12 Baishak, 2081 / 24 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

ओमानमा रोजगारी गुमाई अलपत्र परेकालाई दूतावासले सहयोग गर्ने




ओमानमा रोजगारी गुमाई अलपत्र परेकालाई दूतावासले सहयोग गर्ने

न्यूज आजको संवाददाता, काठमाडौं, १६ साउन । कोभिड–१९ को कारणले रोजगारी गुमाई ओमानमा अलपत्र कामदारलाई नेपाली दूतावास ओमानले सहयोग गर्ने भएको छ ।

दूतावासले एक सूचना जारी गर्दै त्यस्ता अलपत्र परेका नेपालीलाई निवेदन लेखी दूतावासमा पेस गर्न आग्रह गरेको छ । दूतावासले भनेको छ, ‘समस्यामा परेका नेपाली नागरिकहरूलाई स्वदेश फिर्ता हुन सहयोग गर्ने अभिप्रायले नेपाल सरकारले “कोभिड–१९ को विश्वव्यापी सङ्क्रमणको कारण वैदेशिक रोजगारीका क्रममा अलपत्र परेका नेपाली कामदारको उद्धार गरी स्वदशे फिर्ता गर्ने सम्बन्धी निर्देशिका” जारी गरी नेपाल फिर्ता सम्बन्धी सहयोगका लागि केही मापदण्डहरू तोकेको छ। सोही मापदण्डले समेट्ने नेपाली नागरिहरूलाई निर्देशिकामा उल्लेख भएबमोजिम सहयोग यस दूतावासमार्फत उपलब्ध गराइनेछ।’

दूतावासले ओमानमा कोभिड–१९ को कारणले बेरोजगार हुनु भएका तथा कम्पनीले पनि कुनै किसिमको सहयोग गर्न नसक्ने अवस्थामा भएको र स्वयम् पनि टिकट खरीद गरेर नेपाल फर्कन असमर्थ नेपाली नागरिकहरूले निवेदन लेखी दूतावासमा पेस गर्न आग्रह गरेको छ ।

यसैबीच दूतावासले चौथो उडानबाट नेपाल फर्कनेहरुको सूची समेत निकालेको छ ।  सलाम एअरको अगष्ट १४ को चौथो उडानमार्फत नेपाल जाने प्रयोजनका लागि  दूतावासमा विभिन्‍न माध्यमबाट नाम टिपाएकामध्ये प्राथमिकताका आधारमा सूची प्रकाशन गरेको छ । उक्त उडानको एकतर्फी हवाइभाडा १ सय १५ ओमानी रियल (२० के.जी.लगेज तथा ७ के.जी.ह्यान्ड ब्याग) तोकिएको छ।

आफूलाई पायक पर्ने कुनै पनि नजिकको परीक्षण केन्द्रमा कोभिड–१९ को पीसीआर परीक्षण गराई (ओमान सरकारले तोकेको शुल्क ३५ ‌ओ.रि. नेगेटिभ रिपोर्ट प्राप्त हुनेहरूले सलाम एअरको कल सेन्टर २४२७–२२२२ मा फोन गरी टिकट खरिद गर्न वा सो सम्बन्धी थप जानकारी प्राप्त गर्न सकिने समेत दूतावासले आग्रह गरेको छ । 


 



Related News


यसमा तपाइको मत


Comments