04 Baishak, 2081 / 16 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

काठमाडौं उपत्यकामा थपिए ४५ कोरोना संक्रमित




काठमाडौं उपत्यकामा थपिए ४५ कोरोना संक्रमित


काठमाडौं, १५ साउन । काठमाडौं उपत्यकामा थप ४५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा  प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा  ४५ जनामा कोरोना संक्रमण देखिएको पुष्टि गरे । 

नयाँ थपिएका संक्रमितमा काठमाडौंका ४१ जना, ललितपुरका २ जना र भक्तपुरका २ जना रहेका छन् । त्रिवि शिक्षण अस्पतालमा गरीएको परीक्षणमा काठमाडौंका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका १९ र भक्तपुरका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

उनका अनुसार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालम गरिएको परीक्षणम काठमाडौं १३  जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

नेपाल प्रहरी अस्पतालको प्रयोगशाला महाराजंगञ्जमा गरिको पीसीआर परीक्षणमा ३ जना र स्टार अस्पताल सानेपामा काठमाडौंका २ जना र ललितपुरका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।




यसमा तपाइको मत


Comments