन्छः ओली

सत्यसँग सिङ नजुधाउनुस् भाँचिन्छः ओली


काठमाडौं, ७ असोज । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकारलाई सत्यसँग सिङ नजुधाउन आग्रह गरेका छन्। एमाले बागमती प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सत्य एउटै हुने बताउँदै सत्यसँग सिंग जुधाए भाँचिने बताए।

उनले द्वन्द्वले मानिसलाई बिगार्ने भन्दै उनले सरकारलाई शिक्षकहरुसँग चलाखी नगर्न आग्रह गरे। शिक्षा मन्त्रालयमा वार्ता नहुने, गृहमन्त्रालयमा वार्ता हुने र एकथरि शिक्षकको माग सम्बोधन हुने र अर्कोको नहुने भन्दै उनले सरकारको आलोचना गरे।


काठमाडौंकै सबैभन्दा ठूलो चिनी गोदाम सिल

काठमाडौंकै सबैभन्दा ठूलो चिनी गोदाम सिल


काठमाडौं, ७ असोज । वाणिज्य विभागले काठमाडौँको एक चिनी गोदाम सिल गरेको छ । कालोबजारी गरेको आरोपमा विभागले काठमाडौँकै सबैभन्दा ठूलो चिनी गोदाम सिल गरेको हो । कुलेश्वरस्थित गृहेश्वरी ट्रेडलिंकको गोदाम मा सिल गरिएको हो । 

विभागका सूचना अधिकारी आनन्दराज पोखरेलले गोदाम सिल गरेर गुणस्तर परीक्षणका लागि चिनी पठाइएको बताएका छन् । उक्त गोदाम व्यवसायी सन्तोष खेतानको हो । 

बिल जारी नगरी महँगो मूल्यमा चिनी बिक्री गरेको भन्ने गुनासो आएपछि विभागले छापा मारेको थियो ।
 


नेपाल र चीनबीच १३ बुँदे समझदारी

नेपाल र चीनबीच १३ बुँदे समझदारी


काठमाडौं, ७ असोज । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र चिनियाँ समकक्षी  लि छ्याङबीचको द्विपक्षीय वार्ता सकिएको छ।

बेइजिङस्थित ग्रेट हल अफ दि पिपुल्समा भएको द्विपक्षीय वार्तापछि नेपाल र चीनबीच १३ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको छ।

प्रधानमन्त्री दाहाल र समकक्षी छ्याङबीचको उपस्थितिमा नेपाल र चीनका अधिकारीहरुले १२ वटा सम्झौता र एउटा समझदारी पत्र आदान प्रदान गरेका छन्।

यी सम्झौता र समझदारी पत्र कृषि, सञ्चार, विज्ञान तथा प्रविधि, व्यापारसँग सम्बन्धित रहेको बताइएको छ। चीनको राष्ट्रिय विकास तथा अनुसन्धान परिषद र नेपालको राष्ट्रिय योजना आयोगबीच पनि सम्झौता पत्रमा हस्ताक्षर भएका छन्।
 


सडकमा सुतेर आन्दोलन

सडकमा सुतेर आन्दोलन


काठमाडौं, ७ असोज । शिक्षकहरूले आज सडकमा सुतेर आन्दोलन गरेका छन् । हजारौँको संख्यामा आन्दोलनमा रहेका राहत शिक्षक, बालविकास शिक्षक, पेन्सन वञ्चित शिक्षक लगायतले आज दिउँसो सडकमै लम्पसार सुतेर आन्दोलन गरेका हुन् । 
राज्यले आफूहरूलाई लाश जस्तै बनाएको भन्दै उनीहरूले सांकेतिक रूपमा मुर्दा बनेर विरोध जनाएका हुन् । नेपाल राहत शिक्षक केन्द्रीय समितिका वरिष्ठ सह–अध्यक्ष नबिनसिंह धामीले आज सडकमा लम्पसार सुतेर विरोध जनाउने कार्यक्रम रहेको बताए । 
गत असोज ७ गते नेपाल शिक्षक महासंघ र सरकारबीच ६ बुँदे सम्झौता भएको थियो । उक्त सम्झौतामा आफुहरूले उठान गरेका माग मुद्दा सम्बोधन नगरिएको भन्दै राहत शिक्षक लगायतले आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेका थिए ।


वैदेशिक व्यापार ५.३२ प्रतिशतले घट्यो

वैदेशिक व्यापार ५.३२ प्रतिशतले घट्यो


काठमाडौं, ७ असोज । चालु आर्थिक वर्षको २ महिनामा वैदेशिक व्यापार ५.३२ प्रतिशतले घटेको छ। गत आर्थिक वर्ष सरकारले आयात प्रतिबन्ध लगाउँदाको बेलामा भन्दा पनि वैदेशिक व्यापार घटेको हो। 
गत आर्थिक वर्षमा सरकारले बढी रकमको आयात हुने गाडी लगायतका विलासिताका वस्तुमा वैशाखदेखी मंसिरसम्मै प्रतिबन्ध लगाएको थियो।

