08 Baishak, 2081 / 20 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ७३ लाख नाघ्यो, १ करोड बढी उपचारपछि निको 




विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ७३ लाख नाघ्यो, १ करोड बढी उपचारपछि निको 

काठमाडौं, १६ साउन।  विश्वभर कोरोना भाइरस संक्रमितको संख्या १ करोड ७३ लाख ८ हजार ४३४ पुगेको छ । अमेरिकास्थित जोन्स हप्किन्स  विश्वविद्यालयका अनुसार कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ६ लाख ७३ हजार ४ सय ३१ पुगेको छ ।  १ करोड १ लाख ४६ हजार ६ सय ३० जना उपचारपछि निको भएका छन् ।

अमेरिकामा कुल संक्रमितको ४४ लाख ९४ हजार ६ सय १ जना पुगेको छ । १ लाख ५२ हजार ५५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । 
संक्रमितमध्ये १४ लाख १४ हजार १५५ जना उपचारपछि निको भएका छन् । 

 ब्राजिलमा २६ लाख, १० हजार १०२ जना संक्रमित भएका छन् । त्यसमध्ये ९१ हजार २६३ को मृत्यु भएको छ । १९ लाख ५६ हजार ८०७ जना उपचारपछि निको भएका छन् ।

भारतमा कोरोना संक्रमितको संख्या १६ लाख ३८ हजार ३ सय २१ पुगेको छ । भारतमा कोरोना संक्रमणबाट ३५ हजार ७ सय ४३ जनाको मृत्यु भएको छ भने १० लाख ५७ हजार ११ जना उपचारपछि निको भएका छन् ।

रुसमा ८ लाख ३८ हजार ४६१ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये १३ हजार ९ सय ३९ जनाको मृत्यु भएको छ । ६ लाख ३७ हजार २१७ जना उपचारपछि निको भएका छन् ।



Related News


यसमा तपाइको मत


Comments