13 Baishak, 2081 / 25 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

सैनिक कल्याणकारी कोषबाट राजश्वमा ४५ करोड योगदान    




सैनिक कल्याणकारी कोषबाट राजश्वमा ४५ करोड योगदान    

काठमाडौं, १६ साउन । सैनिक कल्याणकारी कोषले गत आर्थिक वर्ष २०७६/७७ मा ४५ करोड रुपैयाँ राजश्वमा योगदान दिएको छ । उक्त कोषले शुक्रबार सैनिक मुख्यालय जङ्गी अड्डामा पत्रकार सम्मेलन गर्दै  बैंक तथा वित्तीय संस्थामा रहेको कोषको निक्षेपबाट आर्जित ब्याजको आम्दानी करवापत राजश्व बुझाएको कोषका निर्देशक सागरबहादुर केसीले बताए । 
     
 मुलुकका क वर्गका विभिन्न बैंकमा उक्त कोषको रु ४५ अर्ब ८६ करोड ८० लाख नगद मौज्दात निक्षेप छ । कोषको यथार्थ सम्पति भने हाल रु ५१ अर्ब ६१ करोड चार लाख पुगेको छ । केही वर्षअघिसम्म कोषको रु ८५ करोड निक्षेप जोखिममा रहेकामा अहिले घटेर रु पाँच करोड दुई लाख ६६ हजारमा झरेको छ ।

कोष र अन्तर्गतका निकायको फछ्र्यौट गर्न बाँकी बेरुजु अब रु सात करोड ४३ लाख ९४ हजार रहेको जानकारी दिइयो । उक्त कोषको गत आर्थिक वर्षमा १२ करोड ७० लाख २३ हजार बेरुजु फछर्यौट भएको थियो ।     
   
 




यसमा तपाइको मत


Comments