08 Baishak, 2081 / 20 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

शुक्रबार कहाँ, कहाँ थपिए कोरोना संक्रमित ? 




शुक्रबार कहाँ, कहाँ थपिए कोरोना संक्रमित ? 


काठमाडौं, १६ साउन । नेपालमा शुक्रबार थप २२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै कुल संक्रमितको संख्या १९ हजार ७७१  पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर पछिल्लो २४ घण्टामा १० हजार ७६८ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएकोमा २२४ जनामा कोरोना पुष्टि भएको बताए । 

मन्त्रालयका अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानामा गरिएको परीक्षणमा झापाका एकजना, कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा झापाका १२ जना, मोरङका १५ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा धनुषाका एकजना, बाराका एकजना र सर्लाहीका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा बझाङका २४ जना, कैलालीका १५ जना, काठमाडौंका ८ जना र नुवाकोटका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नारायणी अस्पताल वीरगंजमा गरिएको परीक्षणमा बाराका २ जना, पर्साका ४१ जना र रौतहटका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा बाराका एकजना, काठमाडौंका ३ जना, ललितपुरका २ जना र रौतहटका २ जनामा कोरोना पुष्टि भएको छ ।

यसैगरी भरतपुर अस्पतालमा गरिएको परीक्षणमा नवलपरासी पूर्वका २ जना, कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा गरिएको परीक्षणमा मकवानपुरका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा दार्चुलाका १६ जना, कंचनपुरका १८ जना, पाटन अस्पताल ललितपुरमा गरिएको परीक्षणमा काठमाडौंका २ जना, ललितपुरका २ जना र सप्तरीका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै वीर अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका एकजना, नेपाल प्रहरी अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका १८ जना र ललितपुरका एकजना, नेपाल कोरिया(मैत्री अस्पताल भक्तपुरमा गरिएको परीक्षणमा भक्तपुरका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कास्कीका २ जना, प्रादेशिक क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा कास्कीका एकजना, म्याग्दीका २ जना र तनहुँका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा गुल्मीका २ जना र रुपन्देहीका एकजनामा कोरोना पुष्टि भएको छ । भेरी अस्पताल नेपालगंजमा गरिएको परीक्षणमा बाँकेका एकजना, दैलेखका एकजना र दाङका एकजना, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा दाङका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 दैलेख पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखकाएकजना, डडेल्धुरा अस्पतालमा गरिएको परीक्षणमा बैतडीका १० जना र डोटीका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 




यसमा तपाइको मत


Comments