09 Ashwin, 2080 / 26 September , 2023

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

News


आज संविधान दिवस, देशभर विविध कार्यक्रम गरी मनाइँदै

आज संविधान दिवस, देशभर विविध कार्यक्रम गरी मनाइँदै


काठमाडौं, ३ भदौ । संविधान दिवस, २०८० आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउँदैछन् ।

आज बिहान टुँडिखेलमा आयोजना हुने संविधान दिवससम्बन्धी कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुनेछन् । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले २०७२ असोज ३ गते ‘नेपालको संविधान २०७२’ जारी भएको घोषणा गरेका थिए । संविधान निर्माण भएर कार्यान्वयनमा आएको आठ वर्ष पूरा भएको छ ।

नयाँ संविधान लागु भएको घोषणासँगै नेपालको अन्तरिम संविधान २०६३ खारेज भएको थियो । संविधान जारी हुँदा संविधानसभाको अध्यक्षका रूपमा स्वर्गीय सुवासचन्द्र नेम्वाङ थिए ।

संघीयता, धर्म निरपेक्षता, समाजवादोन्मुख संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालगायतका नयाँ व्यवस्था राखिएको यो संविधान जारी हुँदा संविधानसभाको प्रक्रियामा सहभागी दलका पाँच सय ३७ जना सभासदले हस्ताक्षर गरेका थिए । ‘नेपालको संविधान, २०७२’ मा ३५ भाग ३०८ धारा र ९ अनुसूची रहेका छन् ।


भारतीय लोकसभाः ३३ प्रतिशत सिट महिलाका लागि आरक्षित गर्ने प्रस्ताव पेस

भारतीय लोकसभाः ३३ प्रतिशत सिट महिलाका लागि आरक्षित गर्ने प्रस्ताव पेस


एजेन्सी । भारतको लोकसभामा महिलालाई ३३ प्रतिशत कोटा सुरक्षित गर्ने प्रस्तावसहित महिला आरक्षण विधेयक पेस भएको छ । संसद्को नयाँ सत्र शुरु भएको पहिलो दिन आज मङ्गलवार महिलालाई आरक्षण दिने ‘नारी शक्ति वन्दन ऐन’ मा संवैधानिक संशोधनको प्रस्ताव लोकसभामा पेस भएको बीबीसीले जनाएको छ । आजै नयाँ संसद् भवनमा पनि पहिलो पटक लोकसभाको बैठक बसेको हो ।

प्रस्ताव पेस गरेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले महिलालाई संसदमा आरक्षण दिन यसअघि प्रयासहरू भए पनि सफल नभएको भन्दै अब ऐन संशाेधनमार्फत महिलालाई ३३ प्रतिशत कोटा सुरक्षित गर्ने बताए । 

ऐन संसोधन भएमा आउँदो वर्ष हुने लोकसभा चुनावमा भारतीय सङ्घीय संसद्को तल्लो सदनमा कुल सांसदको ३३ प्रतिशत सिट महिलाका लागि सुरक्षित हुनेछ । नयाँ कानुनअनुसार भारतको लोकसभामा एक सय ८१ सिट महिलाका लागि आरक्षित हुनेछन् । अहिले लोकसभामा ८२ जना महिला रहेका छन् । यस्तै राज्यका विधानसभामा पनि महिलाका लागि सिट आरक्षित हुनेछन् ।


