07 Baishak, 2081 / 19 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

अनुशासन समितिको नियतमाथि वरिष्ठ नेता पौडेलले उठाए प्रश्न




अनुशासन समितिको नियतमाथि वरिष्ठ नेता पौडेलले उठाए प्रश्न


काठमाडौं, १५ साउन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको केन्द्रीय अनुशासन समितिको कार्यक्षमता र नियतमाथि प्रश्न उठाएका छन् । 

सामाजिक सञ्जालमा बिहीबार टिप्पणी गर्दै उनले वागी उमेदवार, उम्मेदवारी खोसिएका र निर्वाचनपछि पार्टीको आन्तरिक विवादमा परेका व्यक्तिलाई विधानको एउटै दफा प्रयोग गरि कारबाही गरेको भन्दै अनुशासन समितिको नियतमाथि प्रश्न उठाएका हुन्।

उनले विगत  निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिने ३२ जना उम्मेदवार र प्रस्तावक-समर्थकलाई नेपाली कांग्रेसको विधानको दफा  ४ बमोजिम पार्टी सदस्यता नरहने गरी निस्कासित गर्दा तनहुँ क्षेत्र नं १ मा बागी उम्मेदवारलाई कारबाही नगरेकोमा समेत असन्तुष्टि जनाए । 




यसमा तपाइको मत


Comments