08 Baishak, 2081 / 20 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

राप्रपालाई आइडियूको सदस्यता 




राप्रपालाई आइडियूको सदस्यता 


काठमाडौं, १५ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रजातन्त्रवादी राजनीतिक दलहरूको छाता संगठन ‘इन्टरनेसनल डेमोक्राटिक युनियन’को सदस्यता पाएको छ । 

युनियन कार्य समितिको बिहीबार भएको भर्चुअल बैठकले नेपालको राप्रपा पार्टीलाई सदस्यता दिने निर्णय गरेको हो । क्यानडाका पूर्वप्रधानमन्त्री स्टेफन हार्परको अध्यक्षतामा बसेको बैठकमा राप्रपालाई सदस्यता दिने प्रस्ताव अष्ट्रेलियाका सत्तारुढ दल लिबरल पार्टी अफ अष्ट्रेलियाले गरेको थियो । सो प्रस्तावमा माल्दिभ्सका पूर्वराष्ट्रपति मोहम्मद नसिरले स्वागत र समर्थन गरेका थिए ।

नसिरले दक्षिण एसियाली मुलुकबाट थप सदस्य भएकोमा खुसी व्यक्त गरे । विश्वका ७६ कन्जर्भेटिभ राजनीतिक दलका प्रतिनिधिहरूको सहभागिता रहेको बैठकमा राप्रपा अध्यक्ष कमल थापा सहभागी थिए ।

बैठकमा अध्यक्ष थापाले संसारका सबै मुलुकको आर्थिक विकास, शान्ति र स्वतन्त्रतामा विश्वास राख्दै प्रजातन्त्र, स्वतन्त्रता र मानव अधिकारका क्षेत्रमा थप चुनौतीहरू देखापरेको चर्चासहित प्रजातन्त्रवादी पार्टीहरूको एकता र सहकार्यको आवश्यकता रहेकोमा जोड दिएका थिए । 

संयुक्त राज्य अमेरिकाको वासिंगटन डिसीमा आयोजना हुने बैठक कोभिड–१९ का कारण भर्चुअल बैठक गरिएको हो । बैठकले नेपालसहित युक्रेन, स्विडेन, अल्बानिया र नाइजेरियाका राजनीतिक दललाई सदस्यता प्रदान गरेको हो ।

युनियनको आगामी अन्तर्राष्ट्रिय सम्मेलनले यो निर्णयको अनुमोदन गर्दै राप्रपालाई पूर्ण सदस्यता प्राप्त हुनेछ । 
 




यसमा तपाइको मत


Comments