09 Ashwin, 2080 / 26 September , 2023

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

News


सदिक्षा ओभरसिस प्रा.लिको १६ औं वार्षिकोत्सवमा खाद्यान्न वितरण

सदिक्षा ओभरसिस प्रा.लिको १६ औं वार्षिकोत्सवमा खाद्यान्न वितरण


न्यूज आजको संवाददाता
काठमाठौं, २५ भदौ ।
काठमाडौं सामाखुसीमा रहेको सदिक्षा ओभरसिस प्रा.लि.ले आफ्नो १६ औं वार्षिकोत्सवको अवसरमा खाद्यान्न वितरण गरेको छ । 

संस्थाले बानेश्वरस्थित विवेक स्वच्छ सेवा केन्द्रमा पुगेर खाद्यान्नका साथै भोजन वितरण गरेको हो । सो अवसरमा ओभरसिसका सञ्चालक दिपक थापाले उक्त केन्द्रलाई खाद्यान्न हस्तान्तरणका साथै भोजन वितरण गरेका थिए । यस्तै संस्थालाई नगद रकम समेत हस्तान्तरण गरिएको छ । 

सदिक्षा ओभरसिसले आफ्नो स्थापना वर्षको अवसरमा हरेक वर्ष सामाजिक क्षेत्रमा काम गर्दै आएको छ । 

समाजसेवी एवं म्यानपावर व्यवसायी थापाले विगतमा पनि विभिन्न संघसंस्थालाई सहयोग गर्दै आएको छन् । कोरोना महामारीको समयमा थापाकै संयोजकत्वमा टोखाका दुई सय घरपरिवारलाई राहत वितरण गरिएको थियो ।

द फस्ट जेनेरशनका संस्थापक समेत रहेका व्यवसायी थापाले आफ्ना स्वर्गीय बुबा टेकबहादुर थापाको पुण्यतिथिको अवसरमा विपी स्टडी युथ सर्कललाई नगद २५ हजार रुपैयाँ सहयोग गरेका थिए ।  यस्तै थापाले ‘हाम्रो युवा नेपाल’लाई नगद पाँच हजार रुपैयाँ सहयोग गरेका थिए । थापाले विगतमा थुप्रै संघसंस्थालाई सहयोग गर्दै आएका छन् ।
 


मीनबहादुर गुरुङसँग अदालतले माग्यो साढे दुई करोड धरौटी, कसलाई कति ?(सूचीसहित)

मीनबहादुर गुरुङसँग अदालतले माग्यो साढे दुई करोड धरौटी, कसलाई कति ?(सूचीसहित)


काठमाडौं, २४ भदौ । ललितानिवास प्रकरणमा पक्राउ परेका भाटभटेनी सुपर मार्केटका मालिक मीनबहादुर गुरुङलाई अदालतले धरौटीमा छाड्न आदेश दिएको छ ।

जिल्ला अदालत काठमाडौंले आइतबार उनलाई धरौटीमा छाड्ने आदेश दिएको हो । उनीसँग अदालतले २ करोड ४६ लाख रुपैयाँ धरौटी मागेको छ । जिल्ला अदालत काठमाडौंमा न्यायाधीश भोलानाथ ढकालको इजलासले आइतबार सो आदेश दिएको हो ।

यो प्रकरणमा थुनामा रहेका १७ जनासँग धरौटी मागेको जिल्ला अदालतले एक जनालाई भने साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ । अदालतले केशव तुलाधरलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो ।

कोसँग कति धरौटी माग ?

मीनबहादुर गुरुङ–             २ करोड ४६ लाख
कलाधर देउजा–                १५ लाख
विनोद पौडेल–                  १५ लाख
रुद्रकुमार श्रेष्ठ–                ७ लाख ५० हजार
लोकरि घिमिरे –                ७ लाख ५० हजार
बालकृष्ण श्रेष्ठ –               ७ लाख ५० हजार
घमनकुमार कार्की–            ७ लाख ५० हजार
योगराज पौडेल–                ७ लाख ५० हजार
नारायणराज मिश्र –           ७ लाख ५० हजार
अरुणकुमार श्रेष्ठ –            ७ लाख ५० हजार
गोपाल कार्की –                  ७ लाख ५० हजार
शिवजी भट्ट–                     ३ लाख ३० हजार
ध्रुवप्रसाद अर्याल–              ३ लाख ३० हजार
बाबुराजा महर्जन–              १ लख १० हजार
देवनारायण महर्जन–          १ लाख १० हजार
सकलानन्द महर्जन–          १ लाख १० हजार
सञ्जय कुमार महर्जन–       १ लाख १० हजार
केशव तुलाधर-                   साधारण तारेखमा रिहा


