11 Ashwin, 2080 / 28 September , 2023
एजेन्सी - हाल बेलायतको लन्डनमा बस्दै आएकी बारबेडियन पप गायिका रिहाना ब्रिटेनका अर्बपति म्युजिसियनको सूचीको टप स्थानमा पर्न सफल भएकी छन्।गायक सर्ज एल्टन जोन र मिक ज्यागरलाई उछिन्दै चार सय ६८ मिलियन युरोसहित उनी ब्रिटेनका अर्बपति म्युजिसियनको तेस्रो स्थानमा पर्न सफल भएकी हुन्।
लन्डनको द सन्डे टाइम्सले सार्वजनिक गरेको यो लिस्टको पहिलो स्थानमा आठ सय मिलियन युरोसहित एन्ड्रयु लोयड वेबर र पल म्याककार्टनी पहिलो स्थानमा छन्। गायिका, नायिका, लेखक तथा व्यवसायी रिहानाको कमाइको धेरै प्रतिशत ‘फेन्टी ब्युटी’ नामक कस्मेटिक ब्रान्डको हो। उक्त ब्रान्डमा भएको उनको १५ प्रतिशत हिस्सा तीन सय ५१ मिलियन युरो रहेको बताइएको छ।
सन्डे टाइम्सको वार्षिक अर्बपतिको सूची तयार पार्ने रोबर्टले रिहानाको यो स्थानले सबैलाई अच्चमित बनाएको बताए। उनले भने, ‘रिहाना लन्डनमा बस्छिन् भन्ने कुरा कमैलाई थाहा छ। अब उनी यूकेका अर्बपति म्युजिसियनको पहिलो स्थानमा पर्न सक्छिन्।’
३२ वर्षीया गायिका रिहाना ब्रिटेनका अर्बपति म्युजिसियनको लिस्टमा पर्ने युवा गायिका हुन्। अर्बपति म्युजिसियनको लिस्टमा पर्न सफल भए पनि उनले विगत पाँच वर्षदेखि कुनै नयाँ एल्बम सार्वजनिक गरेकी छैनन्। सन् २००५ मा म्युजिक अप द सन् गीतबाट चर्चामा आएकी उनको पछिल्लो एल्बम एन्टी ९२०१६० हो। ब्युटी ब्रान्डका कारण यस लिस्टको तेस्रो स्थान उक्लिन सफल उनी पछिल्लो समय यसकै प्रवद्र्धनमा सक्रिय छन्।
उनीपछि यस लिस्टभित्र पर्ने युवा म्युजिसियनहरूमा गायक एडी सिरन र गायिका एडेल पनि टप ४० अन्तर्गत परेका छन्। बीबीसीबाट