08 Baishak, 2081 / 20 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

आज बकर इद, राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्मको शुभकामना




आज बकर इद, राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्मको शुभकामना

काठमाडौं, १७ साउन । आज इस्लाम धर्मावलम्बीहरुले बकर ईद पर्व मनाउँदैछन् । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर ईद मनाउने परम्परा रहि आएको छ । तीन दिनसम्म मनाइने यो पर्वलाई ‘इद–उल–जुहा’ पनि भनिन्छ । बलिदानीको पर्वका रुपमा लिइने बकर इद मुस्लिम महिना जुल हिज्जाको दशौँ दिन मनाउने गरिन्छ ।

हिजरी संवत् अनुसार १४३५ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको मुस्लिक धार्मिक अगुवाहरु बताउँछन् ।

आजको दिन मस्जिदमा जम्मा भई विशेष नमाज पढ्ने गरिन्छ । तर यसवर्ष कोरोना भाइरस संक्रमणको जोखिम भएकाले घरमै बसेर नमाज पढ्न राष्ट्रिय मुस्लिम आयोगले सबैलाई आग्रह गरेको छ ।

नमाज पढिसकेपछि घरमा गई बली दिने र एकापसमा शुभकामना आदानप्रदान गर्ने प्रचलन छ । इस्लाम धर्मावलम्बीले विभिन्न जनावरको बली दिने र त्यसलाई तीन भाग लगाई एक भाग परिवारले भोजन गर्ने, एक भाग पाहुनालाई दिने र एक भाग गरीब एवं दीन दुःखीलाई बाँड्ने मुस्लिम धार्मिक विधान छ ।

बकर–इदमा राष्ट्रपतिद्वारा शुभकामना

राष्ट्रपति विद्यादेवी भण्डारीले इस्लाम धर्मावलम्बीहरूको दोस्रो ठूलो पर्व बकर ईदको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इस्लाम धर्मावलम्बीप्रति  सुख, शान्ति, समृद्धि, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गरेकी छन् । 

एक शुभकामना सन्देश जारी गर्दै उनले  मुस्लिम धर्मावलम्बीहरूले यस पर्वका दिन सामूहिक रूपमा नमाज पढ्दै एक आपसमा शुभकामना साटासाट गर्ने हुँदा यस परम्पराले आपसी सद्‍भाव, सहिष्णुता, मेलमिलाप र भाइचाराको अभिवृद्धि गर्न मद्दत पुग्ने विश्वास लिएकी छन् । 

शुभकामना सन्देशमा भनिएको छ, ‘नेपाल विविध जातजाति, भाषा र संस्कृतिको संगम हो । विभिन्‍न समुदायद्वारा मनाइने यस्ता पर्वहरूले आम नागरिकलाई सामाजिक सांस्कृतिक रूपमा एकताबद्ध बनाउँदै भावनात्मक ढंगले राष्ट्रिय एकता सुदृढ गर्न समेत मद्दत पुर्‍याउने अपेक्षा लिएको छु।

अन्तमा, नोबेल कोरोनाभाइरस (कोभिड(१९) महामारीले सम्पूर्ण विश्वलाई आक्रान्त पारिरहेको यस कठिन परिस्थितिमा सावधानीका साथ चाड मनाउनु हुनेछ भन्‍ने आशा गरेको छु । यस बकर ईद (इदुल जोहा) पर्वले स्थिरता र दिगो शान्ति सहित  सामाजिक आर्थिक विकासका कार्य मार्फत “समृद्ध नेपाल सुखी नेपाली” को साझा संकल्प पूरा गर्न मद्दत पुगोस् भनी सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।’

प्रधानमन्त्रीको शुभकामना

प्रधानमन्त्रज्ञी केपी शर्मा ओलीले ईस्लाम धर्मावलम्बीहरुको महान पर्व बकर–इद् (ईदुल जोहा)का अवसरमा स्वदेश तथा विदेशमा रहेका भएका ईस्लाम धर्मावलम्बी सम्पूर्णमा शुभकामना व्यक्त गरेका छन् । 

एक शुभकामना सन्देश जारी गर्दै उनले धार्मिक, सांस्कृतिक, भाषिक तथा जातीय विविधताका बीच अनुपम सुदृढ एकता रहेको हाम्रो देशमा विभिन्न सांस्कृतिक पर्वहरुले आपसी सद्भाव, सहिष्णुता मेलमिलापलाई प्रवद्र्धन गर्दै आएको बताएका छन् । 