वैदेशिक मुद्रा सञ्चितिमा चाप परेको भन्दै नगद मार्जिन समेत राखिएको छ। तर पुस यता निर्वाध नगद मार्जिन र आयात प्रतिबन्ध हटाउँदासमेत आयात घटेको छ। चालु आर्थिक वर्षमा आयात र निर्यात दुवै घटेको भन्सार विभागले जनाएको छ। आयात ५ प्रतिशतले घट्दा निर्यात ७.७९ प्रतिशतले घटेको विभागले जनाएको छ। जबकी आर्थिक वर्ष २०७८/०७८ मा ३ खर्ब १४ अर्ब रुपैयाँको आयात भएको थियो।

गत वर्ष पहिलो २ महिनामा २ खर्ब ७३ अर्ब रुपैयाँको आयात भएकोमा चालु आर्थिक वर्ष २ अर्ब ५९ करोड रुपैयाँको आयात भएको छ। गत वर्ष २८ अर्ब ६८ करोड रुपैयाँको निर्यात भएकोमा अहिले २६ अर्ब ४४ करोड रुपैयाँको निर्यात भएको विभागले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ।


राष्ट्रिय आप्रवास नीति बनाउने गृहकार्य गरिरहेका छौंः मन्त्री भण्डारी

राष्ट्रिय आप्रवास नीति बनाउने गृहकार्य गरिरहेका छौंः मन्त्री भण्डारी


काठमाडौं, ७ असोज ।  श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत् सिंह भण्डारीले राष्ट्रिय आप्रवास नीति बनाउने गृहकार्य गरिरहेको बताएका छन्। आइतबार काठमाडौँमा आयोजित अध्ययन विश्लेषण प्रतिवेदन सार्वजनिक तथा श्रम रोजगार पत्रकारिता पुरस्कार २०८० हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै उनले राष्ट्रिय आप्रवास नीति बनाउने अवस्थामा पुगेको भन्दै त्यसको लागि गृहकार्य गरिरहेको बताए।

उनले वैदेशिक रोजगारमा जानेलाई रोक्न नसकिने भएकाले बरु नीतिगत रुपले व्यवस्थापन गर्न आवश्यक रहेको बताए। 
 


सुन तस्करी प्रकरणको अनुसन्धानमा सीआईबीलाई हस्तक्षेप गर्दैनौंः गृहमन्त्री

सुन तस्करी प्रकरणको अनुसन्धानमा सीआईबीलाई हस्तक्षेप गर्दैनौंः गृहमन्त्री


काठमाडौं, ७ असोज । गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणको अनुसन्धानमा सरकारले कुनै प्रकारको हस्तक्षेप नगर्ने बताएका छन्।
प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा एक सांसदले सुन तस्करी प्रकरणको अनुसन्धानप्रति आशंका व्यक्त गर्दै मन्त्रीको जवाफ माग गरेपछि मन्त्री श्रेष्ठले यस्तो बताएका हुन्। 
उनले सीआईबीलाई स्वतन्त्रतापूर्वक अनुसन्धान गर्न आफूले निर्देशन दिएको भन्दै उनले अनुसन्धानमा कुनै प्रकारको हस्तक्षेप नभएको स्पष्ट पारेका हुुन्। उनले तथ्य, प्रमाणको आधारमा अनुसन्धानलाई व्यवस्थित ढंगले निष्कर्षमा पु¥याउन प्रहरीलाई कडा निर्देशन दिएको उल्लेख गरे। 

सुन तस्करी प्रकरणको अनुसन्धान खुला रहेको भन्दै आगामी दिनमा पनि हस्तक्षेप बेगर अगाडी बढ्ने पनि उनले बताए।

गृहमन्त्री श्रेष्ठले सर्लाही घटनालाई सरकारले गम्भिरतापूर्वक लिएको पनि बताए। सर्लाहीको मलंगवा वडा नम्बर ३ मा गणेशको मूर्ती सेलाउने क्रममा हिन्दु युवाहरुमाथि सांघातिक हमला भएको थियो।

त्यहाँको समस्या समाधान गर्न आफूले जिल्ला प्रहरी प्रमुख र प्रमुख जिल्ला अधिकारीसँग कुरा गरिहेको उल्लेख गर्दै आवश्यक परेमा एक, दुई दिनमै नयाँ निर्णय लिइने बताए। उनले प्रहरी संयन्त्रको कमजोरी हुन नदिने पनि बताए।

गृहमन्त्री श्रेष्ठले आफूलाई अकास्मात रुपमा समिति बैठकमा बोलाइएको भन्दै असन्तुष्टि पनि व्यक्त गरे। मन्त्री श्रेष्ठलाई बोलाउने समिति बैठकको कार्यसूची नभएपनि सांसदहरूले मन्त्रि श्रेष्ठलाई बोलाउन माग गरेपति समिति सभापतिले उनलाई बोलाएका थिए। 
 



Prabhu Side Bar



Sidebar Middle
Sidebar Bottom