07 Baishak, 2081 / 19 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

निर्मला हत्या प्रकरणमा मुछिएका निलम्बित एसपी विष्टसहित आठ जनाले पाए सफाइ 




निर्मला हत्या प्रकरणमा मुछिएका निलम्बित एसपी विष्टसहित आठ जनाले पाए सफाइ 


काठमाडौं, १५ साउन । कञ्चनपुरमा भएको निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणमा प्रमाण नष्ट र यातनाविरुद्धको कसुरमा मुद्दा खेपिरहेका निलम्बित प्रहरी उपरीक्षक (एसपी) दिल्लीराज विष्ट सहित आठ जनाले बिहीबार सफाइ पाएका छन् ।
जिल्ला अदालत कञ्चनपुरका न्यायाधीश गोपालप्रसाद बाँस्तोलाको इजलाशले विष्टसहित, प्रहरी नायब उपरीक्षक (डीएसपी) अंगुर जिसी, अर्का डिएसपी ज्ञानेन्द्रबहादुर सेट्ठी, प्रहरी निरीक्षक (इन्स्पेक्टर) एकेन्द्र खड्का, जवान चाँदनी साउद, हरिसिंह धामी, जगदीश भट्ट र रामसिंह धामीलाई सफाई दिएको हो । 
 उनीहरुविरुद्ध निर्मलाकै आमा दुर्गादेवी पन्तले प्रमाण नष्ट गरेको आरोपमा उजुरी गरेकी थिइन् भने प्रहरीले अभियुक्तका रुपमा सार्वजनिक गरेका दिलिपसिंह विष्टकातर्फबाट दाजु खड्गसिंह विष्टले यातनाविरुद्धको कसुरमा प्रहरीमा उजुरी दिएका थिए ।

०७५ चैत २२ गते दिलिप सिंह विष्टका दाई खडगसिंह विष्टले आफ्नो भाईलाई प्रहरी हिरासतमा यातना दिएको र निर्मला पन्तकी आमा दुर्गादेवी सोही दिन सार्वजनिक न्याविरुद्धको कसुर दर्ता गराएकी थिइन् । 

दुवै उजुरीमा ८ प्रहरीलाई प्रतिवादी बनाइएको थियो । निर्मला पन्तको ०७५ साउन १० गते बलात्कारपछि हत्या भएको थियो । 
 




यसमा तपाइको मत


Comments