12 Baishak, 2081 / 24 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

बाढी तथा डुवानमा परेकाहरुको उद्वार(फोटो फिचर)




बाढी तथा डुवानमा परेकाहरुको उद्वार(फोटो फिचर)

काठमाडौं, १६ साउन । कैलाली जिल्लाको टीकापुर नगरपालिका वडा नम्बर ७ बैदी र वडा नम्बर ९ खक्रौलास्थित मोहना नदीमा आएको बाढीले करिब तीन सय ३० घरभित्र पानी पसेर डुबानमा परेकाहरुको एपीएफ टोलीले उद्धार गरेको छ ।   

सो ठाउँमा घरहरु डुबानमा परेको भन्ने जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट खक्रौलाबाट एपीएफ टोली खटिई गई उद्धार कार्यमा सकृयताका साथ जुटेको थियो । डुबानमा परेका ५५ जना मानीस, ३७ वटा चौपाया तथा ती घरमा रहेका सरसामानहरु सुरक्षित स्थानमा सारिएको छ । 
यसैगरी कैलाली जिल्लाको भजनी नगरपालिका ८ स्थित सोनाफाँटा ईलाकामा साउन १४ गते गौरीखोलाको पानी बस्तीमा पसेर डुवानमा परेपछि सो ठाउँमा फसेका दुई जनाको एपीएफ टोली र स्थानीय प्रहरीले जिवितै उद्धार गरेको छ । 

सो ठाउँ डुवानमा परेको भन्ने जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट भजनीबाट खटिएको एपीएफ टोली र स्थानीय प्रहरी उनीहरुको उद्धार कार्यमा खटिएको थियो । सो डुवानमा परेर सोही ठाउँ बस्ने ईश्वर शाह, चन्द्र वि.क. र ११ वर्षीय स्केल चौधरी बेपत्ता भएको बताइएको छ ।



Related News


यसमा तपाइको मत


Comments