24 Shrawn, 2077 / 8 August , 2020

Logo
gautam
Social Icon
Social Icon
Secondary Top

 विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ७० लाख नाघ्यो,  ६ लाख ६७ हजार बढीको मृत्यु




 विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ७० लाख नाघ्यो,  ६ लाख ६७ हजार बढीको मृत्यु


काठमाडौं, १५ साउन । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या १ करोड ७० लाख नाघेको छ ।  अमेरिकास्थित जोन्स हप्किन्स  विश्वविद्यालयका अनुसार कोभिड–१९ बाट संक्रमितको संख्या १ करोड ७० लाख ३९ हजार १६० पुगेको छ ।

यस्तै कोरोना संक्रमणबाट ६ लाख ६७ हजार २ सय १८ जनाको मृत्यु भएको छ । विश्वभर ९९ लाख ६४ हजार ६ सय ७८ जना उपचारपछि निको भएका छन् ।

अमेरिकामा कुल संक्रमितको ४४ लाख २६ हजार ९ सय ८२ जना पुगेको छ । १ लाख ५० हजार ७ सय १३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ भने संक्रमितमध्ये १३ लाख ८९ हजार ४२५ जना उपचारपछि निको भएका छन् ।

ब्राजिलमा २५ लाख, ५२ हजार २६५ जना संक्रमित भएका छन् । त्यसमध्ये ९० हजार १३४ को मृत्यु भएको छ । १९ लाख २२ हजार ८०२ जना उपचारपछि निको भएका छन् ।

भारतमा कोरोना संक्रमितको संख्या १५ लाख ८१ हजार ९ सय ६३ पुगेको छ । भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३४ हजार ९ सय ५५ पुगेको छ । १० लाख १९ हजार ७३५ जना उपचारपछि निको भएका छन् ।

रुसमा ८ लाख ३२ हजार ९९३ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये १३ हजार ७ सय ७८ जनाको मृत्यु भएको छ । ६ लाख २८ हजार ४८ जना उपचारपछि निको भएका छन् ।


Secondary Middle

Related News


यसमा तपाइको मत


Comments

Prabhu Side Bar



Sidebar Middle
Sidebar Bottom


Maruti