08 Baishak, 2081 / 20 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

प्रचण्डको विचारहरुको सँगालो ‘गणतन्त्रको पहिलो दशक’ पुस्तक सार्वजनिक 




प्रचण्डको विचारहरुको सँगालो ‘गणतन्त्रको पहिलो दशक’ पुस्तक सार्वजनिक 


काठमाडौं, १५ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधानसभा र व्यवस्थापिका संसदमा व्यक्त गरेका विचारहरुको सँगालो ‘गणतन्त्रको पहिलो दशक’ पुस्तक सार्वजनिक भएको छ ।

पुस्तकमा २०६५ सालदेखि २०७५ सालसम्म संविधानसभा र व्यवस्थापिका संसदमा अध्यक्ष प्रचण्डले व्यक्त गर्नुभएका विचारहरु विभिन्न ४२ शीर्षकहरुमा समेटिएका छन् । २४० वर्ष लामो राजतन्त्रलाई परास्त गरी संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने संविधान निर्माण र त्यो संविधान अन्तर्गत रहेर स्थानीय, प्रादेशिक र संघीय निर्वाचन गराउन भोगिएका पेचिला परिघटना र संघर्षलाई प्रस्तुत पुस्तकले उजागर गरेको छ ।


प्रज्ञा स्मृति प्रतिष्ठानले प्रकाशन गरेको सो पुस्तक ३८५ पृष्ठह रहेका छन् भने यसको मूल्य ५०० रहेको छ । पुस्तक राजधानी काठमाडौं लगायत देशका विभिन्न सहरहरुका पुस्तक पसलहरुमा उपलब्ध रहेको प्रचण्डको सचिवालयले जनाएको छ ।




यसमा तपाइको मत


Comments