16 Chaitra, 2080 / 29 March , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

डोनल्ड ट्रम्पकी छोरी र पूर्वपत्नी पनि आन्दोलनको पक्षमा




डोनल्ड ट्रम्पकी छोरी र पूर्वपत्नी पनि आन्दोलनको पक्षमा

वासिंटन, जेठ २४ - अमेरिकामा जर्ज फ्लोइडको हत्यालाई लिएर जारी आन्दोलनको पक्षमा राष्ट्रपति डोनल्ड ट्रम्पकी छोरी टिफनी समेत उभिएकी छन् ।ट्रम्पकी कान्छी छोरी टिफनीले इन्स्टाग्राममा कालो तस्बिर पोस्ट गर्दै प्रदर्शनमा समर्थन जनाएकी हुन् । ‘हामी एक्लै थोरै हासिल गर्नसक्छौँ, सँगै धेरै’ टिफनीले उल्लेख गरेकी छन् । टिफनीले हेलेन केलरको यो भनाइलाई उद्धृत गर्दै आन्दोलनको पक्षमा आफू उभिएको संकेत दिएकी हुन् ।

साथै उनले जर्ज फ्लोइडका लागि न्याय दिन गरिएको ह्यासट्याग अभियानको एक अभियन्ताकै रुपमा ‘ह्यासट्याग जस्टिस फर जर्ज फ्लोइड’ उल्लेख गरेकी छन् ।अन्नपुर्ण पोष्टमा खबर छ । ह्वाइटहाउस अगाडि प्रहरीले प्रदर्शनकारीमाथि टियर ग्यास र रबरका गोली प्रहार गरिरहेका बेला ट्रम्पकी छोरीको यस्तो प्रतिक्रिया आएको हो ।

टिफनीकी आमा अर्थात् ट्रम्पकी दोस्रो पत्नी मार्ला माप्लेसले पनि अहिले अमेरिकामा चलिरहेको आन्दोलनमा समर्थन जनाएकी छन् । मार्ला टेलिभिजन प्रस्तोता तथा अमेरिकी सेलिब्रिटी हुन् । जो राष्ट्रपति ट्रम्पकी पूर्वपत्नी हुन् ।अमेरिकामा अघिल्लो साता प्रहरी अधिकृतले एक अस्वेत जर्ज फ्लोइडलाई नियन्त्रणमा लिएर हत्या गरेपछि त्यसको विरोधमा देशव्यापी आन्दोलन उठेको छ । ह्वाइट हाउस अगाडि नै विशाल प्रदर्शन भएको छ ।

सरकारले भने दबाउन सेना समेत परिचालन गरेको छ । प्रदर्शनकारीहरुले भने जर्ज फ्लोइडलाई न्याय दिलाउन सामाजिक सञ्जाल र सडकमा समेत सरकार विरुद्ध चर्को आलोचना गरेका छन् । यस्तैमा ट्रम्पकी पूर्वपत्नी मार्ला र उनकी छोरी टिफनीले पनि ट्रम्प प्रशासन विरुद्ध जर्जको पक्षमा अभिव्यक्ति दिएका हुन् ।




यसमा तपाइको मत


Comments