ललिता निवास प्रकरणः पक्राउ परेका १७ जनालाई धरौटीमा रिहा गर्न आदेश

ललिता निवास प्रकरणः पक्राउ परेका १७ जनालाई धरौटीमा रिहा गर्न आदेश


काठमाडौं, २४ भदौ । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका  १७ जनालाई धरौटीमा रिहा गर्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ। न्यायाधीश भोलानाथ ढकालको इजलासले पक्राउ परेका १८ जनामध्ये १७ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको हो।
अदालतले अभियुक्त केशव दुलाललाई साधारण तारेखमा छाड्ने आदेश दिइएको छ भने भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसँग दुई करोड ४६ लाख रुपैयाँ धरौटी माग गरेको छ ।
ललिता निवास प्रकरणमा १८ जनालाई पक्राउ गरेर अनुसन्धान थालेको प्रहरीले सङ्गठित अपराधमा म्याद थपेको थियो । प्रहरीले सङ्गठित अपराधमा अनुसन्धान गरेर प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाए पनि सरकारी वकिलको कार्यालयले किर्तेमा मात्र मुद्दा दर्ता गरेको छ ।

२०४९ सालदेखि २०६९ सालसम्ममा नक्कली मोही खडा गरेर ललिता निवासको एक सय ४३ रोपनी जग्गा व्यक्तिका नाममा ल्याएको प्रहरीको दाबी छ । ललिता निवास प्रकरणको आरोपीमा पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, व्यवसायी मीनबहादुर गुरुङ, पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित चार पूर्वमन्त्री तथा पूर्वसचिवसमेत गरी तीन सय १० जना रहेका छन् । उनीहरूमध्ये २१ जना मृत्यु भइसकेको छ ।


कतारबाट फर्किएका चारजना नेपालीबाट ८५ ग्राम सुन बरामद 

कतारबाट फर्किएका चारजना नेपालीबाट ८५ ग्राम सुन बरामद 


काठमाडौं, २४ भदौ । कतारबाट फर्किएका चारजना नेपालीबाट प्रहरीले ८५ ग्राम सुन बरामद गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन पार्किङ एरियाबाट अवैध रुपमा भन्सार छली ल्याएको सुनसहित चारजना पक्राउ परेका हुन्। 
ब्रासलेट २ थान र बेरुवा औंठी १ थान गरी जम्मा ८५ ग्रामसहित ४ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा ताप्लेजुङ आठराई त्रिवेणी गाउँपालिका १ बस्ने २१ वर्षीय अनिश गुरुङ, २१ वर्षीय रोशन विश्‍वकर्मा, काठमाडौं महानगरपालिका ८ बस्ने ३० वर्षीय शनि देउला र मोरङ पथरी शनिश्‍चरे नगरपालिका १ बस्ने ३८ वर्षीय कमल गुरुङ छन्।

हिमालय एयरको उडानद्वारा दोहाबाट काठमाडौं आएका अनिश र रोशनलाई उक्त परिमाणको धातु लुकाई छिपाई भन्सार छली गर्न लगाई शनि देउला र कमल गुरुङले संकलन गरी लैजान लागेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो।
 


कोशीमा हट्यो बजेट शून्यता, बजेटसम्बन्धी २ वटा अध्यादेश जारी

कोशीमा हट्यो बजेट शून्यता, बजेटसम्बन्धी २ वटा अध्यादेश जारी


काठमाडौं, २४ भदौ । कोशी प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले बजेटसम्बन्धी अध्यादेश जारी गरेका छन्। प्रदेश मन्त्रिपरिषद्‌को सिफारिसमा प्रदेश प्रमुख खापुङले आइतबार कोशी प्रदेश आर्थिक अध्यादेश २०८० र विनियोजन अध्यादेश २०८० जारी गरेका हुन्। 