राष्ट्रपतिबाट ६७० जनाको कैद सजाय मिनाहा

राष्ट्रपतिबाट ६७० जनाको कैद सजाय मिनाहा


काठमाडौं, २ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले ६७० जना कैदीको बाँकी सजाय मिनाहा गरेका छन्। मन्त्रिपरिषदको भदौ २९ गतेको सिफारिसका आधारमा राष्ट्रपतिले संविधान दिवसका अवसर पारेर कैद सजाय मिनाहा गरेका हुन्। भोलि (असोज ३) संविधान दिवसका अवसरमा उनीहरुको कैद सजाय माफी मिनाहा गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
‘फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७, कारागार नियमावली, २०२० को साविकको नियम १ र १क लाई कायमै गर्ने गरेको सर्वोच्च अदालतको रिट नम्बर ०७६–डब्लुओ ०९३९ र रिट नम्बर ०७९ डब्लुएच ०१४७ को फैसला तथा ज्येष्ठ नागरिक ऐन, २०६३ को दफा १२ समेतका आधारमा संलग्न सूची बमोजिमका उल्लिखित भीमबहादुर खवास समेतका ४९७ (चार सय सन्तानब्बे), हर्कबहादुर लिम्बु समेतका १७० (एक सय सत्तरी) र ज्येष्ठ नागरिक सहनदिन भन्ने समदिन मियाँ समेत जम्मा ३ (तीन) जना गरी कूल जम्मा ६७० (छ सय सत्तरी) जना कैदीहरूको भुक्तान हुन बाँकी कैद कट्टा गरी सजाय माफी गर्ने’ राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।


वैदेशिक रोजगारीः जापान पठाइदिन्छु भन्दै ठगी,  दुई जना पक्राउ

वैदेशिक रोजगारीः जापान पठाइदिन्छु भन्दै ठगी,  दुई जना पक्राउ


काठमाडौं, २ असोज ।वैदेशिक रोजगारीका लागि जापान पठाइदिन्छु भन्दै लाखौँ रुपैयाँ ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङ घर भएका ४५ वर्षीय राजकुमार गुरुङ र सुनसरी घर भएका २८ वर्षीय उदय गुरुङ गरेका छन् ।
दुई जनाले जापानमा कुकमा जागिर लगाइदिन्छु भन्दै टेकप्रसाद गौतमसँग पटक–पटक गरी दुई लाख सत्तरी हजार रुपैयाँ लिई सम्पर्कविहीन बनेका थिए । 
वैदेशिक रोजगार विभागबाट भएको पत्राचारको आधारमा काठमाडौँ उपत्यका अनुसन्धान कार्यालयले दुई जनालाई घट्टकुलोबाट पक्राउ गरेको हो । दुवैलाई थप अनुसन्धान तथा कारबाहीका लागि विभागमा पठाइएको छ ।
 


शिक्षा दिवस- नेपाल विद्याभूषण ९०५ र विद्यापदक ४६ जनालाई प्रदान गरिँदै (सूचीसहित)

शिक्षा दिवस- नेपाल विद्याभूषण ९०५ र विद्यापदक ४६ जनालाई प्रदान गरिँदै (सूचीसहित)


काठमाडौं, २ असोज । राष्ट्रिय शिक्षा दिवसको अवसरमा सरकारले ९०५ जनालाई नेपाल विद्याभूषण, विद्यापदक ४६ जनालाई विभूषित गर्ने भएको छ । यीमध्ये ७९० जनालाई नेपाल विद्याभूषण क, ७१ जनालाई ख र ४४ जनालाई प्रदान गरिनेछ ।

४६ जनालाई नेपाल छात्रा विद्यापदक प्रदान गरिंदै छ । जसमा नेपाल छात्रा विद्यापदक क २८ जनलाई र ख १८ जनालाई प्रदान गरिने छ । यस्तै, ११ जनालाई नेपाल प्रविधि विद्याभूषण प्रदान गरिने छ । सरकारले अनिवार्य तथा निस्शुल्क शिक्षा ऐन २०७५ जारी भएको दिन असोज २ गतेलाई राष्ट्रिय शिक्षा दिवस मनाउने घोषणा गरेको छ ।

शिक्षा मन्त्रालयले विभिन्न विभूषणका लागि स्वीकृत भएकाहरूको नामावली सार्वजनिक गरेको छ । यसवर्ष ‘समावेशी र सीपमूलक शिक्षा–स्वदेशमै युवा राष्ट्रको इच्छा’ भन्ने नाराका साथ दिवस मनाइँदैछ ।

 


टिपटप समोसा पसललाई २ लाख जरिवाना

टिपटप समोसा पसललाई २ लाख जरिवाना


काठमाडौं, १ असोज । उपभोग गर्ने म्याद गुज्रिएर विग्रिएको दुधवरी बेच्ने टिपटप समोसा पसललाई आज २ लाख रुपैयाँ जरिवाना गरिएको छ। काठमाडौं महानगरपालिका वडा नं. १७ नघलमा रहेको पसलले खान नमिल्ने गरी विग्रिएको दुधबरी बेचेको गुनासो गर्दै उपभोक्ताले महानगर प्रहरी बलमा गुनासो टिपाएका थिए।

