06 Baishak, 2081 / 18 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

आजबाट ट्राभल, ट्रेकिङ, पर्वतारोहण, होटल लगायतका व्यवसाय खुल्ला




आजबाट ट्राभल, ट्रेकिङ, पर्वतारोहण, होटल लगायतका व्यवसाय खुल्ला


काठमाडौं, १५ साउन । आजदेखि ट्राभल, ट्रेकिङ, पर्वतारोहणलगायतका व्यवसाय खुल्ला हुने भएको छ । गएको चैत ११ गतेदेखि बन्द रहेका पर्यटकीय व्यवसाय आजदेखि खुल्न लागेका हुन् । साउन ६ गतेको मन्त्रिपरिषद्को बैठकको निर्णयले साउन १५ गतेबाट ट्राभल, ट्रेकिङ, पर्वतारोहणलगायतका व्यवसाय खुल्ला गर्ने निर्णय गरेका थियो ।

अहिले यी व्यवसायीले पर्यटकीय सिजनको लागि अग्रिम बुकिङ र अन्य तयारी गर्ने र कोरोनाको सङ्क्रमण कम हुँदै गएपछि पर्यटकका लागि खुल्ला गर्ने सरकारले जनाएको छ । 

यस्तै आजदेखि नै होटल तथा रेस्टुरेन्ट पनि खुल्दैछन् । तर होटल तथा रेस्टुरेन्टमा सामूहिक भोज र समारोह गर्न पाइने छैन । 



Related News


यसमा तपाइको मत


Comments