07 Baishak, 2081 / 19 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

जगदम्बा इन्टर प्राइजेजका सीईओको कोरोना संक्रमणबाट मृत्यु 




जगदम्बा इन्टर प्राइजेजका सीईओको कोरोना संक्रमणबाट मृत्यु 

काठमाडौं, १६ साउन ।  वीरगञ्जमा कोरोना संक्रमणबाट अर्का एक व्यक्तिको मृत्यु भएको छ । जगदम्बा इन्टर प्राइजेजका प्रमुख कार्यकारी अधिकृत ५६ वर्षीय पुरुषको  अस्थायी कोभिड विशेष अस्पताल गण्डकमा मृत्यु भएको हो । 


भारतीय नागरिक रहेका उनी मुटु सम्बन्धी रोगले समेत ग्रसित थिए। गत साउन १२ गते मात्रै उनीसहित जगदम्बा इन्टरप्राईजेजमा कार्यरत तीन जना कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि भएको थियो।

यो सँगै बिहीबार मात्र बीरगञ्जमा कोरोना संक्रमणका कारण तीनजनाको मृत्यु भएको छ। यस्तै कारोना संक्रमणका कारण बिहीबार राति नै एक युवक र एक वृद्धको मृत्यु भएको थियो ।

वीरगञ्ज महानगरपालिका १६ नगवा बस्ने ३५ वर्षीय युवक र वडा नम्बर २ छपकैया बस्ने ७० वर्षका वृद्धको पनि मृत्यु भएको हो ।

दुवैजनामा बिहीबार राति नै कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या ५५ पुगेको छ ।



Related News


यसमा तपाइको मत


Comments