गुनासो आएपछि कृषि तथा पशुपंक्षी विभागका प्रमुख एवं निरीक्षण अधिकृत डा. अवधेश झा नेतृत्वको अनुगमन टोली पसलमा पुगेको थियो। 
अनुगमनका क्रममा करिब ५ किलोग्राम विग्रिएको मिठाइ उत्पादक आफैँलाई नष्ट गर्न लगाइएको थियो।

जरिवानासँगै मिठाइ पसलमा राखिने खानेकुरालाई तापक्रम मिलाएर भण्डारण तथा विक्री व्यवस्था मिलाउने, खानेकुराको गुणस्तर कायम गराउने, विग्रिएका सामग्री बजारमा पठाइएको भए फिर्ता ल्याएर नष्ट गर्ने निर्देशन दिइएको छ।
 


यी १०३ प्रकारका औषधि उत्पादन र बिक्री गर्न नपाइने(सूचीसहित)

यी १०३ प्रकारका औषधि उत्पादन र बिक्री गर्न नपाइने(सूचीसहित)


काठमाडौं, १ असोज । औषधि व्यवस्था विभागले  नेपालमा १०३ प्रकारका औषधि उत्पादन तथा बिक्रि वितरणमा रोक लगाएको छ। औषधि व्यवस्था विभागले विश्व स्वास्थ्य संगठनद्वारा सिफारिस नगरिएका १०३ प्रकारका एन्टिबायोटिक औषधि र तिनका समिश्रण उत्पादन तथा आयातमा रोक लगाएको हो।

नेपाली उद्योगले अब ती औषधिहरू उत्पादन गर्न तथा समिश्रणका लागि कच्चा पदार्थ आयात गर्नसमेत पाउने छैनन्। १०३ प्रकारका औषधि दर्ता अनुमति नदिने तथा उत्पादन बिक्री वितरणका लागि लाइसेन्ससमेत नदिने विभागको निर्णय छ।

हाल बजारमा रहेका त्यस्ता औषधिहरू बिक्री भइरहेको भए ६ महिनाभित्र सक्नुपर्ने र ६ महिनापछि बजारबाट सम्पूर्ण औषधि फिर्ता गर्न पनि विभागले निर्देशन दिएको छ। औषधि सल्लाहकार समितिको ५५ औँ बैठकले सिफारिस गरेपछि १८ भदौमा विभागले यस्तो निर्णय गरेको हो। 


३४ पृष्ठको राहदानीका लागि आवेदन संकलन शुरु

३४ पृष्ठको राहदानीका लागि आवेदन संकलन शुरु


काठमाडौं, १ असोज । असोज १ देखि सर्वसाधारणले ३४ पृष्ठको राहदानीका लागि आवेदन दिन सक्ने भएका छन्। राहदानी विभागले आइतबार एक सूचना जारी गर्दै ३४ पृष्ठको राहदानीका लागि आजदेखि आवेदन दिन सकिने बताएको हो।

यसअघि विभागमा ६६ पृष्ठको राहदानीका लागि मात्र आवेदन दिन सकिन्थ्यो। गत असारमा ३४ पृष्ठको राहदानी सक्किएपछि विभागले ६६ पृष्ठको राहदानीको शुल्क पनि  ५ हजार रुपैयाँ नै बनाएर त्यही राहदानी दिइरहेको थियो। अहिले ६६ पृष्ठको राहदानी सकिएको छ। अब केही समय ३४ पृष्ठको राहदानीमात्र विभागले उपलब्ध गराउने छ। आइतबारसम्म आवेदन दिएकाहरूले पनि ६६ पृष्ठको राहदानी पनि पाउने छन्।  

 


आज तीज, देशभरका  शिवालयमा भक्तजनको भुइँचो

आज तीज, देशभरका  शिवालयमा भक्तजनको भुइँचो


काठमाडौं, १ असोज ।  हरितालिका तीज पर्वका अवसरमा  पशुपतिनाथ मन्दिरलगायत देशभरका  शिवालयमा भक्तजनको भुइँचो लागेको छ ।