सर्वोच्च अदालतको परमादेशपछि कोशी प्रदेश सरकारको नेतृत्वमा फर्किएका हिक्मत कार्कीले प्रदेशमा जारी बजेट शून्यता तोड्न अध्यादेशमार्फत् बजेट ल्याएका हुन्। यसअघि कार्की नेतृत्वको सरकारले नै ल्याएको बजेट अध्यादेश प्रदेश सभाबाट पारित नभइ निष्क्रिय भएपछि प्रदेश सरकार बजेट शून्यताको अवस्थामा पुगेको थियो। 

आफू अल्मतमा परेपछि तत्कालीन मुख्यमन्त्री कार्कीले सदन छलेर जेठ ३२ गते बजेटसम्बन्धी अध्यादेश सार्वजनिक गरेका थिए। त्यसपछि असार १४ गते बसेको प्रदेश सभा बैठकमा टेबुल भएको बजेट अध्यादेश पारित हुन सकेन। त्यसपछि कोशी प्रदेशमा बजेट शून्यताको अवस्था सिर्जना भएको थियो।


 


प्रधानमन्त्री दाहालद्वारा आसन्न चीन भ्रमणका विषयमा राजनीतिक दलसँग छलफल

प्रधानमन्त्री दाहालद्वारा आसन्न चीन भ्रमणका विषयमा राजनीतिक दलसँग छलफल


काठमाडौं, २४ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो आसन्न चीन भ्रमणका विषयमा उच्च राजनीतिक दलमा छलफल गरेका छन् । आइतबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबार प्रधानमन्त्रीले सर्वदलीय बैठकको आह्वान गरेका थियो। बैठकमा पूर्वप्रधानमन्त्रीहरू, राजनीतिक दलका शीर्ष नेताहरू, पूर्वपरराष्ट्रमन्त्रीहरू लगायतका राजनीतिक नेताहरू सहभागी थिए ।

छलफलमा नेताहरूले छिमेकीहरूसँग सन्तुलित कुटनीतिक सम्बन्ध कायम गर्न विशेष जोड गर्नुपर्ने, विगतका सम्झौताहरू कार्यान्वयनको अवस्थाबारे समीक्षा जरूरी रहेको, दुबै देशले एक–अर्काको सुरक्षा लगायत दुईपक्षीय चासोका विषयहरूमा ध्यान दिनुपर्ने, नेपालको असंलग्न परराष्ट्र नीतिबारे छिमेकीलाई विश्वासमा लिनुपर्ने, नेपालले लाभ लिन सकिने विषयहरूमा राम्रो गृहकार्य गरेर भ्रमणमा जानुपर्ने लगायतका विषयहरूमा ध्यान दिनुपर्ने सुझावहरू दिएका छन् ।

छलफलमा बोल्दै प्रधानमन्त्रीले आफ्नो चीन भ्रमण फलदायी र प्रभावकारी हुनेमा जोड दिँदै त्यसका लागि आवश्यक गृहकार्य गरिएको बताए ।“यो छलफल आसन्न चीन भ्रमणलाई बढीभन्दा बढी फलदायी र प्रभावकारी कसरी बनाउने भन्ने उद्देश्यका साथ बोलाइएको हो। यहाँ तपाईले जुन सुझावहरू दिनुभएको छ। प्राप्त सुझावहरू महत्वपूर्ण छन्। यसले मेरो भ्रमणलाई प्रभावकारी बनाउन सहयोग पुग्नेछ। भ्रमण फलदायी बनाउन सकेसम्म प्रयास गरिएको छ। भ्रमण फलदायी र प्रभावकारी हुन्छ,” उनले भने ।

चीन भ्रमणलाई सफल बनाउनेबारे संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरू सहमत भएको उनको भनाइ छ । सरकारले दुबै छिमेकीका साथै विश्व समुदायमा सन्तुलित सम्बन्ध कायम राख्ने प्रष्टाउँदै प्रधानमन्त्रीले नेपाल असंलग्न परराष्ट्र नीतिमा दृढ रहेको बताए । संयुक्त राष्ट्रसंघको महासभामा नेपालले गरिरहेको विकास प्रयास, जलवायु परिवर्तन र त्यसले नेपालजस्ता मुलुकहरूलाई पारेको असर, शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउन नेपालले खेलिरहेको भूमिकाबारे लगायतका विषयमा जानकारी गराउने र संयुक्त प्रयासका निम्ति अपील गर्ने प्रधानमन्त्रीले जानकारी दिए ।

