16 Chaitra, 2080 / 29 March , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

अमिताभ बच्चनको स्वाब रिपोर्ट नेगेटिभ, अझै दुईवटा टेस्ट गरिने




अमिताभ बच्चनको स्वाब रिपोर्ट नेगेटिभ, अझै दुईवटा टेस्ट गरिने

एजेन्सी । कोरोनाको संक्रमण पुष्टि भएपछि  अस्पताल भर्ना भएका अभिनेता अमिताभ बच्चनको स्वाब रिपोर्ट नेगेटिभ आएको छ । यद्यपि, उनको अझै दुईवटा टेस्ट गरिनेछ । 

गएको १२ दिनदेखि अमिताभ र उनका छोरा अभिषेक बच्चनको मुम्बईको नानावती अस्पतालमा उपचार भइरहेको छ । ऐश्वर्या राय बच्चन र आराध्या बच्चनलाई पनि कोरोना पुष्टि भएपछि सोही अस्पतालमा भर्ना गरिएको छ । 
 
अमिताभको २२ जुलाईमा भएको स्वाब टेस्टको रिपोर्ट नेगेटिभ आएको नानावती अस्पतालको स्रोतले जनाएको छ । लगातार तीन टेस्ट नेगेटिभ आएपछि अमिताभ  अस्पतालबाट घर जानेछन् । अमिताभको स्वास्थ्य अवस्था राम्रो रहेको अस्पतालले बताएको छ । 
 
अस्पताल स्रोतका अनुसार, अभिषेक बच्चनको रिपोर्ट भने सबै नेगेटिभ आएको छ । उनलाई बिहीवार साँझसम्म अस्पतालबाट डिस्चार्ज मिल्न सक्ने बताइएको छ । अहिलेसम्म ऐश्वर्या र उनकी छोरी आराध्याको रिपोर्ट भने आएको छैन । 


 




यसमा तपाइको मत


Comments