07 Baishak, 2081 / 19 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

कतारबाट स्वदेश फर्किनेहरुका लागि थप ६ उडान हुने




कतारबाट स्वदेश फर्किनेहरुका लागि थप ६ उडान हुने


काठमाडौं, १३ साउन । कोरोना भाइरसका कारण कतारमा समस्यामा परेकाको लागि थप ६ वटा उडानहरु तय भएका छन् ।

कतारस्थित नेपाली दूतावासका अनुसार नेपाल र हिमालय एयरलाइन्सले तीन/तीन उडान गर्ने भएका हुन् । हिमालय एयरलाइन्सले दोहाबाट जुलाई ३१, अगष्ट ३, अगष्ट ५ का लागि तीनवटा थप उडानको सूची पठाएको दूतावासले जनाएको छ ।

यस्तै नेपाल एयरलाइन्सले अगष्ट १, ३ र ४ मा उडान गर्ने भएको छ । दूतावासले सार्वजनिक गरेको नामावलीमा नाम आएकाहरुलाई टिकट खरिद गरि तयारी अवस्थामा बस्न पनि अनुरोध गरेको छ ।

स्वदेश फर्किन तयारी रहेकाहरुले एथेराज एप प्रयोग गर्नु पर्ने र सो एप नभए उडान गर्न नसक्ने दूतावासले जनाएको छ । कतारबाट झन्डै १२ हजारले स्वदेश फर्किन आफ्नो नाम टिपाए पनि हालसम्म विभिन्न चरणमा गरि ३ हजार ३ सय १७ जना मात्र स्वदेश फर्किएको दूतावासले जनाएको छ ।



Related News


यसमा तपाइको मत


Comments