कुटनीतिक तहमा राम्रो छलफल गरेर नै संयुक्त राष्ट्रसंघको महासभाबाट सिधै चीन भ्रमणमा जाने कार्यतालिका निर्धारण गरिएको बताउँदै भ्रमणका क्रममा नेपाल–चीन सम्बन्ध र दुईदेशीय हितका विषयमा केन्द्रित रहेर छलफल हुने जानकारी दिए ।

छलफलमा पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली, माधवकुमार नेपाल, परराष्ट्रमन्त्री एन.पी. साउद, नेताहरू महन्त ठाकुर, सिके राउत, चित्रबहादुर केसी, प्रेम सुवाल, पूर्वपरराष्ट्रमन्त्रीहरू रमेशनाथ पाण्डे, डा. प्रकाशचन्द्र लोहनी, प्रदीपकुमार ज्ञवाली, डा. बिमला पौडेल राई, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेल, सुरक्षा सल्लाहकार शंकरदास बैरागी, मुख्यसचिव डा. बैकुण्ठ अर्याल, परराष्ट्र सचिव भरतराज पौडेल लगायत सहभागी थिए ।


मोरक्कोमा भूकम्प, २९० जनाको मृत्यु

मोरक्कोमा भूकम्प, २९० जनाको मृत्यु


एजेन्सी । मोरक्कोमा ६.८ म्याग्निच्यिुडको शक्तिशाली भूकम्प जाँदा २९० जनाको मृत्यु भएको छ । त्यहाँको गृह मन्त्रालयका अनुसार भूकम्पको केन्द्रविन्दु माराकेशबाट ७१ किलोमिटर दक्षिणपश्चिमको उच्च एटलस पर्वतमा रहेको छ । 
यसको केन्द्र भूमिगत १८.५ किलोमिटर गहिराइमा रहेको बताइएको छ । भूकम्पको धक्का केन्द्रबिन्दुबाट ३५० किलोमिटर टाढा रहेको राजधानी रबातमा पनि महसुस गरिएको थियो । भूकम्प स्थानीय समयअनुसार राति ११ः११ बजे भएको बीबीसीले जनाएको छ ।


 


पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट ड्रुक एयरको पहिलो व्यवसायिक उडान

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट ड्रुक एयरको पहिलो व्यवसायिक उडान


काठमाडौं, २३ भदौ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबार पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक उडान भएको छ।  शनिबार भुटानको ड्रुक एयर भूटानको पारोबाट यात्रु लिन पोखरा आएको थियो। उक्त जहाज शनिबार बिहान ६ बजेर ४० मिनेटमा पोखरामा अवतरण गरेको थियो।  

जहाज चार्टर्ड गरेका यात्रु लिन बिहान आएको जहाज एक घन्टापछि पारो फर्केको छ । पोखरा विमानस्थलको प्रवक्ता जशोदा सुबेदिले ४२ जना बिदेशी यात्रु जहाज पारो गएको बताइन्। उनका अनुसार पारोबाट ३ जना यात्रु पोखरा आएका थिए। यो विमानस्थलको पहिलो व्यवसायिक उडान भएको उनले बताइन् ।

यसअघि गत असार ६ गते  चीनको सिचुवान एयरलाइन्सको एयरबस–३१९ पोखरामा अवतरण गरेको थियो। चीनको छेङ्दु तियान्फु विमानस्थलबाट राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित चीनबाट केही नेपाली र पोखरामा त्यो वेला सम्पन्न हुन गइरहेको ड्रागन बोट रेस फेस्टिभलका खेलाडी बोकेर आएको थियो।
 


बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु, २९ जना घाइते

बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु, २९ जना घाइते


काठमाडौं, २३ भदौ । बाँकेको शमशेरगञ्ज नजिक रोकिराखेको ट्रकमा बस ठोक्किँदा ७ जनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन् । बर्दिया ठाकुरबाबा नगरपालिका–९ ठाकुरद्वाराको बेतहनी सामुदायिक वन उपभोक्ता समूहको टोली चढेको बस दाङ भ्रमणबाट फर्किँदै गर्दा ट्रकसँग ठोक्किएर दुर्घटना भएको हो ।
प्रहरीका अनुसार दुर्घटनामा एउटै वडाका ५ जना र चालक, सहचालकसहित ७ जनाको ज्यान गएको छ । दुर्घटनामा ज्यान गुमाउनेहरुमा बर्दिया ठाकुरबाबा नगरपालिका वडा नम्बर ९ का ५० वर्षीय काशिराम थारु, ५५ वर्षीया कस्तुरी थापा, ५० वर्षीया रुपा परियार, ४० वर्षीया जयन्ती थारु, ७० वर्षीय चानुराम थारु रहेका छन् ।
यसैगरी ठाकुरबाबा नगरपालिका–८ का बस चालक ४५ वर्षीय जोग बहादुर चन्द र नाम खुल्न बाँकी बसन्त भनिने सहचालक ३५ वर्षीय पुरुषको ज्यान गएको प्रहरीले जनाएको छ । घाइते २९ जनाको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ ।


वैदेशिक रोजगारीः साउदीमा ४२ दिनमा ३८ जना नेपालीको मृत्यु

वैदेशिक रोजगारीः साउदीमा ४२ दिनमा ३८ जना नेपालीको मृत्यु


काठमाडौं, २२ भदौ । साउदी अरेबियास्थित नेपाली दूतावासका अनुसार ४२ दिनमा ३८ जना नेपालीको साउदीमा निधन भएको छ । दूतावासले साउन १ गतेदेखि भदौ १० सम्ममा विभिन्न कारणले साउदीमा ३८ जना नेपाली कामदारको मृत्यु भएको जनाएको छ। गत साता दूतावासले गरेको अन्तरक्रिया कार्यक्रममा वैदेशिक रोजागारीका लागि साउदी पुगेका ३८ नेपालीको सडक दुर्घटना, आत्महत्या र प्राकृतिक रूपमा मृत्यु भएको जनाएको हो।
कार्यक्रममा  श्रम सहचारी देवेन्द्र कार्कीले वैदेशिक रोजगारका क्रममा साउदीमा ४ लाख नेपाली कामदार रहेको बताए। जसमध्ये ४७० जना जेलमा छन्। ११ हजार १३६ जना गैरकानुनी रूपमा बसोवास गरिरहेका छन्। घरेलु कामदारका रूपमा काम गर्नेको संख्या ७९४ पुगेको छ। महिला कामदार मात्रै साउदीमा ४ हजार १७९ जना छन्। विभिन्न मुद्दा लागेका १७७ जना नेपाली साउदीमा छन्। 

दूतावासका अनुसार अलपत्र परेका श्रमिकको अपेक्षा धेरै रहेको देखिन्छ। तर दूतावासको जनशक्ति, स्रोत साधनको कमीले सम्भावना केही मात्रामा देखिन्छ। दूतावासले एक कर्मचारी बराबर ४८ हजार नेपाली कामदार हेर्नुपर्नेमा अवस्था छ।  

दूतावासका द्वितीय सचिव टिकाराम उपाध्यायले साउदीमा कार्यरत नेपाली कामदारको मृत्यु संख्या बढ्दो रहेकोले यसलाई समाधान गर्न  खानपिन र  स्वास्थ्य सुरक्षामा जोड दिन आग्रह गरे।   नेपालीको शव नेपाल पठाउन कम्तीमा एक महिना लाग्ने उनको भनाइ थियो।  

राजदूत नवराज सुवेदीले उपस्थित व्यक्तिले सोधेका प्रश्नको जवाफ दिँदै नेपाली कामदारको समस्या समाधानका लागि अवस्था परिवर्तन  हुन जरुरी रहेको बताए । उनले समुदाय बीच श्रमिक समस्याका बारेमा विषय केन्द्रित, औपचारिक र सन्देशमुलक कार्यक्रम हुनुपर्ने र दूतावासले यस्ता कार्यक्रम साउदीको विभिन्न शहरमा गर्दै जाने बताए। 

एनआरएन रियाद आरसीसी अध्यक्षय महेश घिमिरेले हालै १३ जना अलपत्र परेका नेपालीलाई खाद्यान्न वितरण गर्नुका साथै ३ जनालाई स्वदेश फिर्ताका लागि हवाई टिकटको व्यवस्था गरेको बताए। 
 



Prabhu Side Bar



Sidebar Middle
Sidebar Bottom