13 Baishak, 2081 / 25 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

विभागीय सदस्यको मनोनयन रोक्नुपर्ने माग राख्दै पौडेल पक्षले बुझायो लिखित असहमतिपत्र




विभागीय सदस्यको मनोनयन रोक्नुपर्ने माग राख्दै पौडेल पक्षले बुझायो लिखित असहमतिपत्र


काठमाडौं, १५ साउन । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले विभागीय सदस्यहरुको मनोनयन रोक्नुपर्ने माग राख्दै सभापति शेरबहादुर देउवालाई लिखित असहमति बुझाएको छ।

नेता पौडेल, महामन्त्री शशांक कोइराला लगायत नेताहरुले बिहीबार केन्द्रीय मूख्यालय सानेपामा भेटेरै देउवालाई लिखित असहमतिपत्र बुझाएका हुन् । 
असहमतिपत्रमा महाधिवेशन प्रभावित हुनेगरी भइरहेको विभागीय सदस्यहरुको मनोनयन रोक्नुपर्ने माग गरिएको छ।  

एकीकरण प्रक्रियाबाट आएकाहरुलाई दिइने पदबारे पार्टीभित्र छलफल हुनुपर्ने पनि माग गरिएको छ। सभापति देउवाले आफ्नो ध्यानाकर्षण भएको र छलफलबाटै निर्णय लिने बताएका थिए। 




यसमा तपाइको मत


Comments