15 Chaitra, 2080 / 28 March , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

साउदी सरकारद्वारा ४ सय ९८ जना नेपालीलाई बहिर्गमन भीसा




साउदी सरकारद्वारा ४ सय ९८ जना नेपालीलाई बहिर्गमन भीसा

काठमाडौं, १० साउन । साउदी सरकारले हालसम्म ४ सय ९८ जना नेपालीहरुलाई बहिर्गमन भीसा जारी गरेको छ । साउदीस्थित नेपाली राजदूतावासका अनुसार बहिर्गमन भीसाको लागि २०७६ पुस, माघ र फागुनमा दिएका निवेदनहरुमध्ये केही व्यक्तिहरुको भीसा प्राप्त भएको हो ।

साउदी अरेबियाका विभिन्न कम्पनी, प्रतिष्ठानहरुमा कार्यरत रहँदा साउदी आवासीय अनुमतिपत्र (अकामा) नवनाईएका वा नवीकरण नगरिएका कारण स्वदेश फर्कन चाहने नेपालीहरुलाई स्वदेश फर्काउन आवश्यक वहिर्गमन भीसा सहज र शीघ्ररुपमा प्रदान गर्ने व्यवस्थाका लागि साउदी सरकारलाई अनुरोध गरेकोमा साउदी सरकारले वहिर्गमन भीसा प्रदान गर्ने प्रकृयाको थालनी गरेको छ।

बहिर्गमन भीसाका लागि राजदूतावासले विभिन्न समयमा सम्बन्धित नेपालीहरुबाट संकलन गरेका विवरण केही समय अगाडि साउदी सरकारलाई उपलव्ध गराएको भएता पनि कोरोना संक्रमणका कारण अवरूद्ध यो प्रकृया हाल सुचारू भएको छ।
यो प्रकृया थालनी पछि साउदी सरकारले हालसम्म ४९८ जना नेपालीहरुलाई बहिर्गमन भीसा जारी गरेको छ । यस मध्ये १ देखि ४२१ सम्मको सूचि यसअघि नै प्रकाशन गरिसकिएको छ ।

बहिर्गमन भीसा जारी भएकाहरुले आगामी अगष्ट ५, ६, ७ र ८ तारिकमा नेपाल एयरलाइन्स र हिमालय एयरलाईन्सले साउदी अरबको रियाद र दमामबाट गर्ने उडानहरुबाट नेपाल जाने तयारी गर्नु हुन समेत दूतावासले अनुरोध गरेको छ।

साथै, बहिर्गमन भीसाका लागि आवेदन दिन बांकी रहेका अकमा नभएका, हुरुव लागेका वा नवीकरण नभएकाहरुका लागि पछि सूचना जारी गरी आवेदन लिइने व्यहोरा समेत अनुरोध गरिन्छ । यस विषयमा नेपाली राजदूतावासको फेसबुक पेज नियमित हेर्नुहुन पनि दूतावासले आग्रह गरेको छ । 

हेर्नुहोस् विज्ञप्ति

नेपाली राजदूतावास समक्ष बहिर्गमन भीसा (Exit visa) को लागि २०७६ पौष, माघ र फागुनमा दिएका निवेदनहरु मध्ये केही व्यक्तिहरुको Exit भीसा प्राप्त भएको सूचना।
-----------------------------
साउदी अरेबियाका विभिन्न कम्पनी, प्रतिष्ठानहरुमा कार्यरत रहँदा साउदी आवासीय अनुमतिपत्र (अकामा) नवनाईएका वा नवीकरण नगरिएका कारण स्वदेश फर्कन चाहने नेपालीहरुलाई स्वदेश फर्काउन आवश्यक वहिर्गमन भीसा(Exit Visa) सहज र शीघ्ररुपमा प्रदान गर्ने व्यवस्थाका लागि साउदी सरकारलाई अनुरोध गरेकोमा साउदी सरकारले वहिर्गमन भीसा प्रदान गर्ने प्रकृयाको थालनी गरेको छ। वहिर्गमन भीसाका लागि राजदूतावासले विभिन्न समयमा सम्बन्धित नेपालीहरुबाट संकलन गरेका विवरण केही समय अगाडि साउदी सरकारलाई उपलव्ध गराएको भएता पनि कोरोना संक्रमणका कारण अवरूद्ध यो प्रकृया हाल सुचारू भएको छ।
यो प्रकृया थालनी पछि साउदी सरकारले हालसम्म ४९८ जना नेपालीहरुलाई बहिर्गमन भीसा जारी गरेको छ ।यस मध्ये १ देखि ४२१ सम्मको सूचि यसअघि नै प्रकाशन गरिसकिएको छ ।

बहिर्गमन भीसा जारी भएकाहरुले आगामी अगष्ट ५, ६, ७ र ८ तारिकमा नेपाल एयरलाइन्स र हिमालय एयरलाईन्सले साउदी अरबको रियाद र दमामबाट गर्ने उडानहरुबाट नेपाल जाने तयारी गर्नु हुन अनुरोध छ।

साथै, वहिर्गमन भीसाका लागि आवेदन दिन बांकी रहेका अकमा नभएका, हुरुव लागेका वा नवीकरण नभएकाहरुका लागि पछि सूचना जारी गरी आवेदन लिइने व्यहोरा समेत अनुरोध गरिन्छ । यस विषयमा नेपाली राजदूतावासको फेसबुक पेज नियमित हेर्नुहुन पनि अनुरोध छ ।
-------------------------
नेपालीराजदूतावास
रियाद ।
२०७७।४।१०

 



Related News


यसमा तपाइको मत


Comments