06 Baishak, 2081 / 18 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

ओली र गौतमबीच झन्डै दुई घण्टा छलफल




ओली र गौतमबीच झन्डै दुई घण्टा छलफल


काठमाडौं, १३ साउन । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र नेकपा उपाध्यक्ष वामदेव गौतमबीच मंगलबार साँझ भेटवार्ता भएको छ ।
नेताद्वयबीच नेकपाभित्र देखिएको विवाद तथा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको जनाइएको छ  । गौतमलाई भेट्न प्रधानमन्त्री ओली मंगलबार साँझ भैंसेपाटीस्थित गौतम निवास पुगेका थिए । करिब २ घन्टा गौतमसँग छलफल गरेर ओली बालुवाटार फर्किएका हुन्।

 

प्रधानमन्त्रीका साथमा नेकपाका महासचिव विष्णुप्रसाद पौडेल पनि सहभागी भएका थिए ।

ओलीले आजको स्थायी कमिटी बैठक स्थगित गरेपछि प्रचण्डले बैठक चलाएका थिए । बैठक अघि गौतमले पार्टीको विवाद समाधान गर्न ६ बुँदे प्रस्ताव पेस गरेका थिए ।

गौतमले एकता महाधिवेशन सहमतिमा गर्नुपर्ने पनि उल्लेख गरेका थिए।

पार्टीका बैठकहरु अब बालुवाटार नभइ केन्द्रीय कार्यालय धुम्बाराहीमा हुनुपर्ने उल्लेख गर्दै गौतमले मन्त्रिपरिषद पुनःगठन, संवैधानिक तथा राजनीतिक नियुक्ति पार्टी केन्द्रीय सचिवालयको सुझाव र परामर्शमा हुनुपर्ने समेत उल्लेख गरेका थिए।




यसमा तपाइको मत


Comments