16 Chaitra, 2080 / 29 March , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

युभेन्टस काग्लिरीसँग पराजित 




युभेन्टस काग्लिरीसँग पराजित 


एजेन्सी । इटालियन सिरी ए को उपाधि जितिसकेको युभेन्टस काग्लिरीसँग पराजित भएको छ ।

एक खेल अगाडी उड्सिनीसँग हारेको युभेन्टस फेरि काग्लिरीसँग पराजित भएको छ । घरेलु मैदानमा भएको खेलमा काग्गिरीको जितमा लुका गाग्लियानो र सिमोनले एक एक गोल गरे ।
खेलको आठौं मिनेटमा नै मेटिलीको पासमा लुकाले गोल गर्दै टिमलाई अग्रता दिलाए । त्यसपछि पहिलो हाफका अन्तिममा सिमोनले गोल गरेपछि युभेन्टस दुई शुन्यले पछाडी रह्यो ।

दोस्रो हाफमा युभेन्टसले खेलमा फर्किनका लागि निकै प्रयास र दबाव दिएको थियो । तर उसले काग्लिनीको डिफेन्सको फाइदा उठाउन सकेन । जसका कारण युभेन्टसले जारी सिजनमा छैटौं हार ब्यहोर्यो ।

अब सिरी ए को अन्तिम चरणका खेलहरु बाँकी रहेका छन ।



Related News


यसमा तपाइको मत


Comments