उनले भनेका छन्, ‘नेपालमा धार्मिक, सांस्कृतिक र भाषिक लगायतका विविधतालाई संवैधानिक रुपमा सम्मान र संरक्षण गरिएको छ । विविधता बीचको एकता हाम्रो मौलिक पूँजी हो र यसका माध्यमबाट हामीले देशलाई विकास र समृद्धिको नयाँ उचाईमा पु¥याउनु पर्ने छ । मुस्लिम समुदायको यस पर्वले नेपालीहरुबीच आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र भातृत्व प्रवद्र्धन गरी आफ्नो मौलिक संस्कृति र परम्परा संरक्षण तथा सम्बद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउने छ भन्ने मेरो विश्वास छ । मुलुकमा स्थायित्व, आर्थिक विकास, समृद्धि र जनताको जीवनमा सुख हासिल गर्ने हाम्रो राष्ट्रिय आकाङ्क्षालाई सार्थक बनाउन यस पर्वले प्रेरणा प्रदान गरोस् भन्ने शुभेच्छा ब्यक्त गर्दछु । समृद्ध–नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न आ–आफ्नो ठाउँबाट सक्रिय रहन यस अवसरमा सबैमा हार्दिक आह्वान गर्दछु ।’

सभामुखको सन्देश

सभामुख अग्निप्रसाद सापकोटाले विषम परिस्थितिको ख्याल गर्दै घरमै बसेर बकर इद मनाउन र स्वास्थ्य सतर्कता अपनाउन सबै मुस्लिम समुदायलाई आग्रह गरेका छन्। इस्लाम धर्म मान्ने मुस्लिम समुदायको महत्वपूर्ण चाड बकर इदका अवसरमा शुभकामना सन्देश दिँदै उनले धार्मिक, सांस्कृतिक तथा सामाजिक विविधताबीचको एकताका लागि नेपाल विश्वसामु उदाहरणीय रहेको बताए।

बकर इद नमाज पढेर एकअर्कालाई शुुभकामना दिएर मनाइने उल्लेख गर्दै सभामुखले  संयमता, आपसी सद्भाव, धैर्य, शान्ति र भाइचाराको सन्देश दिने यो पर्व सामूहिक एकता र भ्रातृत्वको पर्वसमेत भएको उल्लेख गरे। यो वर्ष कोरोना भाइरसका कारण पहिलेजस्तो सहज ढङ्गले पर्व मनाउने अवस्था नभएको भन्दै सभामुख सापकोटाले बकर इदजस्ता पर्वले हामीबीच मजबुत एकता, दिगो शान्ति र आपसी सद्भाव बढाउन मद्दत मिल्ने विश्वास व्यक्त गरे।

नेकपाका अध्यक्ष प्रचण्डको शुभकामना 

 नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुरानो सोच र संस्कृतिको अन्त्य गर्दै नयाँ वैचारिक आधारमा नयाँ सोच र संस्कृतिको विकास गर्नु आजको आवश्यकता भएको बताएका छन्। मुस्लिम समुदायको महान् पर्व बकर इद् (ईद उल अजहा)का अवसरमा शुभकामना सन्देश दिँदै प्रचण्डले नेपाली जनताले नयाँ विचारको विकासका आधारमा मुलुकको आर्थिक समृद्धिका लागि आफ्नो अभिमत प्रकट गरेको उल्लेख गरे।

‘जनताको यही आशा र भरोसाको सम्मान भनेको विचार अनुरुपको नेतृत्व निर्माण नै होु, शुभकामना सन्देशमा उनले भनेका छन्,’यसको पक्षमा दृढतापूर्वक अघि बढ्न आग्रह गर्दै बकर इद् पर्वका अवसरमा सम्पूर्ण नेपाली जनसमुदायमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्दछु।’

‘नेपाल भौगोलिक तथा सांस्कृतिक विविधताले भरिएको देश हो। विविध भाषा, धर्म, कला, साहित्य, परम्परा, चालचलन, मान्यता, चाड पर्व वा संस्कारको अस्तित्व, मान्यता एवं सम्मानको अवस्था नै सांस्कृतिक विविधता हो,’उनले भने,‘नेपालको संविधानमा नेपाल बहुसांस्कृतिक विशेषतायुक्त राष्ट्र रहेको उल्लेखले पनि देशको बहुसांस्कृतिक पक्षलाई आत्मसात गरेको प्रष्ट हुन्छ। समाजमा विकसित भएका सामाजिक मूल्य मान्यता, परम्परा, संस्कृति, उत्पादन सम्बन्ध, प्रविधिलगायतको भौतिक तथा अभौतिक पक्षको समुच्च रुप नै संस्कृति हो।’

कांग्रेसका सभापति देउवाको शुभकामना सन्देश

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले ‘बकर इद’ पर्वले नेपाली समाजमा धार्मिक सहिष्णुता र सद्भावना बढाउँदै आएको बताएका छन्।

 इस्लाम धर्मावलम्बीको पवित्र पर्व बकर इदका अवसरमा शनिबार उनले सम्पूर्ण मुस्लिम दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गर्दै यो पर्वले मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गरे।

लोकतन्त्रको स्थापना र पुनःस्थापनाका लागि विगतमा भएका हरेक आन्दोलनमा इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइको महत्वपूर्ण योगदान रहँदै आएको उल्लेख गर्दै सभापति देउवाले लोकतन्त्रको रक्षार्थ अझ बढी जिम्मेवार रहनेमा विश्वास लिएको बताए। देउवाले बकर इदले सम्पूर्ण जातजाति तथा धर्मावलम्बीमा एकताको सन्देश दिन सफल हुने बताए।




यसमा तपाइको मत


Comments