11 Baishak, 2081 / 23 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

 सन्दीप सीपीएल खेल्न बिहीबार वेष्ट इन्डिज जाँदै




 सन्दीप सीपीएल खेल्न बिहीबार वेष्ट इन्डिज जाँदै


काठमाडौं, १४ साउन । क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने बिहीबार वेष्ट इन्डिजका लागि प्रस्थान गर्ने भएका छन्। 

सन्दीपका व्यवस्थापक रमण सिवाकोटीका अनुसार उनी बिहीबार बिहान १० बजे कोरियन एयरलाइन्सको चार्टर उडानबाट जानेछन्। अमेरिका हुँदै उनी लिग हुने देश ट्रिनिडाड एण्ड टोबागो पुग्ने छन्। सन्दीप १ अगष्ट (शनिबार) त्यहाँ पुग्नेछन्।

सीपीएल आयोजक र उनको टीम जमैका तालावाहले सबै खेलाडीलाई शनिबारसम्म आइपुग्न भनेको थियो। सन्दीप आयोजकले भनेकै दिन पुग्ने भएका हुन्। खेलअघि सबै खेलाडी अनिवार्य १४ दिनको क्वारेन्टिनमा बस्नुपर्छ। सीपीएल १८ अगष्टदेखि शुरु हुँदैछ।

कोरोनाभाइरस महामारी रोकथामका नेपाल सरकारले बन्दाबन्दी घोषणा गरेपछि नियमित अन्तराष्ट्रिय उडान बन्द छन्। नेपालले १ भदौबाट मात्र उडान नियमित गर्ने भएपछि सन्दीप सीपीएल खेल्न जान नपाउने आशंका गरिएको थियो। 



Related News


यसमा तपाइको मत


Comments