08 Baishak, 2081 / 20 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

सांसद प्रदीप यादवलाई कोरोना संक्रमण




सांसद प्रदीप यादवलाई कोरोना संक्रमण


काठमाडौं, १७ साउन । जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवलाई कोरोना संक्रमण पुष्टि भएको छ । संसद अधिवेशन अन्त भएपछि वीरगञ्ज पुगेका यादव संक्रमित भएका हुन्।

सांसद यादव आफैंले यसबारे फेसबुकमा आफु कोरोना संक्रमित भएको जानकारी गराएका छन्।  ‘मैले आफ्नो पिसिआर परीक्षण गराउँदा कोरोना पोजेटिभ देखिएको जानकारी गराउन चाहन्छु। मेरो स्वास्थ्यमा भने कुनै समस्या देखिएको छैन। म आफ्नै घरमा आइसोलेसनमा बसिरहेको छु’ उनले फेसबुकमा लेखेका छन्। 

उनले अरूलाई पनि जोखिमलाई ध्यानमा राख्दै मास्कको प्रयोग गर्न र सामाजिक दूरी कायम गर्न सुझाएका छन्। साथै उनले आफू छिट्टै निको हुने र फेरी जनताको काममा फर्किने जनाएका छन्। 

वीरगन्ज महानगरपालिकाका मेयर विजय सरवागीलाई पनि यसअघि बिहीबार बिहान संक्रमण पुष्टि भएको थियो। उनी पनि काठमाडौंस्थित आफ्नो निवासमा आइसोलेसनमा बसिरहेका छन्। 




यसमा तपाइको मत


Comments