तीज पर्वमा पशुपतिनाथ मन्दिर आउने भक्तजनका लागि बिहान ३ः०० बजे नै मन्दिरकोे चारैवटा ढोका खुला गरिएको पशुपति क्षेत्र विकास कोषका संस्कृति संरक्षण  महाशाखा प्रमुख एवं  सूचना अधिकारी गौरीशङ्कर पराजुलीले जानकारी दिए ।

पशुपतिनाथ मन्दिर आउने भक्तजनका लागि चारवटा  लामको व्यवस्था गरिएको छ पशुपतिनाथ नित्य दर्शनार्थीलाई कोषल ६ः०० बजे अगाडि नै दर्शन गराइएको थियो । बिहान ६ः०० बजेपछि भने महिला बर्तालुलाई मात्र पशुपतिनाथ मूल मन्दिरमा प्रवेश दिइएको कोषले जनाएको छ ।

पशुपति क्षेत्रमा चारवटै सुरक्षा निकायका समन्वयमा सुरक्षा व्यवस्था मिलाइएको छ  बिहानी समयमा भक्तजन लाममा बसेको आध घण्टामा दर्शन गरी फर्किएका छन् । पशुपति क्षेत्रमा स्वास्थ्य शिविर, निःशुल्क पानी वितरण, खोजतलास केन्द्रलगायत सेवाको पनि व्यवस्था गरिएको छ ।

आज काठमाडौँ उपत्यकाका गोकर्णेश्वर, डोलेश्वर, नागेश्वर, वसन्तपुरस्थित सानो पशुपतिनाथ मन्दिर भनेर चिनिने मखन महादेव मन्दिर क्षेत्रलगायत साना–ठूला शिवालयमा भक्तजनको भीड लागेको छ ।
 


तीनकुनेस्थित गैह्रीगाउँ हत्या प्रकरणः आरोपि सञ्जय भण्डारी सार्वजनिक

तीनकुनेस्थित गैह्रीगाउँ हत्या प्रकरणः आरोपि सञ्जय भण्डारी सार्वजनिक


काठमाडौं, ३१ भदौ । तीनकुनेस्थित गैह्रीगाउँको दिव्य सःमिलमा एकै परिवारका तीनसहित चार जनाको हत्या गरेको आरोपमा प्रहरीले सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिकाका सञ्जय भण्डारीलाई प्रहरीले आइतबार पक्राउ गरेको छ।

उनलाई प्रहरीले सञ्जयलाई सीसीटीभी फुटेजको सहयोगमा पक्राउ गरेको थियो। शुक्रबार राति धारिलो हतियार प्रयोग गरी चार जनाको हत्या गरेर उनी पेप्सीकोला स्थित साथीको घर पुगेका थिए।

राति मूलगेट लगाएको बेला उनी रुखमा चढेर घरको कम्पाउण्डभित्र पुगेका थिए। तर त्यहाँ उनको साथी नभेटेपछि पुनः अर्को घरमा पुगेको पाइएको जिल्ला प्रहरीले जनाएको छ। बोल्न नसक्ने सञ्जयले प्रहरी समक्ष चारै जनाको आफूले हत्या गरेको दोभासेमार्फत बयान दिएका छन्। नवीन राईले आफूलाई केही दिनअघि मोटरसाइकलले ठक्कर दिएपछि हत्या गरेको उनले बताएका छन्।

घटनामा मारिएका मोरङका नवीन राईले केही दिन अघि चलाएको मोटरसाइकलले आरोपीतलाई चाबहिलमा ठक्कर दिएको र सोही रिशमा हत्या गरेको भेटिएको छ।

आरोपित व्यक्तिले नवीन राई बस्ने गरेको ठाउँ खोज्दै गैरीगाउँस्थित सःमिल पुगेका थिए । राती सःमिल पुगेका उनले झोलामा राखेको खुकुरी निकालेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

नविनको हत्यापछि भुजेल परिवारको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।



Prabhu Side Bar



Sidebar Middle
Sidebar Bottom